टोकियो ।
पछिल्लो समय जापानमा रहेका नेपालीको दुखद घटना र समस्याका खवर बाहिरिन थालेपछि यसबारेमा बाँके बर्दिया मैत्री समाजले विशेष छलफल कार्यक्रम गर्ने भएको छ ।
बाँके बर्दिया मैत्री समाज जापानको पहल तथा नेपाली राजदूतावासल जापान र एनआरएन जापानको विशेष सहयोगमा आगामी फेब्रुवरी ५ तारिख आइतबारका दिन कार्यक्रम हुने भएको हो ।
प्रबासमा हाम्रा समस्या, चुनौति र संभावनाहरु शिर्षकमा हुने बृहत अन्र्तक्रिया तथा छलफलमा नेपाली राजदूतावास, गैर आवासिय नेपाली संघ जापान तथा जापानमा क्रियाशिल दर्जनौं संघसंस्थाहरुको सहभागीता रहने भएको आयोजकले जनाएको छ ।
आयोजक बाँके बर्दिया मैत्री समाजले सिन्जुकु मिनाबी गुचीबाट ३ मिनेटको दुरीमा रहेको टिकेपी कन्फ्रेन्स सेन्टरमा हुने कार्यक्रममा सबै संघसंस्थालाई पत्राचार गरिसकिएको भएपनि प्राप्त नभएमा यसै सुचनाका आधारमा उपस्थित भइ नेपाली समुदायका विविधि विषयमा हुने छलफलमा सहभागी भएर समस्या निराकरणमा सहयोग गर्न आग्रह गरेको छ ।
टोकियो ।
जापानमा आयोजित 'म नेपाली हुँ' फोटो प्रतियोगितामा बिनोद केसी बिजेता बनेका छन् ।
नेपाली पोषाक र नेपालीपन झल्कने पहिरन सहितको फोटो पठाएर फेसबुकमा राखेर सबैभन्दा बढी लाइक, कमेन्ट र सेयरका आधारमा गरिएको प्रतियोगिताको बिजेता बनेका केसीको फोटोमा ४ हजार बढी लाईक तथा २ सय ७८ सेयर र ७ सय बढी कमेण्ट आएका छन् ।
यसैगरि फस्ट रनरअप बनेकी श्रेयना भण्डारीको फोटोमा २९ सय बढी पटक लाइक तथा ६ सय २६ सेयर र ७ सय ३९ कमेण्ट आएका छन् ।
कमेण्ड र सेयर बिजेता बनेका केसीको भन्दा बढी देखिएपनि लाइक भने झण्डै २ हजार कम आएका कारण भण्डारी फस्ट रनरअप बन्न पुगेको पाइएको छ ।
यस्तै सान्त्वना बिनेता स्मृति राईको फोटोमा २१ सय बढी लाइक र ८ सय ८३ कमेण्ट आएका छन् । तर उनको फोटो सेयर भने १३ सय बढी पटक सेयर भएका छन् । तरपनि सेयर अनुसार लाइक भने नआएको देखिन्छ ।
यसैबिच नेसाजले यस प्रतियोगिताका बिजयीहरुलाई यहि फेब्रुअरी १९ मा ह्युमन स्टुडियो सेन्टर ईइदाबाशीमा एक भब्य कार्यक्रमको बिच पुरस्कार बितरण गर्ने बताएको छ ।
यस्तो छ नेसाजको विज्ञप्ति
म मेरो छिमेकिको लागि पल्ला घरे दाइको छोरारछोरी हो मेरो परिचय, अलि पर गाबिस छोडेर अर्को गाबिस पुग्दा मेरो गाबिस हो मेरो पहिलो परिचय, त्यो भन्दा अलि पर जिल्ला छोडेर बाहिर जादा मेरो जिल्ला हो मेरो पहिलो परिचय, एबमरितले टोल गाबिस जिल्ला हुँदै आज परदेशमा आइपुग्दा नेपाल हो मेरो परिचय, हो 'म नेपाली हु'
आदरणीय जापानबाशी नेपाली दाजुभाइ तथा दिदिबहिनी,
उच्च शिक्षा अध्ययन को अभिलाषा बोकि परदेशको भुमिमा आउनु भएका हाम्रा अग्रजहरुले आज भन्दा झण्डै २० बर्ष पहिला सन् १९९७ मा स्थापना गर्नु भएको, प्रबाशी नेपालीहरुको सस्थाहरु मध्यको सबैभन्दा पुरानो, नेपाली बिध्यार्थी समाज जापान 'नेसाज' को आयोजना तथा गैर आबासिय नेपाली संघ एनआरएन जापान, नेपाली इन जापान लगाएत बिभिन्न संघ तथा सस्थाको साथ र सहयोगमा संचालित 'म नेपाली हु' फोटो प्रतियोगिता को अन्तिम परिणाम गए राती प्रकाशित भएको तथ्य यहाहरुमा सगौरब जानकारी गराउदछौ ।
