पप्पु गुरुङ दोधारा–चाँदनी दोधारा,पुस ११ – चादनीमा कार्यक्रमको सुरुवात क्रम संगै खाजा, नास्तामा बिबादमा चुलिदै आएको ग्रामिण सामुदायिक बिकास केन्द्रले संचालन गरेको सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रममा आर्थिक हिसाव किताव निश्पक्षता गर्न स्थानियहरुले माँग गरेका छन् ।

दोधारा चाँदनीमा भए गरेका धेरै कार्यक्रममा संस्थाले आएको रकम खर्चा नगरेर रकम जोगाउने कार्य गरेको स्थानियहरुको आरोप रहेको छ ।

बिद्यालय स्तरिय कार्यक्रममा दोधारा चाँदनीका ५ वटा उच्च माबिमा कार्यक्रम गरेर रकम जोगाएको स्थानिय शिक्षिका करन मगरले जानकारी दिएका छन् । कार्यक्रममा छुट्याईएको रकम रु. १ सय ५० रुपियाँको नास्ता तथा खाजा खुवाउने साटो ५ बिद्यालय तथा दोधारा चाँदनीमा संचालित बिभिन्न कार्यक्रममा रु. २० देखि रु. ३५ सम्मको नास्ता तथा खाजा खुवाएर रकमको जोगाउदै गरेको सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रमका कार्यक्रम संयोजक रमेश ओडलाई आरोप लगाएका छन् ।

कार्यक्रम संयोजक रमेश ओडले अध्यक्ष बिर बहादुरको रु. ४० देखि ५० रुपिया बराबरको कार्यक्रममा नास्ता तथा खाजा खुवाउने निर्देशन अनुसार आफुले अध्यक्षको नियम पालना गरेको बताएका छन् । “अध्यक्ष बिर बहादुर नेपाली ज्युले भने अनुसार रु.४० देखि रु. ५० बराबरको नास्ता खुवाएका हौ” उक्त बिषयमा बिद्यालयका बिद्यार्थी, शिक्षकहरुले समेत आपत्ती जनाएका थिए ।

बिद्यालय लगाएत कार्यक्रममा २ वटा समोसा, एक टुक्रा जेरी र एक पिस लड्डु खुवाएको बताएका छन् । जसको मुल्य करिब रु. २० हुन्छ् । एक बिद्यालयकोृ एक कार्यक्रममा बिद्यार्थी, शिक्षक तथा बिद्यालय ब्यवस्थापन समिति लगाएतलाई हल भाडा, यातायात तथा खाजा, नास्ता खुवाए बाफत रु. ११ हजार २ सय ५० खर्च गर्ने कार्यक्रम भएपनि श्री अम्बिका उच्च माबिमा हल भाडा यातायात तथा खाजा, नास्तामा रु. ५ हजार ४ सय, भानु उच्च माबिमा रु. ४ हजार ९ सय, लक्ष्मी उच्च माबिमा रु. ३ हजार ९ सय, शारदा सरस्वती उच्च माबिमा रु. ५ हजार ४ सय र युनिक सनराईज उच्च माबिमा रु. ५ हजार ४ सय रकम खर्च गरेको कार्यक्रम संयोजक रमेश ओडले जानकारी दिएका छन् ।

उच्च माबि स्तरिय अभिमुखिकरणमा यातायात खर्चा रु. २ सयको दरले १५ जनालाई दिने भनिएको सुनिए पनि लक्ष्मी उच्च माबिको कार्यक्रममा मात्र ३ जनालाई रु. ६ सय दिएको लक्ष्मी उच्च माबिका एक शिक्षकले बताएका छन् । यस सम्बन्धमा संस्थाका अध्यक्ष बिर बहादुर नेपालीले “मिलाएर खर्चा गर्नु भनेको छु” भनेको बताए । दोधारा चा“दनीको भानु उच्च माबि, लक्ष्मी उच्च माबि, सनराईज उच्च माबि, शारदा सरस्वती उच्च माबिमा ग्रामिण सामुदायिक बिकास केन्द्रले बिद्यार्थीहरुमा बिद्यालय स्तरिय स्लोगन प्रतियोगिता तथा सदभाव बढाउने बिभिन्न कार्यक्रम संस्थाले गरेको हो ।

