रारा गोल्डकप: उद्घाटन खेलमा सहारा विजयी

पोखरा, माघ ४ । मंगलबार सुरु १५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लबले धनगढीको सुदूरपश्चिम ११ स्पोटिङ क्लबलाई ४–० ले पराजित गरेको छ। खेलको छैठौं मिनेटमा नै मार्टिनको गोलबाट अग्रता लिएको सहाराका लागि २७ औं मिनेटमा रिचार्ड पुनले गोल गर्दै अग्रता दोब्बर बनाए।

३८ औँ मिनेटमा पेटर सेगुनले गोल गरेपछि पहिलो हाफमै सहारा ३-० ले अघि रह्यो। सहाराका लागि ८२ औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गरी टिमको जित सुनिश्चित गरे।  प्रतियोगितामा पराजित बनेसँगै सुदुरपश्चिम ११ जारी १५ औँ आहा रारा गोल्ड कप प्रतियोगिताबाटै बाहिरिएको छ। विजयी सहारा क्लबले भने माघ ८ गते सिक्किम युनाइटेड फुटवल क्लब, भारतसँग प्रतिस्पर्धा गर्नेछ।

आगामी माघ १५ गतेसम्म पोखरा रङ्गशालामा हुने आहा रारा गोल्डमा विदेशी राष्ट्रबाट अमेरिकाको अना युएसए फुटबल टिम, बङ्लादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबसहित १२ टिमले भाग लिएका छन्।  प्रतियोगिताको विजेता टोलीले पाँच लाख एक हजार एक र उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ पुरस्कार पाउने आयोजक सहारा क्लबका महासचिव केशवराज बरालले जानकारी दिए।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नेपाल जनरल मार्केटिङ प्रालिद्वारा प्रायोजित एक थान ड्यास हिरो स्कुटर, प्रतियोगिता अवधिभर टिकट काटी अवलोकन गर्ने दर्शकमध्ये एक जनालाई गोलाप्रथाद्वारा एक तोला सुनको सिक्का र एलजी लिभिजन प्रदान गरिने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए। यस्तै बेस्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई पनि नगद पुरस्कार दिइने छ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिद्वारा उत्पादित एक लाख बराबरको रारा तथा अन्य विभिन्न चाउचाउ पनि टिकटका दर्शकलाई वितरण गरिने जनाइएको छ।  प्रतियोगिताको एक समारोहकाबीच मंगलबार उद्घाटन गर्दै मुख्य सचिव डा सोमलाल सुवेदीले पर्यटकीय नगरी पोखरामा खेलकुद पर्यटनको विकासको पनि सम्भावना भएको बताए।

भारतीय बिजुली पहिलो पटक सिधै काठमाडौंमा,खिम्ती–ढल्केबर प्रसारण लाइनमा ‘ब्रेक थ्रु’

काठमाडौं,माघ ४ । खिम्ती– ढल्केबर प्रसारण लाइन बनेपछि पहिलो पटक मंगलबार साँझ ६ बजे भारतीय बिजुली काठमाडौं आएको छ । भारतको मुजफ्पुरबाट ढल्केबर हुँदै आएको २० मेगावाट बिजुली मंगलबार साँझ  पहिलो पटक भारतीय बिजुली राजधानी ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

विगत ११ वर्षदेखि विभिन्न बहानामा रोकिँदै आएको खिम्ती-ढल्केबर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भई परीक्षण प्रसारण  सुरु गरिएको छ । विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्रसारण लाइन निर्माण भएपछि भारतबाट आयात गरिएको विद्युत् ढल्केबर-खिम्ती-लामोसाँघु हुँदै काठमाडौं भित्राउन सहज भएको अधिकारीको भनाइ छ । ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनअनुसार नै प्रसारण लाइन सम्पन्न भएको तथा प्राधिकरणले महत्वपूर्ण सफलता हासिल गरेको उनले बताए ।

प्राधिकरणका तत्कालीन उपकार्यकारी निर्देशक कन्हैयालाल मानन्धर आयोजना प्रमुख हुँदा सन् २००३ मा सुरु भएको आयोजना उनी सेवा निवृत्त हुँदासमेत सम्पन्न नहुँदा सर्वत्र संसय पैदा भएको थियो । आयोजना प्रमुख श्यामकुमार यादवले आयोजनाको यही माघ १ गतेबाट नियमित परीक्षण भइरहेको बताए ।

‘हामीले नियमित रुपमा प्रसारण लाइन परीक्षण गरिरहेका छौं । खिम्तीको सव स्टेशनमा सामान्य प्राविधिक परीक्षण भइराखेको छ । प्रसारण लाइनले आफ्नो क्षमताअनुसार भार बहन गरेको छ,’ उनले भने ।

सिन्धुलीको रतनचुरा, सिन्धुलीमाडीलगायतका स्थानमा स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर पटक-पटक आयोजना अवरुद्ध गर्दै आएका थिए । अब भारतबाट आयात भएको विद्युत् काठमाडौं भित्राउने बाटो खुलेको छ ।

