विशिष्टका नाममा राज्यकोषको दुरुपयोग रोक्ने कार्यविधि मन्त्रिपरिषदद्वारा पारित

काठमाडौं,पुस ८ । सरकारले पुर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउने भनिएको नयाँ कार्यविधि पारित गरेको छ ।  आर्थिक सहायताका नाममा भईरहेको राज्यकोषको दुरुपयोगलाई नियन्त्रण र व्यवस्थीत गर्न स्वास्थ्य मन्त्री गगनकुमार थापाको सक्रियतामा बनाइएको कार्यविधिलाई आजको मन्त्रीपरिषदको विधयक समितिले संशोधन सहित पारित गरेको हो ।

यसअघि मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, स्पाईनल इन्जुरी, हेड इन्जुरी, सिकलेस एनिमिया गरी आठ प्रकारका रोगको उपचारका लागि दिदै आएको सहायता रकम अवदेखि थप चार रोग कलेजो, अप्लाष्टिक इनिमिया, थालिसिमिया, मश्तिष्क आघातको उपचारका लागि पनि दिइने भएको छ ।

कार्यविधि बमोजिमको औषधि उपचार सहायता माग गर्दा स्वदेशको हकमा बिरामीले रोग खुलेको चिकित्सक प्रेस्क्रिप्सन, नागरिकताको प्रतिलिपी र विदेशमा गई उपचार गराउनु पर्ने भएमा नेपाल मेडिकल वोर्डवाट बिरामीको उपचार स्वदेशमा सम्भव नहुनाको कारण सहितको सिफारिस पत्र संलग्न गरी स्वास्थ्य मन्त्रालयमा निवेदन दिनुपर्नेछ । बिरामी संलग्न रहेको अन्य कुनै निकायबाट विरामीले औषधि उपचार सहायता पाए नपाएको सम्बन्धमा एकीन भएपछि मात्रै सहायता सम्बन्धी प्रक्रिया अगाडी बढाइनेछ । कुनैपनि व्यक्तिले राज्यबाट दोहोरो सुविधा लिएको पाइएमा सरकारी बाँकी सरह असुल उपर गरिने कार्यविधिमा उल्लेख छ ।  कार्यविधि अनुसारको रकमका लागि औषधि उपचार वापतको सुविधा सरकारी वा गैरनाफामूलक सामुदायिक अस्पतालमा उपचार गराउदा मात्र पाईने छ । सरकारी, सामुदायीक र स्वदेशी अस्पतालमा उपचार हुन नसकेमा मात्रै विदेशी अस्पतालमा उपचार गराउन पाइने कार्यविधिमा व्यवस्था छ ।

सरकारी तथा स्वदेशका अस्पतालमा उपचार सम्भव हुँदाहुँदै आफुखुसी विदेशका अस्पतालमा उपचार गराएमा औषधी उपचार सहायता उपलब्ध नगराइने कार्यविधिमा लेखिएको छ । सीमा भन्दा बढीको औषधि उपचार सहायता कुनैपनि व्यक्तिलाई दोह¥याएर नदिइने र औषधि उपचार सहायता सम्वन्धी कुनैपनि प्रस्ताव स्वास्थ्य मन्त्रालयमार्फत मात्र मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने भएको छ । मन्त्रीपरिषदले आफ्नो तजविजले जुनसुकै व्यक्तिलाई जतिपनि रकम दिन सक्ने यसअघिको व्यवस्था अहिले खारेज भएको छ । स्वदेशमा उपचार गराउने विरामीहरुको हकमा निर्णय भए बमोजिमको रकम औषधि उपचार पश्चात अस्पतालको प्रतिवेदनका आधारमा सम्बन्धित अस्पताललाई सोधभर्ना स्वरुप उपलब्ध गराइनेछ । व्यक्ति विशेषलाई नगद रकम उपलब्ध गराइने छैन् ।

कार्यविधि बमोजिम उपचार खर्च प्राप्त गर्ने व्यक्तिहरुको नाम सहितको विवरण मन्त्रालयको वेभसाइटमा राखिनेछ । कार्यविधिमा भुतपूर्व राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश र उपसभामुखलाई बढिमा १५ लाख रुपैया सम्म मात्र औषधि उपचार सहायता उपलव्ध गराइने उल्लेख छ ।  त्यस्तै पुर्वउपप्रधानमन्त्री तथा मन्त्री, राज्य मन्त्री, सहायक मन्त्री, सांसद र संवैधानिक निकायका भुतपूर्व पदाधिकारीहरुलाई बढीमा १० लाख रुपैया सम्म मात्रै सरकारले दिन पाउने भएको छ ।

