स्पेनिस कोपा डेल रेमा बार्सिलोनाको संघर्षपूर्ण जित

एजेन्सी ।
स्पेनिस कोपा डेल रे को क्वाटरफाइनल पहिलो लेगमा साविक बिजेता बार्सिलोनाले रियल सोसिडाडबिरुद्ध एक शून्यको संघर्षपूर्ण जित हात पारेको छ ।

घरेलु मैदान स्टाडियो मुनिसिपालमा बार्सिलोनाबिरुद्ध अनौठो कीर्तिमान राखेको रियल सोसिडाडले  खेलमा भने नेइमारको पेनाल्टी गोललाई रोक्न सकेन ।

खेलको २२औं मिनेटमा ब्राजिलियन स्ट्राइकरले पेनाल्टीबाट गरेको गोल नै बार्सिलोनाको पहिलो लेग जितमा निर्णायक बन्यो ।

बार्सिलोनाले सोसिडाडको घरेलु मैदानमा जित हासिल गरेको १० बर्षपछि पहिलो पटक हो ।

गोरखामा भेटिएको बम डिस्पोज गरियो

गोरखा ।
गोरखाको मसेल गाबिस ९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममाः भेटिएको सकेट बम नेपाली सेनाको प्राबिधिक टोलीले आज बिहान ९ः२५ बजे निष्कृय 'डिस्पोज' गरेको छ ।

सदरमुकामको रणसिह दल गणमार्फत् खटिएका नेपाली सेनाको प्राबिधिक टोलीले बम निष्कृय 'डिस्पोज०' गरेको प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले बताउनुभयो ।

गत माघ ६ गते दिउँसो कामदारले खाल्डो खन्ने क्रममाः बम भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बम निष्कृय बनाउने टोली अन्यत्रबाट झिकाउनुपर्दा बम निष्कृय बनाउन दुई दिन लागेको हो ।

म रहेको स्थल प्रहरीले सुरक्षित राखेको थियो । अहिले क्याम्पसको भबन रहेको ठाउँमा द्वन्द्वकालमा नेपाली सेनाको ब्यारेक रहेकाले उक्त बम त्यसबेला सेनाले नै राखेको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थल सदरमुकामबाट ३० किमी टाढा पर्छ ।

रक्षा मन्त्रीलाई मन्त्रि थपिँदा सामान्य लाग्यो

धनगढी ।

रक्षामन्त्री बालकृष्ण खाँणले मौज्दुता मन्त्रिपरिषदमा २ जना नयाँ मन्त्री थपिनु स्वभाविक भएको बताउनु भएको छ ।

मिडिया नेपालद्धारा आज धनगढीमा आयोजित सवाल कार्यक्रममा मन्त्री खाणले साना दलहरुको गठबन्धनका तर्फबाट २ जना मन्त्री थपिएकाले यसलाई संबिधान संशोधन प्रस्तावसंग जोडेर हेर्न नहुने बताउनु भयो ।

संचारक्रर्मीको जिज्ञासामा मन्त्री खाणले प्रमुख प्रतिपक्षी एमालेको सहमतिमै संबिधान संशोधन प्रस्ताव अघि बढाउने प्रयासमा सरकार लागीरहेको बताउनु भयो ।

काग्रेस केन्द्रिय सदस्य समेत रहेका मन्त्री खाणले पाच नम्बर प्रदेशको सिमाकंन हेरफेरका बिषयमा ब्यक्ति रुपमा आफू असहमत रहेपनि त्यसबारे पार्टीको निर्देशन भन्दा बाहिर जान नसकिने बताउनु भयो ।

उहाले असन्तुष्ट सबै दललाई मिलाएर मुलकलाई निर्वाचनतर्फ लैजाने गृहकार्यमा सरकार रहेको बताउनु भयो ।

बिराटनगर मालपोतको काम अब अनलाइनबाट

बिराटनगर ।
विराटनगर स्थित जिल्ला मालपोत कार्यालयले अनलाईन सेवा संचालनगर्ने भएको छ । छिटो छरितो एंव व्यवस्थित रुपमा सेवा प्रदानगर्न कार्यालयले अनलाईन सेवा संचालनगर्न लागेको हो ।

