काठमाडौं,माघ ११ । वुमन्स वल्र्ड भलिबल च्याम्पियनसिप अन्तर्गत एसियन सेन्ट्रल जोनको छनोट चरणको खेलमा सहभागिता नेपाली महिला भलिबल टोली बुधबार माल्दिभ्स जाने भएको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीको आयोजनामा नेपाली महिला भलिबल टोलीले खेल्न लागेको यो पहिलो अफिसियल प्रतियोगिता हो ।

यसअघि नेपालको पुरुष टोलीले दुई पटक एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । शुक्रबारबाट माल्दिभ्समा हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले मंगलबार बिदाइ गरे ।

नेपाली टोलीमा १२ औं साग खेलेकै खेलाडी सहभागी छन् । छोटो समयमा तयारी गर्नुपर्दा पुरानै खेलाडीलाई सहभागी गराइएको नेपाल भलिबल संघले जनाएको छ । लिफ्टर विनिता बुढाथोकीको कप्तानीमा रहेको नेपाली टोलीमा सरस्वती चौधरी,प्रतिभा माली, नेविका चौधरी र उप कप्तान मञ्जु गुरुङले ओपन स्पाइकरको भूमिका निभाउने छन् ।

त्यस्तै रेश्मा भण्डारी र अरुणा शाहीले ब्याक स्पाइक तथा कोपिला उप्रेती, उषाकुमारी विष्ट, र मनिषा चौधरीले क्विइक स्पाईकको भुमिका निभाउदै छन् । टोलीमा दोश्रो सेटरको रुपमा कृपा अधिकारी र लिवे्ररोमा कमला पुन रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा सुदेशकुमार रिमाल छन् भने सहायक प्रशिक्षकमा सलिना श्रेष्ठ र टिम व्यवस्थापकमा जुनु पुन मगर रहेकी छिन् ।

नेपाली टोलीमा संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष उपेन्द्र यादव, सदस्य ज्योति केसी, पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष छयामबहादुर थापा र इन्टरनेशनल रेफ्री क्यान्डिडेट कुलबहादुर राना पनि माल्दिभ्स जानेछन् ।

एसियन सेन्ट्रल जोन छनोट प्रतियोगितामा ३ टोलीको सहभागिता रहनेछ । नेपालसहित आयोजक माल्दिभ्स र इरानले पहिलो चरणको छनोट खेल खेल्ने छन् । नेपाल दुई साताको प्रशिक्षणपछि विश्व च्याम्पियनसिपको छनोट खेल्न लागेको हो ।

टोकियो ।
कार्यकर्ताबिच चर्को असन्तुष्टि रहेपनि आलोपालो सभापती बाँडफाँड सहित १० जनाको उपसभापति नियुक्ती र ६९ जनाको जम्बो नेतृत्व बनाएको जनसम्पर्क समिति जापान बिरुद्ध युवा नेताहरु बिरोधमा उत्रिएका छन् ।

नेपाली कांग्रेस समर्थित प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको नेतृत्व बिरुद्ध उत्रिएका युवाहरुले बिधान बिपरित कार्यसमिति चयन भएको आरोप लगाएका छन् ।

एकता भेला भनिएको नेतृत्व घोषणाका लागि जापान आएका कांग्रेस नेता सुरेन्द्र पाण्डे युवा बिरोधी भएको उनिहरुले आरोप लगाएका छन् ।

बिरोध स्वरुप उनिहरुले पाण्डेलाई नै बिरोध पत्र बुझाएका छन् । युवा नेता कुशल धितालको नेतृत्वमा गएका युवाहरुको टोलिले नेता सुरेन्द्र राज पाण्डेलाई बिरोध पत्र बुझाएका छन् ।

कार्यसमिति चयन बिधान सहित अन्य विषयमा सोध्दा पाण्डेले कुनै जवाफ नदिएको भन्दै उनिहरुले बिबाद समाधान गर्ने बाहानामा लोकतन्त्र, बिधी र बिधानको खिल्ली उडाउदै गुट उपगुट सिर्जना गरेको आरोप लगाएका छन् ।

पालैपालो दुई गुटले बाँडेर खानेगरि नेतृत्व बाँडफाँड गरेको ६९ जनाको जम्बो नेतृत्व बनाएर लजास्पद अवस्था सृजना गरेको बताएका छन् ।

