माओवादी नेताले हिजो शिलान्यास गरेको पुल ओलीले आज फेरि गरे शिलान्यास

माघ ६, २०७३ मा प्रकाशित | 835 views

<p style="color: rgb(51, 51, 51); font-family: Georgia, &quot;Times New Roman&quot;, &quot;Bitstream Charter&quot;, Times, serif; font-size: 16px;">झापा, माघ ६- एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उन्छिन्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरीले बुधबार शिलान्यास गरेको झापाको बेतिनी मावा आम्बारी खोलाको पुलको बिहीबार ओलीले शिलान्यास गरेका छन् ।<br></p><p style="color: rgb(51, 51, 51); font-family: Georgia, &quot;Times New Roman&quot;, &quot;Bitstream Charter&quot;, Times, serif; font-size: 16px;">माओवादी नेताले आफूहरुको पहलमा पारेको योजनाको पुल एमालेले थाहा नदिई उद्घाटन गर्न लागेको भन्दै बुधबार शिलान्यास गरेका थिए ।<br>ओलीले बिहीबारको शिलान्यास कार्यक्रममा अघिल्लो दिनको शिलान्यासको बिषयप्रति कुनै प्रतिक्रिया दिएनन् । माओवादी नेताले बुधबार खोलाको पश्चिम तिर पुलको शिलान्यास गरेका थिए भने बिहीबार ओलीले पूर्वतर्फ शिलान्यास गरे । दमक–१९ मा रतुवा खोलाको पुल करिब रु ३३ करोड, दमक–१७ मा मावा खोलाको पुल निर्माणमा रु २३ करोड र सडक स्तरोन्नतिका लागि रु सात करोड बजेट छुट्याइएको छ । रासस</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web