अमेरिकामा सडक दुर्घटना, २ दिनमा २ नेपालीको मृत्यु

पुस ३, २०७३ मा प्रकाशित | 1343 views

काठमाडौं,पुस ३ ।

अमेरिका स्थित सियाटल र फ्लोरिडामा भएका दुइवटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुइ नेपालीको मृत्यु भएको छ ।

सियाटलमा भएको सडक दुर्घटनामा ममता कँडेलको मृत्यु भएको दोश्रो दिन फ्लोरिडामा भएको सडक दुर्घटनामा अर्की नेपाली युवतीको मृत्यु भएको हो।

फ्लोरिडा प्रहरीले बताए अनुसार संगम सुवेदीले चलाएको गाडी दुर्घटनामा एक युवतीको मृत्यु भएको हो। घटना स्थलमै मृत्यु भएकी युवतीको परिचय नखुलेको प्रहरीले बताएको छ ।

यो भन्दा अगाडी दुर्घटनामा आइडोहा विश्वविद्यालयमा अध्ययनरत नेपाली युवती कँडेलको घटनास्थलमै मृत्यु भएको थियो भने चालक विकाश सिग्देल घाइते भएका थिए। सिग्देलले चलाइरहेको गाडी नियन्त्रण बाहिर गएर मालबाहक गाडीमा ठोकिएको प्रहरीले बताएको छ।

फ्लोरिडा प्रहरीले बताएअनुसार रातो बत्तीमा चालकले गाडी रोक्न नसकेका कारण घटना भएको थियो। ‘चालक संगम सुवेदीले रातो बत्तीमा नरोकेर अगाडी दौडाएका कारण गाडी मालबाहक ट्रकसँग ठोकिन पुगेको हो ।’

दुर्घटनामा परि घाइतेहुनेहरु श्रदा ठकुरी र असलीसा पण्डितलाई फ्लोरिडाको वे चिकित्सा केन्द्रमा उपचार गराइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web