जापानमा नेपाली विद्यार्थीलाई भिषा परिवर्तन गराइदिने भन्दै ठग्ने पक्राउ

टोकियो ।
जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई भिषा परिवर्तन गराउन भन्दै लाखौं रुपैयाँ लिएर ठग्ने गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

जापान प्रहरीले अध्ययनका लागि आएका नेपाली विद्यार्थीसँग प्रतिव्यक्ति ५० मान येन करिव ५ लाख रुपैयाँ लिएर ठग्ने गरेका घानाका एक व्यक्तिलाई पक्राउ गरेको हो ।

ईभेन्ट कम्पनीका प्रमूख बताइएका घानाका एरिक नाम गरेका ति व्यक्तिले हालसम्म करिव १ करोड रुपैयाँ नेपाली विद्यार्थीबाट ठगिसकेको खुल्न आएको छ । उनले साढे २ वर्षको विचमा २४ जना विदेशीहरुको भिषा परिवर्तन गरिदिएको समाचारमा उल्लेख छ ।

जापानको आसाही टेलिभिजनले उल्लेख गरे अनुसार पक्राउ परेका व्यक्तिले नेपालीहरु काममा इमान्दार र बढी खट्ने भएकै कारण काममा लिने गरेको र आफुले भिषा परिवर्तनको लागि पैसा लिने गरेको स्विकारेको बताएका छन् ।

अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुले भाषा कक्षा र सेन्मन गाग्को सकेपछि प्राय जापान आएको करिव तीन बर्षपछि भिषा परिवर्तन गरेर काम मात्र गरेर बस्न प्रयास गर्नेगरेका छन् ।

यसरी कामदार भिषा लिएर बस्न खोज्दा नेपाली विद्यार्थीहरुलाई नेपाली कम्पनी चलाउँदै आएका नेपालीहरुले समेत मोटो रकम लिएर भिषा परिवर्तन गराइदिने तथा न्यून पारिश्रमीक दिएर भिषा परिवर्तन गराउने प्रलोभन दिने गरेको गुनासोहरु सुनिंदै आएको छ ।

यसबिचमा घानाका नागरिक पक्राउ परेपछि नेपालीहरु कसरी अध्ययनको लागि आएर भिषा परिवर्तन गराउँदा लुटिंदै आएका छने भन्ने प्रमाण सार्वजनिक भएको छ ।

भानु महायज्ञका लागी कोरियामा सहयोग संकलन हुँदै

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,मंसिर ३० । क्याम्पसको अक्षय कोष निमार्ण गर्न भानु बहुमखी क्याम्पस दोधारा चा“दनी आयोजनामा हिजो देखी सुरु भएको महायज्ञमा कोरियामा रहेका नेपालीहरुले महायज्ञका लागी रकम संकलन गर्न थालेका छन् । भूतपुर्व बिद्यार्थी तेज बहादुर चन्द र उनका सहकर्मी जगेन्द्र सिंह पेलाको नेतृत्वमा भानु क्याम्पसको अक्षय कोष स्थापनाको लागी सहयोग जुटाउदै गरेको दक्षिण कोरियाबाट खबर पठाएका छन् । उनिहरुले संकलित रकम चाडै पठाउने भएका छन् । उनिहरुले आफ्नो तलवबाट कटाएर महायज्ञको लागी रकम पठाउन लागेको बताएका छन् ।

भानु बहुमुखी क्याम्पसको अक्षय कोष निमार्णको लागी ‘श्रीमद् भावगत ज्ञान महायज्ञ एवं धनधान्याञ्चल अनुष्ठान २०७३’ का लागी रु. १ लाख ७ हजार ४७ रुपियाँ संकलित रकम पठाउन लागेको बताएका छन् । गरिब तथा बिद्यार्थीहरु गुणस्तर शिक्षाबाट बन्चीत नहुन् भन्ने सोचाईले साथीहरुबाट रकम संकलन गरेर महायज्ञको लागी पठाउन थालेको कोरियामा कार्यरत तथा कञ्चनपुर जिल्ला दोधारा चाँदनी निवासी तेज बहादुर चन्दले फोन मार्फत खबर पठाएका छन् ।

पुनित कार्यको लागि क्याम्पसका भूतपुर्व बिद्यार्थी तेजबहादुर चन्द र जगेन्द्र सिंह पेला नेतृत्वमा आफ्नो कर्म भूमि दक्षिण कोरियामा कार्यरत रहेका मनकारीहरु सहयोगी हातहरुबाट महायज्ञलाई सहयोग रकम संकलन गरि भानु बहुमुखी क्याम्पसको अक्षय कोष स्थापनाको लागी संकलन गरि पठाईन लागेको दक्षिण कोरिया बस्दै आएका दोधारा चाँदनीका क्याम्पसका भूतपुर्व बिद्यार्थी तेज बहादुर चन्दले फोन गरेर बताएका छन् ।