“कार्यक्रमको लागी छुटयाईएको रकममा कम खर्चा गरेर सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रमका संचालक तथा अध्यक्षले ठुलो रकम संस्थाले जोगाउने कार्य गरेको दखिएको छ्” एक शिक्षकले भने– “कयौं कार्यक्रममा ५० प्रतिशत पनि रकम खर्च भएको छैन” सामुदायिक सुरक्षाको अवस्थामा र सामाजिक एकता तथा सदभाव अभिबृद्धि गरी सकारात्मक शान्ति सहितको सभ्य समाज निर्माणका लागी जनताका बिचमा खुल्ला सहकार्य र समन्वय गर्न, आवश्यक जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले दोधारा चाँदनी क्षेत्रमा संचालन आएपनि कार्यक्रमको संस्थाले पारदर्शीता नगर्दा संस्थाले लुकीछिपी कार्यक्रम संचालन गर्दै आएका अर्का स्थानिय डम्मर गुरुङ्गले जानकारी दिएका छन् ।

“निश्पक्षता कार्यक्रम नगर्दा ग्रामिण सामुदायिक बिकास केन्द्रलाई हामीले बहिष्कार गरेका हौ । तै पनि दोधारा चा“दनीमा संस्थाले लुकीछिपी कार्यक्रम संचालन गरिनै रह्यो” स्थानिय डम्मर गुरुङ्गले भने । यस्ता अपारदर्शी तथा रकम जोगाउने संस्थालाई आगामी दिन पस्न दिन रोक्नु पर्ने गुरुङ्गको भनाई रहेको छ् ।

“कार्यक्रममा बिल भर्पाई बढाएर रकम जोगाउने चलखेल भएको छ्” ग्रामिण सामुदायिक बिकास केन्द्रका एक पदाधिकारी श्रोतले भन्यो । श्रोत अनुसार संस्थाका अधिकांश पदाधिकारीलाई सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रम संचालनमा कहिले सुरु भयो र कहिले समाप्त भयो भन्ने बारे समेत थाहा नभएको बताएका छन् । “कार्यक्रममा एकल निर्णय छ्” एक पदाधिकारीले भने । दोधारा चाँदनीका अधिकांशलाई कार्यक्रमको बारे थाहै नभएको स्थानियहरुले बताएका छन् ।

काठमाडौं,पुस ११ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ को दोश्रो राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगितामा दुवै तर्फ नेपाली सेना विजयी भएका छन् । आज सुनसरीको इनरुवा जेल फिल्डमा खो खो को फाइनल र तेश्रो स्थानका सम्पूर्ण खेलहरु सम्पन्न भएको छ । आज सम्पन्न भएका फाइनल खेलमा पुरुष र महिला दुवै तर्फ नेपाली सेना प्रथम, पुरुषमा दोश्रो र तेश्रो स्थान मध्यमाञ्चल र सुदूर पश्चिमाञ्चल त्यसरी नै महिला तर्फ दोश्रो मध्यपश्चिमाञ्चल र तेश्रो स्थानमा सुदूर पश्चिमाञ्चल विजय भएका छन् ।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश्वर दाहाल, सहसचिव चुडामणी पौडेल, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु शम्भु आचार्य, महमद समिउल्लाह, परिषदका प्रेस सल्लाहकार रोहित दाहाल, संघका अध्यक्ष श्रीप्रसाद साह, उपाध्यक्ष प्रदिप महर्जन, महासचिव सानुराजा शाक्य र सचिव दिपक बस्नेतले मेडल, प्रमाणपत्र मस्कट वितरण गरी खो खो को दोश्रो राष्ट्रिय पुरुष तथा महिला प्रतियोगिता २०७३ सम्पन्न भएको घोषणा भएको छ ।