समयमै प्रसारण लाइन बन्न नसक्दा नेपाल विद्युत् प्राधिकरणले निर्माणको जिम्मा पाएको ‘कालपत्रे पावर’ ट्रान्समिसन र ‘मुडभरी एन्ड जेभी’लाई मासिक ११ लाख रुपैयाँ हर्जना तिर्दै आएको थियो । सन् २०११ देखि हालसम्म प्राधिकरणले बैंक ग्यारेन्टी, बिमा, सामान भण्डारण शुल्कबापत ६ करोड ६० लाख रुपैयाँ तिरिसकेको छ । आयोजना सम्पन्न भएपछि उक्त भार समेत बहन गर्नुनपर्ने भएको छ ।

विश्व बैंकको दुई अर्ब १५ करोड ६० लाख रुपैयाँ ऋण सहयोगमा उक्त आयोजना सन् २००६ मा सुरु भएको थियो । प्रसारण लाइन सम्पन्न भएपछि वर्षेनी एक अर्ब रुपैयाँ प्राधिकरणलाई फाइदा हुनेछ ।

विद्युतको प्राविधिक चुहावटका कारण १० मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ । करिब ७३ किलोमिटर दुरी रहेको सो आयोजना निर्माण भएपछि खिम्ती-काठमाडौं-भरतपुर हुँदै तराई जोड्ने दुई सय ५० किलोमिटर लामो दुरी पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रसारण लाइन घुमाउरो हुँदा प्राधिकरणलाई वार्षिक एक अर्ब रुपैयाँ बराबरको घाटा भएको छ भने प्रसारण लाइन बन्ने बित्तिकै १० मेगावाट बिजुली बचत हुँदा मुलुकभरको विद्युतभार कटौती आधा घन्टा कम हुने विश्वास लिइएको छ ।

प्रसारण लाइन नहुँदा सिप्रिङ आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न सकिएको थिएन । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोसी र दोलखालगायतका जिल्लामा उत्पादन भएको विद्युतसमेत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहयोग मिल्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आयोजनास्थलबाट खिम्तीसम्मको प्रसारण लाइनको निर्माण सुरु गरिसकेको सन्दर्भमा सो प्रसारण लाइनमा करिब पाँच सय ५८ मेगावाट विद्युत् प्रवाह हुनेछ । प्रसारण लाइन दोलखाको सहरे गाविसबाट सुरु भई रामेछाप, सिन्धुली र महोत्तरीका विभिन्न गाविस हुँदै धनुषाको ढल्केबरमा रहेको सव स्टेसनमा जोडिएको छ ।

आयोजनाले पाँच जिल्लाका १६ गाविस र एक नगरपालिका प्रभावित भएका छन् । विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सो आयोजना सम्पन्न भएपछि भारतबाट थप आयात हुने ४० मेगावाट विद्युत् यही माघ १६ गतेबाट सहज रुपमा काठमाडौं ल्याउन सकिने प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।

-रासस

तिमि कहाँ छ्यौ सबिना ? ८ वर्ष देखि जापानमा बेपत्ता यि चेलीलाई भेट्नु भएको छ !

ज्याक खड्का-टोकियो ।
सविना महर्जन अध्ययनका लागि सन् २००८ मा जापान आइन् । सन् २००९ सम्म परिवारको सम्पर्क र नियमीत रुपमा साथिभाइसँग सम्पर्कमा रहेकी सविना एकाएक बेपत्ता भइन् ।

बिना कुनै खवर बेपत्ता भएपछि आफ्नी छोरिको खोजिमा सविनाका वुवा समेत जापान आउनुभयो । जापान प्रहरी, नेपाली समुदाय, चिनेजानेका, सबिनाका साथि सबै भेटे तर कहिँबाट केही पत्तो लाग्न नसकेपछि उहाँ करिव ३ साता जापान बसेर फर्कनुभयो ।

छोरि खोजेर पत्ता लगाइदिने भन्दै उल्टै आशा देखाउँदै जापानी प्रहरीले घटना बाहिर नल्याउन भन्दै खोजिरहेको जवाफ दिएर फर्कायो ।

तर नेपाल फर्कीएपछि बेपत्ता सबिनाबारे न जापानी प्रहरीले केही जानकारी दियो न त सबिनाको पत्तो नै लगायो ।

नेपाल स्थित जापानी दुतावासमा समेत कयौंपटक धाएपनि कुनै पत्तो लाग्न नसकेपछि परिवारजन निरास भयो । यो निरासा दिन महिना हुँदै अहिले ८ बर्ष बितिसकेको छ । तरपनि झिनो आसा राख्दै दिदी बिना महर्जनले आफ्नो पिडा सामाजिक सञ्जालमा पोखेपछि यो कुराले फेरी चर्चा पाएको छ ।

ललितपुर ३ पुल्चोक कि सविनाको खोजिमा सहयोग गरिदिन बिना र उनको परिवारले आग्रह गरेको छ ।

टपनेपालन्युजसँगको कुराकानीमा बिना महर्जनले भन्नुभयो-'अहिलेसम्म पत्तो लाग्न सकेको छैन, हामी अझै जापानमा रहनुभएका नेपालीहरुको साथ र सहयोगबाट सत्यतथ्य पत्ता लाग्ने आशामा छौं ।'

बेपत्ता हुनु अघिसम्म सबिना फुकोओकामा बस्ने गरेकी थिइन् । फुकोओकाको मिनामी वार्डमा बस्ने गरेकी सबिना बेपत्ता भएपछि उनिबारेमा थप जानकारी बारे जापान प्रहरीले केहि जानकारी नदिएको दिदी बिनाको भनाई छ ।