जगेन्द्र सिंह पेला

“ढिलै समचार पाएर हातार–हतार रकम संकलन गरेका हौ” भूतपुर्व बिद्यार्थी तेज बहादुर चन्दले बताए । “हामीहरुले सामाजिक संजाल फेसबुक मार्फत महायज्ञ जस्तो पुन्यको काममा सहयोगको अपिल गरेर रकम संकलन गरेका हौ” चन्दले बताए । उनका अनुसार आफु र जगेन्द्र सिंह पेलाको सहयोगमा नेतृत्वमा सहयोग रकम संकलन गरेको बताएका छन् । बिगतका थुप्रै सामाजिक कार्यमा आफु र आफ्ना साथीहरु समुन्द्रपारीबाट सहयोग गर्दै आएको बताउदै भानु बहुमुखी क्याम्पसले संचालन गरेको धनधान्यञ्चल महायज्ञले भानु बहुमुखीको प्रगतीको साथै समुन्नत समाज निमार्णमा सहयोग पु¥याउनमा आफुहरु ढुक्क भएको बताएको कोरियामा बस्दै आएका भानु क्याम्पसका पुर्व बिद्यार्थी तेजबहादुर चन्दका कोरियामा संगैका बस्दै गरेका बैतडी घर गरेका साथी जगेन्द्र सिंह पेलाले बताएका छन् ।

तेजबहादुर चन्द र जगेन्द्र सिंह पेलाको नेतृत्वमा पदमराज भट्ट (कञ्चनपुर), कमल खत्री (दोधारा चादनी), महेश सिंह साउद (दोधारा चाँदनी), लाल बहादुर साँउद ( महेन्द्रनगर), मोहनसिंह साउद, सुडा मसेपानी, मान सिंह साँउद, कञ्चनपुर, सुरेन्द्र सिंह साउद, कञ्चनपुर, सुडा, राजेन्द्र क्षेत्री (बैतडी) राज बोहरा (डडेल्धुरा) बिरेन्द्र सिंह साँउद (कञ्चनपुर) अर्जुन सिंह बोहरा (महेन्द्रनगर, कञ्चनपुर) भान सिंह केसी (कञ्चनपुर) गजेन्द्र बोहरा (कञ्चनपुर) .खेम सिंह साँउद (बैतडी) प्रकाश औजी (दोधारा चाँदनी) लगाएत ३८ जना दक्षिण कोरियामा रहेका नेपालीहरुले जम्मा रकम रु. १ लाख ७ हजार ४७ रुपिया त्यहाबाट बैंक मार्फत सहयोग रकम पठाउन लागेको दक्षिण कोरियामा दोधारा चा“दनीका तेज बहादुर चन्द र जोगेन्द्र सिंह पेलाले सामाजिक संजाल फेसबुक मार्फत खबर पठाएका छन् । दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसले पहिलो पटक संचालन गरेको महायज्ञमा रु. २० लाख खर्चा आउने तथा रु. ३ करोड रकम संकलन गर्ने अपेक्षा गरिएको आयोजक समितिले बताएको छ ।

तेज बहादुर

भारतले दियो नेपाललाई थप झड्का,साना दरका भारु नोटसमेत यस्तो गर्‍यो निर्णय

काठमाडौं,मंसिर ३० । भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ (भारु) नदिने भएको छ। गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोटसमेत नदिने भएपछि भारु संकट गहिरिने भएको हो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारु दिन नसकिने जानकारी गराएको जानकारी दिए। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भारुको मौज्दात र आपूर्ति व्यवस्थाका सम्बन्धमा चासो राखेपछि गभर्नर नेपालले तत्काल थप भारु नआउने स्पस्ट पारेका हुन्। अर्थमन्त्री महरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा गएका थिए।

भारतमा ठूला दरका भारु प्रतिबन्धसँगै नेपालमा पनि ती नोटमा प्रतिबन्ध लागेको छ। भारतमा पुस १६ सम्म सर्वसाधारणलाई ठूला दरका नोट साट्ने समयावधि दिइए पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने बारेमा कुनै निर्णय भएको छैन।

सरकार र राष्ट्र बैंक भारतको निर्णय कुरेर बसेका छन्। तर, भारतले भने नेपालमा ठूला दरका नोट साट्न दिने वा नदिने भन्नेमा कुनै संकेत गरेको छैन। नेपालको अधिकांश व्यापार भारतसँग हुने र उपचारलगायतका गतिविधिमा भारुको अधिक प्रयोग हुने भएकाले सीमा नाका र मुलुकका विभिन्न भागमा तोकिएको विनिमय दरभन्दा बढीमा भारु सटही हुने गरेको छ।

