संशोधन थाती राखेर भएपनि चुनाव गर्नुपर्छः महामन्त्री कोइराला

कैलाली ।
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले संविधान संशोधन प्रस्तावलाई थाती राखेरै भएपनि आगामी बैशाख/जेठ भित्रै स्थानीय तहको निर्वाचन गराइनु पर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नं.१ ले आज टिकापुर गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री डा. कोइरालाले अहिलेको मुख्य कार्यभार संविधान कार्यान्वयन भएकाले त्यसका लागि तिन वटै निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउनु भयो ।

मिनिटाटा दुर्घटना, ३ जनाको मृत्यु

बाँके ।
नेपालगञ्जबाट मुगु जाँदै गरेको ना ६ ख ९३७२ नम्बरको ट्रक आज विहान दुर्घटना हुँदा चालक सहित ३ को मृत्यु भएको छ । दुर्घटनामा १ जना घाईते भएका छन् ।

जुम्ला जिल्ला बडकी गा.वि.स वेहार गाउँको कोचीला भीरमा सडकबाट अनियन्त्रित भई मिनिटाटा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डि.एस.पी गुरु विष्णु काफ्लेले जानकारी दिनुभयो ।

दुर्घटनामा वर्दिया जिल्लाका तिर्थ राम थारु, चालक मुगु जिल्लाका रंगे शाही, र सोही जिल्लाकी गंगा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते अवस्थामा रहेका सहचालकको भने स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

स्ववियु चुनाव पाँच दिनपछि सर्यो, फागुन १९ मा निर्वाचन हुने

काठमाडौं ।
बिप्लव माओवादी निटक विद्यार्थी संगठनको नेतृत्वका कारण फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन 'स्ववियु' को निर्वाचन माघ १९ मा हुने भएको छ ।

आज बसेको शिर्ष विद्यार्थी संगठनहरुको बैठकले स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने निर्णय गरेको छ ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेकोमा त्यसको भोलिपल्ट विद्यार्थी नेताहरुले नयाँ निर्णय गरेका हुन् ।

काठमाडौंमा बसेको नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी बैठकले १९ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ ।

अब विद्यार्थी संगठन बिचको सहमतीपछि त्रिभुवन विश्वविद्यालयलाई यसबारेमा जानकारी गराएर निर्वाचन मिति औपचारिक रुपमा सारिने विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।

यसबारेमा आजै त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनका नेताहरुबिच छलफल हुँदैछ ।
आज अपरान्ह २ बजेपछि हुने बैठकले यसलाई औपचारिकता दिएर नयाँ निर्वाचन तालिका सार्वजनिक गरिने बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङका दाइको हत्या प्रकरण, एक महिला पक्राउ

एजेन्सी ।
मलेसियाको बिमानस्थल भित्रै उत्तर कोरियाली नेता किम जोङ(अनका सौतेनी दाइको घातक विशालु सुई लगाएर गरिएको हत्यामा संलग्न आरोपमा त्यहाँको प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

मलेसियाली प्रहरीले क्वालालम्पुर बिमानस्थल नजिकबाट ति महिलालाई सिसिटिभि फुटेजका आधारमा पक्राउ गरिएको बताएको छ ।

पक्राउ गरिएकी महिलासँग भियतनामको परिचयपत्र रहेको पाइएको भन्दै प्रहरीले हत्यामा संलग्न देखिएका दुई महिला मध्ये अर्का एक र सहयोगीहरुको खोजि भइरहेको बताएको छ ।

प्रहरीले उनलाई २८ वर्षीया दोआन थी हुओङ भनेर चिनाएको बताइन्छ ।

त्यो प्रकरणमा उत्तर कोरियाली गुप्तचर ठानिएका दुइजना महिला संलग्न भएको र उनीहरु ट्याक्सी चढेर विमानस्थलबाट भागेको दक्षिण कोरियाली सञ्चारमाध्यमले मलेसियाली अधिकारीहरुलाई उदृत गर्दै बताएका छन् ।
यद्यपी यसबारेमा मलेशियाली प्रहरीले केही बताइसकेको छैन ।