जापानका नेपाली जनसम्पर्क समितिका युवाहरुले बुँदागत रुपमा आपत्ति उठाउदै जापानमै रहनु भएका नेता पाण्डे लाई किन र कसरी भयो बिधान् बिपरित् कार्यसमिति चयन् कुन बिधान् को आधार मा बितरण् गर्नु भो ७० जनलाई प्रमाण प्रत्र भन्न्दा पाण्डेले यस् कुरा मा आफु नबोने बाताए करिब् एक महिना अगाडि जापान आउँनु भएका नेपाली कांग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल र युवा नेता राजन के.सी. जापान आगमन सँगै युवा ले नियम सँगत ,बिधान अनुसार बिबाद समाधान गर्नुस् भन्ने आग्रहलाई लत्याउदै बिबाद समाधान गर्ने बाहानामा लोकतन्त्र, बिधी र बिधानको खिल्ली उडाउदै गुट उपगुट सिर्जना गरी नेपाली जनसम्पर्क समिती जापानमा गलत नजिर स्थापित गर्दै बिधानमा नै नभएको १-१ बर्ष कार्यकाल दुई गुटमा बाडीचुडि खाने गरि लजास्पद, र हास्यास्पद सम्झौता समझदारी गरी लोकतन्त्रका लागि जीवनभर लडेका बरिस्ठ नेता रामचन्द्र पौडेल र युवा नेता राजन के.सी को मानमर्दन गर्नु हो भने अलोकतान्त्रिक काम भएको जापानका युवाहरुले महसुस गरेका छाैं ।

१. नेपाली जनसम्पर्क समिती जापानका बिबादित पक्षलाइ समेटेर एकीकृत गर्ने नाममा बिधान बिपरित १- १ बर्ष को कार्यकालको बिरोध गरौ । जनसम्पर्क समिती जापान लाई गलत नजिर स्थापित हुन बाट जोगाऊ ।

२. दुई समुह भयो भने १-१ बर्ष खाने ?? तीन, चार समुह हुने हो भने ६-६ महिना?? बिधान परिवर्तन गर अनि खाउ ।

३. एकीकृत गर्ने नै हो भने शक्तिसाली निर्वाचन कमिटी बनाएर निर्वाचनमा जाउ ।

४.तत्काल दिर्घकालिन असर पुग्ने क्षणिक गलत सम्झौता खारेज गरौ ।

हामी एकता बिरोधी होइनौ । गलत प्रक्रियाको हो लामो समय देखिको अन्यौलता पछि नेपाली जनसम्पर्क समिती जापानमा देखिएका केहि असमझदारीलाई एकता भनेर भनीएता पनी सत्य नभएको कुरा जनाकारी गर्दै यो कुनै पनी हाँलतमा ए नहुने कुरा धादिङ् का युवा नेता राम सिम्खडा ले जानकारी दिनु भयो एस्तो ६९ सदस्यीय कमिटि गठन गरि काही नभएको जात्रा हाडीगाउमा भएको छ र यो पूर्ण रूपमा बिधान बिपरित भएको र एसले कार्यकता को भविष्य लाइ अनयोल पारेको बताइएको छ । धेरै केंद्रीय पदाधिकारि हरूले रजिनामा दीइ , बिधि र बिधान बमोजिम नया कांग्रेसी शक्तिहरूले फेरी बिधान बमोजीम असलि कांग्रेसीहरुको २९ तारिक आईतबार बृहत भेला गर्ने सभासद् दिपक खड्का को भाई जिबन खड्का ले जानकारी दिएका छन । हिजो मात्र सम्पन कार्य समिति बाट बिधान् बिपरित् भेयको र त्यो हामी लाई मान्य नहूने भन्दै एक दर्जन युवाहरु ले राजिनामा दिएको छ !
राज़ीनामा दीने कार्य समितिको नामावली :- धूर्ब कुमार थापा ,दिपक बुर्जा मगर,कृपन दाहाल,उल्लाश पाण्डे,जीवन खड्का,सुजन खड्का ,राम बहादुर कार्की,नविन सागर सापकोटा,कमल आचार्य,मेख बहादुर लामा (तामाङ्ग),डिल्लीराम शिवाकोटी,शुस्मा वाईबा , साधाना भट्टराइ , श्याम लामा रहेका छन्

बिरोधि युवा नेताहरु :-
कुशल धिताल
सूभास लोहोनी
राम सिम्खडा
रोशन अधिकारी
अमित गौतम
कुमार कार्कि
मिलन कडेल
पर्लाद रुपाखेती
दीनेस अधीकारि
बिमान सिंग मोक्ताङ
दीलीप बाँबु शिव
रिशि राम शर्मा
फडिंद्र सर्मा सूबेदी
डालफराज गिरी
रबिन लामा
मर्म तामांग
ओम गीरि
गोपाल गिरी
ज्ञानेंद्र लामाँ
निकेश सिंग श्रेस्ठ
मित्र देभकोटा
प्रबिन मैंनाली
प्रकाश गीरि
यदू मनी सपकोटा
कुमार गीरि
श्याम शर्मा
नबिन अधिकारि
बाबुराम सापकोटा (तोचीगी )