विभिन्न राष्ट्रिय खो खो प्रतियोगितामा र एशियन च्याम्पियनसीप तथा गत बा्रहौं दक्षिण एशियाली खेलकुदको खो खोमा सहभागी भई कास्य पदक विजयी भएको फाइनलको प्रतिस्पर्धामा मध्यमाञ्चल क्षेत्रबाट सहभागी भई रजत पदक प्राप्त गर्न सफल भएका खो खो खेलाडी काठमाण्डौ कीर्तिपुरका विक्कीराज महर्जनले खेल जीवनबाट लिएको सन्यासको घोषणालाई कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश्वर दाहालबाट सम्मान गर्नु भयो ।

काठमाडौं,पुस ११ । भारतको सिलगुढीमा जारी चौथो महिला फुटबल साफ च्याम्पियनसिप नेपालले विजयी सुरुवात गरेको छ । भुटानलाई ८-० गोल अन्तरले पराजित गर्दै नेपालले विजयी सुरवात गरेको हो । खेलको पाँचौ मिनेटमा गोलको खाता खोलेको नेपालको लागि साबित्रा भण्डारीको डबल हृयाट्रिक गरिन् ।

उनले खेलको ५, ९, २२,३५,६८, ७६ औं मिनेटमा गोल गर्दै उनले डबल ह्याट्रिक पुरा गरेकी हुन्। अन्तर्राष्ट्रिय खेलमा डबल ह्याट्रिक गर्ने भण्डारी पहिलो नेपाली खेलाडी हुन्।नेपालका लागि थप गोल सर्मिला थापा र कृष्णा खत्रीले गरेकी हुन्।

जितसँगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । साफ च्याम्पियनसिपका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।

भारतको सिलिगुढीमा सुरु भएको चौथो संस्करणको समूह चरणमा नेपालले माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । अर्को समूहमा भारत अफगानिस्तान र बंगलादेश छन् । प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएको थियो । मलेसिया फिफा वरियतामा नेपाल भन्दा २६ स्थान माथि छ ।

काठमाडौं,पुस १० । राजा हुँदा हिन्दु सम्राटका रुपमा चिनिएका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह क्रिश्चियन धर्मबलम्वीहरुको किसमस इभको पार्टीमा रमाएका छन् । नेपालमा रहेका क्रिश्चियन धर्मबलम्वीहरुले लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा द ह्वाइट अफेयर पार्टी राखेका थिए । नाचगान सहितको पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस पुगेका थिए ।

उनीहरुले क्रिश्चियन धर्मबलम्वीहरुलाई किसमसको शुभकामना दिनुको साथै शुभचिन्तकहरुसँग तस्विर पनि खिचाएका थिए । ति तस्विरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् । इभ पार्टीमा पुगेका मोडेलहरुले उनीसँग खिचेका तस्विरहरु सार्वजनिक गरेका छन् । पार्टीमा बाबुछोरा संगै पुगेका थिए । बाबु छोराले नै शुभचिन्तकहरुसँग तस्विर पनि खिचाएका थिए । नेपाललाई हिन्दुराष्ट बनाउन देशी विदेशीहरुसँग सम्वाद गरिरहेका पूर्वराजाले क्रिसमसमा पुगेका क्रिश्चियन धर्मवलम्बीको पनि मन जित्न खोजेका छन् ।

काठमाडौं,पुस १० । आर्मीका रविना महर्जन र स्वेच्छा नेम्वाङ्गको जोडीलाई सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस महिला जोडी तर्फ सफलता प्राप्त भएको छ । रविना र स्वेच्छाको जोडीले पुलिसका नविता र एलिना महर्जनको जोडीलाई फाइननलमा ७–११, ११–७, ११–६, ७–११ र ११–३ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए । एपिएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कास्यमा चित्त बुझाए ।