सन् २०१३ अक्टोवर १३ मा सविनाका बुबा सानुलाल महर्जनले बेपत्ता सबिना खोजि गरिदिन भन्दै जापानमा रहेको नेपाली राजदूतावासमा निवेदन समेत दिएका थिए ।

त्यतिवेला सविनाकी दिदी तथा विभिन्न राजनैतिक पार्टीहरुको सहयोगले सविनाको स्थिति सार्वजनिक गर्न सबै पक्षसंग अनुरोध गरिएको थियो । हजारौ प्रयासहरु गर्दा पनि सविनाको स्थिति अहिले सम्म गुमनाम नै रहेको छ ।

अनुसन्धानको क्रममा पाईएको बयान अनुसार सविना २००८ मा जापानको एशिया जापानिज एकेडेमीमा पढ्न गएकी हुन् ।

२००८ अगष्ट २७ तारिखमा सविना स्कुलमा नदेखिए पछि उनलाई स्कुलका स्टाफले फोन गर्दा उनले आफ्नो साईकल पन्चर भएको हुनाले आफू स्कुल आउन ढिलो हुने बताएकी थिईन् ।

त्यसपछि उनलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा नआएको बताईएको थियो ।

अगष्ट २६ सम्म सविना संग सम्पर्क भएको र अवस्था बुझ्दा सबै ठिक भएको जवाफ आएको तर अगष्ट २८ मा उनलाई सम्पर्क गर्दा उनको फोन नउठेको बताइन्छ ।

फोन नउठिसकेपछि अगष्ट ३१ मा सविनाकी साथी सविना बस्ने गरेको कोठामा जाँदा उनको कोठा बन्द भएको खुलेको थियो ।

त्यसपछि स्कूलले जापानी प्रहरीलाई सम्पर्क गरि सविनाको कोठाको छानविन तथा तलासी गरेको थियो । पुलिसले तलासी गर्दा उनको कोठामा बेड, टेबल बाहेक अरु सबै सामान गायब भएको र सविनाले चढ्ने साईकल पनि हराएको देखिएको थियो ।

सविनाको बुबा लगायत परिवारले पटक पटक जापान प्रहरीलाई खोजविनको लागि अनुरोध गरेको तर ८ वर्ष सम्म पनि त्यसको कुनै प्रतिफल ननिस्किएको बिनाको भनाई छ ।

परिवारले यत्तिका वर्ष सम्म पनि सविनाको अवस्था सार्वजनिक गर्न नसक्नुमा जापानी प्रहरीको कार्यक्षमता तथा उनीहरुको रवैया प्रति नै प्रश्न उठाउन थालेका छन् ।

नेपाली चेली तथा नेपाली नागरिकको हैसियतमा समेत जापानमा बेपत्ता हुँदा जापानमा रहेको नेपाली दूतावासले जापानी प्रहरी र प्रशासनसँग सशक्त रुपमा खोजिको पहल गरिदिन आग्रह र जानकारी लिने काम नगरिदिंदा जापानी प्रहरीले समेत पुरानो घटनाको बहानामा वेवास्ता गर्न थालेको देखिएको छ ।

आफ्नो नागरिक बेपत्ता भएको ८ बर्षसम्म पत्तो लगाउन नेपाली दूतावासले खेलेको भूमिका आशा लाग्दो नदेखिएपछि परिवारजन थप निरास भएका छन् ।

नेपालबाट जापान अध्ययनको लागि पठाएको स्ट्याण्डर्ड ल्याग्वेज इन्टिच्युटले पनि सबिनाको खोजिको लागि कुनै पहल नगरिदिएको बिनाले जानकारी दिनुभयो ।

स्मरणीय छ दुई बर्ष अघिपनि जापानको सेन्दाईबाट एक नेपाली युवती बेपत्ता भएकी थिइन् । गुरुगं थर भएकी ति युवतिले मलाई धेरै बाच्ने रहर छैन भनेर लेखेको भेटिएको बताइएपनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन ।

जापानी प्रहरीले उनको पनि खोजि भइरहेको बताएपनि उनीबारेको सत्यतथ्य जानकारी अहिलेसम्म बाहिर आएको छैन ।

जापानमा जापानी प्रशासन र प्रहरीले बिदेशी नागरिकहरुलाई दोस्रो नजरले हेर्ने, व्यवहार गर्ने आरोप लाग्दै आएको छ । यस बाहेक पनि एशियन मुलुकका नागरिकमाथि बढि केरकार र उनिहरुका समस्याको सुनुवाइमा बेवास्ता गर्ने आम आरोप लागि राख्दा बेपत्ता नेपाली नागरिकबारे कुनै जानकारी नहुनुले त्यस्ता आरोपहरुमाथि बल पुगेको देखिन्छ ।

यसैगरि जापानमा रहेका आफ्ना नागरिकको सुरक्षा, उनिहरुको अवस्था आदिको बारेमा जानकारी लिन र राख्न नेपाली दूतावासले खेलिरहेको भूमिकामाथि प्रश्न उठेको छ भने जापानमा रहेका साझा भनिने संगठन देखी जिल्ला र जात, थरका आधारमा समेत खोलिएका सयौं संस्थाहरुको उपादेयता माथि समेत पिडित परिवारजनसँगै जापानमा रहेका नेपालीहरुले प्रश्न उठाउन थालेका छन् ।