यहि माघ मसान्त भित्र सेवा संचालनगर्न लागेको मालपोत कार्यालय प्रमुुख नरेन्द्र पौडेलले बताउनुुभयो । सेवा संचालनका लागी डाटा संकलन तथा रुजुुगर्ने काम भइरहेको छ ।

सेवाग्रहीलाई लिखत तथा किताकाट तथा व्येक्तिको फिंगर प्रिन्टि सम्वन्धि जग्गा सम्वन्धि काम अनलाइनवाट घरमै वसेर आफनो जग्गाको वारेमा सहज जानकारी  प्रदान गर्न सेवा संचालनगर्न लागीएको कार्यालयले जनाएको छ  ।

अनलाइन सेवा सचालनका लागी सवै काम अन्तिम चरणमा पुुगेकाले तिनहप्ता भित्र सेवा संचालन हुुने भन्सार प्रमुुख पौडेलको भनाई छ ।

सेवा संचालनका लागी  १५ वटा कमप्युुटरको व्यवस्था गरिएको  छ । त्यसका लागी २० जना कर्मचारीलाई सेवा संचालनका लागी तालिम दिइ सेकेको वताइएको छ ।

कार्यालयसंग जेनेटरको व्यवस्था नहुुदा सेवा संचालनमा केही समस्या हुुन सकने कार्यालय प्रमु्ख पौडेलको भनाई छ । कार्यालयमा अहिले दुुई फेजको लाइन जडान भएता पनी कहिले काही जाने लाइनका कारण कामगर्न समस्या हुने वताइएको छ ।

त्यसकारणपनी अनलाईन सेवा सचालनका लागी जेनरेटर आवश्यक रहेको जनाइएको छ । सो कार्यालयले गत अर्थिकवर्षमा २७ हजारभन्दा वढि जग्गा सम्वन्धि लिखत पास गरेको जनाएको छ ।

चीनले भूकम्प पीडितलाई दिएको ११ हजार इन्डक्सन चुलो प्रचण्ड सरकार कुहाउँदै

काठमाडौं ।
चीन सरकारले भूकम्प पीडितका लागि सहयोग स्वरुप दिएको ११ हजार इन्डक्सन चुलो नबाँडेर पुष्पकमल दाहाल सरकारले कुहिने अवस्थामा पुर्याएको छ ।

भूकम्प पीडितलाई बाँड्न थोरै हुने भनेपनि विक्रि समेत नगरि सरकारले गोदाममा थुपारेर काम नलाग्ने अवस्थामा पुर्याएको छ ।

अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना वितिसक्दा समेत यसलाई बाँड्न वा विक्रिगर्न सरकारले पहल गरेको छैन ।

चीन सरकारले दिएको इन्सक्सन चुलो सहयोगमा नदिने भनेपनि विक्रि समेत नगरि विगारेर नष्ट गर्ने  मनसाय सहित १२ हजार मूल्य तोकेको इन्डक्सले २ महिनामा एउटा मात्र विक्रि भएको थियो ।

त्यसपछि प्राप्त १० हजार इन्डक्सनपनि भन्सार पास समेत नगराई नियोजित रुपमा चीन सरकारको सहयोग खेर फाल्न सरकार लागि परेको छ ।

चुल्हो भन्सारमा थन्किँदा विक्रीको जिम्मा पाएको नेशनल ट्रेडिङले २ करोड रुपैयाँभन्दा बढी जरिवाना स्वरुप बिलम्ब शुल्क बेहोनुपर्ने अवस्था आएको छ तर सरकार विक्रि नगरि उल्टै घाटा खुवाउन तल्लिन रहेको देखिएको छ ।

नाकाबन्दीका कारण नागरिकले ग्यास नपाएर सास्ती बेहोरेपछि चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन चुल्हो सहयोग गरेको थियो ।
चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो ।

८ बर्षदेखी बेपत्ता बहिनि खोज्न दिदिको मनछुने पत्र, दुतावास र जापानी प्रहरी के गर्दैछ ?

टोकियो ।
आफ्नो परिवारका सदस्य केही घण्टामात्रै बेखवर हुँदा हामी चिन्तित हुन्छौं । एक रात बेखवर भए हामी सोध्न र खोज्न कतै बाँकी राख्दैनौं ।

कल्पना गर्नुस् ८ बर्षसम्म परिवारको एक सदस्य बेखवर बेपत्ता हुँदा परिवारका सदस्य कति पिडा, हैरानी र भेटको प्यासमा तड्पिएको होला ?

