सर्वपक्षियको निर्णयलाई लत्याउदै रामलिलाको रकम महायज्ञमा

पुस ८, २०७३ मा प्रकाशित | 988 views

पप्पु गुरुङ्ग-दोधारा चाँदनी ,पुस ८ – चादनीको विवादास्पद श्री आदर्श रामलिला नाट्य मञ्चनको रकम भानु धनधान्यञ्चल महायज्ञमा दान दिदै रामलिला सममितिले सर्वदलिय तथा सर्वपक्षिय निर्णय लत्याएको छ । मंसिर १५ गते सर्वदलिय तथा सर्वपक्षिय निर्णय गर्दै रामलिला समितिको उधारो रकम उठाएर १ महिनामा महाकाली बिकास बैंकको खातामा जम्मा गर्ने निर्णय सहित सहमती कार्यान्वन हुन नपाउदै एक सुटुक्क रामलिला समितिका केही पदाधिकारीहरुले एकल निर्णय गरेर रामलिलाको कोषको रकम मध्ये एक लाख एक हजार एक सय एघार रुपिया महायज्ञको खातामा रकम जम्मा गरेको मुल समितिले श्रोतले जानकारी दिएको छ ।

“ मिति २०७३-०८-१५ गतेका दिन आदर्श रामलिला समितिबाट लिएका सम्पुर्ण कागज पत्र एक महिनाको लागि  रामलिला समितिलाई हस्तान्तरण गरेका छौ । साथै आय–व्यय् खर्चको बिबरण भेला बोलाई सार्वजनिक गर्नु पर्ने छ । उधारो उठेको रकम महाकाली बिकास बैंकमा जम्मा गर्नु पर्ने छ् ।” सर्वदलिय तथा सर्वपक्षिय बैठकमा निर्णय तथा सर्वसहमती गरिएको एक सर्वदलिय सदस्यले बताए । “नियमसंगत भएको छैन्” एक सर्वदलिय सदस्यले भने ।

दोधारा चाँदनीमा रामलिला अर्को वर्ष रामलिला हुन नदिने षडयन्त्र पुर्वक प्रपञ्च रचिएको स्थानियहरुले बताएका छन् । यता भानु धनधान्यञ्चल महायज्ञ मुल आयोजक समिति सदस्य श्रोतले बिबादस्त रामलिलाको रकम महायज्ञमा स्विकार्य नहुने बताएका छन् । “रामलिलाको बिबादको रकम हामी महायज्ञमा समाबेश गर्दैनौं” महायज्ञ मुल आयोजक श्रोतले बतायो ।

असोज १५ गते देखि कार्तिक १ गते सम्म दोधारा चाँदनीमा संचालित श्री आदर्श रामलिला नाट्य मञ्चनको कुर्चीको फर्जी टिकट देखा परेपछि सर्वदलिय छानबिन समिति गठन भएको थियो । छानबिन समितिले प्रतिबेदन सर्वजनिक गर्दा सर्वपक्षिय बैठक बसेर एक महिना भित्र रामलिला समितिले उधारो रकम उठाएर महाकाली बिकास बैंकको खातामा जम्मा गर्ने आम सहमती भएपनि उक्त सर्वपक्षिय सहमतीलाई लत्याएर रामलिला समितिले सुटुक्क निर्णय गरेर महायज्ञको खातामा रामलिला समितिका केही सदस्यहरुले रकम जम्मा गरेपछि बिबाद चुलीन थालेको हो । रामलिला समितिका एक सदस्य डम्मर रानाले आफुहरुलाई कुनै जानकारी नदिएर एका सुटुक्क रामलिला समितिको बैठक बसेर रामलिला समितिको रकम महायज्ञमा बैकको खातामा रकम जम्मा गरेको बिषयमा आफुलाई थाहा नभएको बताएका छन् ।

“रामलिला समितिका पदाधिकारीहरुको छाडापन हो” सदस्य डम्मर रानाले भने । अर्का रामलिला समितिका सदस्य रामचन्द्र थापा अनुसार यसरी रामलिला समितिका साथीहरुले सर्वदलिय तथा सर्वपक्षियको निर्णयलाई तथा सा“झा सहमतीलाई तोडेर दोधारा चादनीको एतिहासिक तथा परम्परागतरुपमा संचालन हुने रामलिला नाट्य मञ्चनलाई अर्को पटक संचालनमा आउने नदिने बताबरण तयार गरेको आरोप लगाएका छन् ।

“केही रामलिला समितिका पदाधिकारीहरुको दम्भले यो निरन्कुश निर्णय गरिएको हो” रामलिला समितिका सदस्य रामचन्द्र थापाले भने । रामलिलामा कुर्चीमा बसेका प्रति ब्यक्ती दर्शकहरुका लागी रु. २० सहयोग रकम लिने रामलिला समितिको निर्णय अनुरुप गुलाबी कागजमा निलो मसीले लेखिएको सहयोग टिकट रसिद समितीले काट्दै आएकोमा असोज २६ गते गुलाबी कागजमा कालो मसीले लेखिएको कुर्चीको फर्जी सहयोग टिकट पनि बिभिन्न स्थान तथा दर्शकहरु संग फेला परेको श्री आदर्श रामलिला नाटय मञ्चनका समिति तथा उपसमिति बिच बिबाद श्रजना हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web