अर्थमन्त्री महरालाई गभर्नर नेपालले देशको ढुकुटी राख्ने ठाउँ भत्केकाले चाँडै बनाउनुपर्नेमा जोड दिएका थिए। तर, सरकारी संरचनाको पुनर्निर्माणको काम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्ने भएकाले अर्थ मन्त्रालयले खासै केही गर्न सक्ने स्थिति छैन। आजको कारोबार दैनिकमा समाचार छ ।

अब ११२ लाई एउटै इमर्जेन्सी नम्बर बनाउने

काठमाडौं,मंसिर ३० । एकान्त स्थानमा सडक दुर्घटनामा परियो, सवारी साधन भने जलेको छ। यस्तो अवस्थामा कुन–कुन आकस्मिक सेवाका लागि फोन गर्ने गरी सम्झिनुपर्ने एम्बुलेन्स, दमकल र प्रहरी। यदि गम्भीर घाइते भइएको छ भने तीन–तीनवटा नम्बरमा फोन गरेर सेवा लिन सहज छ ? अवश्य पनि छैन।

तर, सरकारी योजना समयमै पूरा भए चाँडै नै यी तीनवटै सेवा एउटै नम्बरमा फोन गरी पाउन सकिनेछ। त्यत्ति मात्र होइन, आफैंले दुर्घटनास्थल बताउन नसके पनि ‘लोकेसन ट्रयाक’ हुनेछ र केही मिनेटमै उद्धार हुन सक्छ।

सरकारले अघि बढाएको सबैखाले आकस्मिक सेवाका नि:शुल्क नम्बरलाई एकीकृत गर्ने प्रणाली अघि बढे बढीमा एक वर्षभित्र राजधानीवासीले यस्तो सुविधा पाउनेछन्। त्यसको एक वर्षपछि भने मुलुकभर यो सेवा पुग्नेछ। ‘हामीले यसका लागि धेरै तयारी र अध्ययन गरिसकेका छौं,’ आकस्मिक नम्बरहरूलाई एकीकृत गर्न प्राविधिक र परामर्श कार्य अघि बढाएको नेपाल दूरसञ्चार प्रधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘परामर्शपत्रसमेत तयार भइसकेको छ।’

प्राधिकरणले सबैखाले आकस्मिक नम्बरलाई एकीकृत गरी एउटै नम्बरबाट यस्तो सेवा दिने परामर्शपत्रबारे बुधबारबाट सरोकारवाला र सर्वसाधारणको सुझाव संकलन सुरु गरेको छ। ‘४५ दिनसम्म सुझाव संकलन गरेर त्यसलाई समेटी सञ्चार मन्त्रालयमा पठाउँछौं,’ अर्यालले भने, ‘मन्त्रालयले अरू सरोकारवाला मन्त्रालयसँग छलफल गरी यसलाई अघि बढाउनेछ।’

आकस्मिक सेवाका लागि गृह मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसैले गृहको समेत सहमति र सहकार्यमा सबै नम्बरलाई एकीकृत गर्ने काम अघि बढाइनेछ। प्राधिकरणले तयार पारेको परामर्शपत्रमा एम्बुलेन्स, प्रहरी, दमकल, बालबालिका र महिला हेल्पलाइन, विपत सहयोगलगायतका सबैखाले आकस्मिक सेवा एउटै नम्बरमा कल गर्दा प्राप्त गर्ने व्यवस्था मिलाउने उल्लेख छ। ‘आकस्मिक सेवाको एकीकृत नम्बरका रूपमा ११२ नम्बरलाई प्रस्ताव गरिएको छ,’ परामर्शपत्रमा भनिएको छ, ‘दोस्रो प्राथमिकतमा भने ११९ नम्बरलाई राख्नु उपयुक्त हुनेछ।’

प्राधिकरणले धेरै मुलुकमा १११ र ११२ लाई आकस्मिक नम्बरका रूपमा राखिएकाले नेपालमा ११२ सुझाएको हो। हाल फ्रान्स, जर्मनी, इटाली स्पेन, टर्की, अस्ट्रिया, नर्वे, रोमानिया, बेल्जियम, फिनल्यान्ड, बुल्गेरिया, चेक रिपब्लिक, स्विडेनलगायतका मुलुकमा ११२ लाई एकीकृत आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ।

अमेरिकामा र क्यानडामा भने ११९ लाई प्रयोग गरिएको छ। बेलायतले ९९९ र अस्ट्रेलियाले ० लाई एकीकृत आकस्मिक नम्बरका रूपमा प्रयोग गरिरहेको परामर्शपत्रमा उल्लेख छ। बेलायतमा ११२ लाई भने वैकल्पिक आकस्मिक नम्बरका रूपमा प्रयोग गरिएको छ।

