सभामुखले डाकेको बैठकमा एमालेको अडान, संसद अवरोध पछि स्थगित

पुस ४, २०७३ मा प्रकाशित | 846 views

काठमाडौं ।
विवादास्पद संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै आएको प्रतिपक्षिदल नेकपा एमालेले सभामुखले राखेको शिर्ष दल बैठकमा आफ्नो अडान दोहोर्याएको छ ।

यसअघि राष्टपतिले डाकेको बैठकमा समेत एमालेको अडान र सरकारको हठका कारण निस्कर्ष बिहिन बनेको वैठककै कारण आजको संसद बैठक समेत स्थगित हुन पुगेको छ ।

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन एमाले सहित प्रतिपक्षिदलहरुले माग गर्दै आएको छ भने सत्ता साझेदार दल कुनैपनि हालतमा विवादीत संशोधन प्रस्ताव पारित गर्ने अडान राख्दै आएको छ ।

सोमबार बसेको संसद बैठकको सुरुमा नेपा राष्ट्रिय पार्टीका संसदीय दलका नेता लक्ष्मण राजवंशीले संशोधन प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

उनले अहिलेको संशोधन प्रस्तावले मुलुकको समस्या समाधान हुने भन्दा पनि समस्या बल्झिने भन्दै प्रस्ताव फिर्ता लिन माग गरेका थिए ।

राजवंशीले आफ्नो भनाइ राखिसकेपछि  सबै विपक्ष दलका सांसद आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए ।

सभामुखले आफ्नो सिटमा बस्न गरेको आग्रह सांसदहरुले नमानेपछि बैठक पुस ७ गते बिहीबार एक बजे सम्मकालागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीले संसद सुचारु गर्ने विषयमा शिर्ष दलका शिर्ष नेताको बैठक आज बिहान राखेकी थिइन् ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष बामदेव गौतम र प्रमुख सचेतक भानुभक्त ढकाललगायतका नेता सहभागी थिए ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने मागमा एमाले अडिग रहेको भन्दै संशोधन प्रस्ताव थाँती राखेर निर्वाचन सम्बन्धी विधेयक संसदमा पेश गरे संसद सुचारु हुने बताए ।

संविधान संशोधनको प्रस्तावका कारण लगातार संसद बैठक अबरोध हुँदा संसदमा छलफलमा रहेको निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव समेत अन्योलमा परेको छ ।

जसले गर्दा कार्कीमाथिको कारवाही प्रक्रिया त्यसै रोकिएको छ । विभिन्न पार्टीका सांसद तथा नागरिक स्तरबाट एमाले सहितका दलहरुले गर्दै आएको संसद अवरोधमा कार्कीको विषय रोक्न नहुने भन्दै कार्की बिरुद्धको छलफलमा संसद खुल्न दिन माग हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web