चिनियाँ राष्ट्रपतिले भने-‘उपयुक्त समयमा नेपाल आउँछु’

पुस ५, २०७३ मा प्रकाशित | 866 views

चिनियाँ राष्ट्रपतिले भने-‘उपयुक्त समयमा नेपाल आउँछु’

काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनपिले आफु अझै पनि नेपाल भ्रमणको लागि इच्छुक रहेको भन्दै दुई देशको उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका छन् ।

चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले सोमबार ग्रेट हल अफ दि पिपुलमा बुझाएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका लागि लाभकारी हुने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रपति सिले विश्व परिस्थितिमा जस्तो परिवर्तन आए पनि दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध कायमै रहने स्पष्ट पार्नुभयो ।

सो अवसरमा राजदूत पौड्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट चिनियाँ राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

राष्ट्रपति सिको भ्रमणले हिमालपारिका क्षेत्रमा समृद्धि र स्थिरताका लागि रेलवे, यातायात, संस्कृति, पर्यटन, व्यापार, लगानी, ऊर्जा, सञ्चार र दुई देशका जनताबीचको सम्बन्धका क्षेत्रमा बहुआयामिक सहयोगको प्रवद्र्धन गर्न नयाँ अवसर खोल्नेमा राजदूत पौड्याले जोड दिएका थिए ।

पौड्यालले विगतमा बुद्धिमान र दूरदर्शी नेताहरुले विस्तार गरेको दुई देशबीचको सम्बन्ध यस क्षेत्रमा आगामी दिनमा शान्ति, स्थिरता र विकासलाई नयाँ उचाइमा पुर्याउन अझ सुदृढ गर्नुपर्ने बताउँदै चीनको बल र विकासबाट लाभ लिई नेपालमा विकास र स्थिरताका लागि नेपाली जनताले ठूलो आशा र अपेक्षा गरेको धारणा व्यक्त गरेका थिए ।

“नेपाली जनता चीनको विकासलाई नेपालको स्थिरता र विकासका लागि अवसर ठान्छन्” राजदूत पौड्यालले सो अवसरमा बताए ।

समारोहमा चिनियाँ विदेशमन्त्री तथा चिनियाँ सरकारका उच्च अधिकारी नेपाली राजदूतावासका अधिकृतको पनि सहभागिता रहेको चीनका लागि नेपाली राजदूतावास, बेजिङद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web