राप्रपाको गाई र एमालेको सुर्य जोगाउन बिधेयकको दफानै फेरियो, थ्रेस होल्डमा अझै बिवाद

१० माघ, काठमाडौं ।
नेकपा एमालेको चुनाव चिन्ह सुर्य र राष्ट्रिय प्रजातन्त्र पार्टि नेपालको गाई चुनाव चिन्ह जोगाउन दलहरुले निर्वाचन सम्वन्धि बिधेयकको दफा नै हेरफेर गरेका छन् ।

स्थानीय निर्वाचन, राजनीतिक दल र मतदाता नामावली सम्बन्धी पाँचओटा बिधेयकमा सहमति खोजिरहेका दलहरु अझैसम्म निर्वाचनमा राख्ने थ्रेस होल्डमा भने एकमत हुन सकेका छैनन् ।

नेपाली काँग्रेस र एमाले ५ प्रतिशतबाट घटाएर ३ प्रतिशत थ्रेस होल्ड राख्न तयार भएका छन् । तर निर्वाचन आयोगले भने कम्तिमा ५ प्रतिशत राख्न प्रस्ताव गरेको छ ।
यता नेकपा माओवादी केन्द्र भने थ्रेस होल्ड राख्न नहुने पक्षमा उभिन थालेको छ ।

एक दुई सिटे पार्टीलाई समेत काखि च्याप्दै संविधान संशोधनमा बहुमत बटुल्न खोजिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल थ्रेस होल्ड राख्न नहुने पक्षमा उभिएका छन् ।

राज्य व्यवस्था समितिले निर्वाचनसम्वन्धी विधेयक टुंगो लगाउन गत पुस ९ गते कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ११ सदस्यीय उपसमितिले धेरैजसो विषयमा सहमति जुटाएको बताएपनि मुख्य विषयमा सहमति जुटाउन सकेको छैन ।

सदस्य रामेश्वर फुयाँलका अुनसार राष्ट्रिय चिन्हसँग मिल्ने चुनाव चिन्ह कायम नहुने प्रस्तावको दफा नै सो उपसमितिले हटाएको छ ।

निर्वाचन आयोगले तयार पारेको राजनीतिक दलसम्वन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक(०७३ को मस्यौदामा राष्ट्रिय झण्डा वा चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था छ । निर्वाचन आयोगको प्रस्ताव हुवहु पाए भएको भए नेकपा एमालेको सूर्य र राप्रपाको गाई चुनाव चिन्ह खोसिने थियो ।

हाल निर्वाचनसँग सम्बन्धी ५ ओटा विधेयकहरु समितिमा छन् । ती मध्ये मतदाता नामावली सम्बन्धी कानुन संशोधन र एकीककरण गर्न बनेको विधेयक, निर्वाचन आयोगका काम कर्तव्य अधिकार सम्बन्धी कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयक र राजनीतकि दल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पहिले नै समितिमा थिए ।

नेपालको बिमानस्थलसम्म भारतीय सेना बिमानमा राख्न प्रचण्ड सरकारको अनुमति

काठमाडौं ।
नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी 'एयरमार्सल' राख्ने बाटो खुलेको छ ।

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो । यो नियमावली भारतीय दबावमा पुष्पकमल दाहाल प्रचण्ड सरकारले गुपचुप पास गराएर लागु गराएको खुलासा भएको छ ।

नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ । नियमावली कार्यान्वयनमा आइसकेको खबर आजको नयाँ पत्रिकामा छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको बताएका छन् । ‘अहिले त्रिभुवन विमानस्थलमा रातमा रोकिने जेट एयरवेज नै हो,’ एक अधिकारीले भने, ‘तर, त्यहाँ चालक दलका सदस्यबाहेक अन्य व्यक्ति बाहिरिने गरेको पाइएको छैन ।’

नेपाल सरकारले अहिलेसम्म कुनै पनि वायुसेवालाई एयरमार्सल राख्न अनुमति नदिएको ती अधिकारीको दाबी छ ।

भारतीय विमान अपहरण काण्डपछि सेकेन्डरी सुरक्षा
भारतीय वायुसेवा कम्पनीहरूले नेपालबाट भारत उडान गर्ने यात्रुलाई अतिरिक्त चेकजाँचपछि मात्र वायुयानमा छिर्न दिन्छन् । विमानस्थल सुरक्षाको जाँच प्रक्रिया पूरा गरी जहाज चढ्नेवेला यात्रुको शरीर तथा ह्यान्डब्याग खानतलासी भने हुँदै आएको विमानस्थल स्रोतको भनाइ छ ।

२४ डिसेम्बर १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको जहाज अपहरणमा परेपछि विमानस्थलमा सेकेन्डरी सुरक्षा जाँच प्रारम्भ भएको विमानस्थल अधिकारीहरू बताउँछन् ।

भारतीय जहाजमा एयरमार्सल रहेको खुलासा
जेट एयरवेजलगायत कतिपय कम्पनीले इन्फ्लाइट सेक्युरिटी अफिसर राख्दै आएका थिए । तर, त्यो सार्वजनिक भएको थिएन । पुस पहिलो साता दिल्लीमा सम्पन्न नेपाल–भारतका अधिकारीहरूको नागरिक उड्डयनसम्बन्धी वार्तामा भारतले जेट एयरवेजमा आउने इनफ्लाइट सेक्युरिटी अफिसरलाई रातको समयमा होटेलमा बस्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

