गोकर्ण खतिवडा-

आफुलाइ उसै त छुच्चो भन्छन् , किन बोलिरहनु भन्ने लागेर अहिलेसम्म चुपचाप नै बसिरहेको थिए !

आफुलाइ नम्बर एक सन्चार गृह भएको स्वघोषणा गर्ने एउटा मिडिया समेत केही पुङ्ग न पुच्छरका अनलाइनको शैलिलाइ पच्छ्याउदै चन्द्रागिरी केवलकारको बिरुद्धमा लागेको देखेपछी भने नबोली भएन भन्ने लाग्यो र केही कुराहरु बुदागत रुपमा राख्दैछु । चित्त बुझ्ने या नबुझ्नेहरुले सभ्य ढङ्गले आफ्ना बिचारहरुलाइ राखिदिनु होला !

सबैलाइ थाहा हुनुपर्छ, आजको नेपालको सम्भवत: सबैभन्दा चासोका साथ हेरिएको यो परियोजनाको बिकासबाट नेपालको पर्यटन क्षेत्रले सबैभन्दा बढी लाभ लिन सक्ने विशेषज्ञहरुलेनै बताउदै आएका छन । चन्द्रागिरी केवलकारको निर्माणपछि नेपालले एक नया पर्यटकिय गन्तव्य प्राप्त गरेको कुरामा पनि कसैको दुई मत नहोला !

यो परियोजनामा आजसम्म करिव साढे तीन अर्व खर्च भैसकेको र अरु लगभग त्यत्तिनै रकम खर्च हुने योजना रहेको सार्वजनिक भैसकेकै तथ्य हो । ती रकम नेपाली प्रवर्तकहरु आफ्ना जाय, जेथा, घर, घडेरी बेचेर पनि जुटाएका होलान ।

आइएमइका ढकाल दाजुभाइ, भाटभटेनीका गुरुङ्ग बाउ-छोरा, अम्बिका पौडेल, नवराज नेपालजस्ता प्रवर्तकहरु आफ्नै मेहनत, परिश्रम र भाग्यका कारण केही बर्ष यता ठुला लगानिकर्ताका रुपमा उदाएका ब्यक्तिहरु न हुन । यिनिहरु मध्ये कोहि पनि चादिको थालमा सुनको चम्चाले भात खाएर हुर्किएका बर्गभित्रका पर्दैनन । सम्भवत: यिनिहरु सबैको जिब्रोमा आज पनि गुन्द्रुक र ढिडोको स्वाद र पैतालामा जुताको तलुवा खिआएर कोसौ हिडेको अनुभव अझै होला !

यिनिहरुले निर्जन चन्द्रागिरिको डाडामा अरबौको लगानी बहुलाको कुकुरले टोकेर गरेका पक्कै होइनन होला !

बर्षको एक दिन फागु पुर्णिमाको दिन उकालो चढ्न सक्ने थानकोट र पारिपट्टी चित्लाङ्गका स्थानियले भाकल गर्ने र पुज्ने भालेश्वर महादेव मन्दिरको जिर्णोद्दारमा करोडौ खर्च गर्ने प्रवर्द्धकहरु बेबकुफ होलान ?

जानकारहरुका अनुसार, नेपालमा राणाकाल पछि भालेश्वर महादेवको जस्तो स्वरुपको अर्को मन्दिर निर्माण या जिर्णोद्दार भएकै छैन । के यो बिकास हैन? यो नम्बर वान अखबारले देख्नुपर्ने तथ्य हैन ?

आफ्नो जिवनकै सबैभन्दा ठूलो लगानिको जोखिम मोल्नेहरुलाई पक्कै थाहा होला, यो परियोजना असफल भयो भने त्यसको के हबिगत हुन्छ होला? त्यसैले उनिहरुसङ्ग कम्पनी कसरी चलाउने भन्ने व्यवस्थित कार्ययोजना पनि पक्कै होला !

हुनसक्छ सामान्य गल्ती कमजोरी हुनसक्छ, तर स्थापित मिडियाले समेत २६० रुपैया प्रती प्लेटको म:मको भजन गाउनु चै आफैमा लाजमर्दो कुरा हैन र? दुनियालाइ थाहा भएको कुरा हो, दरबारमार्ग लगायतका केही नाम चलेका रेष्टुरेन्टमा जानुस, १३% VAT र १०% service charge जोडेर एक प्लेट म:म:को भाउ कति पुग्छ ?