६९ जनाको जनसम्पर्क समिति जापानको सभापतीमा डन्डपाणी कँडेल, उपसभापति मात्रै १० जना

काठमाडौं,माघ ११ । मासिक ८० रुपैयाँ बिजुली महसुल तिर्दै आएका बैतडीका शेरिराम तिरुवा एकैचोटी ३६ हजार रुपैयाँको बिल आएपछि अचम्ममा परे । उनले मिटर चेकजाँच गरिपाऊँ भन्दै विद्युत वितरण केन्द्रमा निवेदन दिँदा जसरी पनि उठेको बिजुलीको महसुल तिर्नै पर्छ भनेपछि उनी झन् समस्यामा परे ।

‘घरमा तीनवटा मात्रै चिम बाल्छु, मासिक ८० रुपैयाँ मात्रै बिल आउँथ्यो । दुई महिनापहिले एक हजार रुपैयाँको बिल आयो, यस्तै त होला नि भनेर तिरें । यो महिना त ३६ हजार पो आयो ।’ उनले भने, ‘मजदुरी गरेर छाक टार्छु, महिनामा बिजुलीका मात्रै यतिधेरै पैसा कसरी तिर्नु ?’ गोरखापत्र दैनिकमा समाचार छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा यस्ता थुप्रै गुनासो उठेको थियो । तर विद्युत वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवसितले मिटरमा उठेअनुसार पैसा तिर्नै पर्ने बताए । उनी उपभोक्तालाई परको मर्काप्रति खासै गम्भीर भएनन् ।

काठमाडौं,माघ ११ । माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइयो । तीन बजे अस्पताल पुर्याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज अत्तरखेल रिफर गरे ।

यो त एक उदाहरण मात्रै हो । शिक्षण अस्पताल महाराजगंजले दैनिक पाँचदेखि सात जना बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने गरेको छ । बिरामीलाई निजी मेडिकल कलेजमा जान सुझाव मात्रै होइन, दबाव नै दिने गरेको पाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डाक्टर दिपेन्द्ररमण श्रेष्ठले अस्पतालले भन्दा पनि केही व्यक्तिले बिरामीलाई निजी पाठाउने गरेको हुन सक्ने भन्दै अनुगमन गर्ने बताए । मन्त्रालयको अनुगमन शाखामा दुई जना मात्रै कर्मचारी भएकाले कठिनाई भएको उनको भनाई छ ।

काठमाडौं,माघ ११ । संसद्को राज्यव्यवस्था समितिले निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गरी अन्य विधेयकलाई पनि द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएपछि उत्साहित देखिएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न भने हम्मे परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

संविधान संशोधन विधेयक फिर्ता लिएर निर्वाचन मिति घोषणा गर्नुपर्ने विपक्षीको माग र संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जानुपर्ने मधेसी मोर्चाको दबाबका कारण दाहाल अप्ठ्यारोमा परेका हुन् । मोर्चाका नेताहरूको समर्थन जुटाउने उपायको खोजी गर्ने क्रममा प्रधानमन्त्री दाहालले सोमबार सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छुट्टाछुट्टै छलफल गरे ।

निर्वाचनको मिति घोषणा, अदालतमा भइरहेको आन्दोलन र मधेसी मोर्चालाई सहमतिमा ल्याउने उपायबारेमा केन्द्रित रहेर दाहाल र देउवाबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । छलफलमा उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि सहभागी थिए । प्रधानमन्त्री दाहालले प्रमुख निर्वाचन आयुक्त यादवलाई वैशाख अन्तिम सातादेखि जेठ दोस्रो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी घोषणा गर्न लागिएको र त्यसको तयारी गर्न आग्रह गरेका थिए ।

यादवले भने निर्वाचनसँग सम्बन्धित कानुन छिटोभन्दा छिटो संसद्बाट पारित गराई काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठभित्र स्थानीय तहको निर्वाचन गराउने र आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउनेबारेमा छलफल गर्दै आएका छन् । मोर्चाका नेताहरूलाई मनाउन प्रधानमन्त्री दाहालले मंगलबार छलफल गर्ने योजना बनाएका छन् ।

काठमाडौंबाहिर रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री दाहालले छलफलका लागि काठमाडौं बोलाएका छन् । यादव र ठाकुर सोमबार नै काठमाडौं आइसकेका छन् । स्थानीय तह पुनर्संरचना आयोगका कामलाई अस्वीकार गर्दै आएका मधेसी नेतासँग राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाका सदस्यको निर्वाचनमा स्थानीय तहका प्रतिनिधिको मताधिकारलाई हटाउन सकिने प्रस्ताव प्रधानमन्त्री दाहालले राख्ने योजना बनाएका छन् ।