त्यसवेलादेखि नै भारतीय जहाजमा एयरमार्सल आउने गरेको पुष्टि भएको थियो । पर्यटन मन्त्रालयको उच्च स्रोतका अनुसार अहिले पनि जेट एयरवेजको कतिपय उडानमा इन्फ्लाइट सेक्युरिटी अफिसर आउँछन् । उनीहरूले आफ्ना हतियार विमानस्थलस्थित सुरक्षा निकायमा बुझाएर अध्यागमन प्रक्रिया पूरा गरी होटेलमा गएर बस्ने गरेका छन् ।

नेपालले पनि राख्न पाउँछ एयरमार्सल
पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार आफ्नो जहाज र यात्रुको सुरक्षाप्रति जोखिम महसुस गरेको अवस्थामा नेपालले पनि इन्फ्लाइट सेक्युरिटी अफिसर राख्न पाउँछ ।

‘यसका लागि सम्बन्धित मुलुकको नागरिक उड्डयनसम्बन्धी ऐन–कानुन भने पालना गर्नुपर्छ,’ विकास समितिले बिहीबार गरेको बैठकमा आचार्यले भने, ‘यसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन 'आइकाओ'ले पनि स्वीकृति दिएको छ ।’ उनका अनुसार एयरमार्सल विमानभित्रै रहनुपर्छ । उनीहरू सादा पोसाकमा हुन्छन् ।

‘संविधान घोषणा नगर्न अख्तियारको डर, राष्ट्रपतिको असहयोग र तराई केन्द्रित दलको बोलि फेरिएपछि’

सुवासचन्द्र नेम्वाङ-

पहिलो संविधानसभाको एउटा प्रसंग भूल्न हुँदैन । शान्ति प्रक्रियाको महत्वपूर्ण काम लडाकू र हतियार व्यवस्थापनपछि संविधान निर्माण प्रक्रिया तत्कालका लागि अगाडि बढ्यो । त्यसअघि नै २०६८ मंसिर ९ गते सर्वोच्च अदालतले पनि जेठ १४ गतेको समयावधिमा संविधान जारी गर्न बाध्यकारी आदेश दिएको थियो ।

अन्तिमपटक भनेर थप गरिएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ भित्रमा संविधान जारी गर्नुको विकल्प थिएन । यो कुरा मैले दलहरुलाई औपचारिक बैठकमै पटकपटक भनेको थिएँ । दलहरु पनि त्यसमा सहमत थिए । संविधान निर्माणको प्रक्रिया अगाडि बढ्यो । २०६९ जेठ २ मा दलहरुका बीचमा सहमति भयो । संविधानका अन्तरवस्तुमा अब विवाद रहेन । त्यो सहमति साँच्चिकै ऐतिहासिक थियो । राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीजस्ता मुख्य विवादित विषयमा दलहरु एकै ठाउँ आइपुगे ।

संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकले जेठ २ को राजनीतिक सहमतिलाई ग्रहण गर्‍यो । दलका नेताहरुले खुसी व्यक्त गर्दै शुभकामना र बधाईसमेत साटासाट गरेका थिए । प्रमुख दलका शीर्ष नेताहरुले संविधानसभा अध्यक्षलगायत संविधानसभा सचिवालयलाई संविधान निर्माणमा खेलेको भूमिकाका लागि धन्यवादसमेत दिए । खुसीको त्यस अवसरमा दलहरु आफूहरुबीच सहमति नहुँदा त सामान्य प्रस्तावसमेत तयार गर्न नसकिने रहेछ भनी निर्णय नै लेखेर अब सहमतिका साथ मिलेर अगाडि बढ्ने निष्कर्षमा पुगे ।

हातको चरा फुस्कँदा

दलहरुबीचको त्यो सहमति धेरै समय टिक्न सकेन । विवाद समाधान उपसमितिले जेठ २ कै बैठकले सचिवालयलाई दलहरुबीचको सहमतिको बुँदालाई ध्यानमा राखेर संविधानको एकीकृत मस्यौदा तयार पार्न आग्रह गरेको थियो । त्यो मस्यौदा संवैधानिक समितिमार्फत संविधानसभामा पठाउन तय गरिएको थियो । सहमति अनुसारको मस्यौदा तयार पार्न कार्यदल बनाइएको थियो । कार्यदलले सचिवालयको सहयोगमा रातारात काम गरेर जेठ ३ गते साँझको विवाद समाधान उपसमितिको बैठकमा मस्यौदा प्रस्तुत गर्‍यो । सिङ्गो देश संविधान बन्ने खबरले खुसीयालीमा थियो ।

संविधानसभा र दलहरुको यो कार्यको उच्च प्रशंसा भयो । सञ्चारमाध्यम र सञ्चारकर्मीले दलहरुबीच एकता कायम गराउन सकारात्मक दबाब सिर्जना गरेका थिए । तर, यो खुसी धेरै दिन टिक्न सकेन । जेठ ४ गते बिहानदेखि नै सहमतिको भावनामाथि आघात पुग्ने गरी फरक धारणा आउन थाले । हामी सबैको प्रयासका बाबजुद सहमति टिकाउन सकिएन । विभिन्न कोण र स्वार्थबाट जेठ २ को सहमतिको विरोध भएको थियो । त्यो समझदारीलाई अहिलेका आन्दोलनकारी मधेसी दलका प्रतिनिधिसमेतले विवाद समाधान उपसमितिमा स्वागत गरेका थिए ।

