कोइराला पछि नेपालका गरिब प्रधानमन्त्री प्रचण्ड, कति छ सम्पत्ति ?

मंसिर २९, २०७३ मा प्रकाशित | 1086 views

काठमाडौं,मंसिर २९ । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण आज सार्वजनिक गरेको हो ।

सार्वजनिक सम्पती विवरण अनुसार श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको विवरणमा उल्लेख छ । उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् ।

२०४८ सालमा कोइराला नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने निर्णय गरेको थियो । त्यसपछिका सरकारहरूले यो परम्परालाई निरन्तरता दिँदै आएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सार्वजनिक पदमा रहेका सबैले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने र मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web