राष्ट्रिय पन्छी डाँफेको मूल्य १ हजार, मृगको मासु बिक्रीमा

बझाङ,माघ  ४ । हिमाली भेगमा भारी हिमपात भएपछि जंगली जनावर र पन्छीको चोरीसिकार गर्ने क्रम तीव्र रूपले बढ्दै गएको छ ।हिमपातका कारण उच्च भेगमा अत्यधिक चिसो बढेपछि जंगली जनावर र पन्छीहरू औलतिर झरेका र सजिलैसँग जंगली जनावर तथा पन्छीहरूको सिकार हुने गरेको स्थानीयले बताए । राजधानी दैनिकले समाचार छापेको छ । जिल्लाका एक दर्जन बढी हिमाली गाविसका स्थानीय जंगली जनावरको सिकार गर्न हुल बाँधेर जंगल जाने गरेका छन् । सिकारीहरूले भरुवा बन्दुकलगायत घरायसी हातहतियार र कुकुरको सहयोग लिई सतुवा, घोरोल, बँदेल, थार, डाँफे र कालिजको सिकार गर्ने गरेकोे स्थानीयले बताए । स्थानीयका अनुसार उच्च हिमाली भेगमा हिमपात हुनासाथ गाँउका सबै पुरुष सिकार खेल्न जाने गर्छन् ।

स्थानीय बजार तथा सदरमुकाममा जंगली जनावरको मासुको राम्रै मूल्य पाउने भएकाले पनि चोरीसिकार बढी हुने गरेको स्थानीयले बताए । राष्ट्रिय पन्छी डाँफेको प्रतिगोटा १ हजारदेखि २ हजारसम्ममा बिक्री हुने गरेको छ भने मृगको मासु प्रतिकिलोको १ हजारदेखि १ हजार ५ सयसम्ममा बिक्री हुने गरेको वन्यजन्तुसिकारीहरू बताउँछन् । जिल्लाका हिमाली गाविस कैलाश, रिलु, काँडा, दौलिचौर, सुर्मा, मेलबिसैना, दाँतोलागायतका जंगलमा खुलेयाम चोरीसिकार भइरहेको भए पनि सरोकारवाला मौन रहेको सर्वसाधारणले बताए । जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी र राजनीतिक दलका नेतामा आफ्नो गाउँ क्षेत्रमा योजना र आफनो मान्छेलाई जागिर खुवाउन जंगली जनावर र पन्छीको मासु दिने होडबाजी नै चलेको छ ।

जंगली जनावरको चोरीसिकार नियन्त्रण गर्ने मुख्य जिम्मेवारी पाएका प्रहरी र वन कर्मचारीहरू नै खोजी खोजी मासु किन्न आउने गरेकोसिकारीहरूले बताए ।‘जिल्लाका हाकिम सा’पहरूबाट नै जंगली जनावरको मासु पठाइदिनू’ भन्ने आदेश आउँछ, नाम नखुलाउने सर्तमा एक सिकारीले भने, ‘अनि जसरी भए पनि हामीले मासु पु-याउने गरेका छौं ।’ सिकारीसँगै मिलेर जंगली जनावरको मासु किन्ने गरेको एक प्रहरीले बताए ।

‘दुई/चार वर्ष पहिला लेकमा हिउँ पर्नासाथ गाँउमै जंगली जनावर र पन्छीहरू आउँथे । आजकाल त सिकारीले रित्याइसक्यो,’ काँडाका केशव बोहोराले भने । उनका अनुसार आजभोलि त लेकमा समेत फाट्टफुट्ट मात्रमा जंगली जनावर र पन्छीहरू देखिन थालेका छन् ।

सर्भरको समस्या र ट्रायल सेन्टरको अभावले लाइसेन्स प्रक्रियामा ढिलाई उस्तै

काठमाडौं,माघ ४ । लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ । गत बिहीबार सवारीचालक अनुमतिपत्र फाराम भरेका सेवाग्राहीले सोमबारसम्म पनि प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् ।

यसका साथै कहिले उनीहरूको पालो आउँछ भन्ने कार्यतालिकासमेत सवारीचालक अनुमतिपत्र कार्यालयले सार्वजनिक गरेको छैन । कार्यालयका कर्मचारीका अनुसार बिहीबार फाराम भरेका सेवाग्राहीको शुक्रबार लिखित परीक्षा र आइतबार प्रयोगात्मक परीक्षा (ट्रायल) हुनुपर्ने थियो । जसअनुसार शुक्रबार लिखित परीक्षा र परीक्षाफल सार्वजनिक गर्नुपर्ने थियो । तर, परीक्षा दिएका करिब ६ सयजनाको सोमबारसम्म परीक्षाफल सार्वजनिक गरिएको छैन ।

कार्यालयले सोमबार कार्यालय आउन आइतबार सूचना जारी गरेको थियो । तर, सोमबार कार्यालय पुगेका सेवाग्राहीको लाइसेन्स लिने प्रक्रिया अघि बढ्न सकेन । यसका साथै सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले गत बिहीबारदेखि थप लाइसेन्स फाराम लिएको छैन ।