मधेसकेन्दि्रत दलका तर्फबाट उपसमितिमा रहेका सदस्यले ‘सबै कुरामा हाम्रो चित्त बुझेको छैन तर समझदारीका आधारमा संविधान बनाए हुन्छ, हामी अवरोध गर्दैनौं भनेको मलाई सम्झना छ । जेठ ४ सम्म सबै ठीक थियो । त्यसपछि केही नेताहरुले चर्को ढङ्गले सहमतिको विरोधमा अभिव्यक्ति दिन थाले । विरोध गर्नेहरुले ‘हामीलाई उधारोले हुदैन, सयमा सय चाहिन्छ, त्यो पनि हाताहाती चाहिन्छ’ भन्न थाले ।

मैले आग्रह गरेको थिएँ- यो साह्रै ठूलो उपलब्धि हासिल भएको छ, यो समझदारीमा आधारित भएर संविधान बन्दा उपलब्धि उधारो होइन, नगदमै हुन्छ । मधेस मैत्री, जनजातिमैत्री, दलितमैत्री र समग्रमा जनतामैत्री संविधान बन्छ । प्रगतिशील र लोकतान्त्रिक संविधान बन्ने सुनिश्चित भएको छ । यी उपलब्धिहरुलाई ग्रहण गरौं । चित्त नबुझेका केही असन्तुष्टि हामीले बनाएको संविधानका आधारमा सङ्घर्ष गर्दै अगाडि बढौं भनी प्रस्ट शब्दमा भनेँ । यसो नगर्दा उपलब्धि गुम्छ भनेँ ।

औपचारिक र अनौपचारिकरुपमा मैले संविधान नबन्दा देश अँध्यारो सुरुङमा प्रवेश गर्न सक्छ, हातको चरा फुस्किएलासम्म भनेँ । तर, हाताहाती र नगदको कुरा गर्ने साथीहरु मान्न तयार हुनुभएन । स्वयम् जेठ २ को सहमतिका एक प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘तराई मधेस, जनजाति र पार्टीभित्रैका केही साथीहरुले मान्नुभएन, त्यसैले अहिलेका लागि यो समझदारी भत्कियो’ भन्नुभयो ।

उहाँको भनाइसँगै हातैमा आइसकेको सकारात्मक उपलब्धि गुम्न पुग्यो र ऐतिहासिक सहमति भत्कन पुग्यो । त्यसपछि पनि सहमतिका लागि निरन्तर प्रयास गरियो । २०६९ जेठ १४ गतेको छेउछाउ आइपुग्दा दलहरु पुनः सहमतिनजिक पुगेका थिए । बेलाबेलामा त्यो सहमति प्रयास सफल हुन खोजेको जस्तो हुन्थ्यो, कतिपय बेलामा भत्किन्थ्यो ।

अनि दोस्रो निर्वाचन यसरी भयो

संविधानसभाको दोस्रो निर्वाचन गर्ने कुरा सजिलो थिएन । यो सजिलोसँग भएको पनि होइन । कुनै विकल्प तयार नगरी संविधानसभा विघटन गरेर देशलाई पुनः एकपटक जनप्रतिनिधि संस्थाविहीनताको अवस्थामा त्यसै पुर्‍याइएको थिएन । संविधानको विषयमा सहमति जुटाएर छोटो समय सहमतिलाई संस्थागत गर्न संविधानसभा ब्युँताउने लगायतका विभिन्न विकल्पमा छलफल भए पनि दलहरुबीच सहमति भएन ।

प्रयासहरु निरन्तर जारी रहे । जनदबाब चर्को रह्यो । अन्ततः बाधा अडकाउ फुकाउ आदेश जारी गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर देश दोस्रो संविधानसभा निर्वाचनमा गयो । त्यस आदेशले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा विवादास्पद लोकमानसिंह कार्कीसमेतलाई जन्मायो, जुन कसरी भयो, अहिलेसम्म पनि दलहरु भन्न सकिरहेका छैनन् वा हिचकिचाइरहेका छन् ।

दोस्रोपटक संविधानसभा निर्वाचन हुनु र निर्वाचनका क्रममा जिम्मेवार दलहरुले पहिलो संविधानसभाको उपलब्धिलाई आत्मसात् गर्दै त्यसैका आधारमा एक वर्षभित्र संविधान बनाउने विश्वास जनतालाई दिलाउनु सुखद रह्यो । वास्तवमा दलहरुको यही प्रतिवद्धतामाथि टेकेर दोस्रो संविधानसभालाई अगाडि बढाएको र निष्कर्षमा पुग्न सकिएको यथार्थ अहिले मेरो स्मरणमा झलझली आउँछ ।

दोस्रो संविधानसभा गठन हुनासाथ अब कसरी अगाडि बढ्ने भन्ने विवाद रह्यो । संविधानसभा सार्वभौम जनताको प्रतिनिधि संस्था भएकाले यसले शून्यबाट काम सुरू गर्नुपर्छ भन्ने बलियो धारणा थियो । यसो गर्दा संविधान बन्दैनथ्यो । विगत संविधानसभाको प्रयास र उपलब्धिको स्वामित्व ग्रहण गरेर अगाडि बढ्नु नै बुद्धिमानी हुन्थ्यो । निर्वाचनताका दलहरुले जनतासँग गरेको प्रतिबद्धतालाई आधार बनाउदै अगाडि बढ्ने काम भयो ।