२०१६ को डिसेम्बर २६ बाट शुरु भएको यस प्रतियोगिता मा प्राप्त १२७१ फोटोहरु बाट प्रतियोगिता को नियम भित्र रहेका ५४७ फोटोहरु बिच प्रतिस्पर्धा भएको जानकारी यहाहरु माझ राख्न चहान्छौ। हामिलाइ नेपालीत्व एवं नेपाली सास्कृतिक पहिचान झल्कने फोटो पठाइ सहयोग गर्नुहुने सम्पुर्ण महानुभाब प्रती हार्दिक कृतज्ञता ब्यक्त गर्न चहान्छौ। उक्त प्रतियोगिता को नतिजा यस प्रकार रहेको जानकारी गराउदछौ।
बिजेता : श्री बिनोद के सि
उप बिजेता : सुश्री श्रेयना भण्डारी
सान्त्वना : सुश्री स्मृति राई
बिजयी प्रतियोगी हरुलाइ हार्दिक बधाइ सगै उत्तर उत्तोर प्रगतिको शुभकामना ब्यक्त गर्दछौ। साथसाथै हामिलाइ यस प्रतियोगिताको दौरान मा महत्त्वपूर्ण सल्लाह सुझाब सहित सहयोग गर्नुहुने नेसाजका सल्लाहकार श्री जिज्ञान कुमार थापा, श्री सरोज कडेल, श्री जिवक बज्राचार्य, श्री ऋषि पराजुली, श्री बिजय ज्ञवाली लगायत आदरणीय ब्यक्तित्वहरुमा विशेष धन्यवाद टक्र्याउन चहान्छौ । यस प्रतियोगिताका एउटा हिस्सा एनआरएन जापानका अध्यक्ष श्री सुदन थापा लगायत पदाधिकारी, नेपाली इन जापानका सम्पुर्ण टिम लाई विशेष धन्यवाद ब्यक्त गर्दछौं ।
हामिलाई एबम हाम्रा प्रतियोगीलाई आकर्षक पुरस्कार को ब्यबस्था गरि थप हौसला प्रदान गर्नुहुने डिस्को जापान को सम्पुर्ण टिम, सिद्धार्थ रेमिटका संचालक श्री बाबुराम भण्डारी लगायत सम्पुर्ण टिम, सिल्क जापानका संचालक लगायत सम्पुर्ण टिम लाई विशेष धन्यवाद ब्यक्त गर्दछौ ।
हामिलाइ जापान बासी नेपालीजनमा पुर्याउन सहयोग गर्नु हुने यस प्रतियोगिताका मिडिया पार्ट्नर नेपाल जापान डटकमका सम्पादक श्री आनन्द कोइराला लगायत सम्पुर्ण टिम, मातृभुमी संदेशडटकम का सम्पादक श्री शान्त पहरी लगायत सम्पुर्ण टिम, टपनेपालन्युजडटकमका कार्यकारी सम्पादक गोकर्ण अधिकारी लगायत सम्पुर्ण टिम, एमआरआर जापानका साथिहरु, ओएनएस ग्रुपका पुर्ण गर्बुजा, सन्तोष लामा लगायत सम्पुर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्न चहान्छौं ।
साथै प्रतियोगीको रुपमै सहभागी भै हामिलाइ हौसला दिनुहुने आदरणीय ब्यक्तित्व श्री ज्याक खड्का प्रती विशेष आभार सहित सहभागी सम्पुर्णमा विशेष धन्यवाद ।
आदरणीय महानुभाबहरु, हामिले यहि फेब्रुअरी १९ मा ह्युमन स्टुडियो सेन्टर ईइदाबाशी मा एक भब्य कार्यक्रमको बिच पुरस्कार बितरण कार्यक्रम आयोजना गर्न लागिएको हुदा उक्त कार्यक्रममा उपस्थित भै आवस्यक सर सल्लाह दिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद
नेसाज जापान
ओलीले बिहीबारको शिलान्यास कार्यक्रममा अघिल्लो दिनको शिलान्यासको बिषयप्रति कुनै प्रतिक्रिया दिएनन् । माओवादी नेताले बुधबार खोलाको पश्चिम तिर पुलको शिलान्यास गरेका थिए भने बिहीबार ओलीले पूर्वतर्फ शिलान्यास गरे । दमक–१९ मा रतुवा खोलाको पुल करिब रु ३३ करोड, दमक–१७ मा मावा खोलाको पुल निर्माणमा रु २३ करोड र सडक स्तरोन्नतिका लागि रु सात करोड बजेट छुट्याइएको छ । रासस
