जिल्लाको सहमती बिपरित आएको पुनर्सरचना विरोध प्रदर्शन नुवाकोटमा उग्र बन्दै

माघ ८, २०७३ मा प्रकाशित | 1376 views

त्रिशुली ।
जिल्लामा भएको सहमती र सिफारिस बिपरित आएको स्थानीय निकाय पुनर्सरचनाको विरोधमा रहेका नुवाकोटको पुर्वि भेगका स्थानीयवासी र प्रहरी विच झडप भएको छ ।

विरोध प्रदर्शनका क्रममा सदरमुकाम विदुरस्थित जिल्ला विकास समिति कार्यालय पुगेका पुर्वि भेगका स्थानीय र प्रहरी विचको झडपमा एक दर्जनभन्दा बढि आन्दोलनकारी र आधा दर्जन बढि प्रहरी घाईते भएका छन् ।

जिल्ला तहवाट गएको सिफारिस विपरित स्थानीय तह पुनर्सरचना आयोगले नयाँ ढंगले गाविस समायोजन र सिमा निर्धारण गरेको भन्दै स्थानीय बासी आन्दोलनमा उत्रिएका हुन् ।

आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा उनीहरुले पाँच दिन अघि देखि चरणवद्ध आन्दोलन गर्दै आएका हुन् ।

स्थानीय तह पुनसंरचना आयोगले जिल्लाबाट प्रस्तावित लिखु गाउँपालिका हटाएको विरोधमा यहाँका स्थानीयले जिल्लावाट काठमाण्डौं प्रवेशको छोटो मार्ग गंगटे–छहरे–टोखा सडक खण्डमा अवरोध गर्दै आएका हुन् ।

नुवाकोटमा भएको घटनामा संयमता अपनाउन मन्त्री केसीको आग्रह

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनको विषयलाई लिएर नुवाकोटमा भएको घटनामा सबैलाई पूर्ण संयम र धैर्यता अपनाउन आग्रह गर्नुभएको छ ।

मन्त्री केसीले हिजै एक विज्ञप्तिमार्फत उहाँको गृह जिल्लामा सरकारी कार्यालयमा भएको तोडफाड, सवारी साधनमा भएको आगजनी र प्रहरीसँगको झडपमा परी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले जिल्लास्थित सबै राजनीतिक दलहरूको सहमतिलाई लत्याएर सीमित व्यक्तिहरूको स्वार्थमा पुनःसंरचनाको विरोधमा हँुदै आएको जनसङ्घर्ष र हडताल आज अप्रिय घटनामा परिणत भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री केसीले आफूले उक्त विषय समाधानका लागि पटकपटक मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्री र सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्रीसँग कुरा गरेको जानकारी गराउँदै आजै प्रमुख दलहरूको बैठक आयोजना गरी प्रक्रियागत ढङ्गबाट समाधान गर्न प्रधानमन्त्रीले विश्वास दिलाउनु भएको उल्लेख गर्नुभएको छ ।

उहाँले स्थानीय प्रशासन, सबै दल, प्रहरी, स्थानीयलाई धैर्यता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक विधि र प्रक्रियाद्वारा समस्याको सामाधान खोज्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web