नेपालमा भने ११२ नम्बर हाल मोबाइलबाट आकस्मिक सेवा लिनलाई प्रयोगमा ल्याइएको छ। यो नम्बरमा डायल गर्दा प्रहरी र दमकलका लागि ‘यो नम्बरमा कल गर्नुहोला’ भन्ने सन्देश आउने गर्छ। नेपालमा हालसम्म तीनवटा नम्बर भएका र चारवटा नम्बर भएका गरी ३४ आकस्मिक सेवाका नम्बरहरू प्रचलनमा आइसकेका छन्। यसरी विभिन्न सेवाका लागि फरकफरक नम्बर प्रयोगमा आउँदा आकस्मिक सेवा चाहनेले तत्कालै सेवा पाउन नसक्ने र अलमलिने अवस्था हुने भएकाले एकीकृत प्रणाली विकास गर्नुपर्ने परामर्शपत्रमा सुझाव दिइएको छ।

सरकारी निकाय र गैरसरकारी संस्थाले व्यवस्थापन गरिरहेका यस्ता आकस्मिक नम्बरहरू हाल देशभर पनि चल्दैनन्। नेपाल टेलिकमको नेटवर्कमा मात्र चल्ने यस्ता नि:शुल्क नम्बरमा कतिपय अवस्थामा अन्य कम्पनीको नेटवर्कबाट आएको कल नलाग्नेसमेत गरेको छ। आकस्मिक नम्बर एकीकृत भएपछि यस्तो समस्या आउने छैन। त्यति मात्र होइन, एसएमएस र मोबाइल एप्समार्फत समेत आकस्मिक नम्बरमा सन्देश पठाउन सकिनेछ।

आकस्मिक नम्बरलाई एकीकृत गर्न परामर्शपत्रमा विभिन्न ५ खाले प्राविधिक प्रस्तावसमेत गरिएको छ। युरोपेली र अमेरिकी मुलुकहरूले अपनाएका यी प्रणालीमध्ये एकलाई छनोट गरी सरकारले लागु गर्न सक्नेछ। जीएसएम मोबाइल धेरै चल्ने प्रविधि भएकाले ११२ नम्बर यसका लागि उपयुक्त भएकाले सिफारिस गरिएको परामर्शपत्रमा उल्लेख छ।

यो नम्बरमा भने फोन लक भएको बेलामा समेत कल गर्न सकिन्छ। ११२ नम्बरलाई छुट्टै एकीकृत नम्बरका रूपमा विकास गरिए पनि प्रहरीका लागि १००, १०१ र १०२ नम्बर भने रहिरहनेछन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

महायज्ञको दोस्रो दिन भक्तजनहरुको संख्यामा वृद्धी,८ लाख भन्दा बढि संकलन

पप्पु गुरुङ्ग, दोधारा चाँदनी, मंसिर २९  । महायज्ञमा भक्तालुहरुको संख्यामा बृद्धी भएको जानकारी प्राप्त भएको खबर छ् । क्याम्पसको अक्षय कोष निमार्ण गर्न भानु बहुमखी क्याम्पस दोधारा चाँदनी आयोजनामा हिजो देखी सुरु भएको महायज्ञमा आज देखी प्रवचन सुरु भएको छ । दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसको अक्षय कोष स्थापनाको लागी संचालन गरेको धनधान्यञ्चल महायज्ञ २०७३ का उद्धघाटन भौतिक तथा यातायात मन्त्री रमेश दत्त लेखक लेखकले गर्नुभएको थिए । ‘

श्रीमद् भावगत ज्ञान महायज्ञ एवं धनधान्याञ्चल अनुष्ठान २०७३’ को दोस्रो दिन आज देखी महायज्ञका मुख्य वाचक सु–प्रसिद्ध प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलले आफ््नो प्रवचन सुरु गर्नुभएको छ । सु–प्रसिद्ध प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेल सहितको कलाकारहरुको टीमले भक्तालुहरुलाई मनोरञ्जन दिएका छन् ।

हिजो उद्धघाटनको दाँजो भक्तजनहरुको आज भक्तजनहरुको संख्या बढेर गएको आयोजक समितिले जनाएको छ् । विशेष गरि महिलाहरु र वृद्धवृद्धाहरुको महायज्ञमा सहभागीता रहेको थियो । ११ बजे देखि कथा बाचन, धार्मिक मरोरन्जन तथा लिला, सन्ध्या पुजन, प्रवचन एवं भजनकृतन लगाएतका कार्यक्रम भएको महायज्ञ मुल आयोजक समितिका महासचिव गगन खत्रीले जानकारी दिनुभएको छ् ।

भक्ती भाव सहित संचालन उक्त कार्यक्रममा जिल्ला सहित भारतिय सिमावर्ती शहरका धर्मालम्बीको समेत सहभागिता रहेको आयोजक समितिले जनाएको छ् । आज बिहान जाडोको कारणले भक्तजनहरुमा सहभागिता कमी आएपनि अपरान्ह पछि महायज्ञमा धर्मालम्बीको संख्यामा बृद्धी भएको बताईएको छ् ।