साथै, साहित्य, सङ्गीत, कला, राजनीति, सार्वजनिक प्रशासन, लगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पु¥याएका महत्वपूर्ण व्यक्तिलाई रोगको प्रकृति हेरी बढीमा ५ लाख रुपैया सम्म औषधि उपचार सहायता उपलब्ध गराइने व्यवस्था पनि कार्यविधिमा व्यवस्था गरिएको छ । कार्यविधि तत्काल लागु हुने स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । गत असोजको पहिलो साता मन्त्रीपरिषद्का पुर्वउपाध्यक्ष डा तुलसी गिरिलाई उपचारका लागि सरकारको तर्फबाट रकम दिने विषयमा स्वास्थ्य मन्त्री थापाले असन्तुष्टी जनाएपछि संसदको अर्थ समितिले कार्यविधि बनाउन निर्देशन अनुसार मन्त्रालयले कार्यविधि संशोधन गरेको हो ।

मन्त्रालयले आम नागरिक तथा विपन्न नागरिकका लागि पनि नयाँ कार्यविधि तयार पारेको छ । सो प्रस्तावमा विपन्न नागरिकलाई बढीमा ७ लाख  रुपैया सम्म दिन सकिने मन्त्रालयले प्रस्ताव गरेको छ । सो प्रस्ताव केहीदिनमै अर्थ मन्त्रालयबाट स्विकृत हुने स्वास्थ्य मन्त्री गगन थापाले विश्वास व्यक्त गरे । उनले सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने दिगो उपाय स्वास्थ्य बीमा नै भएकाले तत्कालका लागि मात्रै यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र वितरण अन्तिम तयारीमा

काठमाडौं,पुस ८ । अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेटि्रक स्मार्ट कार्ड- राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको वताइएको छ ।

परिचयपत्रमा नेपाल सरकारको लागो, राष्ट्रिय झण्डा र पृष्ठमा सगरमाथाको चित्र अंकीत हुनेछ । परिचयपत्र निर्माणका लागि असार मसान्तमै सम्झौता भइसकेको छ । र आगामी साउनदेखि नै सिंहदरवारबाट परिचयपत्र वितरण सुरु हुने केन्द्रका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

नेपाली सेनालाई शान्ति मिसनमा आफू मातहत पठाउन भारतको लबिङ

काठमाडौं,पुस ८ । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेनामातहत परिचालन गर्न ‘राजनीतिक लबिङ’ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ।  उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय (सार्क) र उप–क्षेत्रीय (बीबीआईएन) सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो।

सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो।

भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

लाइसेन्स आवेदन अब अनलाइनवाटै,कसरी भर्ने अनलाइन आवेदन ?

काठमाडौं,पुस ७ । सवारी चालक अनुमतिपत्रको फाराम अब अनलाईनवाटै भर्न पाईने भएको छ । आवेदन बुझाउन लाग्ने गरेको ठूलो भीडलाई मध्यनजर गर्दै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन लिन सुरु गर्न लागेको हो । आइतबार भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले यो सिस्टमको औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसको लागि सिंहदरबारमा सफ्टवेर जडान गरी अहिले डिपार्टमेन्टमा इन्जिनियरिङ काम भइरहेको कार्यालयले जनाएको छ। यो प्रक्रिया लागूभएसँगै चालक अनुमतिपत्र लिनको लागि सास्ती खेप्नु पर्नेछैन् ।

दुई महिनाभन्दा बढी समय रोकिएको सवारीचालक लाइसेन्स फाराम भर्ने प्रक्रिया मंसिर ८ देखि ललितपुरको एकान्तकुनाबाट सुरुभएपनि झिसमिसेमा पुग्नेहरु रित्तो हात फर्किन बाध्य हुदै आएका थिए । सिमित टोकन बाड्ने भएकाले जसले सुरुमा टोकन पायो उसले मात्र त्यो दिन काम सुरु गर्न सकिने भएकाले पनि अघिल्लो रातदेखि नै लाइन लाग्ने गरेको थिए । अब यो समस्याको अत्यहुने भएको छ ।

यसअघि यातायात मन्त्री रमेश लेखकले कार्यालय पुगी लाइसेन्स आवेदन प्रक्रियालाई सहज र सरल बनाउन निर्देशन दिएका थिए। सो निर्देशन अनुसार अनलाइन प्रणालीको विकास गरिएको यातायात कार्यलयले जनाएको छ ।  अनलाइनबाट फारम भरी सिस्टमले एसेप्ट गरेपछि आवेदकले एउटा प्रिन्ट पेपर पाउँछ। पेपरमा तोकिएको समयमा आवेदक पुनः फोटो र फिंगरप्रिन्टका लागि तोकिएको स्थानमा पुग्नेछ।

यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्ने

अनलाइनबाट फारम भर्ने सिस्टमले यातायात कार्यालयमा हुने अव्यवस्थापन हट्नेछ । सवारी चालक अनुमति पत्र लिने प्रक्रिया केहि महिना रोकिएपछि पहिलेको तुलनामा यातायात व्यवस्था विभागमा चालक अनुमतिपत्रको फाराम भर्नेहरुको भिड बढेको थियो ।

यातायात कार्यालयमा अहिले मध्यरातदेखि नै लाइन लाग्नेहरुको भिड बढ्ने गरेपनि यो व्यवस्थाले सहज बनाउने अनुमान गर्न सकिन्छ । अब सवारी अनुमतिकै लागि भनेर झिसमिसेमा लाइृन बस्न जानुपर्ने छैन् । यसबाट बिचौलियालाई दिनुपर्ने कमिसन हट्ने र विवरणहरु गल्ती हुने समस्या पनि हट्नेछ।

कसरी भर्ने अनलाइन आवेदन ?

अनलाइनबाट आवेदन भर्नका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जीओभी डट एनपी खोल्ने। त्यसपछि त्यहाँ बाहिर नै अनलाइन सवारी चालक अनुमति पत्र भन्ने देखिन्छ।

त्यहाँ क्लिक गरेपछि भर्नुपर्ने आवश्यक विवरणहरु देखिन्छ। सम्पूर्ण विवरण भरेपछि सेन्डिङ गर्ने । सेन्डिङ एसेप्ट भइसकेपछि आवेदकले एउटा पेपर पाउँछ। त्यो प्रिन्ट गर्ने। त्यसमा पुनः फोटो र फिंगरप्रिन्टका लागि जानुपर्ने समय तोकिएको हुन्छ।

त्यही समय पुग्नेगरी त्यो प्रिन्ट कागज लिएर सम्वन्धित कक्षमा जानुपर्दछ। त्यहाँ पुनः फोटो र फिंगरप्रिन्ट लिइसकेपछि भोलिपल्टदेखि नै अन्य परीक्षामा सहभागी हुन सकिनेछ।   उत्पयकाबाट लिइने स्मार्टलाइसेन्स बाहेक अन्यको हकमा भने यो नियम लागू हुँदैन।

सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भरेका हरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

कालोमोसो दलिएका लोकमानसिंहको धम्की-‘अब कतिको शरीरमा लुगा बाँकी रहला समयले बताउनेछ’ (पूर्णपाठसहित)

काठमाडौं,पुस ७ । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई एक व्यक्तिले अदालत परिसरमै कालोमोसो दलेका छन्। सर्वोच्चमा पेशी बुझ्न जाँदा आफूमाथि आक्रमण गरी कालो मोसो दलिएको केही समय नबित्दै अख्तियारका निलम्बित प्रमुख लोकमानसि‌ह कार्कीले अपिल सार्वजनिक गरेका छन्।

अपिल जस्ताको तस्तै

आदरणीय दाजुभाई दिदीबहिनीहरु,

देश संक्रमणकालिन अवस्थाबाट गुज्रिरहँदा मैले सुशासनको प्रत्याभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको जिम्मेवारी प्राप्त गरेको यहाँहरु सबैमा अवगत नै छ । अख्तियार प्रमुखका रुपमा मैले आफ्नो भूमिका निर्वाह गरि रहँदा जे जस्ता अड्चन र अप्ठ्याराहरुको सामना गर्नुपर्यो र परिरहेको छ, त्यस सम्बन्धमा केही कुराहरु स्पष्ट गर्नु मैले उचित र आवश्यक ठानेको छु ।

गृष्म याममा शितलता प्रदान गरेबापत वृक्षले फेदै देखि ढालिनु पर्ने, अँध्यारोमा प्रज्ज्वलित भएर प्रकाश छरे बापत दियोले फुट्नु पर्ने, फूलको स्याहार सम्भार र संरक्षण गरेबापत मालीले कुटाई खानुपर्ने जस्तो अवस्था पैदा भए कस्तो होला ? भ्रष्टाचार नियन्त्रणका निम्ति गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त म लोकमान सिंह कार्की यतिबेला यस्तै प्रश्नको जवाफ बन्नु परेको छ ।

मैले राष्ट्रसेवकको रुपमा देश र जनताको सेवामा समर्पित भई कार्य गरिरहँदा पनि विगतदेखि नै विभिन्न अवरोध र चुनौतिको सामना गर्नु नपरेको होइन । तथापी विभिन्न अवरोधका बावजुद म आफ्नो कर्तव्यप्रति सदा अविचलित रही जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेँ, रहने छु । पछिल्लो समयमा म माथि नियोजित ढङ्गले लगाईएका लाञ्छना, आरोप र दोषारोपणका श्रृंखलाहरु मलाई हतोत्साहित गर्ने कुत्सित् प्रयासका उपज हुन् भन्ने मलाई लागेको छ ।