काठमाडौं,माघ ११ । लामो समयदेखि अव्यवस्था, बहिष्कार र एजेन्डाविहीनताबाट ग्रस्त संसद्मा सोमबार सांसदहरूले राष्ट्रिय सुरक्षा, बढ्दो सुन तस्करी, राष्ट्रियतामा आँच पुग्ने अभिव्यक्ति र गतिविधिसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र निर्वाचन हुन नसकेको अवस्थामा संघीय गणतान्त्रिक लोकतन्त्र धरापमा पर्छ भन्दै दिएको अभिव्यक्तिबारे सप्रमाण बहस र स्पष्टीकरण माग गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

व्यवस्थापिका संसद्को विशेष समयमा एकपछि अर्का सांसदले प्रधानमन्त्रीले देशमाथि गम्भीर खतरा आइपरेको अभिव्यक्ति बाहिर दिनुको सट्टा मुलुकलाई कहाँ र कस्तो खतरा आइलाग्यो भन्ने विषय संसद्मै प्रस्तुत गर्न आग्रह गरे । देशमाथि संकट छिमेकी मित्रराष्ट्रहरूका तर्फबाट हो वा नेपाली सेनाले सत्ता लिने अवस्था आइलागेको हो ? भनेर सांसदहरूले प्रश्न तेस्र्याउँदा संसद्मा उत्तेजना र गम्भीरता दुवै वातावरण देखियो ।

नेपाः पार्टीका सांसद लक्ष्मण राजवंशीले प्रधानमन्त्रीले राष्ट्रका सम्बन्धमा सार्वजनिक कार्यक्रममा गम्भीर अभिव्यक्ति दिने तर संसद्मा केही नभन्ने कार्यलाई रोक्दै मुलुकमा ०१७ सालभन्दा गम्भीर घटना के हुँदैछ भन्नेबारे उनको ध्यानाकर्षण गराउन सभामुखसँग माग गरे । उनले भने, ‘संसद् जारी रहेको अवस्थामा राष्ट्रिय संकटको सामनामा राष्ट्र र जनतालाई एक गराउन पनि प्रधानमन्त्रीले संसद्मा कुरा राख्नुपर्छ ।’

एमाले सांसद एवं व्यवस्थापिका संसद्अन्तर्गत अर्थ समितिका सभापति प्रकाश ज्वालाले सुन तस्करहरू नेपाल प्रहरीको आईजीपी बनाउने खेलमा लागेको भन्दै कडा आपत्ति जनाए । उनले भने, ‘सुन तस्करहरू आईजीपी बनाउने खेलमा कसरी लागेका छन् ? ‘ प्रहरीको आईजीपी बनाउन सुन तस्करहरू सक्रिय रहेको समाचार प्रकाशित भएकोतर्फ उनले सभामुखको ध्यानाकर्षण गराए ।

ज्वालाले अहिले मुलुक सुन तस्करीको चर्चित विषयले रन्किएको भन्दै तीन वर्षमा ३ सय ८५ किलो सुन अवैध रूपमा भित्रिएको बताए । ‘तीन वर्षमा यति धेरै सुन कसरी भित्रियो ? एयरपोर्टबाट बाकसमा सुन भित्रिँदा पनि किन सरकारी निकाय मौन छ ? यो लज्जाजनक हो’, उनले भने ।

चार्ल्स सोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती नै छिर्न सक्छ भनी दिएको अभिव्यक्ति प्रमाणित हुँदै गएको उनले बताए । ‘सुनको हात्ती भित्रिरहेको अवस्थामा हतियार पनि भित्रिएमा के हुन्छ ? ‘ उनले प्रश्न गरे ।

सांसद मीना पुनले न्यायपरिषद्ले सिफारिस गरेको ८० जना न्यायाधीशको सूचीमा क्षमता नभएका र दलका कार्यकर्तासम्म आएकोमा दुःख व्यक्त गरिन् । उनले प्रश्न गरिन्, ‘न्यायाधीशको निर्णय गर्दा अमूक दलका अमूक नेताको उपस्थितिले स्वतन्त्र न्यायालयको सिद्धान्तविपरीत भएपछि सर्वसाधारण जनताको पहुँचमा न्यायालय रहन सक्छ ? न्यायालय राष्ट्र र जनताको हो कि राजनीतिक दलहरूको भागबन्डा हो ? ‘