दोस्रो संविधानसभा सञ्चालनको नियमावली यही मान्यतामा आधारित भएर बनाइयो । स्वाभाविक रुपमा दोस्रो संविधानसभाको निर्वाचनमा प्रकट भएको जनादेशलाई समेत ध्यानमा राख्दै पहिलो संविधानसभासँग जोडेर हामी अगाडि बढ्यौं ।

पहिलो संविधानसभाका सहमतिलाई मस्यौदामा लैजाने र असहमतिलाई सहमतिको प्रक्रियामा प्रवेश गराउने प्रयास भयो । दोस्रो संविधानसभाले काम सुरु गरेको एक वर्ष अर्थात् २०७१ माघ ८ गतेभित्र संविधान बनाई सक्नुपर्ने थियोे । उक्त समय सीमाको नजिक पुग्दै गर्दा प्रमुख दलहरुका बीचमा भने असमझदारी र जटिलता बढ्दै थियो । यसै क्रममा मैले धेरै सोचविचार गरेर नै सिङ्गो मस्यौदा तयार गर्ने जिम्मा मलाई सुम्पन दलका नेताहरुसामु औपचारिक प्रस्तावसमेत राखेको थिएँ ।

दलहरुले निर्वाचनकै क्रममा निश्चित समयमा सहमति कायम गर्ने र सो नभएमा प्रक्रियामा गएर दुई तिहाइले एक वर्षभित्र संविधान बनाउने भनेका थिए । दलहरुका निर्वाचन घोषणापत्रमा यो उल्लेख छ । दोस्रो संविधानसभाले यसै अनुरुप नियमावली, कार्ययोजना बनाएको थियो । माघ ८ आउनुअगाडि पटक-पटक यो तथ्यतर्फ ध्यानाकर्षण गरिएको थियो । तर, प्रक्रिया अगाडि बढाउन खोज्दा २०७१ माघ ५ मा कुर्सी तोडफोड, सभासदविरुद्ध माइक प्रहार र अध्यक्षको आसनतिर प्रहारको प्रयाससम्मका दुःखद कार्य भए ।

यो अवधिमा संविधानसभाको संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीले खुर्सानीको धूलोसमेत फेला पारे । माघ ५ को घटनालाई लिएर सचिवालयले छानबिन गरे पनि संविधान निर्माणको प्राथमिकता र संवेदनशीलतालाई ध्यानमा राखेर दण्डित गर्ने कार्य भने भएन । यस अवधिमा केही दलले केही समयका लागि प्रक्रिया नै बहिष्कार गर्न पुगेका थिए । एउटा चरणमा पुगेर नेपाल सद्भावना पार्टीका सबैजसो सभासद्ले संविधानसभाबाट राजीनामा गरेका थिए । त्यसलाई मैले अस्वीकार गरेको थिएँ ।

जेठ २ को पुनरावृत्ति

संविधान निर्माण सफलतापूर्वक अन्तिम निष्कर्षतिर पुगिरहदा ‘माघ ८’ को सीमा कटिसकेको थियो । अब सामुन्ने आइरहेको भदौ मसान्तभित्र संविधान बन्न अप्ठ्यारो हुन्छ भन्ने मलाई लाग्न थालेको थियो । केही साथीहरु सबैबीच सहमतिको कुरा गरिरहेका थिए र पहिलो संविधानसभाको ‘जेठ २’ मा भएको सहमतिको सेरोफेरोमा संविधान बनाउन भनिरहेका थिए ।

‘जेठ २’ को सहमति भत्काउन जिम्मेवार साथीहरु अहिले भने त्यही समझदारी चाहिरहेका थिए र नयाँ जनादेश लिएर आएका साथीहरु अब त्यसमा सहमति नहुने कुरा गरिरहेका थिए । यही विवादको बीचमा समग्रमा नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन एकीकृत नेकपा माओवादी (हालको माओवादी केन्द्र)लगायत धेरै दलहरु अब अलिकति पनि ढिलाइ गर्न नहुने र संविधानसम्बन्धी बाँकी असन्तुष्टिलाई रुपान्तरित संसदले सम्बोधन गर्ने निष्कर्षमा पुगेका थिए । यस पृष्ठभूमिमा सबै दलले जनतासमक्ष गरेको प्रतिवद्धता र समयमा संविधान बनाउन जनताले दिएको जनादेशमा उभिएर अन्ततः संविधान बन्यो ।

कहिलेकाँही देशको जीवनमा घटित हुने दुःखद घटनाले कुनै प्रसङ्गमा भने सुखद भूमिका खेलेको पाइन्छ । देशलाई अस्तव्यस्त र स्तब्ध बनाउने महाभूकम्प संविधान निर्माणको हकमा यस्तै प्रमाणित भयो । महाभूकम्पपश्चात् सर्वदलीय बैठकको आयोजना गर्दै तत्काल उद्धार र राहतको आह्वान गर्दै मैले यो दुःखद अवसरलाई सदुपयोग गर्दै एक भएर संविधान निर्माण गरी दुखेको घाउमा मल्हम लगाउन आग्रह गरेँ । महाभूकम्पपश्चात तिक्ततामा रहेका सबै दल र सिङ्गो समाज एक भयो र देश निष्कर्षतर्फ उन्मूख भयो ।

