६ पुस, धुञ्चे । चीनबाट नेपाल तर्फ ल्याउदै गरेको पाँच किलो अबैध सुन सहित रसुवागढी भन्सारमा एक जना पक्राउ परेका छन् । लुकाएर नेपाल तर्फ ल्याउदै गरेको पाँच किलो सुन सहित रसुवागढी भन्सार कार्यालयको सहयोगमा रसुवा प्रहरीले एक जनालाई प्रक्राउ गरी अनुसन्धानको लागी सदरमुकाम धुञ्चेमा ल्याएको छ । पक्राउ पर्नेमा रसुवा गत्लाङ–२ का वीरेन तामाङ भएको प्रहरीले जनाएको छ । भूकम्पपछि रसुवागढी नाका सञ्चालनमा आएसगै रसुवागढी नाकाबाट अबैध कारोबार बढ्दै गएको छ । यसअघि गएको जेठ ३० गते ६ किलो सुन सहित रसुवा टिमुरेका कुङसाङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
क्यान्सर अस्पताललाई नै ‘क्यान्सर’ लागेपछि …

काठमडौं,पुस ६ । भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ।

व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको हो ।

टोलीको प्रतिवेदन आउनेवित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेका थिए । छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोड रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अड्किएको जनाएको छ ।

समितिले चीन सरकारले सहयोगस्वरूप दिएको २७ करोडबरारबरको उपकरण प्राप्त भएपछि हालसम्म त्यसको प्याकेजसमेत नखोली जडानमा चासै नदिएको समेत औंल्याएको छ आजको नागरिक दैनिकमा समाचर छ ।

‘मोडल बनाइदिन्छु’ भन्दै होटलमा बोलाएर लुटपाट

काठमडौं,पुस ६ । पोखराको एक दैनिक पत्रिकामा मोडल आश्यकता भएको विज्ञापन प्रकाशित भयो । विज्ञापनका आधारमा पोखरा लामाचौरकी एक युवतीले फोन गरिन् । उनलाई पुष्कर खड्का भन्ने मानिसले अन्तरवार्ताका लागि भन्दै पोखराको होटल सन्तोषीमा बोलाएर ३ तोला ५० लाल सुनका गहना, आईफोन र १२ हजार रुपैयाँ लुटपाट गरे ।

यो त एक प्रतिनिसिध घटना मात्रै हो । खड्काले विभिन्न समयखण्डमा पोखरा र काठमाडौंमा यस्तो प्रकृतिको धन्दा गर्दै आएको खुलेको छ । काठमाडौंको पुतलीसडकस्थित होटल तिरुपती, सुन्धारास्थित न्यू सोनी गेष्ट हाउस, पोखराको निलकमल र होटल सन्तोषीमा युवतीलाई बोलाएर खड्काले लुटपाट गरेको प्रमाण प्रहरीले फेला पारेको छ ।

खड्काले मोडल बनाइदिन्छु भन्दै युवतीलाई बोलाएर धनसम्पत्तिसँगै अस्मिता पनि लुटेको पाइएको प्रहरीले वताएको छ । खड्काले युवतीलाई बन्धक बनाएको राख्ने गरेको वताइएको छ ।

अहिले खड्कालाई काठमाडौं प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

विप्लव माओवादीद्धारा उपत्यका बन्दको घोषणा (विज्ञप्ती सहित)

काठमाडौं,पुस ५ । विप्लव नेतत्वको नेकपा (माओवादी) ले पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको छ । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि खारेजको माग गर्दै उपत्यका बन्द लगायत विभिन्न विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार जारी गरेको विरोधको कार्यक्रममा पुस ६ गते विहान ९ बजे देखि १० बजेसम्म चक्काजाम र पुस ७ गते उपत्यका बन्दको कार्यक्रम सार्वजानिक गरेको हो ।

अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने विप्लव माओवादीले बताएको छ । एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला , राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा जनाइएको छ ।

