राष्ट्रिय परिचयपत्र वितरण अन्तिम तयारीमा

पुस ८, २०७३ मा प्रकाशित | 689 views

<p>काठमाडौं,पुस ८ । अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेटि्रक स्मार्ट कार्ड- राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । जसको तयारी अन्तिम चरणमा पुगेको वताइएको छ ।<br></p><p>परिचयपत्रमा नेपाल सरकारको लागो, राष्ट्रिय झण्डा र पृष्ठमा सगरमाथाको चित्र अंकीत हुनेछ । परिचयपत्र निर्माणका लागि असार मसान्तमै सम्झौता भइसकेको छ । र आगामी साउनदेखि नै सिंहदरवारबाट परिचयपत्र वितरण सुरु हुने केन्द्रका निर्देशक दिनेश भट्टराईले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web