ओकिनावामा दलाल र विद्यालयले नेपाली विद्यार्थीबाट जर्वजस्ती लिएको कागजात फिर्ता गर्न थाले

मंसिर २९, २०७३ मा प्रकाशित | 1350 views

टोकियो ।
जापनको ओकिनावामा नेपाली विद्यार्थीको महत्वपूर्ण कागजात खोसेर राख्दै आएका दलाल र जापानी भाषा विद्यालयहरुले फिर्ता दिन थालेको भेटिएको छ ।

ओकिनावामा अध्ययनरत एक नेपाली युवाले टपनेपालन्युजसँगको कुराकानीमा भने-'हिजो कलेजले नै बोलाएर नेपाली राजदूतावास, जापानी मिडिया र नेपाली मिडियामा समेत समाचार आइरहेको छ, यो हामीले दुख दिन होइन बाध्य भएर राखेका थियौं यसको लागि माफी चाहन्छौं भनेर आवासिय अनुमती पत्र जाइरियो कार्ड दिए ।'

करिव १ बर्षदेखी राखिएको उक्त कार्ड आफुले ४ पटक माग्दा पनि नदिएपछि माग्न छाडेको भन्दै उनले नाम नलेखिदिन आग्रह गर्दै टपनेपालन्युजसँग भने-'म काग गर्ने सुपामा अरुले १ हजार येन पाउँछन् कार्ड नभएर मैले अहिलेसम्म ९ सय ५० मा काम गर्न बाध्य भएको थिएं ।'

सामान्य जापानीज भाषा आउने तथा अंग्रेजीमा दख्खल राखेका यि विद्यार्थीले जाइरियो कार्डकै कारण आफुले त्यस्तो गम्भिर समस्या नभोगेको भएपनि केही नेपाली युवतीहरुले भने अन्यत्र रातको समयमा समेत घण्टाको जम्मा ९ सय रुपैयाँमा काम गर्नुपरेको काम गरेको समय समेत तलमाथि पारिदिंदा समेत बोल्न नसकेको कयौं पटक प्रहरीले समात्दा कलेजबाट कार्ड मगाएर फेरी बुझाउनु परेको समस्या आफुले देखेको भन्दै यौन शोषण हुनेखालेको घटना भने खास नदेखेको बताए ।

करिव १ बर्ष अघि अध्ययनका लागि आएका यि नेपाली विद्यार्थीका अनुसार अधिकाशं भाषा विद्यालयहरुले यो एक हप्ताभित्रमा सबै नेपालीका कागजात दिइसकेको छ । केहीले लिन बोलाएको तथा केहीले माग्न नआएको भन्दै मागेजतिलाई दिइरहेको छ ।

कागजातको विषयमा प्रकाशित समाचार सत्य भएपनि यौन शोषणका कुरा पूर्ण सत्य नभएको भन्दै यि विद्यार्थीले हालैको यो घटनापछि ओकिनावामा अध्ययनरत नेपाली युवतीहरुले घरबाट जानकारी माग्न थालेपछि ओकिनावामा नभई अन्य ठाउँमा बस्न थालिसकेको भन्दै परिवारमा ढांट्न थालेका छन् । कतिपयका परिवारले चिन्ता व्यक्त गर्दै ठाउँसर्न, नेपाल फर्कन समेत भन्ने गरेको गुनासो सँगै अध्ययन गर्ने युवतीहरुले सुनाउनेगरेको उनले बताए ।

एकहप्ता अघि ओकिनावा क्षेत्रमा अध्ययन गर्ने नेपाली विद्यार्थीको महत्वपूर्ण कागजात जाइरियो कार्ड र होकेन बिमा कागज भाषा विद्यालयहरुले खोसेर राख्ने गरेको तथा युवतीहरुमाथि काम गर्ने ठाउँ तथा विभिन्न पक्षबाट यौन शोषण सम्म हुनेगरेको समाचार जापानी सञ्चार माध्यमले प्रकाशित गरेपछि नेपाली मिडियाहरुले समेत त्यसलाई आधार मान्दै समाचार प्रकाशित गरिरहेका छन् ।

उक्त समाचार पछि जापान स्थित नेपाली राजदूतावासले चासो व्यक्त गर्दै सो क्षेत्रका विद्यालयलाई आफ्ना विद्यार्थीका कागजात फिर्ता दिन ताकेता गरेको थियो ।

साथै कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले नेपाली विद्यार्थीको मानव अधिकार हनन गर्ने नेपाली शैक्षिक परामर्शदाता तथा विद्यालयहरुमाथि समेत कारवाहीको पहल गर्ने बताएका छन् ।

अध्ययनका लागि आएका नेपाली विद्यार्थीमाथि हुने कुनैपनि अनुचित कृयाकलाप बिरुद्ध दुतावासले साथ दिने भन्दै कावा राजदूत अर्यालले समस्यामा परेका विद्यार्थीहरुलाई दूतावासमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

ओकिनावा समाचारको सत्यता खोजौं – डा. बिजय ज्ञवाली

नेपाली दूतावासद्धारा नेपाली विद्यार्थीमाथि यौन शोषण गर्नेमाथि कडा कारवाहीको चेतावनी

यौन शोषण र समस्यामा परेका विद्यार्थीलाई नेसाजले सहयोग गर्ने

जापानमा अध्ययनरत नेपाली युवतीहरु यौन शोषणमा, चासो र चिन्ता बढ्यो, समाधान प्रयास भएन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web