अब नियम कडा ! कार्यालय नजाने कर्मचारीलाई ३५ दिनपछि स्वतः अवकास दिइने

काठमाडौं,पुस ५ । तोकिएको कार्यालयमा नजाने कर्मचारीप्रति सरकार अब कडारुपमा प्रस्तुत हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले संघीयताको अभ्यासमा जाँदा निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी विधेयकअनुसार समायोजनका क्रममा तोकिएको कार्यालय नजाने कर्मचारीलाई ३५ दिनपछि स्वतः अवकास दिइने भएको छ ।

मन्त्रालयले तयार पारेको विधेयकलाई कानुन मन्त्रालयले समेत सहमति दिइसकेको छ । अब उक्त विधेयक आगामी मन्त्रिपरिषद बैठकमा पेश हुनेछ । विधेयकमा कर्मचारी समायोजनको चार आधार तय गरिएको छ । अब बाटोको म्याद बाहेक ३५ दिनभित्र समायोजन गरिएको संघ, प्रदेश वा स्थानीय तहको सेवाको पदमा हाजिर नहुने कर्मचारी स्वतः सेवाबाट हट्नेछन् । कुनै कर्मचारीले अवकास पाएमा उसले प्रचलित कानुन बमोजिम पाउने सुविधा भने पाउने गरी विधेयक नाईएको छ ।

यस्तै कर्मचारीलाई एक तह बढुवा दिएर समायोजन गर्ने प्रस्ताव अस्वीकार गरिएको छ भने कर्मचारीले रोजेको संघ, प्रदेश वा स्थानीय तहमा कर्मचारी समायोजनले प्राथमिकता पाउनेछ । यस्तै, समायोजन गर्दा कर्मचारीको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगानालाई समेत आधार मामानेर जागिर घर पायक स्थानमा सारिनेछ ।

कर्मचारी समायोजनको समन्वय र अनुगमन गर्न एउटा समिति बन्नेछ । मुख्य सचिवको संयोजकत्वमा सेवा सञ्चालन गर्ने निकायका सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव रहनेछन् ।

नेपाली खेलाडी फेरि जापानमा लुके

काठमाडौं । जापानको टोकियोमा भएको ‘आठौँ एसियन सफ्ट टेनिस च्याम्पियनसिप’मा भाग लिन नेपालको प्रतिनिधित्व गरेर गएका खेलाडीहरू अवैधानिक रूपमा उतै बसेको पाइएको छ ।

खेलडीहरू मनोज सुब्बा, राज पुतुवार नगरकोटी र कृष्ण बहादुर राउत टोकियोमै लुकेर बसेको स्रोतको दाबी छ । तीनै खेलाडी विभिन्न प्रतियोगितामा भाग लिन विदेश जाँदा अवैधानिक रूपमा बस्ने गरेको बताइन्छ ।

नगरकोटी र राउत इन्चोन एसियाडमा कोरियामा लुकेर बसेर नेपाल आएका खेलाडी हुन् । सुब्बा भने सन् २००० मा जापानमा पक्राउ परेर नेपाल फर्काइएका थिए ।

सन् २००८ मा दक्षिण कोरियामा भएको इन्चन एसियाडमा भाग लिन गएका राज पुतुवार नगरकोटी, अभिषेक झा, श्याम लामा र कृष्ण बहादुर राउत पनि कोरियामै लुकेर बसेको स्रोतले जनाएको छ । सन् २००४ मा गएका मनोज सुब्बा र निर्मल स्थापित पनि उतै लुकेका थिए ।

नेपालले सन् १९९५ मा जापानको हिरोसिमामा भएको एसियाडमा खेलाडी पठाएको थियो, जसमा पुरुषको टिम इभेन्ट्समा नेपालले छैटौं स्थान प्राप्त गरेको थियो । उक्त एसियाडमा भाग लिएका खेलाडीहरु विकास पाण्डे, सञ्जय नेपाल, अच्युत श्रेष्ठ, विश्वास बस्नेत र अशोक सिंहले उत्कृष्ट ६ मा परेर डिप्लोमा सर्टिफिकेट पाएका थिए ।

