पूर्वपोर्नस्टार सन्नी लियोनीलाई एक रातको चार करोड भारुको अफर

पुस २, २०७३ मा प्रकाशित | 1470 views

एजेन्सी । पछिल्लो समय भारतीय चलचित्र क्षेत्रमा राज गरेकी सन्नी लियोनीलाई एक रातमा चार मिनेट नृत्य गर्न चार करोडको आफर गरिएको छ । रातको केही समय प्रस्तुत गर्नका निम्ति उनलाई यति ठूलो रकमको अफर आएको हो ।  मुम्बईको एक पाँचतारे होटलले सन्नीलाई सो गीतमा नृत्य प्रस्तुतिका लागि चार करोड भारुको अफर गरेको चर्चाले अहिले भारतीय सञ्चार माध्यम तानेको छ । सो होटलले नयाँ वर्षको अवसरमा गर्न लागको रात्रिकालिन कार्यक्रममा सन्नीलाई उपस्थित गराउन यस्तो अफर गरेको हो । पोर्नस्टारबाट चलचित्रमा जमेकी उनको चलचित्रले खासै राम्रो व्यापार गरेको रेकर्ड छैन । तर, पनि उनको चर्चा दिनप्रतिदिन बढेकै बढ्यै छ । उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन ।

सन्नीले पछिल्लो पटक भारतीय सुपर स्टार शाहरुख खानसँग चलचित्र रइसमा स्क्रिन रोमान्स गरेकी छन् । सो चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश भएको छ । सो गीतमा सन्नीले फिचरिङ गरेकी छिन् । सो गीत सार्वजनिक भइसकेको छैन । तर सञ्चार माध्यममा आएको चर्चाकै आधारमा सो गीत यति लोकप्रिय भइसकेको छ कि, हरेकको जिब्रो जिब्रोमा झुन्डिएको छ । सोही गीत रातको केही समय प्रस्तुत गर्नका निम्ति उनलाई यति ठूलो रकमको अफर आएको छ कि सुन्दै अचम्म लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web