त्यस्तै पिडाले तड्पिएको छ विगत ८ बर्षदेखी ललितपुरको बिना महर्जन परिवार । अध्ययनको लागि जापान पठाएकी छोरी सबिना बेखवर सम्पर्क बिहिन बनेपछि उनको खोजि जापानमै आएर परिवारजनले गर्यो ।

प्रहरी, प्रशासन, दुतावास, संघसंस्था, आफन्त, चिनेजानेका मात्र हैन नचिनेका सबैसँग गुहार माग्यो बेपत्ता सबिनाको पत्तो लगाइदिन । तर दुखद कुरा अहिलेसम्म कसैले पत्तो लगाउन सकेको छैन ।

अझ भनौं पत्तो लगाउन खास पहल नगर्दा पिडा बल्झंदै र याद झन ताजा बन्दै जाँदा दिदि बिना महर्जनले केही झिनो आसा राख्दै जापानमा रहेका सहित सबै नेपालीमा आफ्नो पिडा र जिज्ञासा यस्तो राख्नुभएको छ ।

नमस्ने सबै दुतावासको माननियजन,
म बिना महर्जन सबिनाको दिदी । सबिना हराएको ८ बर्ष हुँदा खेरी पनि अहिलेसम्म केही खवर आएको छैन । एम्बेसीलाई कति निबेदन पठाइसक्दा पनि अहिलेसम्म सबिना नपाउनु के प्रहरी र एम्बेसीको कमजोरी हैन ?

हामी सबिना भेट्छौं भन्ने आसैआसमा कति पिडा सहेर बसेका छौं । मेरो परिवार पनि यो कारणले गर्दा टुटिसक्नुभयो । कृपयाँ जसो टसो गरेर सबिनालाई खोजिमा सक्रियता गर्नुपर्यो । यस्तो बिकसीत देशको टेक्नोलोजि अनुसार यसरी त ढिला नहुनुपर्ने । आखिर कति मात्र कुरेर बस्ने ? कृपयाँ तपाईहरुले खोजि गर्न लगाएर हो अथवा अन्य प्रक्रियाले खोज तलासि गरिदिनुपर्यो ।

हामी प्रहरीलाई फोन गरेपनि खोजिराको छ भन्छ । आखिर यति ढिलो किन ? यदि जापानकै नागरिक हराएको भए यसरी सुस्त तरिकाले अनुसन्धान हुन्नथियो होला । यो केसमा पक्कै सड्यन्त्र छ । बिन्ति छ अब त हाम्रो मर्का बुझेर मेरो बहिनिलाई खोजेर नेपाल पठाइदिनुपर्यो ।

कृपयाँ सबिनाको खोजिको लागि हामीलाई सहयोग गरिदिनुहोला
बिना महर्जन

तिमि कहाँ छ्यौ सबिना ? ८ वर्ष देखि जापानमा बेपत्ता यि चेलीलाई भेट्नु भएको छ !

भवन भट्ट लाप्राक एकीकृत बस्ती निर्माण स्वयंसेवामा जुट्दै

टोकियो ।
गैर आवासिय नेपाली संघ एनआरएन आईसीसीका उपाध्यक्ष रहेका भवन भट्टले गोरखाको लाप्राकमा निर्माण हुन लागेको एकीकृत बस्ती निर्माणमा स्वयं सेवा गर्ने भएका छन् ।

एनआरएनले २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएका लाप्राकवासीको वस्ति निर्माणमा गरिररहेको कामको निरिक्षण गर्न जान लागेका भट्टले स्वयंसेवा समेत गर्ने भएका हुन् ।

गोरखानै स्थायी घर भएका भट्ट एनआरएनको भावि अध्यक्षका दावेदारका रुपमा रहेका छन् ।

जापानका सफल व्यवसायिको रुपमा समेत परिचित भट्टकै पहलमा तिथि देवो भवः को नारा सहित विश्वभर नेपाली पर्यटन र पर्यटक बृद्धिमा काम भइरहेको छ ।