सो प्रतियोगितामा गएका केही खेलाडी भने जापानमा नै लुकेर बसेका थिए । सञ्जय नेपाली, विश्वास बस्नेत, गोपीकृष्ण थापा र सरोजनी तुलाचन जापानमै लुकेर बसेको स्रोत दाबी गर्छ । यी सबै सफ्ट टेनिसका खेलाडी हुन् ।

खेलाडी पटक–पटक विदेशमा लुक्ने गरे पनि नेपाल सफ्ट टेनिस एसोसिएसनले केही कदम चालेको छैन । बरु विभिन्न राष्ट्रका दूतावासले भने राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीलाई पटक–पटक स्पष्टीकरण मागेका छन् ।

विदेशमा खेलाडी लुकेको विषयमा सफ्ट टेनिस एसोसिएसनका अध्यक्ष विनयविक्रम शाहसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन । पटक–पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् ।
बाह्रखरी अनलाईनमा प्रकाशित

पार्टी मिलेपछि जापानमा रहेको राप्रपा प्रवासी संगठनपनि एकता हुँदै

टोकियो ।
माउ पार्टी राप्राप र राप्रपा नेपाल पार्टीको एकीकरण भएपछि जापानमा रहेका यसका प्रवासी संगठनहरुबिच पनि एकता हुने भएको छ ।

जापानमा रहेको प्रवासी नेपाली संघठन जापान ओनो जापानको एकता भेला हुने भएको हो ।

आगामी २५ डिसेम्बर आईतवारका दिन एकता भेला हुनुका साथै ओनो जापानका नयाँ पधाधिकारीहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।

कार्यक्रममा ओनो जापानका पूर्व अध्यक्ष, पधाधिकारी, सदस्यहरुलाई आमन्त्रण गरी सम्मान समेत गरिने भएको छ ।

भेलाले पृथ्बिनारायण शाहको जन्मजयन्तिलाई एकता दिबसको रुपमा जापानमा मनाउने तयारी समेत गरेको बताइएको छ ।

ओनो जापानले संगठनमा हालसम्म आवद्ध व्यक्ति, अन्य राजनीतिक दलका भातृ संघ संगठन, बुद्दिजिबी, संचारकर्मी लगायत सबैलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ ।

जापानका सिन्पाल्चोकवासीबिच परिचयात्मक कार्यक्रम

टोकियो ।
जापानमा बस्दै आएका सिन्धुपाल्चोकवासीहरुबिच अँग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर यही डिसेम्बर २५ तारिकमा शुभकामना तथा परिचयात्मक कार्यक्रम हुने भएको छ ।

आयोजकहरुका अनुसार टोकियो सिनओकुबु स्थित रातोभाले रेस्टुरेन्टमा कार्यक्रम हुने छ ।

बिहान ११ बजे हुने उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सिन्धुपाल्चोक घएकाहरुलाई अनुरोध समेत गरिएको छ ।

कार्यक्रमबारे जानकारी लिन सोम लम्साल-०८०२३८२४४५४ र रामकृष्ण भण्डारी- ०८०२३८७५३७३ संग सम्पर्क गर्न सकिने बताइएको छ ।

चिनियाँ राष्ट्रपतिले भने-‘उपयुक्त समयमा नेपाल आउँछु’

काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनपिले आफु अझै पनि नेपाल भ्रमणको लागि इच्छुक रहेको भन्दै दुई देशको उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले सोमबार ग्रेट हल अफ दि पिपुलमा बुझाएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रपति सिले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट पार्नुभयो ।

सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

राष्ट्रपति सिको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूत पौड्याले जोड दिएका थिए ।

पौड्यालले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पुर्याउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको धारणा व्यक्त गरेका थिए ।

“नेपाली जनता चीनको विकासलाई नेपालको स्थिरता र विकासका लागि अवसर ठान्छन्” राजदूत पौड्यालले सो अवसरमा बताए ।

