पाँच किलो अबैध सुन सहित एक जना पक्राउ

पुस ६, २०७३ मा प्रकाशित | 832 views

६ पुस, धुञ्चे । चीनबाट नेपाल तर्फ ल्याउदै गरेको पाँच किलो अबैध सुन सहित रसुवागढी भन्सारमा एक जना पक्राउ परेका छन् । लुकाएर नेपाल तर्फ ल्याउदै गरेको पाँच किलो सुन सहित रसुवागढी भन्सार कार्यालयको सहयोगमा रसुवा प्रहरीले एक जनालाई प्रक्राउ गरी अनुसन्धानको लागी सदरमुकाम धुञ्चेमा ल्याएको छ । पक्राउ पर्नेमा रसुवा गत्लाङ–२ का वीरेन तामाङ भएको प्रहरीले जनाएको छ । भूकम्पपछि रसुवागढी नाका सञ्चालनमा आएसगै रसुवागढी नाकाबाट अबैध कारोबार बढ्दै गएको छ । यसअघि गएको जेठ ३० गते ६ किलो सुन सहित रसुवा टिमुरेका कुङसाङ तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web