टिचिङबाट निजी अस्पतालमा बिरामी रिफर

माघ ११, २०७३ मा प्रकाशित | 663 views

<p>काठमाडौं,माघ ११ । &nbsp;माघ ५ गते काठमाडौं चपलीकी डिल्ली श्रेष्ठलाई उपचारका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्‍याइयो । तीन बजे अस्पताल पुर्‍याइएकी उनलाई राति नौ बजेमात्रै चिकित्सकले सोधपुछ गरे । अनि रोगको परीक्षण नै नगरी नेपाल मेडिकल कलेज अत्तरखेल रिफर गरे ।<br></p><p>यो त एक उदाहरण मात्रै हो । शिक्षण अस्पताल महाराजगंजले दैनिक पाँचदेखि सात जना बिरामीलाई निजी अस्पतालमा रिफर गर्ने गरेको छ । बिरामीलाई निजी मेडिकल कलेजमा जान सुझाव मात्रै होइन, दबाव नै दिने गरेको पाइएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख डाक्टर दिपेन्द्ररमण श्रेष्ठले अस्पतालले भन्दा पनि केही व्यक्तिले बिरामीलाई निजी पाठाउने गरेको हुन सक्ने भन्दै अनुगमन गर्ने बताए । मन्त्रालयको अनुगमन शाखामा दुई जना मात्रै कर्मचारी भएकाले कठिनाई भएको उनको भनाई छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web