आज महायज्ञमा भानु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश चन्दले रु. १ लाख ११ हजार १ सय ११ रुपियाँ, भानु क्याम्पसका सह–क्याम्पस प्रमुख गगन खड्का रु. १ लाख ११ हजार १ सय ११ रुपिँया, उप–प्राध्यापक लालु खड्काले रु. १ लाख ११ हजार १ सय ११ रुपिँयाले आजको महायज्ञको दोस्रो दिनमा सबै भन्दा धेरै रकम दिएर क्याम्पसको अक्षय कोषमा सहयोग गर्नुभएको महायज्ञ मुल आयोजक समितिका महासचिव गगन खत्रीले जानकारी दिएका छन् ।

करिब रु. ८ लाख ३२ हजार ४ सय १५ रुपिँया रकम संकलन भएको छ् । हाल सम्म कलशबाट रु.४ लाख ५७ हजार ६ सय रकम संकलन भएको बताईएको छ् ।

भोली महायज्ञमा भण्डाराको समेत ब्यवस्था गरिने

भानु बहुमखी क्याम्पस दोधारा चाँदनीले आफ्नो अक्षय कोष स्थापनाको लागी संचालन गरेको महायज्ञमा भोली देखि भण्डाराको ब्यवस्था गरिएको बताईएको छ् । महायज्ञ मुल आयोजक समतिका संयोजक जंग बहादुर चन्द र रुप सिंह साँउदको ब्यक्तीगत सहयोगमा भोली महायज्ञका सबै भक्तजनहरुलाई भण्डाराको ब्यवस्था गरिएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ् । भक्तजनहरुलाई दिउसो खानपानका लागी भण्डारा लगाईएको महायज्ञ मुल आयोजक समितिका प्रबक्त्ता गगन खत्रीले जानकारी दिएका छन् ।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसले पहिलो पटक संचालन गरेको महायज्ञमा रु. २० लाख खर्चा आउने तथा रु. ३ करोड रकम संकलन गर्ने अपेक्षा गरिएको आयोजक समितिले बताएको छ् । दोधारा चाँदनीको एक धार्मिक महोत्सवकोरुपमा संचालन गरिएको महायज्ञमा भोली भक्तालुको संख्यामा थप बृद्धी हुने महायज्ञ मुल आयोजकका सदस्य किशोर कुमार लिम्बुले जानकारी दिएका छन् ।

प्रचण्ड सरकारमा शेयरका धनी स्वास्थ्यमन्त्री गगन थापा,नगद ९ हजार मात्र !

काठमाडौं,मसिर २९ । प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापा शेयरका धनी देखिएका छन् ।  उनले बुझाएको सम्पत्ती विवरण अनुसार उनीसँग १६ तोला सुन र २०० तोला चाँदी छ  । श्रीमती डा। अञ्जना केसीको नाममा १७ लाख २५ हजारको एउटा कार रहेको छ । आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा शेयर रहेको उलेख गरेका छन् ।

नगद भने बैंकमा रहेको ४ हजारसहित ९ हजार मात्र रहेको उनको सम्पत्ति विवरणमा लेखेका छन् ।

काठमाडौंको रातोलुपमा घर तथा जग्गा छ । तर, दुबै घर उनको आमाको नाममा छ । सल्यान र सुनसरीमा जग्गा रहेको जग्गा भने उनका बुबाको नामा रहेका छन् ।

दुई उपप्रधानमन्त्रीः निधि अर्बपति , महरा ‘गरिब’ ! निधिसँग ६० तोला सुन, करिब २० विघा जमीन, महराको पाख

काठमाडौं,मंसिर २९  । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरेको प्रधानमन्त्री कार्यालयले वेवसाइटमार्फत सार्वजनिक भएको सम्पत्ति विवरणमा सरकारका दुई उपप्रधानमन्त्रीमा विमलेन्द्र विमलेन्द्र निधि धनि देखिएका छन् । अर्का कृष्णबहादुर महराको सम्पत्ति कम देखिएको छ। उनको नाममा सुन ६० तोला र चाँदी १५० तोला रहेको छ ।

सुन र चाँदी दाइजोबाट प्राप्त भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र नीधिबाट हस्ताक्षर भएर जारी भएको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै तराईमा १९ विघा जग्गा रहेको पनि उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ । यस्तै बैंक ब्यालेन्स २९ लाख रहेको पनि उनले सम्पत्ति उल्लेख गरेका छन्भने विभिन्न बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ ।

निधिले विभिन्न व्यक्तिलाई दिएको १३ लाख ५० हजार रुपैयाँ उठाउन बाँकी रहेको पनि उल्लेख गरेका छन् । यस्तै उनीसँग बैंकमा जम्मा गर्न नभ्याएको १० लाख ९६ हजार ८ सय २५ रुपैयाँ समेत छ । यस्तै निधिसँग २ हजार १ सय ६० कित्ता साधारण शेयर पनि रहेको छ ।

यता अर्का उपप्रधानमन्त्री महराको सम्पत्ति खासै देखिएको छैन, रोल्पाको लिवाङ्ग गाविस ८ मा पैतृक सम्पत्तिको रुपमा २ तले घर र १ तले गोठ छ । यस्तै उनको लिवाङ मै ८ रोपनीको पाखोबारी छ । उनको नाममा सुन चाँदी छैन । बैंक ब्यालेन्स भने ८० लाख रहेको विवरणमा उल्लेख छ ।

कोइराला पछि नेपालका गरिब प्रधानमन्त्री प्रचण्ड, कति छ सम्पत्ति ?

