एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतमै लोकप्रिय रहेको आम आद्मी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले पागलको संज्ञा दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री रहेका केजरीवालले मोदीलाई घुस्याहाको आरोप लगाउँदै उनी पागल भएको बताएका हुन् ।

कालो धनलाई सिज गर्न भन्दै एक हजार र पाँच सय दरका नोटमा भएको काण्डमा समेत कालो धन भएकाहरुसँग मिलेर त्यस्तो घोषणा गरेको आरोप लगाएका केजरीवालले मोदी पागल भएको बताएका छन् ।

पछिल्लो समय भारतीय केन्द्रिय जाँच व्युरो सीबीआईले आपका नेता एवं दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया सहित केही नेतामाथि छानविन गर्न थालेपछि केजरीवाल थप आक्रामक देखिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘यस्तो लाग्छ कि मोदीजी बिल्कुल पागल भएका छन् । देशको प्रधानमन्त्री एक मात्र काम गरिरहेका छन् । हात धोएर पछि लागेका छन् ।’

मुख्यमन्त्री केजरीवालको सोशल क्याम्पेनिङ ‘टक टु एके’मा नियम उल्लंघन र अनियमितताको आरोप लगाउँदै छानविन भइरहेको बताइन्छ ।

आमआदमी पार्टी सरकारका अर्का मन्त्री सत्येन्द्र जैनकी छोरी सौम्या जैनलाई दिल्ली सरकारको मोहल्ला क्लिनिक प्रोजेक्टको सल्लाहकार नियुक्त गरेकोमा पनि सीबीआईले छानविन थालेको छ ।

आफ्ना नेताहरुमाथि छानविन थालेपछि आक्रोसित बनेका केजरीवालले मोदीविरुद्ध लगातार ट्वीट गर्दै लेखेका छन् वाह रे मोदीजी । घुस खाने आफू, मुद्दा हामीमाथि । चोरी अनि, सिनाजोरी ।’

18.12¡ÆC