अब जापानमा कृषिमा काम गर्न आउन पाइने, तलब पनि जापानी सरह

मंसिर २९, २०७३ मा प्रकाशित | 1520 views

टोकियो ।
जापानमा अब नेपालीले कृषिमा पनि काम गर्न पाउने भएका छन् ।

जापान सरकारले अब विदेशी कामदारले जापानको कृषि क्षेत्रमा पनि काम गर्न पाउनेगरि नयाँ नीति सार्वजनिक गरेको छ ।

तर यसरी काम गर्न पाउने ठाउँ, दक्षता र आधार भने नीश्चित तोएिको छ ।

सोमवार सार्वजनिक नीति अनुसार दक्ष विदेशी कामदारले जापानको कृषि क्षेत्रमा काम गर्न पाउनेछन् ।

प्रशिक्षार्थी कामदारको रुपमा मात्रै कृषिमा नेपाल सहित विभिन्न देशबाट ल्याउने गरेको जापानले अब भने कामदारकै रुपमा बिदेशी कामदार ल्याउने भएको छ ।

यसरी कृषि क्षेत्रमा कामदार ल्याउने नीति खुकुलो बनाएपछि यसले जापानको कृषि क्षेत्रमा देखिएको श्रमिक अभाव पूर्तिगर्ने ठानिएको छ ।

सन् १९९३ देखि अदक्ष विदेशी कामदार लिंदै आएको जापानले कृषिको लागि सार्वजनिक श्रम खुल्ला नीतिमा खुकुलो पार्दै विदेशी कामदारलाई पनि जापानी कामदार सरह पारिश्रमिक पाउने नीयम बनाएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले राष्ट्रिय परिषदको बैठकमा बोल्दै विदेशी कामदारलाई केही स्थानहरुमा तोकिएका केही काम गर्ने अनुमति दिने निर्णय गरेको बताएका हुन् । प्रथम चरणमा जापान सरकारले आकिता, इबाराकी, आइची र नागासाकी प्रान्तमा विदेशी कामदारलाई काम गर्ने अनुमति दिने छ ।

तर, विदेशी कामदारले यस क्षेत्रमा काम गर्नका लागि केही मापदण्ड भने पुरा गर्नुपर्ने छ । जसअन्तर्गत आफ्नो देशमा कृषि विषयमा अध्ययन गरी काम गरेको र जापानी भाषामा राम्रोसंग बोल्नसक्ने हुनुपर्ने छ ।

यसरी सार्वजनिक नीति अनुसार बिदेशी कामदार माग भइआएको देशबाटै आउनेछन् । न की जापानमा रहँदै आएकाहरुले त्यसमा काम गर्न पाउनेछन् ।
हाल सार्वजनीत नीतिले जापानमा भएका नेपाली वा अन्य देशका नागरिक नाभान्वित हुने नभई जापान कृषि क्षेत्रमा आउन चाहनेहरु लाभान्वित हुने देखिएको छ ।

यसअघि निश्चित समयको लागि मात्र तोकिएर बिदेशी प्रशिक्षार्थी कृषि कामादार ल्याएपनि अब भने कामदारको रुपमा रहन पाउनेगरि अन्य भिषा प्रक्रिया अनुसारनै जापानमा रहन पाउने नीयम अनुसार कृषिमा काम गर्न चाहनेहरु आउन पानेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web