११ माघ, विदुर । सबैभन्दा सस्तो दरमा ऋण प्रवाह गर्ने र ग्रामीण समुदाय माझ सेवा पु-याउन क्रियाशिल रहेको राष्ट्रिय बाणिज्य बैंकले नुवाकोटको विदुरमा सोमबारदेखि एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बाणिज्य बैंक शाखा कार्यालय विदुरले ९१औँ स्थानको रुपमा एटिएम सेवा सञ्चालनमा ल्याएको जनाएको छ । विदुर शाखा कार्यालयले नेपाल र भारतभर सञ्चालन हुने गरी भिसा कार्ड उपलब्ध गराई ग्राहकहरुको लागी रकम झिक्न चेक मार्फत नै गर्नुपर्ने कारोबारको झण्झटिलो व्यवस्था हटाएको छ । एक पटकमा २० हजार रुपैयाँ र दिनमा पाँच पटकसम्म गरी एक लाख रुपैयाँ निकाल्न सक्ने गरी विदुर शाखा कार्यालयबाट सुरु गरेको एटिएम सेवाको शाखा प्रबन्धक यज्ञबहादुर बस्नेतले उद्घाटन गर्नुभएको हो । राष्ट्रिय बाणिज्य बैंकले अत्याधुनिक सेवा प्रवाह गरी ग्रामीण जनताको घरघरमा सेवा पु-याउन केन्द्रित हुने अभियान अन्तरगत विदुर शाखामा एटिएम सेवा सञ्चालन ल्याएको शाखा प्रबन्धक बस्नेतले बताउनुभयो । बाणिज्य बैंक विदुरमा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ करोड रुपैयाँ कर्जा लगानी गर्दै एक लाख ५९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको शाखा प्रबन्धक बस्नेतले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैंक विदुर शाखामा कर्जाको लागी सात सय ३१ ग्राहक रहेका छन् भने निक्षेप तर्फ ९ हजार ६ सय १९ ग्राहक सङ्ख्या रहेका छन् । सरकारी बैंकको रुपमा सर्वसाधारणलाई सेवा पु¥याउन सक्रिय रहेको बैंकले कृषि कर्जा र अनुदान सहितको कृषि कर्जाको लागी लोकप्रिय रहदै आएको छ ।

काठमाडौं,माघ १० । आगामी मार्चमा हुने एसिया कप छनौट फुटबलमा नेपाल कठिन समूहमा परेको छ । यूएईको अबुधावीमा सोमबार भएको ड्रमा नेपाल यमन, ताजकिस्तान र फिलिपिन्स रहेको समूह एफ मा परेको हो । नेपाल रहेको समूहमा परेका फिलिपिन्स फिफा वरियतामा १२२ औं स्थानमा, ताजकिस्तान १ सय ३२ औं स्थानमा र यमन १४९ औ स्थानमा छन् । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।

समूह चरणको खेल सकिँदा शीर्ष दुईमा रहने टोली २०१९ मा हुने एसिया कपका लागि छनौट हुनेछ । समूह एफमा परेका तीनै देश फिफा वरियतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स १२२, ताजकिस्तान १३२ र यमन १४९ औं स्थानमा छ । नेपाल भने १७५ औं स्थानमा छ ।

ग्वामले नाम फिर्ता लिएपछि एएफसीले सोलिडारिटी कप विजेता नेपाललाई एसिया कप छनोट खेल्ने मौका दिएको हो ।एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका

कुन समूहमा को को ?

काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।

प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ ।

त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ। विद्युत् चुहावटलाई यस वर्ष २० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्राधिकरणले त्यो प्रयास सफल हुन सक्नेमा भने आंशका गरिँदै छ।

देशैभर अप्राविधिक चुहावट नियन्त्रण गर्ने क्रम जारी रहेको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले आइतबार बताए। प्राधिकरणले आइतबारै प्रहरीको सहयोगमा चुहावटमा सघाउने प्राधिकरणका कमचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले प्राधिकरणलाई पुर्याएको नोक्सान पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

'केकति नोक्सान पुर्याए, अहिले नै यकिन गर्न सकिँदैन,' प्राधिकरणका प्रवक्ता अधिकारीले भने, 'विद्युत प्राधिकरण र सरकारलाई नोक्सान पारेको सूचनाका आधारमा अनुसन्धान थालिएको हो।'

प्राधिकरण भन्छ– करिब २ सय ४० मेगावाट विद्युत् चुहावट भएर सकिने गरेको छ। 'चुहावट नियन्त्रण गर्ने काम विगतदेखि नै जारी छ,' प्रबलले भने, 'अहिले विशेष फोकस गरेरै सबै वितरण केन्›मा कार्यक्रम अघि बढाएका छौं।'

