अब नियम कडा ! कार्यालय नजाने कर्मचारीलाई ३५ दिनपछि स्वतः अवकास दिइने

पुस ५, २०७३ मा प्रकाशित | 662 views

काठमाडौं,पुस  ५ ।  तोकिएको कार्यालयमा नजाने कर्मचारीप्रति सरकार अब कडारुपमा प्रस्तुत हुने भएको छ । सामान्य प्रशासन मन्त्रालयले संघीयताको अभ्यासमा जाँदा निजामती कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने गरी विधेयकअनुसार समायोजनका क्रममा तोकिएको कार्यालय नजाने कर्मचारीलाई ३५ दिनपछि स्वतः अवकास दिइने भएको छ ।

मन्त्रालयले तयार पारेको विधेयकलाई कानुन मन्त्रालयले समेत सहमति दिइसकेको छ । अब उक्त विधेयक आगामी मन्त्रिपरिषद बैठकमा पेश हुनेछ । विधेयकमा कर्मचारी समायोजनको चार आधार तय गरिएको छ । अब बाटोको म्याद बाहेक ३५ दिनभित्र समायोजन गरिएको संघ, प्रदेश वा स्थानीय तहको सेवाको पदमा हाजिर नहुने कर्मचारी स्वतः सेवाबाट हट्नेछन् । कुनै कर्मचारीले अवकास पाएमा उसले प्रचलित कानुन बमोजिम पाउने सुविधा भने पाउने गरी विधेयक नाईएको छ ।

यस्तै कर्मचारीलाई एक तह बढुवा दिएर समायोजन गर्ने प्रस्ताव अस्वीकार गरिएको छ भने कर्मचारीले रोजेको संघ, प्रदेश वा स्थानीय तहमा कर्मचारी समायोजनले प्राथमिकता पाउनेछ । यस्तै, समायोजन गर्दा कर्मचारीको नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको ठेगानालाई समेत आधार मामानेर जागिर घर पायक स्थानमा सारिनेछ ।

कर्मचारी समायोजनको समन्वय र अनुगमन गर्न एउटा समिति बन्नेछ । मुख्य सचिवको संयोजकत्वमा सेवा सञ्चालन गर्ने निकायका सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव रहनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web