२ पुस, काठमाडौं ।
दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै निधन भएको छ ।

ललितपुरस्थित क्यारेबियन कलेजको बस फर्पिङ-कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेर दुर्घटना भएको हो ।

एकजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको र अन्य केही घाइते भएको प्रत्यक्षदर्शीको भनाइ छ । मृतकको सनाखत भएको छैन ।

कलेजका प्रमुख विष्णु शर्माले पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बस दुर्घटना परेको बताएका छन् ।

उनका अनुसार घाइतेहरु केहीलाई फर्पिङस्थित मनमोहन अस्पताल र दुईजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ ।

१ पुस, काठमाडौं ।
माथिल्लो स्तर अर्थात् पहिलो र्यांकिगंमा रहेर अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, भारत लगायत देशले खेल्दै आएको स्तरको खेल खेल्न दिन अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रस्ताव गरेको छ ।

नेपालसहित टप एशोसिएट देशलाई पनि माथिल्लो स्तरको क्रिकेट खेल्ने मौका दिने आईसीसीले प्रस्ताव गरेको हो ।

पूर्ण सदस्य राष्ट्रको संख्या बढाउन आईसीसीले गृहकार्य गरिरहेको आईसीसीका सीईओ डेभिड रिचार्डसनले बताएका छन् । उनका अनुसार माथिल्लो स्तरको क्रिकेट खेल्ने देशको संख्या १५(१६ बनाउने शशांक मनोहरको नेतृत्वमा आईससीसीले काम गरिरहेको छ ।

श्रीलंका क्रिकेट र एसीसी अध्यक्षको निम्तोमा कोलम्बो पुगेका आईसीसी सीईओ रिचार्डसनले भने, लामो समयदेखि हामीसँग १० पूर्ण सदस्य छन् ।

यदि हामी आफैंप्रति इमान्दार हुने हो भने ८ वा सम्भवत ९ टिमले माथिल्लो लेभलको क्रिकेट खेल्छ ।’ उनले अघि भने, हामी अफगानिस्तान, नेपाल, मलेसिया र अरु थुप्रै एसियन क्षेत्रका देशलाई समावेश गरेर यो संख्यालाई १५/१६ बनाउन चाहन्छौं ।’

आईसीसीमा यसअघि पनि टप एशोसिएट टिमलाई समावेश गरेर टेष्ट क्रिकेटमा दुई डिभिजन बनाउन छलफल भएको थियो । तर, भारत, बंगलादेशसहितका देशले विरोध गरेपछि यो प्रस्ताव तुहिएको थियो ।

काठमाडौं ।
लगातार दुई खेलमा पराजित भएपति नेपाल यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा श्रीलंकासँग मात्र १ रनको पराजय र दोस्रो खेलमा भारतसँग ६ विकेटले पराजित हुँदा नेपाल समूह चरणबाट बाहिरिएको हो ।

शुक्रबार श्रीलंकाको कोलम्बो क्रिकेट ग्राउण्डमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य भारतले मात्र ३३.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

यसअघि यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन जोडेको थियो । नेपालका लागि सातौं नम्बरका ब्याट्सम्यान रोहित कुमार पौडेलले सर्बाधिक ६८ रन जोडे ।

पौडेलले ४९.२ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए ।

अमेरिका ।
अमेरिकाको वाशिंगटन सियाटलमा कार दुर्घटनामा परि २१ बर्षीय नेपाली मुलकी ममता कंडेलको मृत्यु भएको छ ।

बिहीबार बिहान वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा उनको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ भने उनको सब अहिले अस्पताल मै राखिएको बुझिएको छ ।

वाशिंगटन राज्यको १९५ राजमार्गमा भएको दुर्घटनामा चालक तथा अन्य पछाडि बसेका यात्रुलाई सामान्य चोट लागेको तर दुर्भाग्य बस नेपाली चेलीको भने ज्यान गएको छ ।

भर्जिनियामा उनका नजिकका आफन्तले दिएको जानकारी अनुसार ऊनि मास्कोमा रहने बुझिएको छ । तर अध्ययन को क्रममा संन २०१४ मा आइडाहो विश्व बिद्यालय बाट समाज शास्त्रमा अध्ययन सकेकी थिइन् ।