प्राधिकरणकै कर्मचारीको मिलोमतोमा ४–५ प्रतिशत बिजुली चोरी हुने गरेको विज्ञको भनाइ छ।

'पार्टीकै संरक्षणमा कर्मचारीले बिजुली दुरुपयोग गरेका छन्,' प्राधिकरणका एक अधिकारीले भने, 'राम्रा र नराम्रा दुवैथरी कर्मचारी युनियनमा हुन्छन् र युनियनकै संरक्षणमा बिजुली चुहावट हुने गरेको छ।'

लामो समयसम्म एकै क्षेत्रमा रहेका कर्मचारीबाट चुहावट बढी हुने गरेको विज्ञ जनाउँछन्। पाँच वर्षभन्दा बढी एकै ठाउँमा बस्न नपाउने व्यवस्था परिमार्जन गर्न खोज्दा टे्रड युनियनले विरोध जनाएका कारण चुहावट नियन्त्रणमा समस्या परेको ऊर्जा मन्त्रालयको भनाइ छ।

प्राधिकरणले आठवटै क्षेत्रीय कार्यालय र त्यस मातहतका ९४ वितरण केन्›मा चुहावट रोक्न एकसाथ विशेष अभियान सुरु गरेको छ। चुहावटका कारण हिउँदमा लोडसेडिङको चरम समस्या भोग्नुपरेको छ।

प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि लुकीचोरी गरिएको चुहावट घटाउन सकिने विज्ञहरुको भनाइ छ। प्राधिकरणले चुहावट नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ। प्राधिकरणले कर्मचारीको मिलेमतो र हुकिङ गरी बिजुली चोर्ने एक–दुई जनालाई दिनहुँजसो पक्राउ गर्छ।

विशेष गरी, बारा, पर्सा, रौतहट, नेपालगन्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुरलगायत क्षेत्रका व्यक्ति पक्राउ गरिएको प्रधिकरणको भनाइ छ।

चुहावट घटाउन २०६८ सालमा पाँचवर्षे रणनीति बनाइएको थियो जसमा त्यतिबेला रहेको चुहावटलाई २८.३५ बाट २० प्रतिशतमा झार्ने लक्ष्य राखिएको थियो। तर, पाँच वर्ष पुग्न लाग्दासमेत अझै चुहावट २६ प्रतिशतमै छ।

विद्युत् चुहावट नियन्त्रणलाई विद्युत् उत्पादनभन्दा बढी महŒव दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन्। चुहावट गर्नेलाई चोरीसरहको अपराध मानेर फौजदारी मुद्दा बनाउन सके नियन्त्रण हुन सक्ने र यसको अधिकार वितरण केन्›लाई दिनुपर्ने माग वितरण केन्› प्रमुखको छ।

चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ। यसैगरी प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारण औल्याउने गरिन्छ।

चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत प्राधिकरणले विद्युत् पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत् चोरी गर्नेमाथि कारबाही गरेको विष्णु बेल्वासेले नागरिकमा खवर लेख्नुभएको छ ।

प्राधिकरणमा कुलमान घिसिङ आएपछि विद्युत् चोरी नियन्त्रणमा आक्रमक कारबाही सुरु गरिएको हो। उनले विद्युत्मा भएको चुहावट नियन्त्रणका लागि अभियान चलाउन निर्देशन नै दिएका छन्। मिटर नभएका ठाउँमा तत्काल जडान गर्नसमेत उनको निर्देशन छ। घिसिङ प्रबन्ध निर्देशकमा आउनेबित्तिकै सुकुम्बासीलाई समेत मिटर दिन मिल्ने गरी प्राधिकरणबाट निर्णय गराएका थिए। यो निर्णयसँगै मिटर जडान गर्नेको संख्या बढ्दो क्रममा रहेको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले विद्युतको महसुल तिर्न बाँकी वक्यौता भएकाको लाइन काट्ने कार्य कार्य जारी राख्दै विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानमा लागेको प्रवक्ता अधिकारीले बताए ।

काठमाडौं ।
वातावरण प्रदूषण र सडक दुघर्टनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णतः प्रतिबन्ध लगाइने भएको छ। त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ। यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो फागुन १८ पछि सडकमा ल्याउन पाइनेछैन। 'यातायात व्यवसायीलाई थोत्रा गाडी विस्थापित गर्न बारम्बार अनुरोध गरेका छौंं,' महानिर्देशक श्रेष्ठले भने, 'फागुन १८ गतेपछि २० वर्ष पुराना गाडी सडकमा निकाल्न पाइँदैन। कसैले अटेर गरे सडकबाटै जफत गरिनेछ।'

यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्ने छ।

श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सार्वजनिक यातायातका साधन विस्थापित गर्न नवीकरण, दर्ता र कर लिने सबै प्रक्रिया रोक्का गरिनेछ।

उपत्यकाबाहिर भने यो व्यवस्था २०७४ फागुन ३० गतेपछि लागू हुनेछ।

'यातायात व्यवस्था कार्यालयले २० वर्ष पुग्ने सार्वजनिक यातायातका सवारीधनीपत्र (ब्लुवुक) मा मितिसमेत उल्लेख गर्दै आएका छौं,' उनले भने, 'म्याद नाघेका त्यस्ता सवारी साधन सबै कर तिरेर पत्रुमा जानेछन्।'

२०७१ भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो। २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो।

महानिर्देशक श्रेष्ठले पुराना सवारीसाधनले वातावरण प्रदूषण, ट्राफिक जाम तथा दुर्घटना निम्ताउने जोखिम बढेकाले हटाउन लागेको प्रस्ट पारे।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले ३८ प्रतिशत वायु प्रदूषण सवारीसाधनको धुँवाका कारण भएको देखाएको छ। पुराना गाडीले धेरै धुँवा फ्याँक्छन् ।

वातावरणविद् भुषण तुलाधारले पुराना सवारीसाधनबाट निस्कने धुँवाले वातावरणमा प्रत्यक्ष असर पार्ने बताउँछन्। 'पुराना गाडी वायुप्रदूषणको मुख्य कारक हुन्। त्यसैले त्यस्ता गाडी विस्थापित गर्नुपर्ने बेला भइसक्यो,' उनले भने, 'अब विद्युतबाट चल्ने सवारीसाधन प्रवर्द्धन गर्नुपर्छ।' सरकारले नै वातावरणमैत्री विद्युतीय सवारीसाधन गुडाउन प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने उनले औंल्याए।

'२० वर्षअघि र अहिलेका सवारीसाधनमा धेरै परिवर्तन आइसक्यो,' तुलाधरले भने, 'हामीकहाँ सवारी प्रदूषण जाँच गर्ने संयन्त्र भने पुरानै ढर्राको छ, त्यसैले सुधार्दै जानुपर्छ।'

विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराईका अनुसार पनि पुराना सवारी साधनले दुर्घटना निम्ताउने भएकाले विस्थापित गरी जोखिम घटाउनुुपर्ने बेला आएको छ। 'धेरै समय चल्दा गाडीका पार्टपुर्जा नै खिइएका हुन्छन्। नटबोल्ट मेत टाइट हुदैंनन्,' उनले भने, 'सामान्य मर्मतसम्भार र सर्भिसिङ गरेर कामै लाग्दैन। त्यसैले पुराना गाडी नहटाइ हुदैंन्।'

विभागले पहिलो चरणमा २० वर्ष नाघेका कालो नम्बर प्लेटका गाडीमात्रै हटाउने निर्णय गरेको हो। विस्तारै निजी गाडीतर्फ पनि यो निर्णय लागू हुने विभागले जनाएको छ। महानिर्देशक श्रेष्ठले निजी विद्यालयले रातो प्लेट नम्बर राखेर विद्यार्थी ओसार्ने थोत्रा बस प्रयोगमा ल्याइरहेकाले कारबाहीको तयारी भइरहेको जनाए।'निजी विद्यालयका थोत्रा गाडी हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार गरिसकेका छौं,' उनले भने, 'उताबाट निर्णय हुँदाबित्तिकै निजी विद्यालयका थोत्रा गाडी हटाउनेछौं।'

यातायात व्यवसायीले भने २० वर्ष नाघेका पुराना सवारीसाधन विस्थापित गर्दा सहुलियत दिनुपर्ने माग राखेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पुराना सार्वजनिक सवारीसाधनलाई हटाए नयाँ खरिद गर्दा सहुलियत वा भन्सार छुट दिनुपर्ने बताउँदै आएको छ। 'यातायात व्यवसायी पुराना सवारी हटाउने पक्षमा बाधक छैनौं तर, सरकारले यथोचित सहुलियत दिएरमात्रै पुराना गाडी विस्थापित गर्नुपर्छ,' महासंघका महासचिव सरोज सिटौलाले भने, 'सरकारले हचुवा भरमा हटाउने निर्णयमा व्यवसायी सहमत हुन सक्दैनन्।' उनले सरकारले व्यवसायीसँग पर्याप्त छलफल नगरी पुराना सवारी साधन हटाउने निर्णय गरेकाले कार्यान्वयनमा समस्या हुने बताए। 'सरकारले पेलेरै लैजाने नीति अपनाए हामी व्यवसायी चुप लागेर बस्दैनौं,' उनले भने,' निजी क्षेत्रको यातायात क्षेत्रमा ठूलो लगानी छ। हाम्रो लगानी डुबाउन सरकारले मिल्दैन्।'