काठमाडौं – दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना पोष्टपेड सिम प्रयोगकर्ताको लागी ४ जीबी निशूल्क डाटा अफर ल्याएको छ। नेपाल टेलिकमले फोरजी सेवा पहिलो चोटी सुरुवात गरेको अवसरमा पोष्टपेड सिम प्रयोगकर्ताको लागि यो अफर ल्याएको हो ।
यो अफर प्रति दिन १ जीबी डाटाको दरले ४ दिनसम्म प्रयोग गर्न सकिन्छ। टेलिकमले यसै महिनाको १८ गतेसम्म लाई मान्य हुने गरी यो अफर दिएको छ । यो सेवा लिनको लागि पोष्टपेड सिम प्रयोगकर्ताले *444# डायल गरी एक्टीभ गर्न सक्नेछन् ।
काठमाडौं,माघ ६ । १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा सशस्त्र प्रहरीको एपीएफ क्लव उक्लिएको छ । बिहीबार लिगको पुछारमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लवसँग भएको खेलमा ३–० को सोझो सेटमा विजयी हुँदै एपीएफ १३ खेलबाट ३६ अंकसहित शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
एपीएफकी रेश्मा भण्डारी वुमन अफ द म्याच बनेको खेलमा आयोजकलाई २५–११, २५–१० र २५–८ ले पाखा लगायो । रिड मोडल र न्यु डायमन्डवीचको खेल खराव प्रकाशका कारण रद्द भएपछि दुई खेल बढी खेलेको एपीएफले शीर्ष स्थान कब्जा गरेको हो । दोस्रो स्थानमा झरेको रिड मोडलको ११ खेलबाट ३३ अंक छ । न्यु डायमन्डले तेस्रो स्थानमा रहँदै १२ खेलबाट ३० अंक जोडेको छ । दोस्रो खेल रद्द भए पनि पहिलो खेलमा भने न्यु डायमन्ड विजयी भएको छ ।
न्यु डायमन्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हराएको छ । न्यु डायमन्डकी कप्तान ललिता नाथ वुमन अफ द म्याच बनेको खेलमा न्यु डायमन्ड आर्मीमाथि २५–२२, २५–११ र २५–७ को सेटमा हावी भयो ।
लिगमा चौथो स्थानमा रहेको नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हराउँदै ३ अंक थपेको छ । मनिषा चौधरीको उत्कृष्ट प्रदर्शनमा पुलिसले पश्चिमाञ्चललाई २६–२४, २१–२५, २५–१६ र २५–२३ को सेटमा पराजित ग¥यो ।
बिहीबार पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पश्चिमाञ्चलकी अरुणा शाहीले वुमन अफ द डेको उपाधि जितिन् । उनलाई भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ इन्स्टिच्युटले निशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्रदान गरेको छ ।
जारी लिगमा पुलिसले १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा छ भने पश्चिमाञ्चल १३ खेलबाट २१ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । त्यसैगरी विभागीय टोली आर्मीले १३ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्वलले दोस्रो चरणमा सफलता हात पार्न नसक्दा १३ खेलबाट ८ अंकमा सीमित भएको छ ।
टोकियो ।
बिभाजन पछिको एकतापछि गठित नेपाली जनसम्पर्क समिति जापानको बिषेश भेलामा भाग लिन काँग्रेस केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे जापान आइपुगेका छन् ।