जापानी सञ्चार माध्यमहरुले हत्याका क्रममा विशालु सुई प्रयोग गरिएको दावी गरेको छ । बिमानस्थल भित्र रहेको एटिएम मेसिन नजिक पुगेको समयमा किम जोङका भाईमाथि आक्रमण गरिएको उल्लेख गरेका छन् । जापानी सञ्चार माध्यमहरुले हत्यामा उत्तर कोरियाली सरकारको समेत संलग्नताको आशंका गरेका छन् ।

उत्तर कोरियाले किम जोङ नामको मृत्युप्रति कुनै प्रतिक्रिया जनाएको छैन । उनि किमजोङ सत्तामा आएपछि उनको सत्ता निरंकुश भएको आरोप लगाउँदै सन् २०१२ मा उत्तरकोरियाबाट भोगेका थिए ।

त्यसपछि चीन, हगंकगं, सिंगापुर, मलेसिया लगायत स्थानमा बस्दै आएका उनिमाथि चीनमा रहँदा समेत गाडीको ठक्कर दिएर हत्याको प्रयास गरिएको र त्यसमा उत्तर कोरियाको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

शनिवार मोहन ‘ड्रागन’ को ‘क्रक्स ७३’ भिडन्त

टोकियो ।
जापानमा किक बक्सिंगको व्यावसायिक खेल मार्फत नेपाललाई चिनाउँदै आएका मोहन ‘ड्रागन’ले यहि फेब्रुअरी १८ तारिक शनिबार अर्को रोमाञ्चक प्रतिस्पर्धात्मक भिडन्त गर्ने भएका छन् ।

पछिल्लो खेलमा केवल १४० सेकेण्डमै विपक्षि जापानी खेलाडीलाई ढाल्दै ऐतिहाँसिज जित निकालेपछि थप चर्चित बनेका मोहनले यो खेल जसरीपनि जित्नेगरि आफुले तयारी गरिरहेको बताउनुभयो ।

‘क्रक्स ७३’ नाम दिईएको ‘क्रस वेटल क्लास’ भिडन्त शनिबार साँझ सुईदोउवासी स्थित टोकियो डोमको कोराकोएन हलमा हुने भएको छ ।

७३ किलो तौल समुहमा हुन लागेको भिडन्तमा विश्व प्रसिद्ध प्रतिस्पर्धा मध्येको एक ‘के वान’मा सहभागिताका लागि मोहनले शनिवारको खेल जित्नैपर्ने हुन्छ ।

यद्यपी आयोजकले भने यसअघिका खेल हेरेर स्वत सहभागी गराउने जानकारी गराएको मोहनले बताए ।

यद्यपी शनिवार हुने खेल जितेमा मोहनले नेपालको तर्फवाट प्रतिस्पर्धाको लागि बिजयी भएर आएको खेलाडीका रुपमा सहभागी हुन पाउनेछन् हारेमा भने नेपालको तर्फवाट सहभागी खेलाडीको रुपमा मात्र सहभागीता पाउनेछन् ।

पोखरावासीलाई खानेपानिमा साँडे ४ अर्ब अनुदान पछि जापानी राजदूतको भाषण

टोकियो ।
जापान सरकारले पोखराको लागि खानेपानी आपुर्ति सुधार परियोजनाको लागि ४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ अनुदान गर्ने भएको छ ।

अर्थमन्त्रालयद्धारा आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदुत माशासी ओगावा तथा नेपालका अर्थ सचिव डा।शान्तराज सुवेदीले यस्तो सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बुधवार भएको सम्झौतापछि अर्थ सचिव सुवेदीले जापान नेपालको मुख्य विकास साझेदार भएको स्मरण गराउँदै खानेपानी जस्ता जनतासँग प्रत्यक्ष सम्बन्धित विषयमा आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

