काठमाडौं ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महसुल नतिर्ने ग्राहकलाई मेलम्चीको पानी वितरण नगरिने भएको छ ।

लिमिटेडको दुई अर्ब १२ करोड महसुल उठ्न बाँकी रहेको जनाएको छ । महसुल नतिरेका ग्राहकलाई व्यक्तिगत रुपमा पत्र लेखी छिटो महसुल तिर्न सूचित गरिएको लिमिटेडका महाप्रबन्धक डा महेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

विसं २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा आउने भएपछि लिमिटेडले यस्तो तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २१ गते निवास बालुवाटारमा खानेपानीसँग सम्बन्धित सरकारी निकायका अधिकारीलाई बोलाएर उपत्यकामा पानीको चुहावट ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न र बाँकी बक््र्याैता तत्काल उठाउन निर्देशन दिनुभएको थियो ।

23.14¡ÆC