टोकियो ।
नियम विपरित नेपालीलाई बढी समय काममा लगाएको भन्दै जापानी अधिकारीहरुले दुईजना जापानीलाई पक्राउ गरेका छन् ।

जापानको श्रम कानुन अनुसार हप्ताको २८ घण्टामात्र काम गर्न पाउने भएपनि बढी समय काममा लगाएको पाइएपछि उनिहरुलाई पक्राउ गरिएको बताइएको छ ।

जापान नागोया शहरमा साकि ईसाको र माचुओका ताएआकिरा पक्राउ परेको समाचारमा उल्लेख छ ।

नागोयामा ३ जना नेपाली महिलाहरुलाई तोकिएको भन्दा बढि समय काम लगाएको र उनिहरुले हाकेन कम्पनीका संचालक र फुड प्रोसेसिङ कम्पनीका डाइरेक्टरलाई पक्राउ गरेको समाचारमा जनाइएको छ ।

छेटु शेर्पा-
एक मन (४० केजी) को भारीमाथि सातमहिने छोरालाई कोक्रोमा बोकेर हिँडेकी हटिया– २ हुङगुङकी फुटिक भोटेलाई आफ्नो स्वास्थ्यको ख्याल छैन । सात महिनाकी सुत्केरी उनी गह्रौँ भारीको ढाकर बोक्छिन् र पाँच दिनमा घर पुग्छिन् ।

साथमा भारी अनि भारीमाथि कोक्रो बोकेर उनी दुई दिन लगाएर खाँदबारी आउँछिन् । अनि फेरि सामग्री खरिद गरेर पाँचाँै दिनमा घर पुग्छिन् ।

खाँदबारीबाट भोटखोला क्षेत्र जाने क्रममा गह्रौँ भारीको ढाकर अनि ढाकरमाथि नानीसहितको कोक्रो बोकेर हिँड्ने महिला यहाँ प्रसस्तै भेटिन्छन् । यस क्षेत्रमा यस्तो कामलाई स्वाभाविक र सामान्य रूपमा लिइन्छ । यस्तो कामलाई कुनै पनि पुरुषले साह्रो–गाह्रो परेको ठान्दैन ।

उत्पादित अन्नले तीन महिना पनि खान नपुग्ने भोटखोला क्षेत्रमा खाद्यान्नको जहिले पनि अभाव हुने गर्छ । हातमुख जोड्नै समस्या भएपछि यहाँका महिला खाद्यान्न र अत्यावश्यक सामग्री खरिद गर्न सदरमुकाम खाँदबारीमा आउने गर्छन् ।

पुरुषहरू मजदुरी गर्न अयन्त्र र विशेषतः व्यापार–व्यवसायका लागि भारततिर जाने गरेका कारण यहाँका महिलाले घरपरिवार आफैँ चलाउनुपर्छ । अभावैअभावको जीवन, त्यो पनि एक्लै बाँच्नुपर्दा महिलाले अत्यन्तै दुःख पाउँछन् । यतिसम्म कि कतिपय अवस्थामा ६ वर्षमाथिको बच्चाले घर सम्हाल्नुपर्ने अवस्था आउँछ ।

फुटिक भोटे पनि सात वर्षीया छोरीलाई घर हेर्ने जिम्मा लगाएर किनमेलका लागि सदरमुकाम हिँडेकी हुन् । फुटिक भन्छिन, ‘घरमा दुईवटा गाई र दर्जनभन्दा बढी कुखुरा छन् । तिनको रेखदेख मात्रै होइन, घर पूरै सम्हाल्ने सातवर्षे कलिली छोरीले हो ।’

ठूलो भारी त्यसमाथि कलिलो बालक बोकेर उकालो चढ्दै गरेकी उनले छोरा भोक लागेर रुन थालेपछि भारी बिसाएर बाटोमै स्तनपान गराइन् । उनको बाध्यता कस्तोसम्म छ भने घरमा चाहिने सामग्री सकिनेबित्तिकै सात महिनाको नाबालक छोरो बोकेर घामपानीको वास्ता नगरी फेरि सदरमुकामतिर हिँड्नुपर्छ । बच्चालाई माया गर्ने भनेको बिसौनी र चौताराहरूमा स्तनपान गराउँदा हो ।