लोकतन्त्र कसैका प्रति पूर्वाग्रही रहँदैन र यो व्यवस्थामा योग्यता र क्षमताको उच्च मूल्याङ्कन हुन्छ भन्ने विश्वास मलाई त्यस बेला भयो जब सबै राष्ट्रिय राजनीतिक दलहरुको सिफारिस र सर्वोच्च अदालतका तत्कालीन सम्माननीय प्रधानन्यायाधिश आफैले नेतृत्व गर्नुभएको सरकारको निर्णयमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमुख आयुक्त पदमा मलाई नियुक्त गरियो । राजनीतिक दलहरु भ्रष्टाचारमुक्त शासन प्रशासन चाहन्छन् र पारदर्शिता तथा सुशासन कायम गरेर लोकतन्त्रप्रति जनताको विश्वास एवम् भरोसा जगाउन खोज्छन भन्ने मैले ठानेको हुँ । जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल र न्यायिक सर्वोच्चताका प्रतिबिम्ब बनेको सर्वोच्च अदालतका प्रधानन्यायाधिश नेतृत्वको सरकारले म माथी गरेको विश्वासलाई मैले सुखद् चुनौतिका रुपमा लिएको हुँ । जुन दिन मेरो नियुक्ति भयो त्यसै दिन मैले यो देशबाट अनियमितता र भ्रष्टाचार उन्मूलन गरी म माथी भरोसा राख्ने जनता, सरकार तथा राजनीतिक दलहरुको सपना पुरा गर्ने अठोट गरेको थिएँ । अख्तियार प्रमुखको कार्यभार सम्हालेयता यसको भूमिकालाई सक्रिय, सशक्त, निष्पक्ष र पारदर्शी तुल्याउने दिशामा म केन्द्रित रहेँ । भ्रष्टाचारको जालो यत्रतत्र सर्वत्र थियो र छ, देशमा यस्तो क्षेत्र देखिएन जहाँ स्वच्छता र भ्रष्टाचारको शुन्यता होस् । तलदेखि माथिसम्म फोहोर देखिए पछि कहिं न कहींबाट हामीले कुचो लगाउनैपर्थ्यो । तलदेखि माथीसम्म सफाईका निम्ति निडरतापूर्वक अभियान चलाईयो । हामीले यसरी सक्रियता दर्शाउँदा जनता प्रसन्न भएकै हुन् र भ्रष्टाचारीहरु थर्कमान र निरुत्साहित पनि अवश्य बनेका हुन् । भ्रष्टाचार बिरुध्दको काम कारवाहीलाई सघन र सशक्त बनाउन खोज्दा खास दलका नेता र कतिपय माननीय सांसदज्यूहरु के कति कारणले मेरा विरुध्द महाअभियोगको वाण हान्न अग्रसर हुनु भएको हो यो मैले बुझ्न सकेको छैन।

कुनै समय अख्तियारव्दारा निश्चित समूह वा क्षेत्रमाथी मात्र आँखा लगाउने गरिएको भन्ने जनगुनासो समेतलाई दृष्टिगत गरी हामीले अनुसन्धान, छानबिन र कारवाहीको दायरालाई फराकिलो बनाएका हौं । यसरी अनुसन्धान र कार्यवाहीको दायरा विस्तार गरिएसंगै मेरा विरुध्दको गतिविधिमा तीब्रता आउनु र महाअभियोग लगाउने सम्मको प्रपञ्च रचिनुलाई संयोग मात्र मान्न मैले सकिरहेको छैन ।

देश भन्दा ठूलो कुनै वाद विचार र जनता भन्दा महान अर्को कुनै शक्ति हुन सक्दैन भन्ने विचार दर्शनबाट अभिप्रेरित मैले राष्ट्रिय दायित्वका विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा कानून र संविधानलाई पछ्याउन कहिल्यै चुकिन र भविष्यमा पनि संविधान र कानून निर्देशित पथबाट विचलित नहुने प्रतिवध्दता एवम् आत्मविश्वास आफू भित्र छ । मैले अहिलेसम्म आफ्नो कर्तव्य र निष्ठामा कुनै प्रकारले कसैसंग सम्झौता गरिन, अब पनि गर्ने छैन ।