अनि धकेल्नेहरु देखिए

संविधान निर्माणको अन्तिम समयसम्म पनि संविधान बन्ने/नबन्नेबारेमा आशङ्का भने थियो । किनभने, संविधान बन्न नदिने प्रयास अन्तिम समयसम्म पनि कायम नै थियो । अन्तिम उद्देश्य के थियो ? थाहा छैन । तर, केही साथीहरु संविधान बनाउने समयसीमा पर धकेल्न प्रयासरत थिए । यसका लागि सबै कुराको प्रयोग हुन्छ भनेर धम्क्याउने गर्थे । किन र कसरी ? थाहा छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मको पनि प्रयोग हुन्छ भनेका थिए । केही सम्मानित संस्थाहरुको पनि हामीलाई सहयोग रहन्छ भनेका थिए ।

तत्कालीन सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू सहमतिका लागि प्रयास गरां र त्यसका लागि समय लिउँ भन्नुहुन्थ्यो । म समेत सहभागी एक सार्वजनिक कार्यक्रममा उहाँले नै आफू संविधान घोषणालाई ढिलाइ गर्ने पक्षमा रहेको बताउनुभएको थियो । उहाँले पटक-पटकको मसँगको भेटघाटमा संविधानसभाको चार वर्षको कार्यकाल रहेको, छिमेकी भारतमा दुई वर्ष छलफल भएको बताउँदै असन्तुष्टिहरुलाई सम्बोधन नगरी संविधान जारी गर्न नहुने भन्नुभएको सम्झना छ ।

मैले उहाँलाई दुई वर्ष होइन, हामीले त पहिलो संविधानसभाको चार वर्ष र दोस्रोको एक वर्ष आठ महिना गरी पाँच वर्ष आठ महिना छलफलमा व्यतित गरिसकेको बताएको थिएँ । संविधान जारी गर्ने ‘असोज ३ गते ५ बजे’को लिखित निमन्त्रणा लिएर राष्ट्रपतिलाई भेट्न जाँदा उहाँले ‘देशको स्थिति के छ ? प्रधानमन्त्रीसँग बुझेर मात्र जवाफ दिन्छु’ भन्नुभएको थियो । ‘हामी उक्त दिन र समयमा पर्खिएर बस्छौं’ भन्ने आग्रह गर्दै शीतलनिवासबाट फर्किएको मलाई सम्झना छ । यही पृष्ठभूमिमा संविधानसभाले ०७२ असोज ३ गते संविधान जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

उल्लिखित पृष्ठभूमिमा पहिलोपटक नेपालको इतिहासमा जनताले जनताका लागि संविधानसभाबाट संविधान निर्माण गरी जारी गरेका हुन् ।
निरङ्कुशताविरोधी आन्दोलन गर्ने राजनीतिक दलहरु एक ठाउँमा उभिदा हामीले सफलतापूर्वक संविधान निर्माण गर्‍यौं र जारी गर्‍यौं ।

संविधान जारी भएकामा सबैलाई बधाइ दिँदै असोज ३ गते संविधानसभाको अध्यक्षकै कुर्सीबाट मैले भनेको थिएँ- आजैबाट संविधान कार्यान्वयनको चुनौती सुरु भएको छ । संविधानले अधिकार दिन्छ, कर्तव्य तोक्छ र राज्य सञ्चालनको व्यवस्था गर्छ । सबै गर्छ तर बुद्धि, विवेक र क्षमता बाँड्न भने सक्दैन । त्यो बुद्धि, विवेक र क्षमता देखाउँदै एकजुट हुँदै हामीले संविधान कार्यान्वयन गर्नुपर्छ । अर्को विकल्प छैन ।
संसद् पुनःस्थापनाको आन्दोलनदेखि संविधान जारी गर्दासम्म र अहिले कार्यान्वयनको यो अप्ठ्यारोसम्म पत्रकार, सञ्चारमाध्यम र संसदीय मामिला पत्रकार समाजसमेत सम्बन्धित सबैले निरन्तर भूमिका खेल्नुभएको छ, सहयोग पुर्‍याउनुभएको छ । आउने दिनमा पनि यस्तै भूमिका रहनेछ भन्ने अपेक्षा गरेको छु ।

(आइतवार विमोचन भएको संसदीय मामिला पत्रकार समाजद्धारा प्रकाशित संसदीय पत्रकारिता नामक जर्नलमा प्रकाशित नेम्वाङको संस्मरण)/onlinekhabar

शहरको अर्गानिक प्रेम कथा चलचित्र ‘लभ सासा’ फेब्रुवरी ५ टोकियोमा प्रदर्शन

जापान ।
दुई मूख्य शहर काठमाडौं र पोखराको जिवन र प्रेम कथाको चलचित्र लभ सासा आउँदो फेब्रुवरी ५ तारिखमा जापानमा प्रदर्शन हुने भएको छ ।

जापानमा सफल नेपाली चलचित्र प्रदर्शन गर्दै आएको टोकियो ड्रिम्स इन्टरनेनिमेन्टले लभ सासालाई टोकियोमा प्रदर्शन गर्न लागेको हो ।

प्रेम दिवसको पूर्व सन्ध्या पारेर आयोजकले प्रेम चलचित्र लभ सासा प्रदर्शन सँगै प्रेम जोडीलाई विशेष अफर समेत राखेको छ ।