विपन्नता, चेतनाको अभाव, सानै उमेरमा विवाह गर्ने, सन्तान धेरै जन्माउने र बाबुले आफ्नो जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिका कारण भोटखोलाका धेरै महिलाले घरधन्दादेखि घरखर्चसमेत आफैँ जुटाउनुपर्छ । यस क्षेत्रका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन् । गाउँघरमा बसेका कतिपय पुरुष पनि जुवातास खेलेर समय खेर फालिरहेका हुन्छन् । जिल्लामा सक्रिय महिला अधिकारकर्मी सुनिता काफ्ले पुरुषले घरको कामको जिम्मेवारी राम्ररी पूरा नगरिदिँदा महिलाको अवस्था कमजोर भएको र स्वास्थ्यमा समस्या देखिएको बताउँछिन् ।

पूर्वी नेपालको कर्णाली भनेर चिनिने हटिया, चेपुवा, किमाथाङ्का र पावाखोला (भोटखोला) गाविसका ८० प्रतिशत महिला निरक्षर छन् । चेतनाको अभाव, घरनजिक विद्यालय नहुनु, अभिभावक निरक्षर हुनु आदि कारणले विद्यालय भर्ना हुन नसकेका यहाँका बालिकाको कलिलै उमेरमा विवाह हुने गर्दछ । विवाहपछि सम्पूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्दा उनीहरूको स्वास्थ्यमा समस्या आउने गरेको छ ।

पावाखोला गाविसका पूर्वअध्यक्ष वाङदाबी भोटेले महिलाको क्षमता विकासका लागि कार्यक्रमहरू भित्र्याउन कोसिस गरिरहेको बताए । यता महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सुनिता सुवेदी भने महिलाको क्षेत्रमा विभिन्न कार्यक्रम लाने प्रयास भइरहेको बताउँछिन् । सुवेदी भन्छिन्, ‘भोटखोलामा म आफँै पुगेँ । यस क्षेत्रका महिलाको अवस्था दर्दनाक रहेको देखेँ ।’

हुन पनि सामाजिक कामदेखि घरसम्म सबै महिलाले नै सम्हालेका छन् । दोहोरो कामको मारले गर्दा उनीहरूको स्वास्थ्यमा समस्या देखिन थालेका छन् । स्त्रीप्रधान रहेको भोटे समाजमा महिला अन्य जातको भन्दा बढी परिश्रम गरिरहेका हुन्छन् । चेपुवा गाविसका सचिव बुद्धिबहादुर घिमिरे भन्छन्, ‘पुरुषलाई अन्य काममा लगाएर आफूले घरबार चलाउने प्रचलन रहेछ । त्यसैले पनि होला यहाँका महिलामा सुत्केरी अवस्थामा पनि स्वास्थ्य, पौष्टिक खानपानको चासो नगर्ने प्रवृत्ति रहेछ ।’
(सञ्चारिका फिचर सेवा/छेटु संखुवासभाका पत्रकार हुन् ।)

भक्तपुर ।
स्वास्थ्य मन्त्री गगन थापाले आम नागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेशन थिएटरको उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुबिधा सम्पन्न बनाउने तयारी भैरहेको बताए ।

उनले सरकारी अस्पताललाई सुदृढ र तिनको सेवा बिस्तार गर्दै नागरिकलाई स्वईच्छाले उपचारका लागि सरकारी अस्पताल आउन आकर्षित गर्ने गरी मन्त्रालयले काम गरिहेको बताए ।

स्वास्थ्य सेवा सर्वसुलभ बनाउन र यसमा सबैको पहुँच पुर्याउन मन्त्रालयले कुनै कसर बाँकी नराखी काम गरीरहेको बताउँदै उनले अहिलेको बजार मूल्य भन्दा सहुलियत दरमा अस्पतालमा छिटो औषधी पुर्याउन पहल भैरहेको जानकारी दिए ।

नेपाल मै पहिलो पटक सफल रुपमा कलेजो प्रत्यारोपण गरेर नेपालले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको बताउदै मन्त्री थापाले सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

केन्द्रलाई स्थान अभाब भएको सन्दर्भमा नेपाल ट्रष्टको जमिन केन्द्रलाई उपलब्ध गराउनका लागि मन्त्रालयले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको मन्त्री थापाको भनाई छ ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपणलाई आवश्यक पर्ने अत्याधुनिक साधनहरु समेटिएको २ वटा अत्याधुनिक मोडुलर अपरेशन थिएटरको स्थापनाले केन्द्र प्राबिधिक रुपमा आत्मनिर्भर भएको बताए ।

नेपालमै पहिलो पटक उच्च स्तरको मोडुलर ओ.टी.को स्थापना भएको बताउँदै डा श्रेष्ठले यसबाट केन्द्रलाई कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई अझै सहज बनाउन र निरन्तरता दिन हौसला थपिएको बताए ।

