विप्लव माओवादीद्धारा उपत्यका बन्दको घोषणा (विज्ञप्ती सहित)

पुस ५, २०७३ मा प्रकाशित
Published at 2016-12-20

599 views
<p>काठमाडौं,पुस &nbsp;५ । विप्लव नेतत्वको नेकपा (माओवादी) ले पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको छ । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि खारेजको माग गर्दै उपत्यका बन्द लगायत विभिन्न विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । मंगलबार जारी गरेको विरोधको कार्यक्रममा पुस ६ गते विहान ९ बजे देखि १० बजेसम्म चक्काजाम र पुस ७ गते उपत्यका बन्दको कार्यक्रम सार्वजानिक गरेको हो ।<br></p><p>अन्तराष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने विप्लव माओवादीले बताएको छ । एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला , राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा जनाइएको छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.