उक्त परियोजना कार्यान्वयनका लागि जापानले उपलब्ध गराउने अनुदान सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख बैकुण्ठ अर्यालले सम्झौता गरेका थिए ।

सन् २०२२ मा सम्पन्न हुने उक्त परियोजनापछि प्रतिदिन  ४० करोड २० लाख लिटर पानी वितरण हुने लक्ष्य राखिएको छ । परियोजनापछि पोखरामा रहेका करिव पाँच लाख नागरिक लाभान्वित हुने ठानिएको छ ।

नेपालका लागि जापानी राजदूत ओगावाले परियोजनाबाट पोखराका जनताले सहज रुपमा स्वच्छ पानी पिउन पाउने विश्वास लिएको बताए ।

उनले नेपालमा राजनीतिक स्थायीत्व आउन लागेकाले अब विकासको लहर सुरु हुने बताए ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा राजदुत ओगावाले नेपालको आर्थिक विकासका लागि जापानले विना शर्त र स्वार्थ काम गरिरहेको बताए ।

राजदूत ओगावाले जापानी लगानीका परियोजनाहरु कार्यान्वयनका लागि नेपाल सरकारले तादरुकता देखाउनुपर्ने बताउँदै आर्थिक विकासका लागि जापानबाट नेपालले धेरै पाठ सिक्न सक्ने बिचार राखे ।

नेपालको दिगो विकासका लागि यहाँको प्रकृतिक स्रोत साधनलाई उचित ढंगले प्रयोग गर्न सक्नुपर्नेमा उनले जोड दिए ।

यस अघि गत महिना पनि जापान सरकारले नागढुंगा सुरुङ मार्गका लागि अनुदान सहयोग गरेको थियो ।

अठ्ठाइस मृतकका परिवारलाई कुवेतबाट पाँच करोड क्षतिपूर्ति

काठमाडौं,फागुन ४ । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत पाँच करोड पाँच लाख ९९ हजार ७११ रूपैयाँ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत आव २०७२/७३ र आव २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ ।

कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

दूतावासले दीपक श्रीमल, चन्द्रबोल राई जीतबहादुर कटुवाल, हिकमान तामाङ, जनकबहादुर बस्नेत, कामी सिंह गोले, यामबहादुर बस्नेत, गजेन्द्रकुमार विक, आइतराज तामाङ, सुकान चौधरी, चित्रबहादुर कुवर, नरबहादुर चेम्जोङ, दुर्गाबहादुर थापा, अमृतबहादुर बम्जन, ऋषिप्रसाद देवकोटा, सत्यनारायण साह, दिलबहादुर तामाङ, खड्गकुमार राई, वीरबहादुर गुरुङ, आइबहादुर दर्जी, रामपुकार भण्डारी, विजय विक, गोविन्द विक, सुताइ साह तेली, देवराज ओली, दुलार ठाकुर, केशरबहादुर नेम्वाङ र सुनिता गुरुङले पाउने क्षतिपूर्ति वापत ४० हजार ६७० कुवेती दिनारदेखि रु २५० कुवेती दिनारसम्मको क्षतिपूर्ति पठाएको दूतावासले जनाएको छ ।

माओवादी शिविरलाई औद्योगिक क्षेत्र बनाउन विश्व बैंकसँग २० अर्ब ऋण लिने

काठमाडौं,फागुन ४ । सरकारले माओवादी सेनाका लडाकुहरुको मुख्य शिविर रहेको चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको छ । माओवादी सेनाका लडाकुका पूर्वसुप्रिम कमाण्डर रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको हो । शक्तिखोरमा माओवादी सेनाका लडाकुको तेस्रो डिभिजन रहेको थियो ।

माओवादी सेनाका पूर्वडेपुटी कमाण्डर तथा उर्जामन्त्री जनार्दन शर्माका अनुसार चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरिएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाका लडाकुको प्रमुख मुख्यालय शक्तिखोरमा बनाइएको थियो।