६, फागुन, काठमाडौँ । चार दिनदेखि ठप्प स्थानीय निकाय (शुक्रबार) आज देखि सञ्चालनमा आउने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारी र स्थानीय निकायका कर्मचारी सङ्घ, सङ्गठनका प्रतिनिधिबीच कार्यदल गठन गरी माग सम्बोधन गर्न छलफल गर्नेलगायत सातबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । मन्त्रालय र आन्दोलनरत पक्षका प्रतिनिधिबीच १२ सदस्यीय कार्यदल गठन गरी आन्दोलनरत पक्षका माग सम्बोधन गर्न दुवै पक्ष सहमत भएको मत्रालयका सल्लाहकार माधव सापकोटाले जानकारी दिनुभयो ।

चार दिनदेखि स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारीसरह समान पदका लागि समान अवसर प्रदान गर्नुपर्ने र लामो समयदेखि कार्यरत अस्थायी, करार र ज्यालादारी कामदारलाई सेवामा निरन्तरताको अवसर दिनुपर्नेलगायत माग राख्दै स्थानीय निकायका कर्मचारी आन्दोलित हुँदै आएका थिए ।

गत बिहीवार एक घन्टा र शुक्रबार १० देखि अपराह्न १ बजेसम्म काम छाडेर हड्तालमा उत्रिएका कर्मचारीले आइतबार देशभरका पूरै स्थानीय निकायबाट कामकाज ठप्प पारेका थिए । आज तेस्रो दिन पनि स्थानीय निकायबाट हुने कुनै किसिमको काम हुन सकेन ।

टोकियो ।
नेपाली चलचित्र उद्योगमा व्यापारको सबै रेकर्ड तोड्दै नयाँ धारको सुरुवात गरेको बताइने चलचित्र लुट को दोस्रो सिक्वल लुट २ को प्रदर्शन जापानभर हुने भएको छ ।

पहिलो शो यहि फेब्रुवरी २५ तारिखका दिन राजधानी टोकियोमा हुन लागेको जानकारी दिंदै चलचित्र विक्रिको अधिकार पाएको टोक्यो ड्रिम्सले लुट २ को लागि अग्रिम टिकट बुकिङ आधा सकिएको जानकारी दिएको छ ।

नेपालमा यही १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र देशभर मल्टिफ्लेक्स सहितका चलचित्रघरहरुमा प्रदर्शन हुँदैछ ।

चलचित्र लुट २ जापानमा प्रदर्शन हुने जानकारी गराएलगत्तै टिकट बुकिंगको लागि अनुरोध आएपछि योजना भन्दा एकसाता अघिनै खुल्ला गरेको बताएको आयोजकले मेगुरो कुमिन सेन्टरमा २५ फेब्रुवरी साँझ ५ ३० बजेबाट हुने पहिलो शो को लागि दिनको १५/२० वटा टिकट बुकिगं आइरहेको जानकारी दिंदै समयमै टिकट बुकिगं गराउन सबैलाई आग्रह गरेको छ ।

शो अघि नै टिकट बुकिगं सकिने ठानिएको चलचित्र लुट २ हलमा आएर टिकट लिन समस्या हुनसक्ने भन्दै आयोजकले समयमै फोटोमा उल्लेखित नम्वरमा सम्पर्क गरेर टिकट बुकिगं गराउन आग्रह गरेको हो ।

दोश्रो सो मार्च ५ तारिकका दिन मेगुरो कुमिन सेन्टरमै हुने भन्दै आयोजकले उक्त शो को लागि समेत टिकट बुकिगं हुने क्रम बढिरहेको बताउँदै दुवै शो हाउसफुल हुने विश्वास व्यक्त गर्दै सबैलाई समयमै टिकट लिएर सहजरुपमा चलचित्र हेर्न आउन अनुरोध गरेको छ ।

चलचित्र लुट २ जापानको ओसाका, नागोया, फुकुओका, तोचिगी, सिजुओका लगायत स्थानमा प्रदर्शनको तयारी भइरहेको छ ।

बहुप्रतिक्षित चलचित्र 'लुट २' जापान शो को बुकिंग खुल्यो

चलचित्र लुट २ को ट्रेलर र गित यस्तो छ

बहुप्रतिक्षित चलचित्र 'लुट २' जापान शो को बुकिंग खुल्यो

काठमाडौं ।
गैर आवासिय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रिय सम्मेलन आगामी मार्च १८ र १९ तारिखमा मलेसियामा हुने भएको छ ।