आयोजकले दिएको जानकारी अनुसार मेगुरो कुमिन सेन्टरमा फेब्रुवरी ५ आइतबार साँझ ५:३० बजेबाट प्रदर्शन हुने चलचित्रको टिकट मुल्य २५ सय रहेको छ ।

तर जोडिमा चलचित्र हेर्न चाहनेको लागि भने मात्र ४ हजार येनमा दुई टिकट उपलब्ध गराइने बताइएको छ ।

चोटिला र सटिक संवाद सँगै प्रेम भित्र गरिने रियल संवाद र वानि व्यवहारलाई जस्ताको तस्तै उतारिएको बताइन्छ ।

चलचित्रमा लोकप्रिय नायिका केकी अधिकारी सँगै कर्म शाक्य, ऋचा शर्मा, असिफ शार्ह लगायत कलाकारको मूख्य भुमिका रहेको छ ।

माधव वाग्लेको निर्माणमा बनेको चलचित्र लभ सासालाई युवा निर्देशक प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् ।

६९ जनाको जनसम्पर्क समिति जापानको सभापतीमा डन्डपाणी कँडेल, उपसभापति मात्रै १० जना

टोकियो ।
पूर्व सहमती अनुसार आलोपालो सभापती प्रक्रिया अनुसार सभापती बनेका जनसम्पर्क समिति जापानका सभापति डन्डपाणी डिपि कँडेल एकता भेलाबाट एक बर्षका लागि सभापति चयन भएका छन् ।

निर्वाचन प्रक्रिया र सदस्यता विषयमा चर्को विवाद भएपछि नेतृत्व नै दुईवटा बनेको नेपाली काँग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति जापान नेता रामचन्द्र पौडेलले भ्रमणका क्रममा सहमती गराएपछि प्रक्रियामा आएको हो ।

प्रक्रिया अनुसार हिजो शनिवार भएका एकता सहितको विशेष भेलाबाट तत्कालको लागि कँडेल एक बर्ष सभापतिमा रहने र त्यसपछि रोशन केसी सभापति बन्ने सहमति भएको छ ।

सहमति अनुसार सभापतिमा कँडेल र उपसभापतिमा १० जना मनोनित गरिएको छ ।

श्रोत अनुसार सभापति कँडेल र केसी पक्षका बराबर भागवण्डा गरेर कार्यसमिति बनाउँदा एउटै पदमा करिव एक दर्जन व्यक्ति नियुक्त भएका छन् । यसैगरि  महामन्त्री दुई जना बनाइएको छ भने  सह महामन्त्री समेत ६ जना राखिएको छ ।

भागवण्डाकै आधारमा कोषाध्यक्षमा समेत दुई जना राखिएको छ जसमा सह कोषाध्यक्ष समेत दुवै प्यानलका एकएकजना राखिएको छ ।

प्रवक्तामा सुरेश गिरी चयन हुँदा सदस्य ४५ जना राखिएको छ ।

यस्तो छ सभापती कँडेलद्धारा जारि विज्ञप्ति

नेपाली जनसम्पर्क समिति, जापानद्वारा जारी गरिएको

प्रेस विज्ञप्ती

नेपाली जनसम्पर्क समिति जापानको एकता सहितको सहमतीय विशेष भेला बाट यस अघि भएको सहमती अनुसार प्रस्तुत गरिएको प्रस्ताव सर्वसम्मत पास गरी केन्द्रीय प्रतिनिधिको रोहवरमा डि.पी. कडेलको एक बर्षको कार्यकाल र दोश्रो कार्यकाल रोशन केसीको रहने गरी जम्मा ६९ सदस्यीय कमिटि गठन भएको छ । तदअनुरुप निम्न पदमा निम्न ब्याक्तित्व रहनेगरी गठन भएको जानकारी गराउँदछौं ।

विगतमा नेपाली काग्रेसका बरिष्ठ नेता श्री रामचन्द्र पौडेल र युवा नेता सभासद श्री राजन केसीको रोहवरमा भएको सहमती र त्यस पछि नेपाली काँग्रेस केन्द्रबाट प्राप्त निर्देशन र हाल केन्द्रीय प्रतिनिधि एवं केन्द्रिय सदस्य श्री सुरेन्द्रराज पाण्डे ज्यूको उपस्थितिमा नेपाली जनसम्पर्क समिति जापानले पूर्णता पाएको छ । नेपाली जन सम्पर्क समिति जापानको एकता सम्पूर्ण विदेशमा रहेका जनसम्पर्क समितिका लागि उदाहरणिय बनेको छ । यस किसिमको एकबद्धताले आम नेपाली काँग्रेसका लागि उर्जा बन्नेछ । नेपाली काग्रेसको संगठनमा भरमजदुर योगदान पु¥याउने प्रतिबद्धता जाहेर गर्दै अव हुने स्थानिय निकायको निर्वाचनमा प्रत्यक्ष अ–प्रत्यक्ष रुपमा जनसम्पर्क समिति जापानले आफूलाई प्रस्तुत गरी लोकतन्त्रको विकासमा प्रतिबद्ध रहने जानकारी गराउदछौं ।