जाड़ो मौसममा बिदाको लागि आगामी दिसम्बर १९ तारीख नेपाल जाने तैयारीमा समेत थिइन । अतिरिक्त क्रियाकलापमा समेत प्रतिभाशाली ममता कंडेल केहि समय भर्जिनियाको साउथ राइडिंग शहरमा समेत आएकी थिइन् ।

ऊनि एक प्रतिभाशाली छात्रा हुनु को साथै महिला बेच बिखन तथा महिला यौन कार्यकर्ता बिषयमा वकालत गर्दै आएकी उनका नजिक रहेका शर्मा परिवारले जानकारी दिएका छन ।

हिउँको कारण सड़क चिप्लो भई सवारी साधन चिप्लिन गई उक्त दुर्घटना १९५ राजमार्ग को स्टेपो नजदीक भएको हो ।

घोडामा राजमार्ग निरिक्षण गर्ने प्रहरीका अनुसार उत्तर तर्फ गई रहेको अवस्थामा गाड़ी अनियंत्रित भई अर्ध माल बाहक गाड़ीलाई ठोकिन पुगी त्यो गाडीले पनि अर्को गाडीलाई ठोकेको बताएका छन् । मृत्रक छात्रा कंडेलले कारमा सुरक्षित मानिने पेटी लगाएको बताएपनि उनको निधन हुन पुगेको छ ।
खसोखास अनलाईनका आधारमा

टोकियो ।
नेपालमा व्यापार र लोकप्रियता दुवै हिसाबले सफल भएको चलचित्र पुरानो डुंगा जापानमा भोली प्रदर्शन हुँदैछ ।

अपरान्ह २ बजे र साँझ ६ बजे दुई शो प्रदर्शन हुन लागेको चलचित्र पुरानो डुंगाको अधिकाशं टिकट विक्रि भएको चलचित्र प्रदर्शनको अधिकार पाएको टोकियो ड्रिम्सले जानकारी दिएको छ ।

चलचित्रको प्रदर्शन तोकिएकै समयमा हुने भन्दै आयोजकले समयमै उपस्थित भइदिनुहुन सबैमा अनुरोध गरेको छ । चलचित्रको अत्यधिक मागका कारण दुई शो प्रदर्शन गर्न लागिएको पुरानो डुंगा हेर्नु हुने दर्शकहरुलाई यस पटक विभिन्न उपहार समेत प्रदान गरिने भएको छ ।

आयोजकले चलचित्र हेर्न लिएको टिकटको अर्धकट्टी सुरक्षित राख्न अनुरोध गर्दै टिकट लिएको मध्ये एक जनालाई टिकटमा लेखिएको नम्वरको आधारमा दुई जनाले ५ हजार येन पुरस्कार पाउने जनाएको छ ।

यसैगरि चार जनाले २५ सय येन पुरस्कार पाउनुहुनेछ भने १० जनाले १ हजार येन पुरस्कार पाउनुहुने भएको छ ।

२३ तारिखमा आयोजक टोकियो ड्रिम्स इन्टरटेनमेन्टको फेसबुक पेजबाट लाईभ प्रशारण गरेर बिजेता घोषणा गरिने जनाउँदै आयोजकले टिकट लिन छुट्नु भएका सबैमा टिकट लिन अनुरोध गर्दै टिकट लिन सिधै टोक्यो ड्रिम्स इन्टरटेनमेन्टको तल उल्लेखित नम्वर
Shinjuku kabukicho,
universal building Beer Garden Rooftop(Agraa),
B1 (British pub)shinokuboma,
Newa Dinning Restaurant
Nanglo Ghar Restaurant
Solti Restaurant
Barahi Halal Foods
Takadanababa,
Namastey Nippon Restaurant बाट पनि टिकट लिन सकिने जनाएको छ ।

निर्देशक रामबाबु गुरुगं सँगै दयाहाङ राई र प्रियंका कार्कीको उत्कृष्ठ अभिनय रहेको चलचित्र पुरानो डुंगा कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका सफल निर्देशक रामबाबु गुरुगंको निदर्शेनमा बनेको हो ।