सेना समायोजनअघि करीब चार बर्ष लडाकुहरु त्यहि बसेका थिए । माओवादी लडाकुका लागि सात मुख्य र २१ सहायक शिविर स्थापना गरिएको थियो । शिविर सञ्चालन गरिएका स्थानलाई संग्रालयका रुपमा संरक्षण गरिनु पर्ने माओवादीका नेता तथा कार्यकर्ताले बताउँदै आएका थिए।

बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकसँग २० अर्ब रुपैया ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । बैठकले भैरव कुमारी गणेशको मासिक पारिश्रमिक र निवृत्तिभरणमा ५० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ।

त्यसैगरी बैठकले डढेलधुराको अनिताल गाविसका २, ३, ४ र ८ नम्वर वडाका एक सय २८ रुख कटान गर्ने निर्णय गरेको छ । ती रुखहरु जोखिमपूर्ण अवस्थामा रहेको र त्यहाँ रहेका मानिसहरुले जग्गाधनी प्रमाणपूर्जा रहेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । बैठकले महेन्द्र नारायण निधि अस्पताललाई तीन करोड सहायता दिने निर्णय पनि गरेको छ ।

दोस्रो अन्तरदेशीय प्रसारण लाइन सरकारी तहमा बनाउन भारतले मानेन

काठमाडौं,फागुन ४ । बिजुली नल्याए पनि त्यसको भाडा अनावश्यक रूपमा तिर्नुपरेको पीडा भोग्दै आएको नेपालले दोस्रो अन्तरदेशीय प्रसारण लाइन (न्यू बुटवल-गोरखपुर) सरकारी तहबाटै निर्माण गर्नुपर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ। नेपालले दुवै देशले आ-आफ्नो क्षेत्रमा पर्ने प्रसारण लाइन संरचना सम्बन्धित सरकारले बनाउने गरी दोस्रो प्रसारण लाइन निर्माणका लागि मंगलबार काठमाडौंमा भएको नेपाल-भारत विद्युत् व्यापार कार्यान्वयनसम्बन्धी विद्युत् सचिवस्तरीय बैठकमा प्रस्ताव गरेको थियो।

बैठकमा सहभागी एक नेपाली अधिकारीका अनुसार दुवै देशको संयुक्त प्राविधिक टोलीले गरेको उक्त प्रसारण लाइनको विस्तृत अध्ययन (डीपीआर) मंगलबार सम्पन्न सचिव स्तरीय बैठकमा पेस गरिएको थियो।

डीपीआर अनुसार न्यू बुटवलदेखि भारतको गोरखपुरसम्मको यो संरचनाको लागत ७ अर्ब २१ करोड भारतीय रुपैयाँ (११ अर्ब ५३ करोड रुपैयाँ) पर्नेछ। ती सहभागीका अनुसार उक्त डीपीआरलाई बैठकले स्वीकृत गरेको छ भने लगानीसम्बन्धी मोडालिटी संयुक्त प्राविधिक टोलीलाई जिम्मा लगाउने निर्णय गरेको छ।

‘यो प्रसारण लाइनको विकास स्वरूप (मोडालिटी) र लगानी तय गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने निर्णय भयो', बैठकपछि ती अधिकारीले अन्नपूर्णसित भने, ‘तर नेपाल सरकारको मुख्य जोड यो प्रसारण लाइन सरकारी तहमै निर्माण गर्नेमा छ।' दुवै देशबीच व्यापारिक तवरमा प्रसारण लाइन निर्माण गर्दा नेपालले नौ महिनाका लागि बिजुली आयात गर्दा पनि प्रसारण लाइनको भाडाबापत मात्र एक अर्ब रुपैयाँ तिर्नुपर्छ।

‘यस्तो नियति नदोहोरियोस् भन्न हामीले विकास स्वरूप परिवर्तन गरी सरकारी तहमा गर्न खोजेका हौं', ऊर्जा मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीले यसको विकल्पमा रक्सौल परवानीपुरजस्तै भारतीय अनुदानमा लगानीका लागि प्रस्ताव गरेका छौं।'

बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जासचिव अनुपकुमार उपाध्याय र उनका समकक्षी भारतीय विद्युत् मन्त्रालयका सचिव पीके पुजारीले गरेका थिए। मंगलबार सम्पन्न सचिव स्तरीय बैठकअघि सहसचिव स्तरीय बैठक (संयुक्त कार्य दल) को बैठक भएको थियो। बैठकमा ऊर्जाका सहसचिव दिनेशकुमार घिमिरेले नेतृत्व गरेका थिए भने उनका समकक्षी आरके बर्मा थिए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

साझा बसको रात्रिकालीन सेवा सुरु, जहाँ अाेर्लिए पनि २५ रुपैयाँ भाडा

काठमाडौं,फागुन ४ । साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रिकालीन बस सेवा सुरु गरेको छ। साझाले पाँचवटा रुटमा बेलुका ९ देखि ११ बजेसम्म एउटाएउटा बस सञ्चालनमा ल्याएको छ। साझाका अनुसार एउटा बस अस्पताल क्षेत्रलाई मध्यनगर गरी लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल– वीर अस्पताल–महारागञ्ज टिचिङ–बाँसबारी गंगालाल–न्युरो अस्पताल रुटमा सञ्चालनमा ल्याइएको छ। बाँकी ४ वटा बस न्युरोडबाट नयाँ बानेश्वर–कोटेश्वर, मैतीदेवी–पुरानो बानेश्वर–गौशाला–चाबहिल, त्रिपुरेश्वर–कालीमाटी–कंलकी र ठमेल–सोह्रखुट्टे–नयाँ बसपार्क रुट सञ्चालन गरिएको छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले रात्रिकालीन सेवा भएकाले यात्रु जहाँ अाेर्लिए पनि २५ रुपैयाँ भाडा लिइने जानकारी दिए। ‘बन्द, हडताल, चाडपर्व पनि बस चालू राखिनेछ,’ उनले भने।   साझाले फागुन १ मा १० वटा डिलक्स र एउटा नमुना सेमी लो फ्लोर बस खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । यी ११ बस ६ महिनामा खरिद गरेर सञ्चालनमा ल्याउने योजना रहेको जानकारी पाण्डेले दिए। ‘बस थप्नका लागि आर्थिक स्रोत जुटाउन काठमाडौं महानगरपालिकासँग थप ५ करोड रुपैयाको शेयर बिक्री गर्ने सम्झौता भएको छ’ उनले भने ।

यसअघि महानगरपालिकाले १० करोड रुपैया शेयर खरिद गरिसकेको छ। सेमी लो फ्लोर बस समथर सडकमा चल्छ। बस सममान्यतया अन्य भन्दा महंगो हुन्छ । बसमा चढ्न र ओर्लन अपांगता भएका व्यक्ति, अशक्त र बिरामीहरुलाई लिफ्टको जरुरत नपर्ने साझाले जनाएको छ । पछिल्लो समय सञ्चालनमा ल्याइएका अपांगमैत्री बस म्यानुअल लिफ्टको थियो। उपत्यका बाहिर लामो दुरीमा साझाका ६ वटा बस सञ्चालनमा छन्।  काठमाडौ–बागलुङ, बीरगञ्ज र भैरहवा चल्ने बसमा २० प्रतिशत भाडा छुट गरिएको छ ।

प्रमुख कार्यकारी अधिकृत पाण्डेले उपत्यकामा चल्ने बसमा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था गर्न स्मार्ट ट्राभल कार्डको परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिए। ‘सुरुमा लगनखेल–नयाँबसपार्क चल्ने १० वटा गाडीमा मेसिन जडान गरिनेछ,’ उनले भने, ‘सर्वसाधारणले केही दिनमै बस चढ्दा स्मार्ट कार्डबाट भाडा तिर्न सक्नेछन् ।’