कार्य समितिको नामावली ः–

सभापति
१ डन्डपानी कँडेल (डी.पी)
उप सभापती
१ राजेन्द्र प्रसाद जमरकट्टेल
२ बद्रीनाथ पौडेल
३ पुस्कर जंग थापा,
४ पेम्वा लामा,
५ सुजन जोशी,
६ बिष्णु अर्याल,
७ साधना घिमिरे,
८ नवराज थापा
९ पिताम्बर चापागाई (पदमपानी)
१० रामकृष्ण बम मल्ल
महामन्त्री
१ रामजंग कार्की
२ रेशम कुमार डंगोल
सह–महामन्त्री
१ प्रेम प्रसाद कँडेल
२ हरि प्रसाद कँडेल
३ ध्रुब कुमार थापा
४ युवराज अधिकारी
५ टिकाराम खरेल
६ पोषकान्त न्यौपाने
कोषाध्यक्ष
१ बाबुराम सापकोटा
२ सावित्री लामा
सह–कोषाध्यक्ष
१ बासुदेब बस्ताकोटी
२ दिपक बुर्जा मगर

प्रवक्ता
१ सुरेश गिरी
सदस्य
१ राजन कुमार गिरी
२ कृपन दाहाल
३ भिमलाल गैरे
४ अशोक शर्मा (गोपाल)
५ लक्ष्मण थापा
६ लक्ष्मण बानिया
७ उल्लाश पाण्डे
८ जीवन खड्का
९ कृष्ण गैरे
१० सुजन खड्का
११ सुशिल पौडेल
१२ राम बहादुर कार्की
१३ नविन सागर सापकोटा
१४ ध्रुव बस्नेत
१५ कमल आचार्य
१६ राजु पनेरु
१७ जिवन आचार्य
१८ नृप बुढा
१९ दिपक भुसाल
२० उमानन्द आचार्य
२१ लक्ष्मण गुरागाई
२२ किरण उप्रेती
२३ चिरन पाठक
२४ अरुण खड्का
२५ विपिन घिमिरे
२६ राम बास्तोला
२७ रवि गिरी
२८ तेजेन्द्र जि.सी. (वकिल)
२९ शिशिर ज्ञवाली
३० जितेन्द्र के.सी.
३१ डम्मर पुन
३२ भुमिराज दवाडी
३३ गुणराज सापकोटा
३४ सुरेश सापकोटा
३५ गीता देवी कँडेल
३६ सुष्मा वाइवा
३७ मिनराशी गुरुङ
३८ मेख बहादुर लामा (तामाङ्ग)
३९ बिजय भट्टचन
४० टेक बहादुर नेपाली
४१ राजविन थापा
४२ लिल गुरुङ्ग
४३ शरद लामिछाने
४४ डिल्लीराम शिवाकोटी
४५ ल्हाक्पा गेलु शेर्पा

डन्डपानी कँडेल (डी.पी.)
सभापती
नेपाली जनसम्पर्क समिति, जापान
मिति २२ जनवरी २०१७

खानेपानीको महसुल नतिर्नेले मेलम्चीको पानी खान नपाउने

काठमाडौं ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।

लिमिटेडको दुई अर्ब १२ करोड महसुल उठ्न बाँकी रहेको जनाएको छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले यस्तो तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २१ गते निवास बालुवाटारमा खानेपानीसँग सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर उपत्यकामा पानीको चुहावट ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न र बाँकी बक््र्याैता तत्काल उठाउन निर्देशन दिनुभएको थियो ।

१० महिनाभित्र कार्यतालिका सहित तीनवटै चुनाव हुनुपर्छ : एमाले अध्यक्ष ओली

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको १० महिनाभित्र कार्यतालिका सहित तीन वटै तहको निर्वाचन गर्नेगरी मिति घोषणा हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले भक्तपुरले दुधपाटीमा आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले अर्को वर्ष मंसिरको दोस्रो हप्ताभित्र प्रतिनिधिसभाको चुनाव गर्ने गरी कार्यतालिका जारी गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका सहितको मिति घोषणा गर्न नसक्ने हो भने माओवादी केन्द्र र काँग्रेससहितको गठबन्धन सरकार सत्तामा बसिरहन नमिल्ने उल्लेख गर्नुभयो ।

Announce poll date pronto: UML Chair Oli to govt

CPN (UML) Chairman KP Sharma Oli has urged the government to immediately announce the date for all three levels of elections.

Speaking at a programme in Bhaktapur today, chairman Oli said it is not relevant to stick to power if the government fails to announce the poll date. The UML chairman also claimed that the constitution amendment is a ploy to weaken nationality, unity and integrity.

Agreement if amendment bill is put on hold: Gyawali

CPN (UML) Secretary Pradeep Gyawali today said political agreement can be reached by putting amendment proposal on hold.

At a press conference held by Press Chautari, Myagdi in Beni, leader Gyawali said the knot of political impasse will be unraveled if the government shows commitment to put on hold the constitution amendment proposal registered at the Legislature – Parliament.

Gyawali said UML will launch a Mechi – Mahakali campaign for national and social unity if efforts are made to disintegrate the country and disrupt social harmony under the pretext of constitution's amendment.