जसले यसरी फसाउन खोजेका थिए 'भवन भट्ट'लाई, यो हो वास्तविकता

लोग्नेले यातना दिन नछाडेपछि आफैंले आफुलाई आगो लगाइन् अलिसाले

बाँके ।
नेपालगञ्ज-१२ खटिकनकुरुवाकी २३ वर्षीया अलिसा खटिकले आफ्नै श्रीमान राजेन्द्रको कुटपिट सहन नसकेपछि आत्मदाहको प्रयास गरेकी छन् ।

जलेर गम्भीर घाइते भएकी अलिसाको बेहोस अवस्थामा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने पछि फरार छन् । प्रहरीले अलिसालाई उनको पतिले आगो लगाएको आशंका गरेको छ ।

श्रीमान् राजेन्द्र खटिकले उनलाई दिनहुँ कुटपिट गर्ने गरेको पाइएके छ ।बिहीबार राति पनि मदिरा सेवन गरेर घर आएका राजेन्द्रले श्रीमती अलिसालाई कुटपिट गर्न थाले ।

यातना सहन नसकेपछि श्रीमती अलिसाले बलिरहेको टुकीको मट्टीतेल टाउकोबाट खन्याइन् र आगो लगाइन् । श्रीमान् राजेन्द्र भने आगो निभाउनुको सट्टा फरार भए ।

अलिसाको टाउको, अनुहार, घाँटी र छाती जलेको छ । उनको अवस्था गम्भीर छ र भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि नेपालगञ्जमै एक व्यक्तिले श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेको घटना सार्वजनिक भएको थियो ।

उपभोक्ता लुटेर आयल निगम कर्मचारीलाई २ अर्ब बोनस बाँड्दै

काठमाडौं ।
भारतबाट आयातीत भन्दा करिव दोब्बर मूल्यमा उपभोक्तालाई बेचेर मुनाफा आएको भन्दै नेपाल आयल निगमले करिव डेढ अर्ब रुपैयाँ कर्मचारीलाई बोनस बाँड्ने भएको छ ।

ऋणबाट मुक्त भएकै वर्ष निगमले झण्डै १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम निगमका कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको हो ।

आयल निगमले बोनस बापतको रकम आफनो विनियमावली अनुसार नै छुट्याइएको दाबी गरेको छ । निगमले गत वर्ष ९० करोड रुपैयाँ बोनसका रुपमा छुट्याइएपनि जनबिरोधपछि रोकिएको थियो ।

आपूर्ति र अर्थ मन्त्रालयले ऋण नतिरी बोनस नबाँड्न भनेपछि बोनस रकम त्यत्तिकै थन्किएको थियो । योसँगै अब आयल निगममा झण्डै २ अर्ब रकम बोनस बाँड्ने तयारी थालेको छ ।

आयल निगम घाटामा जाँदा सरकारबाट रकम माग्ने गरिन्छ । तर, नाफा भयो भने विनियमावलीको हवाला दिँदै कर्मचारीले बाँडेर खाने प्रचलन रही आएको छ ।

निगममा अहिले ४ सय २२ जना स्थायी कर्मचारी छन् । करार र ज्यालादारीमा पनि निगममा थुप्रै कर्मचारी भर्ती भएका छन् । छुट्टिएको रकमलाई आधार मान्दा प्रति कर्मचारी मासिक झण्डै डेढ लाख रुपैयाँ बोनस खाने भएका छन् ।

निगमले तेल भित्र्याउँदा पूर्वाधार शीर्षकमा उठाएको कर रकम पनि पूर्वाधारमा खर्च नगरी नाफाका रुपमा राख्ने गरेको छ ।

यसैको निश्चित प्रतिशत बोनसका लागि छुट्टिने भएकाले संसदीय समितिले पनि बोनसकै लागि लागि जथाभावी करबापतको रकम खर्च गरिएको ठहर गरिसकेको छ ।

निगमका कर्मचारीले भने बोनस रकम रोकेको भन्दै सर्बोच्चमा मुद्धा दायर गरेका छन् । त्यसको फैसला पनि आउन बाँकी छ । आयल निगमका अधिकांश कर्मचारी अदालतले आफ्नो पक्षमा फैसला गर्नेमा ढुक्क छन् ।

इन्धनको चर्को मूल्य कायम गरेर नाफामा केन्द्रित हुने आयल निगमका कर्मचारीलाई बाँडिने बोनसको तीव्र आलोचना हुने गरेको छ ।