यसरी ढिलाइ हुनुमा कम्प्युटर प्रणालीकृत सर्भरमा निरन्तर समस्या आउनुलाई मानिएको छ । सर्भरमा आएको समस्याकै कारण दु्रतगतिमा सेवा प्रदान गर्न नसकिएको सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले बताए ।

एकान्तकुनामा बढ्यो चाप मन्त्रालयले पछिल्ला दुई हप्ताको अवधिमा काठमाडौं उपत्यकामा थप दुईवटा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालय सञ्चालनमा ल्याएको छ । त्यस्तै, अनलाइनमार्फत सवारीचालक अनुमतिपत्रको फाराम भर्न सकिने व्यवस्था गरेको छ ।  यसले सवारीचालक अनुमपतिपत्र (लाइसेन्स) को फाराम भर्न मध्यरातदेखि लाग्ने भीड केही दिनयता घटेको थियो ।

तर, सर्भरमा आएको समस्याले पुनः पहिलेकै जस्तो भीड हुन थालेको छ । नयाँ खुलेका कार्यालयमा सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने काम मात्र हुने गरेको छ ।

यसले पनि भीड बढेको हो । कार्यालय बढे ‘ट्रायल सेन्टर’ बढेनन् सरकारले उपत्यकामा सवारीचालक अनुमतिपत्र वितरण गर्ने कार्यालयको संख्या तीन ९एकान्तकुना, स्वयम्भू र जगाती० पु¥याइसकेको छ ।

यही हप्ता चाबहिलमा पनि थप एक कार्यालय खोलेर चारवटा कार्यालय सञ्चालनमा आउनेछन् ।

तर, उपत्यकामा लाइसेन्स प्राप्त गर्न आवश्यक पर्ने प्रयोगात्मक परीक्षा ९ट्रायल० का लागि दुईवटा मात्र केन्द्र छन ।

रामशाहपथस्थित नेपाल ट्रेडिङ लिमिटेडको भवन रहेको स्थानमा चारपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षा हुने गरेको छ भने मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुईपांग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षा हुने गरेको छ ।

थप गरिएका स्वयम्भू र जगातीमा प्रयोगात्मक केन्द्र छैन । यस्तै यही हप्तादेखि सञ्चालनमा आउने भनिएको चाबहिल कार्यालयमा पनि प्रयोगात्मक केन्द्र छैन ।

प्रयोगात्मक केन्द्रविनाका कार्यालयले सवारीचालक अनुमतिपत्रको नवीकरणबाहेक अन्य काम गर्न सक्दैनन् ।

आइतबार भक्तपुरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने, ‘जति कार्यालय, त्यति ट्रायल सेन्टर’ व्यवस्था गरिने बताएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

पूर्वराजासँग छलिन नेताहरुलाई हम्मेहम्मे ! यसरी छलिए अरू दलका नेता

काठमाडौं,माघ ४ । पूर्वराजा ज्ञानेन्द्र शाहको जम्काभेट राप्रपाका बाहेक अरू दलका नेतासँग भएन। पूर्वराजा भोजनस्थल जाँदै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वसभामुख सुवास नेम्बाङ, परराष्ट्र मन्त्री प्रकाशशरण महतलगायत नेताहरू चौरमा गफ गरिरहेका थिए।

नजिकैकझ टेवलमा प्रधानन्याधीश शुसीला कार्की थिइन्। तर उनीहरू कोही पनि पूर्वराजाको नजिक पुगेनन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘पूर्वराजा पुग्नेबित्तिकै तस्बिरलिनेबीच प्रतिश्पर्धा देखिए पनि नेताहरूले देखेको नदेख्यै गर्नुभयो,’ एक प्रत्यक्षदर्शीले भने,‘ अलिक नजिक भएको भए कुराकानी पनि हुन्थ्यो होला तर त्यो हुन पाएन।’ पूर्वराजा फर्किए पछि मात्रै नेताहरू ओहोरदोहोर गर्दै भेटघाटमा सक्रिय भएका थिए।