काठमाडौं,मंसिर २९ । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पती विवरण अनुसार श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको विवरणमा उल्लेख छ । उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।

२०४८ सालमा कोइराला नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने निर्णय गरेको थियो । त्यसपछिका सरकारहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सार्वजनिक पदमा रहेका सबैले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

टोकियोमा ‘पुरानो डुंगा’ आउन मात्र ४ दिन बाँकी

टोकियो ।
यस बर्षको उत्कृष्ठ चलचित्र मध्येको एक पुरानो डुंगाको जापानमा प्रदर्शन हुन चार दिन बाँकी रहेको छ ।

चलचित्र प्रदर्शनको मिति नजिकिंदै गर्दा चलचित्र हेर्न कुरी बसेका जापानबासी नेपालीहरु उत्साहित देखिएका छन्  ।

सफल निर्देशक रामबाबु गुरुगं सँगै दयाहाङ राई र प्रियंका कार्कीको उत्कृष्ठ अभिनय रहेको चलचित्र पुरानो डुंगा जापानमा यहि १८ तारिखमा प्रदर्शन हुँदैछ ।

कबड्डी र कबड्डी कबड्डी जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका सफल निर्देशक रामबाबु गुरुगंका कारण पनि लोकप्रिय बनेको चलचित्रमा माझी दाजुभाइको कथामा युवाप्रति शहरको आकर्षण र पुर्ख्यौली सम्पत्तीमाथि दाजुभाईको हानाथापमा आधुनीक कथाको फ्युजन रहेको बताइएको छ ।

जापानमा यहि १८ तारिख मध्यान्ह २ र साँझ ६ बजे दुई शो प्रदर्शन हुन लागेको चलचित्र टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुँदैछ ।

कालीप्रसाद बाँस्कोटाको स्वरको निर जहिले रिसाउने बाट पनि लोकप्रिय भइरहेको पुरानो डुंगाको जापान प्रदर्शनको अधिकाशं टिकट विक्रि भइसकेको आयोजकले जानकारी दिएको छ ।

पोखरालाई आधार बनाएर बनाइएको चलचित्र हेर्दा सामान्य कथा लागेपनि मनोरम दृश्य सँगै हँसाउने कथाभित्र पारिवारिक पिडा र रसिला कथा समेत जोडिएको छ ।

प्रियंका, दयाहाङका अलावा माओत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतको अभिनय रहेको चलचित्रको टिकट सुरक्षित गर्न तत्काल फोन तथा सम्पर्क गर्न अनुरोध गर्दै आयोजक टोकियो डिम्सले तल उल्लेखित सम्पर्क ठेगानामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

अँग्रेजि नयाँ बर्ष २०१७ को पूर्व सन्ध्यामा शुभकामना आदान
प्रदान र भेटघाटको अवसर जराएर हुन लागेको चलचित्र प्रदर्शनको
टपनेपालन्युजडटकम अफिसियल मिडिया पार्टनरको रुपमा रहेको छ ।BOOKING CONTACT !!
For
more details and information, plz contact :080-4355-5258,
080-3594-0800, 080-7698-7075 or go to page Tokyo Dreams Entertainment !!

'PURANO DUNGA'
18th dec / 1st show 14:00, 2nd show 18:00 Meguro Kumin Center Hall ! -

नेपालमा लोकप्रिय र सफल प्रदर्शन गरेको पुरानो डुंगा जापान प्रदर्शन मिति नजिकिंदै

बहुप्रतिक्षित चलचित्र 'पुरानो डुंगा' जापानमा प्रदर्शन हुँदै

अब जापानमा कृषिमा काम गर्न आउन पाइने, तलब पनि जापानी सरह

टोकियो ।
जापानमा अब नेपालीले कृषिमा पनि काम गर्न पाउने भएका छन् ।

जापान सरकारले अब विदेशी कामदारले जापानको कृषि क्षेत्रमा पनि काम गर्न पाउनेगरि नयाँ नीति सार्वजनिक गरेको छ ।

तर यसरी काम गर्न पाउने ठाउँ, दक्षता र आधार भने नीश्चित तोएिको छ ।

सोमवार सार्वजनिक नीति अनुसार दक्ष विदेशी कामदारले जापानको कृषि क्षेत्रमा काम गर्न पाउनेछन् ।