पुरुष जोडी तर्फ पुलिसका प्रदीप रोक्का र विनेश खनियाको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडी माथि ११–९, ११–९, ३–११ र ११–९को जित हात पार्दै स्वर्णमा नाम लेखाए । तेश्रो स्थानमा पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीको जोडी रहे ।

शहिद रङ्गशालास्थित कभर्डहलमा भएको महिला टिम ईभेन्टस्मा पुलिसले बाजी मा¥यो । पुलिसले एपिएफलाई ३–१ले पराजित गर्दै रजतमा खुम्चिना बाध्या पा¥यो । तेश्रो स्थानमा आर्मी र मध्यमाञ्चल रहे ।

यसै विधाको पुरुष तर्फको खेलमा पनि पुलिसले जित हात पारेको छ । पुलिसले एपिएफलाई ३–१ले नै पराजित गर्दै स्वर्ण संख्यालाई बृद्धि ग¥यो । एपिएफ रजतम खुम्चियो । मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य पाए ।

मिक्स डबल्स तर्फको खेलमा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविताको जोडी फाइनल प्रवेश गरेका छन् । स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ ले तथा दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम र सोनुको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।

काठमाडौं,पुस १० । सरकारले आजदेखि सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था गरेको छ । अनलाइन फारम यातायात व्यवस्था विभागको बेवसाइट www.dotm.gov.np मा गएर भर्न सकिन्छ । तर यो सुविधा चार पाङ्ग्रेको लाइसेन्सवालाले भने लिन पाउने छैन् । उनिहरुको लागि दर्ता अनलाइनबाट नहुने भएको छ । , दुई पाङ्ग्रेको पनि दिनमा ५ सय मात्रै निवेदन लिइने सूचनामा जनाईएको छ ।

यातायात व्यवस्था विभागको बेवसाइटमा राखिएको सूचना अनुसार हाललाई दुई पाङ्ग्रे सवारी साधनको वर्ग ए (मोटरसाइकल) र वर्ग के (स्कूटर, मोपेड) का लागि मात्रै दरखास्त दिन सकिन्छ। त्यसैगरी ए र के वर्गमा आवेदन पनि दिनमा ५ सय जनाको मात्र स्वीकार गरिने व्यवस्था गरिएको विभागले बताएको छ।

यस अनुसार अब अनलाइनमा पनि जसले पहिला दर्ता गर्यो उसको मात्र आवेदन स्वीकार हुनेछ। अनलाइनमा फाराम भरेर पठाएपछि दर्ता नम्बर र कार्यालयमा सम्पर्क राख्न जाने समय अनलाइनबाटै दिइने विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। अनलाइनबाट आवेदन भर्नका लागि सबैभन्दा पहिला यातायात व्यवस्था विभागको वेभसाइट डब्लुडब्लुडब्लु डट डिओटिएम डट जीओभी डट एनपी खोल्ने। त्यसपछि त्यहाँ बाहिर नै अनलाइन सवारी चालक अनुमति पत्र भन्ने देखिन्छ।

सवारी चालक अनुमति पत्रको अनलाइन फारम भर्ने तरिका

त्यहाँ क्लिक गरेपछि भर्नुपर्ने आवश्यक विवरणहरु देखिन्छ। सम्पूर्ण विवरण भरेपछि सेन्डिङ गर्ने । सेन्डिङ एसेप्ट भइसकेपछि आवेदकले एउटा पेपर पाउँछ। त्यो प्रिन्ट गर्ने। त्यसमा पुनः फोटो र फिंगरप्रिन्टका लागि जानुपर्ने समय तोकिएको हुन्छ। त्यही समय पुग्नेगरी त्यो प्रिन्ट कागज लिएर सम्वन्धित कक्षमा जानुपर्दछ। त्यहाँ पुनः फोटो र फिंगरप्रिन्ट लिइसकेपछि भोलिपल्टदेखि नै अन्य परीक्षामा सहभागी हुन सकिनेछ। उत्पयकाबाट लिइने स्मार्टलाइसेन्स बाहेक अन्यको हकमा भने यो नियम लागू हुँदैन। सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भरेका हरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।

