‘भारत भ्रमणका बेला अख्तियार उचालेर ‘कू’ गर्न खोजियो’

पुस ४, २०७३ मा प्रकाशित | 926 views

<p>विराटनगर, पुस ४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उचालेर आफू भारत भ्रमणमा रहेको बेला ‘कू’ गर्न खोजिएको बताएका छन्। विराटनगरमा आयोजित पार्टीको १ नम्बर प्रदेश कार्यकर्ता भेलामा आइतबार दाहालले लडाकु शिविर अनियमितता छानबिन नाममा आफूलाई पक्राउ गर्ने र सरकारविरुद्ध ‘कू’ गर्ने योजना बनेको र त्यो सफल नभएको बताए।<br></p><p>‘भारत भ्रमणका बेला अख्तियारलाई उचालेर ‘कू’ गर्ने प्रयास भएको थियो र कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले त्यसलाई रोकेपछि थाहा भयो,’ भेलामा दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘लडाकु शिविर अनियमितता छानबिन नाममा अख्तियारलाई उचालेर प्रधानमन्त्रीलाई पक्राउ पत्र थमाउने योजना थियो, पक्राउपत्र तयार पारेर खाम ठिक्क पारेपछि रोकिएछ।’</p><p>उनले सरकारबाट आफूलाई हटाउन न्वारानदेखिको बल लगाइरहेको बताए। दाहालले पहिलो कार्यकालमा जस्तै आफू भावनामा बगेर कुर्सी नछोड्ने समेत बताए। ‘अघिल्लो पटक भावनामा बगेर कुर्सी छाडियो, यसपटक छाडिदैन,’ उनले भने,‘विपक्षीले मेरा विरूद्ध अविश्वासको प्रस्ताव हालेर संसदबाट गलहत्याए भने मात्रै छोडिन्छ तर संघीयता र गणतन्त्रविरूद्ध दायाँ बायाँ गर्न दिइँदैन।’ आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web