प्रशिक्षार्थी कामदारको रुपमा मात्रै कृषिमा नेपाल सहित विभिन्न देशबाट ल्याउने गरेको जापानले अब भने कामदारकै रुपमा बिदेशी कामदार ल्याउने भएको छ ।

यसरी कृषि क्षेत्रमा कामदार ल्याउने नीति खुकुलो बनाएपछि यसले जापानको कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव पूर्तिगर्ने ठानिएको छ ।

सन् १९९३ देखि अदक्ष विदेशी कामदार लिंदै आएको जापानले कृषिको लागि सार्वजनिक श्रम खुल्ला नीतिमा खुकुलो पार्दै विदेशी कामदारलाई पनि जापानी कामदार सरह पारिश्रमिक पाउने नीयम बनाएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले राष्ट्रिय परिषदको बैठकमा बोल्दै विदेशी कामदारलाई केही स्थानहरुमा तोकिएका केही काम गर्ने अनुमति दिने निर्णय गरेको बताएका हुन् । प्रथम चरणमा जापान सरकारले आकिता, इबाराकी, आइची र नागासाकी प्रान्तमा विदेशी कामदारलाई काम गर्ने अनुमति दिने छ ।

तर, विदेशी कामदारले यस क्षेत्रमा काम गर्नका लागि केही मापदण्ड भने पुरा गर्नुपर्ने छ । जसअन्तर्गत आफ्नो देशमा कृषि विषयमा अध्ययन गरी काम गरेको र जापानी भाषामा राम्रोसंग बोल्नसक्ने हुनुपर्ने छ ।

यसरी सार्वजनिक नीति अनुसार बिदेशी कामदार माग भइआएको देशबाटै आउनेछन् । न की जापानमा रहँदै आएकाहरुले त्यसमा काम गर्न पाउनेछन् ।
हाल सार्वजनीत नीतिले जापानमा भएका नेपाली वा अन्य देशका नागरिक नाभान्वित हुने नभई जापान कृषि क्षेत्रमा आउन चाहनेहरु लाभान्वित हुने देखिएको छ ।

यसअघि निश्चित समयको लागि मात्र तोकिएर बिदेशी प्रशिक्षार्थी कृषि कामादार ल्याएपनि अब भने कामदारको रुपमा रहन पाउनेगरि अन्य भिषा प्रक्रिया अनुसारनै जापानमा रहन पाउने नीयम अनुसार कृषिमा काम गर्न चाहनेहरु आउन पानेछन् ।

ओकिनावामा दलाल र विद्यालयले नेपाली विद्यार्थीबाट जर्वजस्ती लिएको कागजात फिर्ता गर्न थाले

टोकियो ।
जापनको ओकिनावामा नेपाली विद्यार्थीको महत्वपूर्ण कागजात खोसेर राख्दै आएका दलाल र जापानी भाषा विद्यालयहरुले फिर्ता दिन थालेको भेटिएको छ ।

ओकिनावामा अध्ययनरत एक नेपाली युवाले टपनेपालन्युजसँगको कुराकानीमा भने-'हिजो कलेजले नै बोलाएर नेपाली राजदूतावास, जापानी मिडिया र नेपाली मिडियामा समेत समाचार आइरहेको छ, यो हामीले दुख दिन होइन बाध्य भएर राखेका थियौं यसको लागि माफी चाहन्छौं भनेर आवासिय अनुमती पत्र जाइरियो कार्ड दिए ।'

करिव १ बर्षदेखी राखिएको उक्त कार्ड आफुले ४ पटक माग्दा पनि नदिएपछि माग्न छाडेको भन्दै उनले नाम नलेखिदिन आग्रह गर्दै टपनेपालन्युजसँग भने-'म काग गर्ने सुपामा अरुले १ हजार येन पाउँछन् कार्ड नभएर मैले अहिलेसम्म ९ सय ५० मा काम गर्न बाध्य भएको थिएं ।'

सामान्य जापानीज भाषा आउने तथा अंग्रेजीमा दख्खल राखेका यि विद्यार्थीले जाइरियो कार्डकै कारण आफुले त्यस्तो गम्भिर समस्या नभोगेको भएपनि केही नेपाली युवतीहरुले भने अन्यत्र रातको समयमा समेत घण्टाको जम्मा ९ सय रुपैयाँमा काम गर्नुपरेको काम गरेको समय समेत तलमाथि पारिदिंदा समेत बोल्न नसकेको कयौं पटक प्रहरीले समात्दा कलेजबाट कार्ड मगाएर फेरी बुझाउनु परेको समस्या आफुले देखेको भन्दै यौन शोषण हुनेखालेको घटना भने खास नदेखेको बताए ।