विभागका महानिर्देशक श्रेष्ठले २० वर्षसम्म गाडी चलाएर नाफा कमाएका व्यवसायीले क्षतिपूर्ति/सहुलियत खोज्नु नाजायज भएको बताए। '२० वर्षसम्म नाफामा गएका व्यवसायीलाई कुनै क्षतिपूर्ति दिन सकिँदैन', उनले भने।

भैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी विष्णुप्रसाद शर्माले पुराना सवारीसाधन हटाउनु मन्त्रायको साथ रहेको बताए। 'मन्त्रालयले पुराना सार्वजनिक सवारीका साधन हटाउने निर्णय कार्यान्वयन गर्न विभागलाई बारम्बार पत्राचार गरिरहेको छ,' उनले भने, 'कतिपय पुराना गाडी ग्यारेजमा थन्किसकेका छन्। केहीले अटेर गरेर चलाएका छन्, अब ती पनि धेरै दिन सडकमा गुड्ने छैनन्।'

यातायात व्यवस्था कार्यालय बागमतीमा ९ लाख २२ हजार ९ सय दर्ता सवारीसाधन दर्ता छन्। यो संख्या आव २०४६/०४७ देखि २०७२/०७३ सम्मको हो। यो संख्यामध्ये ०४६/०४७ देखि ०५२/०५३ सम्म दर्ता बस, मिनीबस ट्रक/मिनीट्रक र टेप्पोमध्ये ८ हजार २ सय ७४ वटा २० वर्ष कटिसकेका छन्। २० वर्ष नाघेका बसा एक हजार ६, मिनिबस एक हजार चार सय २३, ट्रक/मिनिट्रक ४ हजार ३ सय ५४ र टेप्पो नौ सय ९१ वटा छन्।

सरकारले यसअघि द्द०५८ सालमा पनि बागमती अञ्चलभित्र २० वर्ष नाघेका सवारी विस्थापन गर्ने निर्णय गरेको थियो। हिमाल लम्सालले नागरिकमा समाचार लेख्नुभएको छ ।

काठमाडौं ।
देश र जनताका लागि विभिन्न आन्दोलनमा ज्यान उत्सर्ग गर्ने बिर सहिदहरुको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।

शहिद शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा हत्या गरिएको आजकै दिनको स्मरणमा आजबाट शहिद सप्ताह एक हप्ता मनाउँदै आइएको छ ।

तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । हरेक वर्ष माघ १० गतेदेखि सात दिन सहिद सप्ताह मनाउने गरिएको छ ।

पछिल्लो समय भने कथित सहिदको नाममा दलिय झण्डा ओडेर दलिय आन्दोलनमा मारिदएका देखी देश बिरुद्धनै भएका आन्दोलनमा मारिदएकालाई समेत शहिद घोषणा र शहिद घोषणा गर्दै १० लाख रुपैयाँ क्षतिपुर्ती लिने क्रम बढेको छ । जसले गर्दा असल शहिदहरुको अपमान हुन थालेको असन्तुष्टिहरु बढ्दै गइरहेको छ ।

एजेन्सी ।
तुफानका कारण कम्तिमा १८ जनाको मृत्यु र ५० बढी व्यक्ति गम्भिर घाइते भएपछि अमेरिकाको दक्षिण क्षेत्रमामा आपतकाल घोषणा गरिएको छ ।

समाचार अनुसार जर्जियाका विभिन्न सात स्थानमा आपतकाल घोषणा गरिएको छ । जुन ठाउँमा मात्रै १४ जनाको ज्यान गएको छ ।

समाचार अनुसार आँधिमा परि ४८० घर काम नलाग्नेगरि आँधिले भत्काइदिएको छ । मिसीसिपीमा चार जनाको मृत्यु भएको बताइएको छ ।

फ्लोरिडाको सीमा क्षेत्रमा रहेको ट्रेलर पार्कमा पनि केही व्यक्तिको मृत्यु भएको बताइएपनि पुष्टि हुन बाँकी रहेको समाचार संस्था रोयटर्सलाई उदृत गर्दै बिबिसिले समाचार लेखेको छ ।

विपदपछि नव निर्वाचीत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गर्भनरसँग कुरा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै उद्दारमा सक्रियता जनाउन निर्देशन दिएका छन् ।

घरबार बिहिनहरुलाई आश्रय स्थलहरुमा राखिएको र केही स्थानमा अझै अवस्था खराब हुनसक्ने भविष्यवाणिपछि थप सजगता अपनाइएको छ ।