राज्यको बजेट बराबरको समानान्तर बजेट अपारदर्शी र मनोमानी ढङ्गबाट परिचालन गर्ने एन.जि.ओ. आइ.एन.जि.ओ.हरु, सर्वसाधारणलाई ठूलठूला सपना देखाई भ्रममा पारेर अर्बौं रुपैयाँ बचत गर्ने सहकारी संस्थाहरु, सरकारी, अर्धसरकारी निकायहरुमा आफ्नो बाहुल्य र दवाब सिर्जना गरी आफू अनुकुल निर्णय गराउन बाध्य पार्ने ट्रेड युनियनका नाममा सक्रिय कतिपय व्यक्तिहरु, राज्यलाई ठगी गरी विलासी जीवन बिताउने व्यक्तिहरु, सिण्डीकेट र कार्टेलिङ्ग गर्ने व्यवसायी र सस्तो लोकप्रियताका निम्ति पत्रकारिताको आधारभूत मुल्य मान्यता बिपरित जस्तो सुकै सामाग्री समाचारका रुपमा प्रकाशित गरी राष्ट्रलाई नै दिग्भ्रमित गर्न खोज्ने केही संचार-गृहहरु, सञ्चार व्यवसायीको आवरणमा रही विभिन्न भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न केही सञ्चारगृहका मालिकहरु, जनताबाट ठूलो VAT बापतको धनराशी उठाई राज्यमा दाखिला नगर्ने राष्ट्रिय स्तरका भनिने व्यापारीहरु, सांसद बनाउनका लागि बिभिन्न व्यक्तिहरुबाट करोडौँ रुपैयाँ उठाई सांसद नियुक्त गर्ने गराउने व्यक्तिहरु, राष्ट्रिय स्वार्थ भन्दा NGO र INGO बाट ठूलो धनराशी लिई तिनीहरुकै स्वार्थका लागि अनेकौं गैह्र कानूनी माग राखी रहस्यमयी तवरबाट भोक हड्ताल, अनसन गर्ने व्यक्तिहरु, मन्त्रालयलाई प्राप्त अधिकारलाई समेत प्रयोग नगरी मन्त्रीपरिषदमा लगेर गराइने नीतिगत बाहेकको अन्य निर्णयमा संलग्न मन्त्रीहरु र अकुत सम्पत्ति सम्बन्धी सम्पूर्ण छानबिन प्रक्रिया गरी मुद्दा दायर हुनै लागेका राष्ट्रिय स्तरका केही नेताहरुले क्यानाडाबाट म फर्केकै दिन अप्रत्याशित र छापामार शैलीबाट रातको ९ बजे षडयन्त्रपूर्वक ल्याईएको मेरा बिरुध्दका महाअभियोग प्रस्तावको बारेमा कस्तो दृष्टिकोण बनाउने हो सो को जिम्मेवारी मैले समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुम्पिएको छु । निर्दोष हुंदा हुंदै म माथी अहिले गैरकानूनी प्रक्रियाबाट राज्यका अति उच्च अङ्गमा पदासिन केही व्यक्तिहरुले पूर्वाग्रह राखी गरेको प्रहारको मूल्यांङ्कन गर्ने जिम्मेवारी पनि मैले ईतिहासलाई नै छोडिदिएको छु, इतिहासको कुनै न कुनै कालखण्डमा म माथी भएको यो गैरकानूनी आक्रमणको मूल्यांङ्कन अवश्य हुने छ भन्ने विश्वास गरेको छु ।

साठीको दशकसम्म नेपालकै जस्तो हालतमा रहेको दक्षिण कोरियाले आजको सम्पन्नता हासिल गर्नुका पछाडी अनेक कारण हुन सक्छन्, तर समुन्नतिको प्रमुख कारणका रुपमा लगानी मैत्री वातावरण र भ्रष्टाचार नियन्त्रणमुखी व्यवहारलाई लिन सकिन्छ । पदको दुरुपयोग गरी आफ्नो एक साथीलाई विशेष लाभ पुर्याएर भ्रष्टाचार गरेको आरोपमा दक्षिण कोरियाको राष्ट्रपति बिरुध्द महाअभियोग प्रस्ताव पारित हुनुले पनि उक्त मुलुक सुशासन र पारदर्शिताप्रति सम्वेदनशील छ भन्ने दर्शाउँछ । आश्चर्यजनक र दुःखद संयोग नै मान्नु पर्छ, दक्षिण कोरियामा भ्रष्टाचार गर्ने राष्ट्रपति बिरुध्द महाअभियोग लाग्दा नेपालमा चाहिँ भ्रष्टाचार बिरुध्द निडरतापूर्वक कदम चाल्ने मैले आफ्नै बिरुध्द महाअभियोगको सामना गर्नु परिरहेको छ।