नेपाली जनसम्पर्क समिति जापानको भेला यही २१ तारिखमा हुँदैछ ।
उनलाई हानेदा बिमानस्थलमा जनसम्पर्क समिति जापानका सभापती डिपी कँडेल, महासमिति सदस्य चिरन्जिबी थापा, निवर्तमान महामन्त्री तथा महाधिबेसन प्रतिनिधि राजेन्द्र जमरकट्टेल लगायतले स्वागत गरेका थिए ।
नेपाली जनसम्पर्क समितिले जापानमा रहेका नेपाली काँग्रेस समर्थक आस्थावानहरुबिच बिशेष भेलाको आयोजना गर्दैछ ।
काँग्रेस समर्थक संस्था जनसम्पर्क समिति जापानको भेला यही २१ तारिखमा
काठमाडौं ।
नेपालले पहिलो पटक आफ्नै ग्याँस बुलेट भित्राएको छ । नेपाली नम्बर प्लेट सहितका ग्याँस बुलेट आज जेपाल भित्रिएका छन् ।
दुई तिहाइ छुट पाउने घोषणाअनुसार भारतमा तयार गरेर बुलेट नेपाल ल्याइएका छन् । नेपालमा बाँकी प्रक्रिया पुरा गरेपछि बुलेटहरु केहीदिनभित्रै ग्याँस लिन भारत जानेछ ।
भारतले भन्सार प्रक्रियाका नाममा करिव २ महिना नाकामा रोकेकोमा नेपाल तर्फवाट लगातार ताकेता गरेपछि आज नेपाल भित्रिएको हो ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार केही दिनभित्रै नेपाल आएका बुलेट सबै परिक्षण सकेर ग्याँस लिन नियमीत रुपमा भारत जानेछ ।
मसिर १७ गते वीरगन्ज नाकामा दुई नेपाली ग्यास बुलेट आइपुगेपनि भारतले रोकेकोमा आज दुई बुलेट नेपाल छिरेका हुन् ।
तत्काल ३ सय ५० ग्याँस बुलेट भारतमा बनिसकेको र नेपाल भित्रिंदै छ । भारतमा थप ४ सय २५ ग्याँस बुलेट बनाइराखिएको र ति पनि बनिसकेर तत्काल नेपाल ल्याउने ग्याँस विक्रेता महासंघले जनाएको छ ।
नेपल भित्रिएका ग्यासँ बुलेटको लागि प्रति बुलेट करिब ७० लाख रुपैयाँ लागेको छ । सन् २०१७ नोभेम्वर सम्ममा सबै नेपाली बुलेट राखेर भारतीय बुलेट विस्थापन गर्ने सरकारी तयारी छ । हालसम्म सबै भारतीय बुलेटले ग्याँस भर्दै आएका छन् ।
५४ ग्याँस उद्योगले ७ सय ७५ बुलेटको लागि ५ खर्ब लगानी गरेको बताइएको छ ।
४० बर्षदेखी भारतीय कम्पनीका बुलेटले ग्याँस बोकेर अर्बौं रुपैयाँ लैजाँदै आएका थिए । अब नेपाली बुलेट प्रयोग भएपछि बर्षमा ३ अर्ब रुपैयाँ बिदेशीनबाट जोगिने छ ।
नेपाल भित्रिएका बुलेटहरु १८ मेट्रिक टन क्षमताका रहेको र अहिले भित्रिने क्रममा रहेका ग्याँस बुलेटले अबको १० वर्षसम्म मागअनुसार आपूर्ति धान्न सक्ने बताइएको छ ।
नेपाल आयल निगमले आपुर्तिका लागि अनुमति दिएर भारतीय डिपोमा पत्रलेखेपछि नेपाली बुलेटहरुले नियमीत ग्याँस आपुर्ति थाल्नेछन् ।
एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमै लोकप्रिय रहेको आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले पागलको संज्ञा दिएका छन् ।
दिल्लीका मुख्यमन्त्री रहेका केजरीवालले मोदीलाई घुस्याहाको आरोप लगाउँदै उनी पागल भएको बताएका हुन् ।
कालो धनलाई सिज गर्न भन्दै एक हजार र पाँच सय दरका नोटमा भएको काण्डमा समेत कालो धन भएकाहरुसँग मिलेर त्यस्तो घोषणा गरेको आरोप लगाएका केजरीवालले मोदी पागल भएको बताएका छन् ।