अनिश्चितकालीन लिखु गाँउपालिका बन्द तेश्रो दिनमा

३ माघ, नुवाकोट । लिखु गाँउपालिका हटाएको बिरोधमा सुरु भएको अनिश्चितकालीन बन्द आज तेश्रोपनि जारी रहेको छ । पहिलो दिन आइतबारको तुलनामा दोश्रो दिन हिजो जस्तै आज तेश्रो दिनपनि बन्दमा सहभागि उल्लेख्य रुपमा बृद्धि भएका छन । मुख्य स्थानमा केन्द्रित भएका बासिन्दाहरु बन्द घोषणा गरेको गाविसको सबै स्थानमा पुगेर यातायात सञ्चालन लगायतको सेवा प्रवाह ठप्प बनाइरहेका छन् ।
जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले स्थानीयतहको पुर्नसंरचना आयोगर्लाइ पेश गरेको प्रतिवेदनलाई परिवर्तन गरी सरकारलाई बुझाएको बिरोधमा “लिुख गाँउपालिका बचाउ सयुक्त संघर्ष समिति” नै गठन गरी सुरु गरेको बन्दको तेश्रो दिन आजपनि बिहानैदेखि टोखा–छहरे सडक खण्ड र गंगटेबाट ढिकुरे हुदै खरानीटार–समुन्द्रटार जाने सडक खण्डमा यातायात सेवा अबरुद्ध बनाइरहेका छन् ।
बिहानैदेखि स्थानीयवासी स्वतः स्फुर्त रुपमा भेला भएर आयोजना गरेको बन्दले पुर्ननिर्माण अभियानसंग जोडिएको कार्यक्रम बाहेक बाँकी “फोटो सहितको मतदाता नामावली संकलन”, शैक्षिक सस्था, सामाजिक सँस्थाहरुको तालिम तथा सेवा प्रवाहको काम ठप्प बनाइरहेका छन् ।
प्रस्तावित लिखु गाँउपालिका भित्र पर्ने गाविसहरु थानसिंह, चौघडा, सुर्यमती र खानीगाँउ गाविसका राजनैतिक दलका अगुवाहरुको नेतृत्वमा स्थानीयवासीहरुले बन्दलाई निरन्तरता दिएका छन् । प्रस्तावित लिखु गाँउापालिका कार्यान्वयन नआएसम्म आन्दोलन जारी रहने “लिखु गाँउपालिका बचाउ सयुक्त संघर्ष समिति”का संयोजक धर्मप्रसाद अधिकारीले बताउनुभएको छ ।
दोश्रो दिनको आन्दोलनको सपमान हिजो साँझ समापन सम्बोधन गर्दै जनतालाई अधिकार प्रदान गर्ने स्थानीयतहको पुर्नसंरचनाले उल्टै केही सिमित व्यक्तिले अधिकार खासेपछि सुरु भएको अन्दोलन अनवरत रुपमा चल्ने उद्घोष गर्नुभएको छ ।
जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले थानसिंह, सूर्यमति र खानीगाँउ गाविस पूरै र चौघडाको आधा भागलाई समावेश गरी लिखु गाँउपालिका प्रस्ताव गरी पठाएपनि राज्य पुर्नसंरचना आयोगले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा लिखु गाँउपालिका नै गायब बनाएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न असहमतिका बाबजुत तयार गरेको लिखु गाँउपालिकाको प्रस्तावलाई आफूहरुले स्वीकार गरी कार्यान्वयनको तयारी गरिरहदाँ आयोगले व्यक्ति विशेषको प्रभावमा परी संबैधानिक आयोगले असंबैधानिक काम गरेको भन्दै स्थानीयवासीले जिल्लादेखि केन्द्रसम्म ध्यानाकर्षण गराउदै आन्दोलनमा उत्रिएका छन् । आफूहरुको सम्बोधनको पहल नभएको भन्दै संघर्ष समिति गठन गरी अनिश्चितकालीन बन्दको घोषणा गर्न बाध्य भएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य पूर्णलाल श्रेष्ठले बताउनुभएको छ ।
जनतालाइ स्थानीयस्तरबाट नै सेवा पु¥याउन तथा शक्तिको विकेन्द्रीकरणको लागी स्थानीय तहको पुर्नसंरचना गर्न लागिएपनि जनताको भावना विपरित आयोगले गरेको कदम नसच्याएसम्म आन्दोेलन जारी रहने खानीगाँउका स्थानीय समेत रहनुभएका नेकपा एमालेका शहरी विकास विभागका केन्द्रीय सदस्य श्रेष्ठले बताउनुभएको छ । .
लामो समयको छलफल तथा स्थानीय जनताबाट लिएको सुझावको आधारमा तयार गरेको लिखु गाँउपालिकाको प्रस्तावलाई संबैधानिक भनिएको आयोगबाट भएको असंबैधानिक कदम विरुद्ध चार गाविसका बासिन्दाहरु सडक तथा मुख्य जमघट हुने स्थानमा भेला भएर नाराबाजी सहित राज्य पुर्नसंरचना आयोग विरुद्ध नराबाजी गर्दै आएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने सयुक्त संघर्ष समितिका सदस्य तथ नेपाली काँग्रेस थानसिंह सभापति बिनोद पाठकले बताउनुभएको छ ।
अनिश्चितकालीन बन्द आह्वान गरेका प्रस्तावित लिखु गाँउपालिकाबासीको माग सम्बोधनको पहल गराउन तथा सम्बन्धित स्थानमा पु¥याउन समन्वयन गर्न नुवाकोट प्रशासन लगायतका निकायले बेवास्था गर्दा आन्दोलन थप चर्कदै गएको छ । जिल्ला प्राविधिक सहयोग समिति समेत प्रतिवेदन बुझाएपनि निष्क्रिय रहेकाले स्थानीयवासीको मागको सम्बोधन गराउन सम्बन्धित निकायहरु मौन रहदाँ बन्द क्षेत्र भन्दा बाहेकका गाविसका नागरिकहरुलाई पुगेको समस्यामा राज्य निरिह देखिएको छ ।
खरानीटार, समुन्द्रटार, रामती लगातयको स्थानसम्म जाने यातायात सञ्चालन नहुदाँ नागरिकहरु घेराबन्दीमा परेका छन् । आन्दोलनरतहरु पनि अघिल्लो दिनको तुलनामा हुदै गएको बृद्धिले राज्य विरुद्ध नै विश्रृङ्खलता बढ्ने संकेत देखिएपनि समयमै समाधान गर्न सम्बन्धित निकायहरु जिम्मेवारी विमुख देखिएका छन् ।
राज्य पुर्नसंरचना अन्तरगत जिल्ला प्राविधिक सहयोग समिति नुवाकोटले पठाएको पेश गरेको प्रतिवेदनलाई केही व्यक्तिको स्वार्थमा लागेर लिखु गाँउपालिका गायब बनाएपछि लिखु गाँँउपालिका सहित अन्य स्थानमा पनि आन्दोलन सुरु भएको छ । बेलकाटेगढी नगरपालिका टुक्राउदै गाँउपालिका बनाएको र कोल्पु नामक अर्को गाँउपालिका समेत स्थापना गरी आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस क्षेत्रमा पनि संघर्ष समिति बनाएर बिरोधको कार्यक्रम सञ्चालन गर्न स्थानीयवासी तयारीमा जुटेका छन् ।