घोराही,पुस ९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता खारेज भएर गणतन्त्र जोगिन नसक्ने बताउनु भएको छ । माओवादी केन्द्रको पाँच नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी—समानुपातिक र सामाजिक न्यायजस्ता मुद्धा जनयुद्धका मुद्दा हुन्, माओवादीका मुद्दा हुन् ।

एकथरी मान्छेहरु संघीयतामा जानु गल्ती भयो भन्दैछन् । संघीयता उल्टियो भने यो मात्रै उल्टिने छैन, यसको सम्बन्ध परिवर्तनका मुद्धाहरुसँग छ । संघीयता उल्टियो भने गणतन्त्र उल्टिन्छ, समावेशिता उल्टिन्छ, धर्मनिरपेक्षता पनि उल्टिन्छ । संघीयता उल्टिएर अरु मुद्दा जीवित रहन्छन् भन्ने कसैले सोचेको छ भने त्यो भयानक भूल हो ।’

संघीयता उल्टाएर माओवादी जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘आफूलाई कम्युनिष्ट र प्रगतिशील भन्नेहरुलाई पनि अहिलेको संविधान मन परेको छैन । बन्द कोठाभित्र बरु राजा नै ठीक थिए भन्नेसम्मका छलफल चल्न थालेका छन् ।

परिवर्तनका मुद्दा उल्टाएर जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने सपना देखिँदैछ । तर, कसैले चाहँदैमा परिवर्तन उल्टिँदैन, सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ, कसैले चाहँदैमा संविधान खारेज हुँदैन ।’

प्रशिक्षण कार्यक्रममा राष्ट्रवादका नाममा पहाड र मधेशलाई मिल्न नदिने षड्यन्त्र भएको उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘कुरा त राष्ट्रवादको गरिएको छ । तर, त्यसभित्र पहाड र मधेशलाई मिल्न नदिने र देशलाई साम्प्रादायिक द्धन्द्ध र भड्खालोमा हाल्ने गम्भीर षड्यन्त्र लुकेको छ । कसैलाई धकेलेर राष्ट्रियता जोगिदैन, झन् कमजोर हुन्छ । सरकार हिमाल, पहाड र तराईलाई मिलाएर बलियो राष्ट्रिय एकता कायम गर्न चाहन्छ । त्यसैका लागि संविधान संशोधनको प्रस्ताव गरिएको हो ।’

सरकार प्याकेजमै सहमतिको पक्षमा रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘संसदमा संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचन सम्बन्धि विद्येयक दर्ता भएका छन् । सरकार प्याकेजमै सहमति खोजेर निर्वाचनमा जान चाहन्छ । प्रतिपक्षी साथीहरुले प्याकेजमा सहमति वा संसदीय विधिमध्ये एउटा रोज्नुपर्छ । संसदीय प्रक्रियामा विश्वास गर्ने दलले संसद अवरुद्ध गरेर निर्वाचन रोक्नु शोभनीय हुँँदैन ।’

प्रशिक्षणमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रष्ेठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन लगायतले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको बिकल्प नभएको भन्दै त्यसका लागि जनतामा जान नेता कार्यकर्तालााई आग्रह गर्नुभयो ।

काठमाडौं,पुस ९ । गृह मन्त्रालयले निकालेको विदाको सूचनामा गम्भीर त्रुटी भेटिएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे परेको भन्दै आईतवार विदा दिने निर्णय गरेको भन्दै निकालेको सूचनामा त्रुटी देखिएको छ ।

अंग्रेजी महिनाको सन् २०१६ डिसेम्बर २५ तारिख हुनुपर्नेमा सूचनामा मन्त्रालयले डिसेम्बर १० तारिख उल्लेख गरेको छ । राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि (आइतबार) क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको भएपनि मन्त्रीस्तरीय निर्णयबाट विदा दिने निर्णय गरेको हो ।