हालसम्मका नियोजित चालहरुको सूक्ष्म अध्ययन गर्दा अख्तियार प्रमुखबाट जसरी भएपनि मलाई विस्थापित गरिछाड्ने नियत सतहमा प्रकट भएको मैले ठानेको छु । म लोकमान सिंह कार्की कुनै जिम्मेवारीमा रहनु या नरहनु मुख्य र महत्वपूर्ण कुरा होईन, तर मेरो प्रश्न छ– विधिको शासन सुदृढ तुल्याउने, जनतामा सुशासनको प्रत्याभूति दिलाउँदै स्वच्छ र जनमुखी प्रशासन बनाउने, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउदै समृध्द राष्ट्र निर्माण गर्ने भनी राजनीतिक तहमा भएका प्रतिबध्दता पुरा गर्न अख्तियार प्रमुखको रुपमा हामीले लिएको अठोटमा खोट कहाँनेर भयो ? गैह्र सरकारी संस्थाका नाममा जालसाजीपूर्ण तरिकाले अर्वौ रुपैयाँ भित्र्याउने र सोही नगदको बलमा जनता बीचको एकता भाँड्ने र राज्यलाई चुनौति दिनेहरुलाई अनुसन्धान र कारवाहीको दायरामा ल्याउनु मेरो त्रुटी कसरी भयो ? स्वदेशमा आर्जित धन गैह्रकानूनी रुपले विदेशी बैंकमा जम्मा गर्ने र राज्यको प्रचलित कानून बिपरित विदेशमा लगानी गर्नेहरुलाई कानून बमोजिम कारवाही प्रक्रिया शुरु गरेर मैले के गल्ती गरें ? लोकतन्त्रप्रति जनतामा आस्था र भरोसा जगाउन प्रयत्न गर्नु मेरो गल्ति हो या उपल्लो तहबाट हुने भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न अख्तियारलाई सक्रिय बनाउनु नै मेरो गल्ती हो ?

कुनै पनि अनुसन्धानात्मक तथा न्यायिक कारबाही प्रक्रियामा अभियोग लगाउने व्यक्ति वा निकाय स्वयं न्यायाधिश हुन सक्दैन । तर मेरा बिरुद्ध महाअभियोग प्रस्ताव गर्ने कतिपय राजनीतिक नेता अनुसन्धानको दायरामा रहेका, मेरा बिरुद्ध सार्वजनिक रुपमा निरन्तर अभिव्यक्ति दिने केही राजनीतिक नेताहरु समेत महाअभियोग सिफारिस समितिमा भएका र निजहरुले प्रक्रिया शुरु हुनु पूर्व नै विभिन्न सार्वजनिक मञ्चहरुमा मलाई महाअभियोग लगाइ छाड्ने उदघोष गरेकोले उहाँहरुले दिने न्याय कस्तो हुन सक्ला भन्ने प्रश्न उठेको छ । महाअभियोग सिफारिस समितिका ५ जना माननीय सदस्यहरु नै १५७ जना प्रस्तावकहरु मध्ये हुनुबाट समितिले निष्पक्ष न्याय सम्पादन गर्ने विषय शंकास्पद बन्न पुगेकोछ ।

राज्यका जिम्मेवार पदाधिकारीबाट मैले देशको कार्यकारी प्रमुख बन्न खोजेको या बनेको भन्ने सम्मका आरोप पनि व्यहोर्नु पर्यो, परिरहेको छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासनको अनुभुति जनतालाई दिलाउन कानून बमोजिम मलाई दिईएको बाहेक मैले कहिले कुन अधिकार प्रयोग गरें या गर्न खोजें त्यसको प्रमाण प्रस्तुत होस् भन्ने म चाहन्छु । मैले मन्त्रीहरुको नियुक्तिमा हस्तक्षेप गरें कि ? न्यायाधिश, सचिव, अध्यक्ष, महाप्रबन्धक, सञ्चालक या सरकारले नियुक्त गर्नुपर्ने पदहरुमा मैले आफ्ना कसैलाई चयन गर्न भनें कि आफैले नियुक्त गर्न थालें ? कि मैले समानान्तर प्रशासनिक संरचना खडा गरे ? सरकारले गर्ने कुनचाहिँ काममा मैले बाधा पुर्याएँ वा हस्तक्षेप गरें भन्ने कुराको तथ्य विवरण प्रस्तुत नगरी म माथी जुन प्रकारको आरोप लगाइयो र मेरा बिरुध्द जसरी प्रचारबाजी गरिएको छ, यसले पनि म माथीको पूर्वाग्रह जाहेर गरेको छ ।