बर्खास्तीमा परेका ज्ञवालीले गरे सर्बोच्चमा रिट दायर

काठमाडौँ,माघ ३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका सुशील ज्ञवालीले गैरकानुनी र बदनियतपूर्ण रुपमा आफूलाई हटाइएको जिकिर गर्दै पुनःबहालीको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्, प्रधानमन्त्री र डा गोविन्दराज पोखरेललाई समेत विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको जनाई अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै निवेदन दिनुभएको हो ।

निवेदनमा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ दफा ११ (३) मा पाँच वर्षको पदावधि हुने उल्लेख भएकाले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने पत्रमा नै पाँच वर्षका लागि नियुक्त गरिएको तथा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको हैसियतले कानुनले तोकेको काम, कर्तव्य र अधिकारको पालना तथा प्रयोग गर्दै आएको जिकिर गरिएको छ ।

‘आफ्नो नेतृत्वमा प्राधिकरणले गरेका पुनःनिर्माणसम्बन्धी समन्वयात्मक कार्यको तथ्यपरक र विस्तृत रुपमा नै पहिलो र दोस्रो स्पष्टीकरणमा उल्लेख गरिसकेकामा र त्यसको कुनै अध्ययन विश्लेषण नै नगरी समन्वय गर्न नसकेको भनी डा पोखरेललाई नियुक्ति गर्ने विपक्षीको निर्णय आफ्नो कार्य सम्पादनसँगभन्दा पनि विपक्षीको पूर्वसहमति र योजनाको कार्यान्वयन मात्र भएको’ भन्ने कुरा निवेदनमा उल्लेख गरिएको छ ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले ज्ञवालीलाई पाँच वर्षका लागि प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । गत पुस २७ गतेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई हटाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । पुस १४ र २१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार ज्ञवालीसँग दुई पटक स्पष्टीकरण सोधिएको थियो । रासस

यसरी सम्पन्न भयो राष्ट्रपतिकी छोरीको विवाह (फोटो फिचर)

काठमाडौं, माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाती अभिषेक यादवसँग विवाह भएको छ । पूर्व राष्ट्रपति रामवरण यादवका नाति अभिषेक यादवसित बिहान १० बजेको शुभ साइतमा स्वयंवर भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यादवको साथमा उनका पिता मुनीलाल यादव तथा आमा किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आएका थिए।  राष्ट्रपति भवन शीतलनिवासमा भएको विवाह समारोमा पूर्व राजा ज्ञानेन्द्र, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञ लगायतको उपस्थिति थियो ।

राष्ट्रपति छोरीको बिहे निम्तो मान्दै पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति भवनमा

काठमाडौं ।
पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरीको बिहेको निम्तो स्विकार्दै शितल निवास पुगेका छन् ।

राष्ट्रपति छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेष यादवसँग आज विवाद हुँदैछ ।

भर्खर राष्ट्रपति भवन छिरेका पूर्व राजाले राष्ट्रपति भण्डारीलाई पहिलो पटक भेट्दैछन् । राष्ट्रपति भण्डारीले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेकी हुन् ।

पूर्व राजा शाहले पूर्व रानी कोमललाई भने साथमा लगेका छैनन् ।

एमाले नेता मदन भण्डारीकी कान्छी छोरी निशाकुसुम पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन् । अभिशेष पूर्व राष्ट्रपति रामबरण यादवकी भतिजी किरण यादवका छोरा हुन् ।

सुत्दा नेपाली उठ्दा भारतीय, यसरी मिच्यो नेपाली भूमि भारतले

२०३२ सालतिर वीरबहादुर सुब्बाले बसोबास सुरु गर्दा मेचीनगर ११ भान्साखोलामा पथ्र्यो उनको जमिन । उनी बस्न थालेको १० वर्षपछि भारतले सीमास्तम्भ सारिसकेको थियो । अहिले उनको सहित १२ घरधुरी भारतीय भूमिमा पर्छन् । ‘सुत्दा नेपालतिरै थियौं,’ सुब्बाले पीडा सुनाए, ‘उठ्दा त भारततिर पो परिएछ ।’