मुलुक धर्मनिरपेक्ष भएको घोषणा भएपछि सरकारले विसं २०६४ पछि डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’का दिन सार्वजनिक बिदा दिन सुरु गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ‘क्रिसमस डे’ का दिन दिँदै अाइएको सार्वजनिक विदा कटाैती गरेको थियो। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका अबसरमा २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरी क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्दछन्।

काठमाडौं, पुस ९ । सरकारले क्रिसमस डेमा सार्वजनिक विदा दिने भएको छ । राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा भोलि (आइतबार) क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको भएपनि मन्त्रीस्तरीय निर्णयबाट विदा दिने निर्णय गरेको हो ।

मुलुक धर्मनिरपेक्ष भएको घोषणा भएपछि सरकारले विसं २०६४ पछि डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’का दिन सार्वजनिक बिदा दिन सुरु गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ‘क्रिसमस डे’ का दिन दिँदै अाइएको सार्वजनिक विदा कटाैती गरेको थियो।

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवका अबसरमा २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरी क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्दछन्।

काठमाडौं,पुस ८ । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभिभिएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो ।

मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न र काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको घोषणालाई नरन्तरता दिनसमेत थप विद्युत् आयात बाट सहज हुने छ । भारतले उपलब्ध गराउने थप विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिनेछ । सो अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत मुजफ्फरपुरमा थप एक सय एमभिएको ट्रान्सफर्मर जडान कार्य गत मङ्सिर २८ देखि ३० गतेसम्म दुई दिन लगाएर सम्पन्न भइसकेको छ । अन्तरदेशीय प्रसारणलाइनलाई १३२ केभी क्षमताका व्याट्री चार्ज गरिसकिएको छ ।

भारतबाट हाल सोही प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सम्झौताअनुसार २०१७ जनवरी १ देखि पहिलो चरणमा थप ४० मेगावाट विद्युत् आयात हुनेछ भने फ्रेबुअरी १ देखि थप ४० मेगावाट गरी कुल १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत्को खरिददर प्रतियुनिट भारतीय मुद्रा ३.६६ रहनेछ । सो विद्युत्को खरिद दर रु ५.६७ पैसा रहेको छ । विद्यमान बजार मूल्यका आधारमा भारतबाट आयात गरिएको विद्युत्को मूल्य सस्तो रहेको बताइन्छ ।

विद्युत् आयातसम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गबीच हस्ताक्षर भएको छ ।

यस्तै ढल्केबर सवस्टेसनको काम पनि अन्तिम चरणमा रहेकाले सो कार्य सम्पन्न हुनेबित्तिकै थप विद्युत् आयातका लागि पहल गरिने बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने लक्ष्यका साथ सरकारले थप विद्युत् आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

प्राधिकरण र एनभिभिएनबीच लेऊ अथवा देऊ ‘टेक अर पे’ मान्यताका आधारमा विद्युत् खरिद सम्झौता भएको हो । भारतीय नोडल एजेन्सी एनभिभिएनसँग जनवरी, २०१७ देखि मे २०१७ सम्मका लागि प्रारम्भिक चरणमा विद्युत् खरिद सम्झौता गरिएको हो । मुलुकभर हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ । नदीमा जलस्तर घटेका कारण आन्तरिक उत्पादन घट्न थालेको अवस्थामा भारतबाट थप विद्युत् आयात गरेर ऊर्जा सङ्कट निवारण गर्न लागिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुर प्रसारण लाइनको समेत स्तारोन्नतिको काम जारी रहेका कारण निकट भविष्यमा नै ती प्रसारण लाइनबाट थप ५०÷५० मेगावाट विद्युत् आयात गर्ने समझदारीसमेत नेपाल र भारतबीचमा भएको छ । यस्तै टनकपुरबाट समेत थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको छ ।

मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने लक्ष्यका साथ सरकारले ५६० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । गत आवमा भारतबाट ३४७ मेगावाट विद्युत् आयात गरिएको थियो । यस्तै आन्तरिक उत्पादनमा रहेको कुलेखानीलाई हाल नचलाइकन राखिएको छ । विद्युत् अत्यधिक माग हुने समयमा सो आयोजनाबाट पनि विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको भनाइ छ । कालीगण्डकी, मध्यमस्र्याङ्दीजस्ता आयोजनालाई पनि साँझको समयमा मात्रै सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आगामी माघ र फागुनमा विद्युत्को माग बढी रहने भएकाले लोड व्यवस्थापन गर्न प्राधिकरणलाई वैकल्पिक स्रोतको आवश्यकता परेको हो । यस्तै ऊर्जा सचिव उपाध्याय र उहाँका भारतीय समकक्षी पिके पुजारीबीच भएको द्विपक्षीय छलफलका क्रममा नेपालले माग गरेअनुसार नै विद्युत् उपलब्ध गराउन र नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले सहयोग गर्ने सहमति भएको छ ।

नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पिटिए) भएको सन्दर्भमा त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र पछिल्लोपटक भारत सरकारले तयार पारेको विद्युत् खरिदसम्बन्धी निर्देशिकामा देखिएको असहमतिका बारेमा समेत दुई ऊर्जा सचिवबीच छलफल भएको थियो । छलफलका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत शीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । वापकोश नामक परामर्शदाता कम्पनीले सो आयोजनाको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा हाल अध्ययनको क्रममा रहेको छ । रासस

काठमाडौं,पुस ८ । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ । आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागमा वितरण गर्न नसकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

चक्रपथभित्रको केही भागमा बजेट अभाव हुँदा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल निर्माण गर्न नसकिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

“नयाँ सञ्जाल निर्माण गर्न नसकिए पनि यी स्थानमा पुरानो वितरण प्रणालीबाट पानी वितरण गरिन्छ, नयाँ सञ्जाल निर्माणका लागि पनि केही महिनामा ठेक्का आह्वान हुँदैछ, दुई वर्षभित्रमा नयाँ पाइपलाइन बिच्छ्याइन्छ”–उहाँले भन्नुभयो ।

चक्रपथ बाहिर गोकर्णेश्वर, जोरपाटी, ललितपुरको कुसुन्ती, नखिपोट, भनिमण्डल, भक्तपुरको टिग्नी र कटुञ्जे क्षेत्रमा पाइप बिच्छ्याउने काम भइरहेको छ । कपन, बौद्ध र बालाजु क्षेत्रभन्दा माथिको भागमा पनि पाइप बिच्छ्याउनका लागि बोलत्र आह्वान हुँदैछ । यी क्षेत्रमा पनि दुई वर्षमै पाइप बिच्छ्याएर पानी वितरण गरिने निर्देशनालयले जनाएको छ ।

विसं २०८० सम्म याङ्ग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी आउने बेलामा उपत्यकाको सबै भागमा पाइपको नयाँ वितरण सञ्जाल बिच्छ्याई पानी वितरण गर्ने योजना छ । त्यसबेलासम्म २४ घन्टा नै पानी वितरण गर्ने गरी गृहकार्य भइरहेको प्रवक्ता ढकालले बताउनुभयो । रासस

पप्पु गुरुङ्ग-दोधारा चाँदनी ,पुस ८ – चादनीको विवादास्पद श्री आदर्श रामलिला नाट्य मञ्चनको रकम भानु धनधान्यञ्चल महायज्ञमा दान दिदै रामलिला सममितिले सर्वदलिय तथा सर्वपक्षिय निर्णय लत्याएको छ । मंसिर १५ गते सर्वदलिय तथा सर्वपक्षिय निर्णय गर्दै रामलिला समितिको उधारो रकम उठाएर १ महिनामा महाकाली बिकास बैंकको खातामा जम्मा गर्ने निर्णय सहित सहमती कार्यान्वन हुन नपाउदै एक सुटुक्क रामलिला समितिका केही पदाधिकारीहरुले एकल निर्णय गरेर रामलिलाको कोषको रकम मध्ये एक लाख एक हजार एक सय एघार रुपिया महायज्ञको खातामा रकम जम्मा गरेको मुल समितिले श्रोतले जानकारी दिएको छ ।