अहिले मलाई जुन महाअभियोगको चक्रव्युहमा अल्झाईएको छ, ईश्वरको अनुकम्पाले म यो चक्रव्युहबाट मूक्त हुने छु भन्ने विश्वास छ । पुन: आफ्नो पदीय दायित्व निर्वाह गर्ने अवस्थामा भ्रष्टाचार निर्मूल पार्नका लागि मैले जुन अठोटका साथ राष्ट्रको सेवा गर्ने प्रतिज्ञा गरेको छु त्यो सबै पुरा गरेर देखाउने छु । कथंकदाचित आसुरी इच्छा बमोजिम असत्यको विजय भई मैले उपरोक्त बमोजिमको कार्य गर्न असमर्थ भएको अवस्थामा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु समक्ष करबद्ध भई भ्रष्ट प्रवृतिको उजागर गर्न भ्रष्टाचार बिरुद्धको अभियानलाई निरन्तरता दिने प्रण समेत गर्दछु ।

निरङ्कुशतन्त्र कसैको पेवा हुनसक्ला, तर लोकतन्त्र कसैको पेवा हुनसक्दैन । जनता नै लोकतन्त्रको आधार हुन्–पहरेदार हुन् । लोकतन्त्रमा जनईच्छा नै सर्वोपरि हुन्छ र जनताको ईच्छा मुलुकबाट भ्रष्टाचार र अनियमितता अन्त्य होस, भ्रष्टाचारमा संलग्न साना ठूला सबै ओहोदाका व्यक्ति माथी कानूनी कारवाही होस भन्ने छ । मैले अख्तियार प्रमुखका रुपमा गरेको काम पनि संविधान र कानूनको सीमा भित्र रहि जनताकै ईच्छालाई सर्वोपरि मानेर गरेको हुँ । राज्य सञ्चालन र त्यसका प्रक्रियाहरुको बारेमा अनुभव प्राप्त भएपनि देशमा अनियमितता र भ्रष्टाचार कसले, कसरी र कतिसम्म गर्दा रहेछन् भन्ने तथ्यज्ञान चाहीं मैले पनि अख्तियार प्रमुख भएपछि नै प्राप्त गरेको हुँ । हामीले राज्य संयन्त्रका सबै निकाय माथी निगरानी बढाउँदा अनेकौं रोचक तर दुःखद तथ्यहरु देखा परेका छन् । यसक्रममा कैयन व्यक्तिमाथी अख्तियारले निगरानी बढाएको, कैयनलाई अनुसन्धानको दायरामा ल्याएको र कतिपय माथी आवश्यक कानूनी कारवाही शुरु भएको म जानकारी गराउँछु ।

म यतिवेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरु खोल्न चाहन्न, तर जनताले चाहेको, देशले मागेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष प्रस्तुत गर्न म हिचकिचाउने छैन । कानून पालना गराउने दायित्व बोकेकाहरुले आफ्नो कर्तव्य निर्वाह गरे बापत दण्डित हुनुपर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने दायित्व बोकेका व्यक्तिले भ्रष्टाचार नियन्त्रणका निम्ति कदम चालेकै कारण अपमानित र अपहेलित हुनुपर्यो भने त्यसवेला कैयन सीमाहरु भत्कन सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याईन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुध्दको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसवेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ।

लोकमान सिंह कार्की

प्रमुख आयुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाण्डौ ।

ओलीले बोली फेरे:संघीयताको विकल्प, पाँच विकास क्षेत्र नै उत्तम

काठमाडौं,पुस ७ । अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर(दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई  पाँच प्रदेश बनाउनुपर्ने बताएका छन्।

आफूलाई भेट्न आएका पूर्वसांसद क्लबका प्रतिनिधिसँग बालकोटमा भेट गर्दै बुधबार ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प भएको जिकिर गरेका हुन्। पहिलो पटक सरकारले पाँच नम्बर प्रदेशलाई विभाजन गरी तराई र पहाडी जिल्ला अलग गर्न संसदमा संशोधन प्रस्ताव दर्ता गरेपछि सीमांकनका विषयमा लगातार जसो आन्दोलन भइरहेको छ। आजको अन्नपूर्ण पोष्टबाटमा खबर छ ।

डेढ दर्जन विद्यालयमा विद्यार्थी शून्य: कामै नगरी तलब खान्छन् शिक्षक

काठमाडौं, पुस ७ ।   सिन्धुलीका करिब डेढ दर्जन विद्यालयमा एक जना पनि विद्यार्थी छैनन् । तर ती विद्यालयका ३६ जना शिक्षकले भने नपाढाईकनै तलब खाइरहेका छन् । सिन्धुलीका १६ वटा विद्यालयका शिक्षकले कामबिना नै सरकारी तलब खाइरहेका हुन् ।विद्यार्थी सङ्ख्या कम भएपछि तत्कालीन शिक्षा समितिले १६ वटै विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका सबै विद्यालयहरु प्रावि हुन् ।

