काठमाडौं ।
देश र जनताका लागि विभिन्न आन्दोलनमा ज्यान उत्सर्ग गर्ने बिर सहिदहरुको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।

शहिद शुक्रराज शास्त्रीलाई टेकुको पचलीमा हत्या गरिएको आजकै दिनको स्मरणमा आजबाट शहिद सप्ताह एक हप्ता मनाउँदै आइएको छ ।

तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । हरेक वर्ष माघ १० गतेदेखि सात दिन सहिद सप्ताह मनाउने गरिएको छ ।

पछिल्लो समय भने कथित सहिदको नाममा दलिय झण्डा ओडेर दलिय आन्दोलनमा मारिदएका देखी देश बिरुद्धनै भएका आन्दोलनमा मारिदएकालाई समेत शहिद घोषणा र शहिद घोषणा गर्दै १० लाख रुपैयाँ क्षतिपुर्ती लिने क्रम बढेको छ । जसले गर्दा असल शहिदहरुको अपमान हुन थालेको असन्तुष्टिहरु बढ्दै गइरहेको छ ।

19.28¡ÆC