एजेन्सी ।
अमेरिकी सरकारले फिलीपीन्सलाई दिंदै आएको सहयोगमा आफ्ना सर्त राखेपछि फिलीपीन्सका राष्ट्रपतिले आफ्नो देश अमेरिकी सहयोग बिना पनि बाँच्ने भन्दै अमेरिकी संस्थाहरुलाई देश छाड्न निर्देशन दिएका छन् ।

फिलीपीन्सलाइ दिदै आएको आर्थिक सहयोगमा सर्त राख्दै कटौतिको घोषणा भएपछि फिलीपीन्सका राष्ट्रपति राड्रिगो दुर्तेतेले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

फिलीपीन्समा काम गर्दै आएको मिलीननीयम च्यालेन्ज कर्पोरेशनलाइ राष्ट्रपति६ महिना भित्र देश छाडेर जान भनेका छन् । उनले भने अमेरिकन सहयोग बिना पनि फिलीपीन्सले आर्थिक बिकास गर्न सक्छ। अमेरिकाले दिने यो आर्थिक सहयोग नपाएकोमा हामी खुसी छौँ।’

अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन मार्फत फिलीपीन्सलाई छुट्याएको ४३ करोड डलर अनुदानमा सर्त राख्दै नमानेपछि नविकरण नगर्ने बताएको थियो ।

फिलीपीन्सका राष्ट्रपतिले भनेका छन् अमेरिकाले गरेको यो निर्णयबाट म हतास भएको छैन। र, फिलीपीन्समा पनि कुनै खास असर पर्ने छैन।’

फिलीपीन्समा रहेको अमेरिकी गरिवी सहायता एजेन्सीलाई तत्काल देश छाडन पनि आग्रह गरेको बताउँदै दुर्तेतेले बताएका छन् ‘अमेरिकी एजेन्सीहरु घर फर्कने तयारी गर्दै गरे हुन्छ। ६ महिना भित्र सबै फर्कि सक्नु पर्ने छ।’

अमेरिकाले सहयता गर्नका लागी केहि सर्त अगाडी सारेको बताउँदै फिलीपीन्सका बिदेश मन्त्रीले अमेरिकाको आलोचना गर्दै आएका थिए ।

फिलीपीन्सको आवश्यकता भन्दा अमेरिकी स्वार्थमा त्यस्ता संस्थाहरुले सहयोग परिचालन गर्न थालेपछि फिलीपिन्सका गैर सरकारी संस्थाहरुले सरकारको बिरोध गरेपनि नागरिकहरुले भने सरकारको समर्थन गर्दै निर्णयको स्वागत गरेको बताइएको छ ।

19.12¡ÆC