कालीप्रसाद बाँस्कोटाको स्वरको निर जहिले रिसाउने बाट पनि लोकप्रिय बनेको पुरानो डुंगा हेर्न अँग्रेजि नयाँ बर्ष २०१७ को नजिक परेकाले दर्शकहरुको उपस्थिति उल्लेख्य हुने ठानिएको छ । चलचित्र प्रदर्शनको टपनेपालन्युजडटकम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।

चलचित्र भोलि आइतबार अर्थात् १८ तारिख मध्यान्ह २ र साँझ ६ बजे दुई शो प्रदर्शन हुँदैछ । चलचित्र टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुँदैछ ।
BOOKING CONTACT !!
For more details and information, plz contact :080-4355-5258, 080-3594-0800, 080-7698-7075 or go to page Tokyo Dreams Entertainment !!

'PURANO DUNGA'
18th dec / 1st show 14:00, 2nd show 18:00 Meguro Kumin Center Hall !

टोकियोमा 'पुरानो डुंगा' आउन मात्र ४ दिन बाँकी

नेपालमा लोकप्रिय र सफल प्रदर्शन गरेको पुरानो डुंगा जापान प्रदर्शन मिति नजिकिंदै

बहुप्रतिक्षित चलचित्र 'पुरानो डुंगा' जापानमा प्रदर्शन हुँदै

नेपालमा लोकप्रिय र सफल प्रदर्शन गरेको पुरानो डुंगा जापान प्रदर्शन मिति नजिकिंदै

बहुप्रतिक्षित चलचित्र 'पुरानो डुंगा' जापानमा प्रदर्शन हुँदै
– See more at: https://topnepalnews.comentertainment/6226#sthash.SOldRuTp.dp

टोकियो ।
नेपाल जानको लागि हिँडेपनि भाग्यले साथ नदिएपछि एयरपोर्टबाट फर्कदै गर्दा मृत्यु हुनुभएकी मथुरादेवी भण्डारीको आज जापानमा दाहसंस्कार गरिएको छ ।

गत ११ तारिखमा जापानबाट नेपाल जाने क्रममा एयरपोर्टमा गाह्रो भयपछि फर्कने क्रममा अस्पाल पुग्दा उनको मृत्यु भएको थियो ।

नेपालको चितवन घर हुनुभएकी मथुरादेवी जापानमा श्रीमान् र छोरासँगै बस्दै आउनुभएको थियो ।

उहाँको टोक्यो तो ,इताबासी कु स्थित फुनादो शब गृहमा अन्तिम संस्कार गरिएको हो ।

फोक्सो सम्बन्धि क्यान्सर रोगबाट पिडीत हुनुभएकी मथुरादेवीले नेपालमै बसेर उपचार गराउने इच्छा राखेपछि जान लागेपनि रोगले च्यापेर फर्कन लाग्दा मृत्यु हुन पुगेको थियो ।

उहाँको दाहसंस्कारमा विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेका थिए । आर्थिक संकलनमा चितवन समाज जापानले नेतृत्व लिएको थियो भने संकलित रकमबारे छिट्टै जानकारी गराइने बताइएको छ ।

काठमाडौं ।
यू-१९ एसिया कपमा नेपालका रोहित कुमार पौडेल अन्तिम एक ओभरमा चम्कंदा नेपालले भारतलाई १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

५० औं ओभरमा रोहितले दुई छक्का र तीन चौका प्रहार गरि २४ रन जोड्दा नेपाल १ सय ७२ रनमा समेटिन पुग्यो ।

रोहितले व्यक्तिगत रुपमा ९३ बलमा ६८ रन जोड्दा ७ चौका र दुई छक्का प्रहार गरे । खेलमा दिपेन्द्र सिंह ऐरिले ३४ र आरिफ शेखले १८ रन जोड्नु बाहेक अन्य खेलाडीको खेल सम्झन लायक रहेन ।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याउँदै श्रीलंकामा जारी खेलमा भारत अहिले व्याटिंगमा रहेको छ ।

