बल्ल भित्रियो नेपालको आफ्नै ग्याँस बुलेट

माघ ६, २०७३ मा प्रकाशित | 1110 views

काठमाडौं ।
नेपालले पहिलो पटक आफ्नै ग्याँस बुलेट भित्राएको छ । नेपाली नम्बर प्लेट सहितका ग्याँस बुलेट आज जेपाल भित्रिएका छन् ।

दुई तिहाइ छुट पाउने घोषणाअनुसार भारतमा तयार गरेर बुलेट नेपाल ल्याइएका छन् । नेपालमा बाँकी प्रक्रिया पुरा गरेपछि बुलेटहरु केहीदिनभित्रै ग्याँस लिन भारत जानेछ ।

भारतले भन्सार प्रक्रियाका नाममा करिव २ महिना नाकामा रोकेकोमा नेपाल तर्फवाट लगातार ताकेता गरेपछि आज नेपाल भित्रिएको हो ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार केही दिनभित्रै नेपाल आएका बुलेट सबै परिक्षण सकेर ग्याँस लिन नियमीत रुपमा भारत जानेछ ।

मसिर १७ गते वीरगन्ज नाकामा दुई नेपाली ग्यास बुलेट आइपुगेपनि भारतले रोकेकोमा आज दुई बुलेट नेपाल छिरेका हुन् ।

तत्काल ३ सय ५० ग्याँस बुलेट भारतमा बनिसकेको र नेपाल भित्रिंदै छ । भारतमा थप ४ सय २५ ग्याँस बुलेट बनाइराखिएको र ति पनि बनिसकेर तत्काल नेपाल ल्याउने ग्याँस विक्रेता महासंघले जनाएको छ ।

नेपल भित्रिएका ग्यासँ बुलेटको लागि प्रति बुलेट करिब ७० लाख रुपैयाँ लागेको छ । सन् २०१७  नोभेम्वर सम्ममा सबै नेपाली बुलेट राखेर भारतीय बुलेट विस्थापन गर्ने सरकारी तयारी छ । हालसम्म सबै भारतीय बुलेटले ग्याँस भर्दै आएका छन् ।

५४ ग्याँस उद्योगले ७ सय ७५ बुलेटको लागि ५ खर्ब लगानी गरेको बताइएको छ ।

४० बर्षदेखी भारतीय कम्पनीका बुलेटले ग्याँस बोकेर अर्बौं रुपैयाँ लैजाँदै आएका थिए । अब नेपाली बुलेट प्रयोग भएपछि बर्षमा ३ अर्ब रुपैयाँ बिदेशीनबाट जोगिने छ ।

नेपाल भित्रिएका बुलेटहरु १८ मेट्रिक टन क्षमताका रहेको र अहिले भित्रिने क्रममा रहेका ग्याँस बुलेटले अबको १० वर्षसम्म मागअनुसार आपूर्ति धान्न सक्ने बताइएको छ ।

नेपाल आयल निगमले आपुर्तिका लागि अनुमति दिएर भारतीय डिपोमा पत्रलेखेपछि नेपाली बुलेटहरुले नियमीत ग्याँस आपुर्ति थाल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web