करिव १ बर्ष अघि अध्ययनका लागि आएका यि नेपाली विद्यार्थीका अनुसार अधिकाशं भाषा विद्यालयहरुले यो एक हप्ताभित्रमा सबै नेपालीका कागजात दिइसकेको छ । केहीले लिन बोलाएको तथा केहीले माग्न नआएको भन्दै मागेजतिलाई दिइरहेको छ ।

कागजातको विषयमा प्रकाशित समाचार सत्य भएपनि यौन शोषणका कुरा पूर्ण सत्य नभएको भन्दै यि विद्यार्थीले हालैको यो घटनापछि ओकिनावामा अध्ययनरत नेपाली युवतीहरुले घरबाट जानकारी माग्न थालेपछि ओकिनावामा नभई अन्य ठाउँमा बस्न थालिसकेको भन्दै परिवारमा ढांट्न थालेका छन् । कतिपयका परिवारले चिन्ता व्यक्त गर्दै ठाउँसर्न, नेपाल फर्कन समेत भन्ने गरेको गुनासो सँगै अध्ययन गर्ने युवतीहरुले सुनाउनेगरेको उनले बताए ।

एकहप्ता अघि ओकिनावा क्षेत्रमा अध्ययन गर्ने नेपाली विद्यार्थीको महत्वपूर्ण कागजात जाइरियो कार्ड र होकेन बिमा कागज भाषा विद्यालयहरुले खोसेर राख्ने गरेको तथा युवतीहरुमाथि काम गर्ने ठाउँ तथा विभिन्न पक्षबाट यौन शोषण सम्म हुनेगरेको समाचार जापानी सञ्चार माध्यमले प्रकाशित गरेपछि नेपाली मिडियाहरुले समेत त्यसलाई आधार मान्दै समाचार प्रकाशित गरिरहेका छन् ।

उक्त समाचार पछि जापान स्थित नेपाली राजदूतावासले चासो व्यक्त गर्दै सो क्षेत्रका विद्यालयलाई आफ्ना विद्यार्थीका कागजात फिर्ता दिन ताकेता गरेको थियो ।

साथै कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले नेपाली विद्यार्थीको मानव अधिकार हनन गर्ने नेपाली शैक्षिक परामर्शदाता तथा विद्यालयहरुमाथि समेत कारवाहीको पहल गर्ने बताएका छन् ।

अध्ययनका लागि आएका नेपाली विद्यार्थीमाथि हुने कुनैपनि अनुचित कृयाकलाप बिरुद्ध दुतावासले साथ दिने भन्दै कावा राजदूत अर्यालले समस्यामा परेका विद्यार्थीहरुलाई दूतावासमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

ओकिनावा समाचारको सत्यता खोजौं – डा. बिजय ज्ञवाली

नेपाली दूतावासद्धारा नेपाली विद्यार्थीमाथि यौन शोषण गर्नेमाथि कडा कारवाहीको चेतावनी

यौन शोषण र समस्यामा परेका विद्यार्थीलाई नेसाजले सहयोग गर्ने

जापानमा अध्ययनरत नेपाली युवतीहरु यौन शोषणमा, चासो र चिन्ता बढ्यो, समाधान प्रयास भएन

प्रचण्डलाई देउवाबाटै सकस,यस्तो बन्दैछ देउवा र ओलीको अर्कै डिजाइन !

काठमाडौं,मंसिर २९ । विधान संशोधन विधेयक थाती राखेर निर्वाचन घोषणा गर्ने सोचाइमा रहेका प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवाले अप्ठ्यारो पारिदिएका छन्। बालुवाटारमा मंगलबार भएको छलफलमा देउवा संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजानुपर्ने अडानमा रहेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन्।

प्रचण्ड विधेयकलाई थाती राखेर एमाले अध्यक्ष केपी ओलीकै प्रस्तावअनुसार निर्वाचनसम्बन्धी विधेयक ससद्मा ल्याएर निर्वाचन मिति घोषणा गर्न पक्षमा उभिएका बेला गठबन्धनकै नेता देउवाबाट फरक मत आएपछि नयाँ संकट जन्मिएको हो।आजको अन्नपूर्ण दैनिकमा समाचार छापिएको छ ।

ओलीले दाहाललाई संशोधन विधेयक थाती राखेर निर्वाचनसम्बन्धी विधेयक सदनमा ल्याए आफूहरुले पूर्ण सहयोग गर्ने आश्वासन दिँदै आएका छन्। ‘ संशोधन विधेयकलाई संसदमा मतदान प्रक्रियामा लैजादा एमालेलाई के आपत्ति हुन्छ? ओलीजीले पहिले पनि  सहमति जनाएकै विषय त छन्, संशोधन विधेयकमा। त्यसपछि निर्वाचनमा जाऊँ,’ देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो।  बैठकमा ओलीले संशोधन विधेयक फिर्ता लिएर मुलुकलाई निर्वाचनमा लैजानुपर्ने अडान राखेका थिए।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web