कमजोर वितरण प्रणालीका कारण उपभोक्ताले अनेकन सास्ती भोग्नुपरिरहँदा जिम्मेवार आयल निगमले बोनसका लागि रकम छुट्याउनु नाजायज भएपनि सबै दल भित्र निगम भित्रको लाभले गर्दा उनिहरुसमेत मौन रहँदै आएका छन् ।
तर जनस्तरबाट हुने चर्को बिरोधले केही बर्षयता यो काम रोकिंदै आएको छ ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ३३ पैसा नाफा छ । डिजेलमा लिटरको १.५० रुपैयाँ घाटा खाइरहेको निगमले एलपीजी ग्यासमा प्रतिसिलन्डर ७८.२४ पैसा र मट्टीतेलमा १५ रुपैयाँ नाफा कमाइरहेको छ ।

निगमले नाफाका लागि अन्तर्राष्ट्रिय बजारमा ठूलो दरमा मूल्य घट्दा पनि नेपालमा नघटाउने र थोरै बढ्नासाथ नेपालमा धेरै दरमा बढाउने गरेको छ ।

निगमले कर्मचारीलाई यातायात खर्चका नाममा अतिरिक्त रकम वितरणको तयारी गरेको छ । बिनियमावलीमा यातायात सुविधा पाउने व्यवस्था भएको भन्दै निगमका कर्मचारीलाई मासिक प्रतिव्यक्ति ४ हजार ५ सय रुपैयाँ यातायात खर्च दिन निगमले आन्तरिक तयारी गरिरहेको छ ।

बिवादीत माकाजु फेरीपनि काठमाडौं विश्वविद्यालयका उपकुलपति

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बिवादित काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति रामकण्ठ माकाजुलाई फेरी सोहि पदमा नियुक्त गर्ने भएका छन् ।

प्रधानमन्त्री दाहाल र सर्च कमिटीका सदस्यहरुको शुक्रबार बिहान बसेको बैठकले माकाजुलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको छ ।

निर्णयलाई अब बस्ने मन्त्रिपरिषद बैठकले औपचारिकता दिने भएको छ । यसअघि शिक्षामन्त्री धनिराम पौडेल संयोजकत्वको सर्च कमिटीले माकाजुसहित पाँच जनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो ।

सिफारिसमा माकाजुसहित जनार्दन लामिछाने, रजिष्ट्रार भोला थापा, मनप्रसाद वाग्ले, भद्रमान तुलाधर परेका थिए ।

तिमध्येबाट माकाजुलाई उपकुलपति नियुक्त गर्ने टुंगो लागेको बताइएको छ ।

माकाजु यसअघि पनि काठमाडौं विश्वविद्यालयको उपकुलपति थिए । उनको चार वर्षे कार्यकाल गत मंसिर अन्तिम साता सकिएको थियो । माकाजुको कार्यकाल विवादित भएको भन्दै उनलाई फेरि पनि उपकुलपति नबनाउन प्राध्यापकहरुले दबाव दिँदै आएका थिए । अख्तियार दुरुपयोगको आरोप लागेका माकाजुलाई उपकुलपति नबनाउन डा। गोविन्द केसीले पनि माग गर्दै आएका थिए ।

सर्च कमिटीका सदस्यद्वय दमननाथ ढुंगाना र सुरेशराज शर्माले भने माकाजुलाई नै पुनः उपकुलपति बनाउन दबाव दिँदै आएका थिए ।

नेपाल प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले यसअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनार्दन लामिछानेलाई उपकुलपति बनाउन भनेका थिए । माकाजु र लामिछानेको पक्षमा प्राध्यापकहरु मात्रै होइन, माओवादी नेताहरु समेत बिभाजित भएका थिए ।

यसअघि बिहीबारको मन्त्रिपरिषद बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा पनि विवादित छविका सुरेश कुमार कार्कीलाई पुनः चार वर्षे कार्यकालका लागि नियुक्त गरेको थियो ।

दुखले उब्जाको अदुवा नबिकेपछि किसान मर्कामा

धनकुटा ।
बाँदरले कुनैपनि बाली खान नदिएपछि गाउँनै मिलेर अदुवा खेती लगाएका धनकुटा २ वारीपात्लेका किसानहरु यतिबेला तनावमा परेका छन् ।