२५५१ मिटरको उचाइमा आजपनि ट्रकमा पानी ओसारेर एउटा निर्जन जङ्गलमा सुबिधासम्पन्न रेष्टुरेन्ट चलाउनेले भरपेट बुफे लन्च खुवाएवापत करिब ५०० रुपैया लिएको कुरालाइ लिएर चन्द्रागिरिमा अचाक्ली महङ्गो भन्ने शिर्षकको कथा छाप्नु अघि अलिकती विवेक पुर्याउनु पर्दैन ?

त्यो मिडियाले आजसम्म एयर्पोर्टभित्र एक कप कालो चियाको ५० रुपैया र एक कप कफिको २५० रुपैया तथा अन्य खाद्य पदार्थमा २००% सम्म बढी मुल्य लिएर बर्षौदेखी जनता ठगिरहेको नदेख्नु र भर्खर खुल्दै गरेको एउटा राष्ट्रिय गौरवको नमुना आयोजनाले तोकेको म:म: को भाउमा कैफियत देखेर प्रथम पृष्ठ भरिको समाचार बनाउनुको अर्थ र कारण के हुनसक्छ ?

गत बिहिबार चन्द्रागिरि केवलकारका अध्यक्ष चन्द्र ढकाल प्रधानमन्त्रीका अगाडि गर्वका साथ भन्दै थिए,"हामिले मासिक ५० लाख राजस्व दाखिला गर्न थालेका छौ ।" भर्खर खुलेको एउटा आयोजनाले यति राजस्व दाखिला गर्न थाल्नु पनि आफैमा एउटा सुखद समाचार हैन? परियोजना अगाडि बढ्दै गयो भने राज्यको कमाइ पनि त पक्कै बढ्ने होला! अनि यो नम्बर वान अखबारको समाचारको "कन्टेन्ट" हुन सक्दैन? मासिक लाखौको राजस्व सन्कलन मनलागी लेख्दै हिड्ने झोले मिडियाले पुरै डाडाको मासिक १५ हजार मात्रै भाडा! भनेर उठाएको प्रश्नको स्व:जवाफ हैन र? यो प्रश्नको अब थप जवाफ दिइरहनु आवश्यक पर्छ र ?

आफुलाइ नम्बर वान दाबी गर्ने मिडिया र जे मन लाग्यो त्यही लेख्ने केही अन्य मिडिया बिचमा कुनै भिन्नता हुन्छ कि हुन्न? यदि मिडियाको काम बिरोध मात्रै गर्ने हो भने हाम्रो समाजमा राम्रो कामको सुरुवात गर्नेलाइ स्याबासी कस्ले दिने हो ?

मिडियाले चन्द्रागिरीलाई यसैगरी असफल बनाउने रणनिती लिने हो र असफल नै बनाउने हो भने भबिष्यमा जोखिम लिन को अघि सर्छ? भबिष्यमा यस्ता ठुला आयोजनाहरुमा कस्ले लगानी गर्छ? हामी कस्तो देशको निर्माण गर्न खोज्दैछौ? के मिडियाको भुमिका र दायित्व बिकसित र सम्बृद्धशाली नेपाल बनाउनमा हुदैन ?

आज लगानी गरेर भोलिनै प्रतिफल चाख्न पाउने आजको यान्त्रिक जमानामा आएर १० बर्षमा पनि लगानी उठ्ने या नउठ्ने शन्काकै भरमा जिवनभरी दुख गरेर कमाएको करोडौ रुपैयाको जोखिम उठाएका चन्द्रागिरिका प्रवर्तकहरुलाइ असफल बनाएर आत्महत्या गर्न प्रेरित गर्ने नम्बर वान अखबारको नियत के हो, स्पष्ट भएन ।

मिडियाले एक ढङ्गले सामाजिक चरित्रको निर्माण गर्दछ । स्थापित मिडियाको भुमिका त झन महत्वपुर्ण रहन्छ । हामी कस्तो समाजको निर्माण गर्न खोजिरहेका छौ? सम्बन्धित सबैले छातिमा हात राखेर सोच्ने हो कि?
अन्त्यमा,

चन्द्रागिरी डाडामा जो कोहि पुगेको छ, उसले पक्कै भनेको हुनुपर्छ ।
वाह! क्या आनन्द !

२५५१ मिटरको उचाइमा आत्याधुनिक सुबिधाको सहायताले पुग्दा प्राप्त हुने "वाह! क्या आनन्द!" को कुनै मूल्य हुन्छ र ?
यस्तो अमुल्य कुराको आनन्द उठाउनुको सट्टामा हामी किन दुई चार सयको हिसाब लगाइरहेका छौ ?

21.12¡ÆC