पछिल्लो समय भारतीय केन्द्रिय जाँच व्युरो सीबीआईले आपका नेता एवं दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया सहित केही नेतामाथि छानविन गर्न थालेपछि केजरीवाल थप आक्रामक देखिएका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘यस्तो लाग्छ कि मोदीजी बिल्कुल पागल भएका छन् । देशको प्रधानमन्त्री एक मात्र काम गरिरहेका छन् । हात धोएर पछि लागेका छन् ।’
मुख्यमन्त्री केजरीवालको सोशल क्याम्पेनिङ ‘टक टु एके’मा नियम उल्लंघन र अनियमितताको आरोप लगाउँदै छानविन भइरहेको बताइन्छ ।
आमआदमी पार्टी सरकारका अर्का मन्त्री सत्येन्द्र जैनकी छोरी सौम्या जैनलाई दिल्ली सरकारको मोहल्ला क्लिनिक प्रोजेक्टको सल्लाहकार नियुक्त गरेकोमा पनि सीबीआईले छानविन थालेको छ ।
आफ्ना नेताहरुमाथि छानविन थालेपछि आक्रोसित बनेका केजरीवालले मोदीविरुद्ध लगातार ट्वीट गर्दै लेखेका छन् वाह रे मोदीजी । घुस खाने आफू, मुद्दा हामीमाथि । चोरी अनि, सिनाजोरी ।’
टोकियो ।
जापानले हरेक बर्ष प्रदान गर्दै आएको युथ लिडर अवार्डबाट यस बर्ष नेपालका जिज्ञान कुमार थापा सम्मानित हुनुहुने भएको छ ।
विगत ७ बर्षदेखी प्रदान गरिंदै आएको यो अवार्डको आठौं संस्करणमा पहिलो पटक बिदेशी नागरिकले यो अवार्ड प्राप्त गर्न लागेका हुन् ।
जापानको अञ्चलाधिसको सल्लाहकार लगाएत, जापानलाइ अन्तराष्ट्रियकरण गर्न सरकारी तथा गैर सरकारी स्तरमा पुलको रुपमा आफुले गर्दै आएको कामको मुल्याङकन गर्दै यो बर्षको युथ अवार्ड दिने निर्णय आयोजकले गरेको बताएको छ ।
आफु सम्मानित हुने जानकारी पाएपछि जिज्ञानकुमार थापाले यो खुशी बाँड्दै सामाजिक सञ्जाल मार्फत जानकारी समेत गराउनुभएको छ ।
फेब्रुअरी महिनाको २१ तारिक रोप्पोन्गि हिल्समा एक समारोहका बिच अवार्ड बितरण गरिने र जापानका बिशिष्ट ब्यक्तिहरुको उपस्थिति हुने बताइएको छ ।
जापानका नेपालीमाझ परिचित थापा गैर आवासिय नेपाली संघ एनआरएनमा पनि आवद्ध हुनुहुन्छ ।
जापानमा गरिने नेपाल जापान सम्वन्धका कार्यक्रम तथा नेपाललाई जापानमा चिनाउन महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएका थापाले यो अवसरलाई फेरी एक पटक ढाका टोपी र नेपाली झन्डा फहराउने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।
आफ्नो काममा सहयोग गर्ने सबैमा धन्यवाद र आफुले पाएको यो अवार्ड नेपाली माथिको सम्मान र विश्वास भएको थापाको भनाई छ ।
सन् २००० मा जापान आउनुभएका थापा जापान सरकारका तर्फबाट नेपालबारेमा जानकारी लिने प्रमूख व्यक्तिको रुपमा काम गर्दै आउनुभएको छ ।
३७ बर्षीय थापा जापानमा हुने नेपाल जापान सम्वन्धि महत्वपूर्ण कार्यक्रमको संयोजन सँगै नेपाली सामाजिक कार्यक्रममा समेत सक्रिय सहभागी हुँदै आउनुभएको छ ।
२१ फेब्रुवरी मंगलबारका दिन अपरान्ह ४ ३० बजेबाट हुने सम्मान कार्यक्रममा सहभागी हुन चाहनेले साधारण तर्फ ५ हजार र विद्यार्थीले १ हजार येन तिरेर सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