विगतमा नेपाली भूभाग रहेको झापाको मेचीनगर ११ भान्साखोलाको करिब साठी बिघा जति जमिन आफ्नो दाबी गर्दै भारतीय पक्षले सीमास्तम्भ गाडेको उनले बताए । ‘हामी नेपाली हौं,’ सुब्बाले भने, ‘पिलरलाई आधार मान्दा त हामी भारतीय भएका छौं ।’ जमिन भारतले दाबी गरे पनि विकासका पूर्वाधार नेपालले नै उपलब्ध गराएको छ । पानी, बिजुली र सडक मेची नगरपालिकाले उपलब्ध गराएको हो । २०४२ सालमा भारतले एकपक्षीय रूपमा नेपाली क्षेत्र अतिक्रमण गरी पिलर गाडेको स्थानीयको भनाइ छ । ५० र ५१ नम्बरका पिलर साविकको नेपाली जमिनभन्दा करिब ५ सय मिटर वरै गाडिएको छ । त्यसबेला नेपाली अधिकारीहरू पनि आएका थिए । तर, भारतले पिल्लर गाडेको बेवास्ता गर्दै दार्जिलिङ घुम्न गएको स्थानीय कृष्णप्रसाद उप्रेतीले बताए ।

‘पहिले नेपालको सिमाना मेची खोलासम्म थियो,’ उनले भने, ‘थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो ।’ भारतले जमिन कब्जा गरेको कुरा स्थानीयले तत्कालीन प्रशासनलाई जानकारी गराए पनि चासो नदिएको उप्रेतीको भनाइ छ । भारतले केही वर्षपहिले यो क्षेत्रमा बाटो निर्माण गरिदिएको थियो । विद्यालय निर्माणको योजनाचाहिँ सफल हुन पाएन । नेपाली जमिनमा ‘मिड डे मिल’ सहितको बाल विद्यालय बनाउने उसको योजना थियो । चुनावका बेला भारतीय नेताहरू भोट माग्न पनि आउँछन् यहाँ ।

कतिपयले लामो समयदेखि भारतीय नेतालाई सुटुक्क भोट हालेर जिताएका पनि छन् । हाल बसिरहेको घरजमिनको कर भारततिरै तिरिरहेका छन् । ‘हामी दुवैतिर भोट दिन्छौं,’ सुब्बाले बाध्यता सुनाए, ‘नागरिकताले हामी नेपाली हौं, जमिनले भारतीय बनाएको छ ।’ २०२९ सालतिर भेषबहादुर आयोगले यहाँका बासिन्दालाई अस्थायी धनीपुर्जा उपलब्ध गराएको थियो । यो क्षेत्र भारततिर गाभिएपछि धनीपुर्जा स्थायी हुनै नपाएको स्थानीयको गुनासो छ । ‘चालीस–पचास वर्षदेखि बस्दै आएका छौंै,’ इन्द्रवती चौधरीले भनिन्, ‘स्थायी बसोबासको धनीपुर्जा पाएकै छैनौं ।’ भारतीय अर्धसैनिक बल बेलाबेला आउँछ । पिलर अनुगमन गरेर फर्किन्छ ।

विगतमा हतियार बोकेरै आउँथे भारतीय सुरक्षाकर्मी । स्थानीयलाई धाकधम्की दिन्थे । ‘अहिलेचाहिँ पहिलेजस्तो गर्दैनन्,’ इन्द्रवतीले भनिन्, ‘आउँछन्, पिलर हेरेर फर्कन्छन् ।’ नेपाल–भारत सीमाबारे जानकार प्राध्यापक चिन्तामणि दाहालका अनुसार भारतले करिब तीन सय मिटर जमिन मिचेर पिलर गाडेको देखिन्छ ।

दुवैतिर बराबर दूरी हुने गरी पिल्लर गाड्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहे पनि भारतले नेपालतिरबाट मात्रै नापेर सीमा पिल्लर गाडेको दाहालले बताए । ‘उताबाट पनि नापेर ल्याउँदा पिल्लर सर्न सक्छ,’ दाहाल भन्छन् । उनका अनुसार झापा–इलामको सीमावर्ती क्षेत्र तिरिङदेखि पाठामारीसम्म करिब ३र४ हजार बिघा जमिन भारतले अतिक्रमण गरेको देखिन आउँछ । यहाँको समस्या बुझ्न राजनीतिक दलका नेता तथा संसदीय टोली पटकपटक आए ।

तर, पीडित परिवारले राहत पाएनन् । ‘विभिन्न पार्टीका नेता र सांसद आए, समस्या सुने, गए,’ स्थानीय अमृत लिम्बूले भने, ‘हाम्रो समस्या ज्युँकात्युँ छ ।’ पर्वत पोर्तेलले कान्तिपुरमा खवर लेख्नुभएको छ ।

टर्कीस एयरलाइन्सको विमान दुर्घटना हुँदा १६ को मृत्यु

एजेन्सी ।
टर्कीस एयरलाइन्सको कार्गो विमान किर्गिस्तानमा दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

बोइङ ७४७ विमान किर्गिस्तानको राजधानी बिशकेक बाहिर मानस एयरपोर्टको नजिक होम्समा दुर्घटना भएको बताइएको छ ।

मानस किर्गिस्तानको मुख्य विमानस्थल हो ।

विमान दुर्घटनाको कारण थाहा हुन नसकेको र बिमान रहेका सबैको मृत्यु भएको टर्किस एयरलाइन्स अधिकारीहरुले पुष्टि गरेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web