यसअघि हिजो भएको खेलमा १ रनमा चुक्दा नेपालले आयोजक श्रीलंकासँग पराजित हुँदै दुई अंक गुमाउन पुगेको थियो ।

टोकियो ।
जापानको तल्लो सदनले क्यासिनो संचालनलाई कानुनी अधिकार दिने विधेयक पारित गरेको हो ।

लामो समयको छलफलपछि जापानको संसदले क्यासिनो संचालन सम्बन्धि अधिकारलाई कानुनी मान्यता दिएको हो ।

बिहिबार जापानको तल्लो सदनले क्यासिनो संचालन सम्बन्धि अधिकार लाई पारित गरेसँगै जापानका होटेल रिसोर्ट लगायत सपिङ सेन्टरहरुमा पनि क्यासिनो संचालन गर्ने बाटो खुल्ला भएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आवे तथा उनको पार्टीले क्यासिनो संचालन अनुमतीपछि सन् २०२० मा जापानमा हुन लागेको ओलम्पिक र प्यारा ओलम्पिकमा आउने पर्यटकले मनोरञ्जन लिनुका साथै अरथिक बृद्धि हासिलमा थप टेवा पुग्ने बताएको छ ।

विपक्षिदल र उनकै पार्टीका केही सदस्यहरुले भने गल्लि गल्लिमा क्यासिनो खोलिंदा आपराधिक घटना बढ्ने भन्दै यसको बिरोध गरेका थिए ।

काठमाडौं ।
सम्मानीत र राम्रो तलब सुविधा समेत पाउँदै आएका नेपाल प्रहरीका उपरीक्षक एसपी रहेका प्रमोद खरेलले अमेरिका जानकै लागि जागिरबाट राजिनामा दिएका छन् ।

अमेरिकी चिठ्ठा डिभी परेर नेपाल प्रहरीमा जागिर खाइरहेका एसपी खरेलबारे समाचार सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

विदेशी डिभी, पिआर पाएकाले नेपाल सरकारको कुनै ओहदामा बस्न नमिल्ने नियम रहेको छ ।

तर खरेलले यस्तो नियमको बेवास्ता गर्दै एक बर्षदेखी सरकारी जागिर खाएर डिभि चिठ्ठा समातेर बसिरहेका थिए ।

अमेरिकी डिभि परेका खरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । उनले पदबाट राजिनामा दिएपनि स्विकृत नभई सकेको बताइएको छ ।

नेपाल सरकारको नुन पानी खाएर अमेरिका उड्ने दिनगन्ती गनेर बस्दै आएका खरेल फागुन ११ गते अमेरिका उड्ने गरी टिकट समेत काटिसकेको पाइएको छ ।