समारोहमा चिनियाँ विदेशमन्त्री तथा चिनियाँ सरकारका उच्च अधिकारी नेपाली राजदूतावासका अधिकृतको पनि सहभागिता रहेको चीनका लागि नेपाली राजदूतावास, बेजिङद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकामा कारको ठक्करबाट फेरी एक नेपाली महिलाको मृत्यु

क्यालिफोर्नीया ।
अमेरिकामा यो साता सवारी दूर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या अपत्यारिलो ढंगले बृद्धी भएको छ ।

दुई किशोरीको सवारी दूघटनामा मृत्यु भएको घटना सेलाउन नपाउँदै अमेरिकाको क्यालिफोर्निया राज्यको सान् डियगोमा एक नेपाली महिलाको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

समाचार अनुसार शनिबार डिसेम्बर १७ को राती ११ बजेर ४५ मिनेटमा नेपाली महिला३८ बर्षीय सरिता शाक्यको मृत्यु भएको हो ।

त्यहाँका फाक्स न्यूज सान् डियगो डट कम, प्याच डटकम लगायतले प्रहरीलाई उदृत गरि लेखे अनुसार मृतक शाक्य स्वस्थ्य परिचारिका पेशामा संलग्न थिइन् ।

दिउँसोको समयमा छोरीसंग समय दिने र राति काम गर्न रुचाउने उनी सो रात पनि छोरीलाई घरमा छोडेर गएकी सीबीएस ८ को समाचारमा उनका छिमेकीले भनेको कुरा समेटेर लेखिएको छ ।

समाचार अनुसार मादक पर्दाथ सेवन गरेका चालकले गलत मार्गमा बिपरीत दिशामा कार कुदाउँदा सो दुर्घटना भएको हो ।

मादक पदार्थ खाएकी ३४ बर्षीय महिलाले चराएको सो कारले ४ एस ऱ्यांच क्षेत्रको बाटोमा ठक्कर दिएकी थिइन ।

प्रहरी अधिकृतका अनुसार दसर्घटना गराउने ती महिलाको नाम अझै सार्बजनिक गरिएको छैन ।

उनले राति ११ बजेर ४५ मिनटमा गलत मार्गतर्फ आफ्नो गाडी चलाउँदा मृतक शाक्यले चलाई रहको टोयोटा कोरोला कारलाई ठक्कर दिएकी थिइन । त्यसपछि मृतक शाक्यले चलाइरहेको गाड़ीमा आगो लागेको थियो । शाक्यको चार बर्षकी छोरी रहेकी छिन् ।

मादक पदार्थ खाएर गाडी चलाउने महिलालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

‘तातोपानी नाका चाँडै खुल्छ’-चीन

काठमाडौं । चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले चाँडै तातोपानी नाका खुलाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले तातोपानी नाका नखुल्दा नेपाललाई अप्ठेरो परेको वताएपछि लिउले नेपाल चीनको सम्बन्धको

प्रतिकको रुपमा रहेको नाका खुलाउन आफूहरु गम्भीर रहको वताएका थिए । नेपाल भ्रमणमा रहेका लिउले सोमबारै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

नेपालका नेताहरुसँगको भेटमा लिउले चीनले नेपालको समृद्धि देख्न चाहेको र त्यसका लागि चीन सहयोग गर्न तयार रहेको वताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

छोरीहरुबिच बाउको सम्पत्ती कसले खाने भन्ने हानाथापले तीन दिनपछि दाहसंस्कार

काठमाडौं । छोरीहरुबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण पर्सामा एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ ।

शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसँस्कार भएको हो ।

सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो ।

दुवै बिबाहीत छोरीहरुलाई बाबु सहनीले मृत्यु हुनुअघि आफ्नो जग्गा भाग लगाइदिएका थिए ।

तर, बाबुले भाग लगाइदिएको जग्गा चित्त नबुझेपछि उनीहरु झगडामा उत्रिएका थिए ।

सहनीका दाजुभाइपट्टिका छोराहरुले पनि दाहसंस्कार खर्चबापत सम्पत्ति नपाएसम्म शबमा दागवत्ती नदिने अडान लिएका थिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

23.22¡ÆC