युथ लिडर अवार्डबाटबाट थापासँगै अन्य चार जना जापानीलाई समेत सम्मानित गरिंदैछ ।
काठमाडौं, माघ ५ ।संसद्मा चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजतन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि तीन नेताले आन्तरिक तयारी तीव्र बनाएका छन् । औपचारिक घोषणा नगरे पनि उनीहरूले आआफ्ना पक्षमा नेता तथा कार्यकर्ताको समर्थन जुटाउन थालेका छन् ।
यसरी आगामी महाधिवेशनका लागि अध्यक्षको आन्तरिक तयारी गर्नेमा वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता डा. प्रकाशचन्द्र लोहनी छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
उक्त पार्टीका एक नेताका अनुसार यी तीनजना नेता अध्यक्षको उम्मेदवार बने थापा र राणाबीच कडा प्रतिस्पर्धा हुनेछ । तर लोहनीले निर्वाचन नलडेको खण्डमा उनले जसलाई समर्थन गर्यो त्यसको पल्ला भारी हुने स्रोतले बतायो। पार्टीका अर्का नेता लोकेन्द्रबहादुर चन्दको समर्थनले पनि महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनेलाई ठूलै भर गर्ने सम्भावना छ । तर उनले अहिलेसम्म कसैलाई पनि हरियो बत्ती देखाएका छैनन् । उक्त पार्टीको एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म हुँदैछ ।
काठमाडौं, माघ ५ । नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ ।
यी मन्त्रीको जिल्ला भ्रमण खर्च शून्य
परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेश भ्रमण गरे पनि जिल्ला भ्रमण नगरेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । वाणिज्यमन्त्री रोमी गौचन, वन राज्यमन्त्री दीर्घराज भाट, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज अचार्य, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, श्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, सहरी विकास राज्यमन्त्री मिठु मल्लले जिल्ला भ्रमणमा हालसम्म कुनै रकम बुझेका छैनन् आजको नयाँ पत्रिकामा समाचार छ ।
काठमाडौं,माघ ४ । सर्वोच्च अदालतले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु गरेको छ । तर, उनले मागे जस्तो अन्तरिम आदेश दिएन ।
न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार प्रारम्भिक सुनवाइ गर्दै अन्तरिम आदेश दिने-नदिने सम्बन्धमा विपक्षलाई उपस्थिति गराउने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा विपक्षीलाई ज्ञवालीलाई हटाएर र नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुको कारणसहित सर्वोच्चमा उपस्थित हुन भनिएको छ ।
ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री र डा. गोविन्दराज पोखरेललाई विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा. पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । तर, गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।