पप्पु गुरुङ्, १ पौष, दोधारा चाँदनी । महायज्ञमा भक्तालुहरुको संख्यामा संख्यामा बृद्धी भएका छन् । क्याम्पसको अक्षय कोष निमार्ण गर्न भानु बहुमखी क्याम्पस दोधारा चाँदनी आयोजनामा मंगलवार देखी सुरु भएको महायज्ञमा प्रवचन सुरु भएको छ । दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसको अक्षय कोष स्थापनाको लागी संचालन गरेको धनधान्यञ्चल महायज्ञ २०७३ का उद्धघाटन भौतिक तथा यातायात मन्त्री रमेश दत्त लेखक लेखकले गर्नुभएको थिए । ‘श्रीमद् भावगत ज्ञान महायज्ञ एवं धनधान्याञ्चल अनुष्ठान २०७३’ को आज तेस्रो दिन महायज्ञका मुख्य वाचक सु–प्रसिद्ध प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलले आफ््नो प्रवचन सुरु गर्नुभएको छ । सु–प्रसिद्ध प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेल सहितको कलाकारहरुको टीमले भक्तालुहरुलाई मनोरञ्जन दिएका छन् । उद्धघाटनको दाँजो भक्तजनहरुको हिजो देखि भक्तजनहरुको संख्या बढेर गएको आयोजक समितिले जनाएको छ् । विशेष गरि महिलाहरु र वृद्धवृद्धाहरुको महायज्ञमा सहभागीता रहेको थियो । बिहान योग तथा ११ बजे देखि कथा बाचन, धार्मिक मनोरन्जन तथा लिला, सन्ध्या पुजन, प्रवचन एवं भजन कृतन लगाएत अबेर राती सम्म बिभिन्न कार्यक्रम संचालन हुदै आएको महायज्ञ मुल आयोजक समितिका महासचिव गगन खत्रीले जानकारी दिनुभएको छ् । बुधवार सबै भन्दा बढी दान गर्ने दातामा भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्दले रु. १ लाख ११ हजार १ सय ११ रुपिँया, भानु बहुमुखी क्याम्पसका क्याम्पस सहायक प्रमुख गगन खड्काले रु. १ लाख ११ हजार १ सय ११ रुपिँया, भानु बहुमुखी क्याम्पसका क्याम्पस उप–प्राध्यापक लालु खड्काले रु. १ लाख ११ हजार १ सय ११ रुपिँया महायज्ञमा दान गर्नुभएको थियो । दानबाट रु. ८ लाख ३२ हजार ४ सय १५ रुपिँया र कलशबाट रु. रु. ४ लाख ५७ हजार ६ सय रुपिँया गरि जम्मा रु. १२ लाख ९ हजार १५ रुपिँया दान राशी संकलन भएको भानु महायज्ञ सचिवालयले जानकारी प्राप्त भएको छ् । हिजो कलशबाट रु. १ लाख १८ हजार ८ सय रुपिँया, प्रमुख दातबाट रु. ६ लाख ८७ हजार ७ सय ७६ रुपिँया, सबै दानबाट रु. ५० हजार गरि जम्मा रु. ८ लाख ३६ हजार ५ सय ७९ रुपिँया महायज्ञमा संकलन भएको महायज्ञ सचिवालयले जानकारी दिएको छ् । हिजो सबै भन्दा बढी दान दिने दातामा महायज्ञ मुल आयोजक समितिका संयोजक जंग बहादुर चन्दले रु. ५ लाख १ हजार १ सय ११ रुपिँया दान गरेको थिए । सबै दाताहरुलाई सम्मान गरिएको थियो । भक्ती भाव सहित संचालन उक्त कार्यक्रममा जिल्ला सहित भारतिय सिमावर्ती शहरका धर्मालम्बीको समेत सहभागिता रहेको आयोजक समितिले जनाएको छ् । बिहान जाडोको कारणले भक्तजनहरुमा सहभागिता कमी आएपनि अपरान्ह पछि महायज्ञमा धर्मालम्बीको संख्यामा बृद्धी भएको बताईएको छ् ।

महायज्ञमा भण्डाराको समेत ब्यवस्था

भानु बहुमखी क्याम्पस दोधारा चाँदनीले आफ्नो अक्षय कोष स्थापनाको लागी संचालन गरेको महायज्ञमा भण्डाराको ब्यवस्था गरिएको बताईएको छ् । महायज्ञ मुल आयोजक समतिका संयोजक जंग बहादुर चन्द र रुप सिंह साँउदको ब्यक्तीगत सहयोगमा बिहिवार देखि महायज्ञका सबै भक्तजनहरुलाई भण्डाराको ब्यवस्था गरिएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ् । भक्तजनहरुलाई दिउसो खानपानका लागी भण्डारा लगाईएको महायज्ञ मुल भानु बहुमुखी क्याम्पसका अध्यक्ष राजिब खड्काले जानकारी दिएका छन् । आज दोधारा चाँदनी स्थित रहेका अम्बिका उच्च माबिका शिक्षक यसवन्त खड्का (बन्टी सर) को ब्यक्तीगत सहयोगले भक्तालुहरुलाई खानपानको लागी भण्डारा लगाई बताईएको छ् । दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसले पहिलो पटक संचालन गरेको महायज्ञमा रु. २० लाख खर्चा आउने तथा रु. ३ करोड रकम संकलन गर्ने अपेक्षा गरिएको आयोजक समितिले बताएको छ् । दोधारा चाँदनीको एक धार्मिक महोत्सवको रुपमा संचालन गरिएको महायज्ञमा आज भक्तालुको संख्यामा थप बृद्धी हुने महायज्ञ मुल आयोजक सल्लाहकार संयोजक बेल बहादुर रानाले जानकारी दिएका छन् । यस्तै महायज्ञमा रकम संकलनमा सहज होस् भन्नको लागी महाकाली बिकास बैंक लि. शाखा कार्यालय दोधारा चाँदनीले आफ्नो काउण्टर संचालन गरेको शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् ।

