टोकियो ।
जापानले हरेक बर्ष प्रदान गर्दै आएको युथ लिडर अवार्डबाट यस बर्ष नेपालका जिज्ञान कुमार थापा सम्मानित हुनुहुने भएको छ ।

विगत ७ बर्षदेखी प्रदान गरिंदै आएको यो अवार्डको आठौं संस्करणमा पहिलो पटक बिदेशी नागरिकले यो अवार्ड प्राप्त गर्न लागेका हुन् ।

जापानको अञ्चलाधिसको सल्लाहकार लगाएत, जापानलाइ अन्तराष्ट्रियकरण गर्न सरकारी तथा गैर सरकारी स्तरमा पुलको रुपमा आफुले गर्दै आएको कामको मुल्याङकन गर्दै यो बर्षको युथ अवार्ड दिने निर्णय आयोजकले गरेको बताएको छ ।

आफु सम्मानित हुने जानकारी पाएपछि जिज्ञानकुमार थापाले यो खुशी बाँड्दै सामाजिक सञ्जाल मार्फत जानकारी समेत गराउनुभएको छ ।

फेब्रुअरी महिनाको २१ तारिक रोप्पोन्गि हिल्समा एक समारोहका बिच अवार्ड बितरण गरिने र जापानका बिशिष्ट ब्यक्तिहरुको उपस्थिति हुने बताइएको छ ।

जापानका नेपालीमाझ परिचित थापा गैर आवासिय नेपाली संघ एनआरएनमा पनि आवद्ध हुनुहुन्छ ।

जापानमा गरिने नेपाल जापान सम्वन्धका कार्यक्रम तथा नेपाललाई जापानमा चिनाउन महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएका थापाले यो अवसरलाई फेरी एक पटक ढाका टोपी र नेपाली झन्डा फहराउने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

आफ्नो काममा सहयोग गर्ने सबैमा धन्यवाद र आफुले पाएको यो अवार्ड नेपाली माथिको सम्मान र विश्वास भएको थापाको भनाई छ ।

सन् २००० मा जापान आउनुभएका थापा जापान सरकारका तर्फबाट नेपालबारेमा जानकारी लिने प्रमूख व्यक्तिको रुपमा काम गर्दै आउनुभएको छ ।

३७ बर्षीय थापा जापानमा हुने नेपाल जापान सम्वन्धि महत्वपूर्ण कार्यक्रमको संयोजन सँगै नेपाली सामाजिक कार्यक्रममा समेत सक्रिय सहभागी हुँदै आउनुभएको छ ।

२१ फेब्रुवरी मंगलबारका दिन अपरान्ह ४ ३० बजेबाट हुने सम्मान कार्यक्रममा सहभागी हुन चाहनेले साधारण तर्फ ५ हजार र विद्यार्थीले १ हजार येन तिरेर सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

युथ लिडर अवार्डबाटबाट थापासँगै अन्य चार जना जापानीलाई समेत सम्मानित गरिंदैछ ।

21.56¡ÆC