भारतिय ब्यपारीहरुले अदुवामा बिभिन्न बिषादी र रसायनिक मल मिसाएको बहाना देखाउँदै अदुवा लान नमानेपछि उक्त गाउँ स्थित डाँडाबारी टोलका ३२ परिवारले अदुवा नखनी बसेको छन् ।

अदुवा किन्न कोहि नआएपछि  ६ रोपनी क्षेत्रफलमा अदुवा लगाएरका उक्त गाउँका धनकुमारी घिमिरेले अहिले सम्म अदुवा नखनेको जानकारी दिनुभयो।

गत बर्ष प्रति केजी ६० रुपैंया सम्ममा ६ हजार केजी अदुवा बेचेर १ लाख ५५ हजार कमाएका उनले यो बर्ष ब्यापारी नै नआउँदा प्राय सबै गाउँलेहरुले अदुवा नखनी बसेको उनले बताईन् ।

त्यस्तै सोहि गाउँकी कमला पराजुलीले पनि गत बर्ष प्रति केजी ६० देखि ६५ रुपैंया सम्म अदुवा बेचे पनि यो बर्ष एकाध ब्यपारी आएर १५ केजीले मागे पनि नलगेको जानकारी दिनुभयो ।

५ रोपनीमा अदुवा लगाएर गत बर्ष १ लाख २० हजार सम्म कमाएका उनले गाउँका सबै किसानहरु तनावमा रहेको बताउनुभयो ।

उक्त गाउँका अगुवा कृषक यज्ञ बहादुर कार्कीका अुसार भारतिय पक्षले अदुवामा बिभिन्न बिषादी लगाएको खोट देखाए पछि अदुवा नबिकेको हो ।

अदुवामा कुनै पनि रसायनिक मल र बिषादी प्रयोग नहुने भएपनि अदुवा नबिक्नुमा भारु हजार र पाँच सयको नोटमा लगाएको प्रतिबन्धका असर हुन सक्ने उनको धारणा छ ।

५ बर्ष अघि देखि बाँदरको पिरले अदुवा खेती अपनाएका उक्त गाँँका ३२ किसान परिवारले बार्षिक १ सय ५० टन अदुवा निकासी गर्ने गरेको अर्का किसान पुण्य प्रसाद खतिवडाको भनाई छ ।

जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा २ सय ५० हेक्टरमा अदुवा खेती हुने गर्दछ ।

हिउँ चितुवा पाइने देशका मन्त्रीहरुको बैठक काठमाडौंमा

काठमाडौं ।
हिउँचितुवा पाइने विश्वका १२ राष्ट्रका मन्त्रीस्तरीय वैठक काठमाडौंमा आज सुरु भएको छ ।

ग्लोबल सो लियोपार्ट एण्ड इकोसिस्टम प्रोगाम नाम दिइएको सम्मेलनमा हिउँचितुवा पाइने नेपाल सहित भारत, अफगानिस्तान, भुटान चीन, रुस, किर्गिस्तान ताजकिस्तान लगायत १२ मुलुकका मन्त्रीहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक साधन स्रोतले भरिपूर्ण भएकाले विश्वको ध्यान नेपाल तीर आर्कषित गर्न सकिने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले राजनीतीक अस्थीरताले नेपालको विकासमा फड्को मार्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै अब नयाँ ढगले अगाडी वढ्नु पर्ने बताउनु भयो ।

प्रत्येक दुई दुई वर्षमा हुने सम्मेलन यसअघि किर्गिस्तानको राजधानी विस्केकमा सम्पन्न भएको थियो ।

विश्वव्यापी रुपमा लोप हुदै गएको हिउँ चितुवाको संरक्षणबारे साझा रणनीति बनाउने विषयमा सम्मेलनमा छलफल हुने बताईएको छ । हिउँचितुवा सम्मेलन सम्वन्धी विज्ञहरुको अन्तर्रा्ष्ट्रिय वैठक केहीदिन देखि जारी रहेपनि मन्त्रीस्तरीय सम्मेलन भने आज मात्रै हुन लागेको हो ।

हाल विश्वमा करिव ५ हजारको हाराहारीमा हिउँचितुवा रहेको अनुमान छ । नेपालमा ३ देखि ५ सयको हाराहारिमा हिउँचितुवा रहेको संरक्षणविद्हरुले बताएका छन् । सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै आजै सकिने छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web