यात्रुले बसको ढोकामा राखिएको डिभाइसमा कार्ड सेन्सर गराएपछि भाडाबापतको रकम आफैं काटिनेछ।  कार्ड रिचार्ज गर्न सहचालकलाई रकम बुझाएर वा साझाको कार्यालयमा सम्पर्क गर्न सकिने साझाले जनाएको छ। भाडाबापत काटिएको रकम साझाको नेपाल राष्ट्र बैंकस्थित खातामा जम्मा हुनेछ।  आजको कान्तिपुर दैनिकमा समाचार छ ।

अब एनसेलबाट फेसबुक चलाउन निःशुल्क

काठमाडौं,फागुन ३ । निजी क्षेत्रको टेलिकम सेवाप्रदायक कम्पनी एनसेलले फेसबुक चलाउन निःशुल्क गरेको छ। इन्टरनेट फर अल नाराका साथ एनसेलले फेसबुकसँगको साझेदारीमा तीन महिनाका लागि यस्तो योजना ल्याएको हो । एनसेलका सिम भएका ग्राहकले राति १२ बजेपछि निःशुल्क फेसबुक सेवा लिन सक्नेछन् । एनसेलका अनुसार फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा शुल्क स्ट्याटस पोस्ट गर्न, फोटोहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन । च्याट गर्दा भने तोकिएको शुल्क लाग्नेछ ।

एनसेलको यो अफर लागू भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज प्रयोग गर्न सक्नेछन् ।

कांग्रेस नेताको धम्की-‘समयमै निर्वाचन हुन नसके सत्ता समीकरण परिवर्तन हुन्छ’

कैलाली,फागुन ३ ।  नेपाली कांग्रेसका पूर्व उपसभापति तथा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले समयमै निर्वाचन सम्पन्न हुन नसके सत्ता समीकरण परिवर्तन हुने बताएका छन् । कैलालीको धनगढीमा आज नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठले वैशाखको दोस्रो अथवा तेस्रो हप्तासम्ममा निर्वाचन सम्पन्न गराउने हो भने त्यसका लागि हाम्रो पार्टीले धैर्यधारण गर्ने, यदि त्यसो नभएमा पहिलेको सहमतिअनुसार सत्ता समीकरण परिवर्तन हुने जानकारी दिए।

नेता श्रेष्ठले यो संविधानलाई लागू गर्नका लागि मधेसवादी दल, आदिवासी, जनजाति, पश्चिम तराईका थारुलगायतका कुरा सुन्नु आवश्यक रहेको बताए। उनले २०७२ सालको संविधान महिलामैत्री, जनजातिमैत्री, मधेसीमैत्री रहेकाले अझै पनि संविधानमा केही कुराको कमीकमजोरी छ भने त्यसलाई संशोधन गरेर अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमा नेता श्रेष्ठले मधेसवादी दल पनि पुरानै अवस्थामा निकायको निर्वाचन गर्दा उनीहरु पनि सहमतिमा आउने आफूले देखेको उल्लेख गरेका छन् । साथै, उनले २०७४ साल माघ ७ गतेभित्र प्रदेश र प्रतिनिधिसभाको चुनाव सम्पन्न गरेर अगाडि बढ्न नसकेकोे अवस्थामा फेरि यो संविधान दलदलमा फसी लागू भएको नठहर्ने बताए।

सम्मेलनमा संविधान संशोधनको टुङ्गो नलागीकन निर्वाचनको मिति नतोक्न मधेसवादी दलले आग्रह गरेको हुनाले यो मिति तोक्ने अवस्थामा पुग्दापुग्दै मिति तोक्नलाई अलिकति ढिलाइ भएको उनले बताएका छन्।

साथै, नेता श्रेष्ठले २०६२-६३ को जनआन्दोलनबाट २४० वर्षको राजसंस्थाको अन्त्य गरी हामीले पूर्ण लोकतन्त्र कायम गरेकाले यो संविधानलाई कार्यान्वयन गर्दै रु तीन करोड जनतालाई केन्द्रबिन्दु बनाएर सबै अगाडि बढ्नुपर्ने धारणा राखे रासस

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web