भक्तपुर,मंसिर ३० । कक्षा ११ को नियमित तर्फको परीक्षाफल प्रकाशित भएको छ । गत जेठ १ गते देखि १२ गतेसम्म सञ्चालन भएको विज्ञान, व्यस्थापन,मानविकी तथा शिक्षा संकायको परीक्षाफल बिहीबार सार्वजनिक भएको हो । परीक्षामा सहभागि २ लाख ६६ हजार १ सय तीन परीक्षार्थी मध्ये १ लाख ३६ हजार ६ सय ६५ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जुन कुल परीक्षार्थीको ५१. ७ प्रतिशत हो । ३३ जनाको भने परीक्षा रद्द भएको बोर्डले जनाएको छ ।

गत वर्ष सम्म नीयमित र आंशिकको नतिजा एकै पटक प्रकाशित गर्ने गरिन्थ्यो । एकै पटक नतिजा प्रकाशित गर्दा कक्षा १२ पास भएर पनि विद्यार्थीले अर्को तह पढ्न नपाउने हुँदा एक बर्ष खेर जान्थ्यो ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस्

विद्यार्थीको समय बचाउन यस बर्ष देखि आंशिक र नियमितको नतिजा छुट्टा छुट्टै प्रकाशित गर्न शुरु गरेको नियन्त्रक बोर्डले जनाएको छ । यस वर्ष आंशिकतर्फ सहभागी भएका परीक्षार्थीको नतिजा भने गत मंगलबार सार्वजनिक भएको थियो । कक्षा १२ पास भएका तर ११ मा १–२ विषय लागेर अघिल्लो तह पढ्नबाट बञ्चित विद्यार्थीलाई सहज होस् भनेर यस बर्ष देखि छुट्टा छुट्टै नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेका र यसलाई निरन्तरता दिने बोर्डको योजना छ । कक्षा ११ को परीक्षामा आंशिक सहित ३ लाख ६९ हजार ४ सय २६ परीक्षार्थी सहभागि थिए ।

काठमाडौं,मंसिर ३० । यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंकासँग मात्र १ रनले पराजित भएको छ । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ९९ बलमा ९० रन बनाएपनि नेपालले जित हासिल गर्न सकेन् । दिपेन्द्रले नौ चौका एक छक्का प्रहार गरे । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो ।

जवाफि ब्याटिङ गरेको नेपालका सन्दिप सुनार ८ बलमा २ रन, आशिफ शेख ६ बलमा एक रन, भिम सार्की १६ बलमा ८ रन, आदिल खान ६९ बलमा ३९ रन, प्रकाश केसीले २३ बलमा १४ रन, सुवर्णकार उरावले ६४ बलमा ४० रन बनाए । पवन सर्राफ पहिलो बलमै एलबिडब्लु आउट भए । यस्तै कमल सिंह ऐरीले ९ बलमा ९ रन बनाए ।

सन्दिप लामिछाने ३ बलमा १ रन बनाएर रन आउट भए । श्रीलंकाका कामिन्दु मेन्डिसले तीन, अशेन बान्डारा, जेहन ड्यानियल, निपुन रनसिका, दिलसान ग्यामेज र प्रविन जयबिक्रमाले एक एक विकेट लिए । श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाएका थिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

श्रीलंकाका असेन बान्दाराले ४७ बलमा ४८ रन, क्रिशन आर्चचिग्गेले ४७ बलमा २८ रन बनाए । रविनले ३७ बल खेलेर १९ रन बनाए । नेपालका कमल सिंहले ३ विकेट लिए । यस्तै पवन सर्राफले दुई र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । दिपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच भए ।