छोरीहरुबिच बाउको सम्पत्ती कसले खाने भन्ने हानाथापले तीन दिनपछि दाहसंस्कार
पुस ५, २०७३ मा प्रकाशित Published at 2016-12-20
639 views

काठमाडौं । छोरीहरुबीच सम्पत्ति कसले खाने भन्ने विवादका कारण पर्सामा एक वृद्धको मृत्यु भएको तीन दिनपछि मात्रै दाहसंस्कार भएको छ ।

शुक्रबार साँझ मृत्यु भएका पर्सा धोरेका झक्कु सहनीको सोमबार प्रहरीको दबाबमा दाहसँस्कार भएको हो ।

सम्पत्तिका विषयमा सहनीका छोरीहरु उमादेवी र सिन्धुदेवीबीच सम्पत्तिको विषयमा विवाद भएको थियो ।

दुवै बिबाहीत छोरीहरुलाई बाबु सहनीले मृत्यु हुनुअघि आफ्नो जग्गा भाग लगाइदिएका थिए ।

तर, बाबुले भाग लगाइदिएको जग्गा चित्त नबुझेपछि उनीहरु झगडामा उत्रिएका थिए ।

सहनीका दाजुभाइपट्टिका छोराहरुले पनि दाहसंस्कार खर्चबापत सम्पत्ति नपाएसम्म शबमा दागवत्ती नदिने अडान लिएका थिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।