जापानमा नेपाली विद्यार्थीलाई भिषा परिवर्तन गराइदिने भन्दै ठग्ने पक्राउ

मंसिर ३०, २०७३ मा प्रकाशित | 3004 views

टोकियो ।
जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई भिषा परिवर्तन गराउन भन्दै लाखौं रुपैयाँ लिएर ठग्ने गरेका एक व्यक्ति पक्राउ परेका छन् ।

जापान प्रहरीले अध्ययनका लागि आएका नेपाली विद्यार्थीसँग प्रतिव्यक्ति ५० मान येन करिव ५ लाख रुपैयाँ लिएर ठग्ने गरेका घानाका एक व्यक्तिलाई पक्राउ गरेको हो ।

ईभेन्ट कम्पनीका प्रमूख बताइएका घानाका एरिक नाम गरेका ति व्यक्तिले हालसम्म करिव १ करोड रुपैयाँ नेपाली विद्यार्थीबाट ठगिसकेको खुल्न आएको छ । उनले साढे २ वर्षको विचमा २४ जना विदेशीहरुको भिषा परिवर्तन गरिदिएको समाचारमा उल्लेख छ ।

जापानको आसाही टेलिभिजनले उल्लेख गरे अनुसार पक्राउ परेका व्यक्तिले नेपालीहरु काममा इमान्दार र बढी खट्ने भएकै कारण काममा लिने गरेको र आफुले भिषा परिवर्तनको लागि पैसा लिने गरेको स्विकारेको बताएका छन् ।

अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुले भाषा कक्षा र सेन्मन गाग्को सकेपछि प्राय जापान आएको करिव तीन बर्षपछि भिषा परिवर्तन गरेर काम मात्र गरेर बस्न प्रयास गर्नेगरेका छन् ।

यसरी कामदार भिषा लिएर बस्न खोज्दा नेपाली विद्यार्थीहरुलाई नेपाली कम्पनी चलाउँदै आएका नेपालीहरुले समेत मोटो रकम लिएर भिषा परिवर्तन गराइदिने तथा न्यून पारिश्रमीक दिएर भिषा परिवर्तन गराउने प्रलोभन दिने गरेको गुनासोहरु सुनिंदै आएको छ ।

यसबिचमा घानाका नागरिक पक्राउ परेपछि नेपालीहरु कसरी अध्ययनको लागि आएर भिषा परिवर्तन गराउँदा लुटिंदै आएका छने भन्ने प्रमाण सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web