महन्थ ठाकुरले सम्धिनीलाई सांसद बनाएर नपुगेर सम्धीलाई महामन्त्री बनाए

काठमाडौं ।
तराईका जनताको शिक्षा, स्वास्थ्य, विकास भन्दा मुद्दाको नारा उठाएर राजनीति गर्दै आएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नै सम्धीलाई पार्टीको महामन्त्री बनाएका छन् ।

यसअघि आफ्नै सम्धिनी इन्दिरा झा लाई सांसद बनाउँदा चर्को आलोचना खेपेपनि त्यसको पर्वाह नगरि ठाकुरले पार्टीको महामन्त्रीमा सम्धिलाई नियुक्त गरेका हुन् ।

ठाकुरकी एक मात्र छोरी डा। मिनाक्षी झाको विवाह उमाकान्त झा र इन्दिरा झाको छोरासँग केही बर्ष अघिमात्र भएको थियो ।

तराई केन्द्रित राजनीति गर्दै आएका ठाकुरले पार्टीमा परिवार, आफन्त र नातागोता मात्र मुख्य पदमा राख्न थालेपछि उनको पार्टीका कार्यकर्ताहरुले भने धमाधम पार्टी छाडिरहेका छन् ।

जिल्लाको सहमती बिपरित आएको पुनर्सरचना विरोध प्रदर्शन नुवाकोटमा उग्र बन्दै

त्रिशुली ।
जिल्लामा भएको सहमती र सिफारिस बिपरित आएको स्थानीय निकाय पुनर्सरचनाको विरोधमा रहेका नुवाकोटको पुर्वि भेगका स्थानीयवासी र प्रहरी विच झडप भएको छ ।

विरोध प्रदर्शनका क्रममा सदरमुकाम विदुरस्थित जिल्ला विकास समिति कार्यालय पुगेका पुर्वि भेगका स्थानीय र प्रहरी विचको झडपमा एक दर्जनभन्दा बढि आन्दोलनकारी र आधा दर्जन बढि प्रहरी घाईते भएका छन् ।

जिल्ला तहवाट गएको सिफारिस विपरित स्थानीय तह पुनर्सरचना आयोगले नयाँ ढंगले गाविस समायोजन र सिमा निर्धारण गरेको भन्दै स्थानीय बासी आन्दोलनमा उत्रिएका हुन् ।

आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा उनीहरुले पाँच दिन अघि देखि चरणवद्ध आन्दोलन गर्दै आएका हुन् ।

स्थानीय तह पुनसंरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा यहाँका स्थानीयले जिल्लावाट काठमाण्डौं प्रवेशको छोटो मार्ग गंगटे–छहरे–टोखा सडक खण्डमा अवरोध गर्दै आएका हुन् ।

नुवाकोटमा भएको घटनामा संयमता अपनाउन मन्त्री केसीको आग्रह

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनको विषयलाई लिएर नुवाकोटमा भएको घटनामा सबैलाई पूर्ण संयम र धैर्यता अपनाउन आग्रह गर्नुभएको छ ।

मन्त्री केसीले हिजै एक विज्ञप्तिमार्फत उहाँको गृह जिल्लामा सरकारी कार्यालयमा भएको तोडफाड, सवारी साधनमा भएको आगजनी र प्रहरीसँगको झडपमा परी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले जिल्लास्थित सबै राजनीतिक दलहरूको सहमतिलाई लत्याएर सीमित व्यक्तिहरूको स्वार्थमा पुनःसंरचनाको विरोधमा हँुदै आएको जनसङ्घर्ष र हडताल आज अप्रिय घटनामा परिणत भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री केसीले आफूले उक्त विषय समाधानका लागि पटकपटक मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री र सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्रीसँग कुरा गरेको जानकारी गराउँदै आजै प्रमुख दलहरूको बैठक आयोजना गरी प्रक्रियागत ढङ्गबाट समाधान गर्न प्रधानमन्त्रीले विश्वास दिलाउनु भएको उल्लेख गर्नुभएको छ ।

उहाँले स्थानीय प्रशासन, सबै दल, प्रहरी, स्थानीयलाई धैर्यता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा समस्याको सामाधान खोज्न आग्रह गर्नुभएको छ ।

अब चुरोट सुर्ती बेच्न छुट्टै पसल खोल्नुपर्ने

काठमाडौं ।
सरकारले धम्रपान तथा सुर्ती सेवन नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था लागु गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णयनुसार सुर्तीजन्य पदार्थको विक्रिका लाागि सरकारबाट अनिवार्य स्वीकृति लिनुपर्ने र छुट्टै पसल संचालन गर्नुपर्ने प्रावधान ल्याएको छ ।

सुर्तीजन्य पदार्थको कारोबार गर्न दर्ता गरी इजाजतपत्र लिन आगामी फागुन मसान्तभित्र समयसीमा तोकिएको छ ।

तोकिएको म्यादभित्र दर्ता नगरी तथा इजाजतपत्र नलिई आउँदो चैत १ गतेदेखि सुर्तीजन्य पदार्थको कारोबार गरेको पाइएमा उक्त ऐनबमोजिम कारबाही गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पोखरामा अन्तराष्ट्रिय म्याराथन हुने

पोखरा ।
भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः ६० हजार, ४० हजार र २५ हजार र चार हजार रुपैयाँ पाउने छन् ।

सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ब्ह्लिचेयर प्रतियोगिता पनि आयोजना गरिनेछ ।

पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिनु भयो ।

पोखरामा रंगशालामा जारी १५ औं आहा रारा गोल्डकपमा संकटा क्ल्व क्वाटरफाइलनमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा संकटाले नेपाल पुलीसलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web