“ मिति २०७३-०८-१५ गतेका दिन आदर्श रामलिला समितिबाट लिएका सम्पुर्ण कागज पत्र एक महिनाको लागि रामलिला समितिलाई हस्तान्तरण गरेका छौ । साथै आय–व्यय् खर्चको बिबरण भेला बोलाई सार्वजनिक गर्नु पर्ने छ । उधारो उठेको रकम महाकाली बिकास बैंकमा जम्मा गर्नु पर्ने छ् ।” सर्वदलिय तथा सर्वपक्षिय बैठकमा निर्णय तथा सर्वसहमती गरिएको एक सर्वदलिय सदस्यले बताए । “नियमसंगत भएको छैन्” एक सर्वदलिय सदस्यले भने ।

दोधारा चाँदनीमा रामलिला अर्को वर्ष रामलिला हुन नदिने षडयन्त्र पुर्वक प्रपञ्च रचिएको स्थानियहरुले बताएका छन् । यता भानु धनधान्यञ्चल महायज्ञ मुल आयोजक समिति सदस्य श्रोतले बिबादस्त रामलिलाको रकम महायज्ञमा स्विकार्य नहुने बताएका छन् । “रामलिलाको बिबादको रकम हामी महायज्ञमा समाबेश गर्दैनौं” महायज्ञ मुल आयोजक श्रोतले बतायो ।

असोज १५ गते देखि कार्तिक १ गते सम्म दोधारा चाँदनीमा संचालित श्री आदर्श रामलिला नाट्य मञ्चनको कुर्चीको फर्जी टिकट देखा परेपछि सर्वदलिय छानबिन समिति गठन भएको थियो । छानबिन समितिले प्रतिबेदन सर्वजनिक गर्दा सर्वपक्षिय बैठक बसेर एक महिना भित्र रामलिला समितिले उधारो रकम उठाएर महाकाली बिकास बैंकको खातामा जम्मा गर्ने आम सहमती भएपनि उक्त सर्वपक्षिय सहमतीलाई लत्याएर रामलिला समितिले सुटुक्क निर्णय गरेर महायज्ञको खातामा रामलिला समितिका केही सदस्यहरुले रकम जम्मा गरेपछि बिबाद चुलीन थालेको हो । रामलिला समितिका एक सदस्य डम्मर रानाले आफुहरुलाई कुनै जानकारी नदिएर एका सुटुक्क रामलिला समितिको बैठक बसेर रामलिला समितिको रकम महायज्ञमा बैकको खातामा रकम जम्मा गरेको बिषयमा आफुलाई थाहा नभएको बताएका छन् ।

“रामलिला समितिका पदाधिकारीहरुको छाडापन हो” सदस्य डम्मर रानाले भने । अर्का रामलिला समितिका सदस्य रामचन्द्र थापा अनुसार यसरी रामलिला समितिका साथीहरुले सर्वदलिय तथा सर्वपक्षियको निर्णयलाई तथा सा“झा सहमतीलाई तोडेर दोधारा चादनीको एतिहासिक तथा परम्परागतरुपमा संचालन हुने रामलिला नाट्य मञ्चनलाई अर्को पटक संचालनमा आउने नदिने बताबरण तयार गरेको आरोप लगाएका छन् ।

“केही रामलिला समितिका पदाधिकारीहरुको दम्भले यो निरन्कुश निर्णय गरिएको हो” रामलिला समितिका सदस्य रामचन्द्र थापाले भने । रामलिलामा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी सहयोग टिकट पनि बिभिन्न स्थान तथा दर्शकहरु संग फेला परेको श्री आदर्श रामलिला नाटय मञ्चनका समिति तथा उपसमिति बिच बिबाद श्रजना हुदै आएको छ ।