विद्यार्थी कम भएका कारण जनज्योति, कालिका, जनसेवी, कल्याणी, सहित, त्रिवेणी, शुभकामना, जनजागृति, जनकन्या, पञ्चकन्या, जनकलाल, जनचाहना, बागेश्वरी, तारुफेदी, रस्वती र जनएकता प्रावि बन्द गर्न समितिले सिफारिस गरेको थियो । विद्यार्थी नभएका वा कम भएका विद्यालयहरु मर्ज नहुादा शिक्षकहरुले बिनाकाम तलब खाइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विप्लबको बन्द घोषणा मात्रै:उपत्यकामा सवारी आवगमन सामान्य,बन्द गराउन हिँडेका ११ जना पक्राउ

काठमाडौं, पुस ७ ।  काठमाडौं उपत्यकामा अहिले गाडीको आवतजावत सामान्य छ । बिहीबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको हल्लाले सर्वसाधरणमा अन्यौलता बढाएको भएतापनि तर अहिले गाडीको आवागन सामान्य भएकाले ढुक्क भएर गाडी चलाउन र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । बिहानैदेखि काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् । क्रममा बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकता राजधानीबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी सिद्धिविक्रम शाहले  दिएको जानकारी अनुसार राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजेतिर उनीहरु पक्राउ परेका हुन् । शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।

उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन दिइएको छैन ।

बिजुली माग्न कुलमानसहितको टोली दिल्लीतिर

काठमाडौं,पुस ७ । थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ । केहि समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पुरै देश उज्यालो राख्न उर्जा मनत्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् । यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली विद्युत माग्न दिल्ली पुगेको खबर नागरिक दैनिकमा छ ।

भारतबाट थप ८० मेगावाट विद्युत ल्याउन सकिए लोडसेडिङ सामना गर्नु नपर्ने भन्दै उनीहरु त्यसका लागि मंगलबार नयाँ दिल्ली उडेका हुन् । थप विद्युत ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक समहति भएकाले अन्तिम टुंगो लगाउन उर्जा टोली भारत गएको हो । टोलीले भारतबाट थप विद्युत ल्याउने ट्रान्समिसन लाइन र अन्य पूर्वाधारबारे निर्णग गर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।

जनताको आस्था ढलेको छैन,अब जागौं भन्दै पूर्वराजा ज्ञानेन्द्रले मुख खोले (विज्ञप्तीको पूर्णपाठ)

काठमाडौं,पुस ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो राजनीतिक घटनाक्रमप्रति तीब्र असन्तुष्टि व्यक्त गरेका छन् । विशेष सन्दर्भमा मात्र विज्ञप्ति सार्वजनिक गर्ने ज्ञानेन्द्रले बुधबार कुनै सन्दर्भबिना नै विज्ञप्ति निकालेर राजनीतिक गतिविधिमाथि टिप्पणी गरेका हुन् ।

उनको टिप्पणीलाई गम्भीर रुपमा हेरिएको छ । पूर्वराजा ज्ञानेन्द्रले सार्वजनिक गरेको विज्ञप्तिमा नेपाली जनताको आस्था नढलेकाले जाग्नुपर्ने बेला आएकोसमेत उल्लेख गरेका छन् । उनले नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् ।
कानूनी रुपमा राजसंस्था ढलेपनि जनताको मतमा ढलेको छैन भन्ने सन्देश पूर्वराजाले दिन खोजेका छन् । उनले जारी गरेको विज्ञप्तिमा ‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मस्तिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले राष्ट्र बचाउन फेरी एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न प्रमुख र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ भनिएको छ ।

संविधान संशोधनको विषयमा दलहरुबीच तीव्र विवाद भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्तिमा निकालेर ‘राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउनु परेको छ । हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं १ समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।’ भन्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गर्दै बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको भन्नुलाई उनले दलहरुलाई गम्भीर चेतावनी दिएको रुपमा हेर्नुपर्ने राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

बिज्ञप्तीकाे पूर्ण पाठ

आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सूम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समून्नत र सूदृढ बनाउनू हाम्रो मुल दायित्व एंव कर्तव्य हो ।

तर वर्तमान अवस्थामा मुल्य–मान्यतामा आधारित राजनीति नहूनू, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानूदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ । नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ । निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हून सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हून सक्दैनन् । माटो र मूटूसंग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दूहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन । नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासि नै हून् ।

त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णूता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ । अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाटनै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं । समय भडकी सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल ।
२०७३ साल पौष ६गते

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web