‘समृद्ध राष्ट्र निमार्णका लागि दक्ष जनशक्ति भन्ने मुल नारा सहित एसिया प्यासिफिक क्षेत्रका १५ बढि राष्ट्रका एनसीसी अध्यक्ष लगायतका प्रतिनिधिहरुको सहभागिता मलेसियाको राजधानी क्वालालाम्पुरमा सम्मेलन हुने भएको हो ।

करिव पाँच व्यक्तिको सहभागिता रहने कार्यक्रममा पहिलो दिन विभिन्न देशका प्रतिनिधिबिच मैत्रिपूर्ण फुटसल खेल हुने भएको छ ।

सम्मेलनमा नेपालको समृद्धिका लागि दक्ष जनशक्ति निमार्णमा गैरआवासीय नेपाली सहित सरोकारवालाहरुले निभाउनु पर्ने भुमिकाका वारेमा विशेष छलफल भएर दोस्रोदिन सम्मेलन सकिने बताइएको छ ।

बिजेताले १० लाख जापानी येन पुरस्कार पाउने ‘एसिया प्यासिफिक फुटसल २०१७’ माउपविजेताले तीन लाख येन पुरस्कार पाउने छ ।

कार्यक्रम होटल ग्राण्ड कन्टीनेन्टल क्वालालाम्पुरमा हुने छ भने कतिपयले पछिल्लो समय हुनेगरेका यस्ता सम्मेलनहरु एनआरएनको भावि नेतृत्वका लागि मतमाग्ने थलो र आफ्नो पक्षमा पार्न कसरतहरु हुने गरेको बताउँदै आएका छन् ।

सम्मेलनमा एसिया प्यासिफिक क्षेत्र मातहतका राष्ट्रहरुको प्रतिबेदन प्रस्तुत गरिनुका साथै एनआरएनए अध्यक्ष सहित शिर्ष नेतृत्वको सहभागीता रहने छ भने कार्यक्रममा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रकाशशरण महत प्रमुख अतिथिका रुपमा जाने भएका छन् ।

Many places in the country including the Kathmandu Valley today saw partially cloudy conditions due to the influence of the Westerly winds.

Meteorologist Subhash Rimal said although the Westerly has caused cloudy condition, there is no possibility of rain.

"The influence of the Westerly wind that started from yesterday will lead to a drop in day-time temperature and this system will last for two to three days," Rimal said.

The minimum temperature of Kathmandu Valley today was five degree Celsius and the maximum 22 degrees Celsius.

Three persons, including a driver were killed in a road accident at Kotilabhir of Badki-2 in Jumla district this morning, police said.

The casualties occurred when a vehicle heading to Mugu from Nepalgunj met with the accident.

The deceased are Tirtha Ram Tharu (driver) of Mainapokhar of Bardiya, Ranga Bahadur Shahi and Ganga Shahi of Kalai village of Mugu, police added.

Similarly, helper of the vehicle who was critically injured in the accident has been rushed to Jumla headquarters, Khalanga for further treatment.

The Pashupati Area Development Trust (PADT) has stated that it has almost completed the preparations for Mahashivaratri, a major Hindu festival dedicated to Lord Shiva.

The preparations for the festival that falls on February 24 are in the final stage, according to Govind Tandan, member-secretary of the Pashupati Area Development Trust.

The Trust has formed different nine subcommittees for the same as well.

According to the Trust, such committees were formed for the security arrangement, health camps and traffic management as well.

The Trust is expecting some 1.3 million visitors this year from Nepal and neighboring countries as well.

काठमाडौं ।
शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ ।

शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो ।

परिषदमा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा तथा सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी, निजी विद्यालयका तर्फबाट एनप्याब्सनका उपाध्यक्ष डा. कुस्मिला आचार्य र प्याव्सनका उपाध्यक्ष विजय सम्बााहाम्फे मनोनित हुनुभएको छ ।

काठमाडौं ।
पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि विभिन्न ९ वटा उससमिति गठन गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

विगत वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो ।

महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् ।

यस वर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ ।

रोल्पा ।
नेकपा(माओवादी) को आजदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा पार्टीका प्रतिनिधिको समेत उपस्थिति रहेको माओवादीले बताएको छ ।

शुक्रबार महासचिवको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधान समूहगत रुपमा छलफल हुने बताइएको छ ।

महाधिवेशनमा पार्टी स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् अञ्चल ब्युरो र हरेक जिल्लाबाट कम्तीमा एक र बढीमा १० जनासम्म प्रतिनिधिको सहभागिता रहेको बताइएको छ ।

यही फागुन १ गते काठमाडाँैको खुलामञ्चमा उद्घाटन भएको आठौँ महाधिवेशनको बन्दसत्र फागुन १० गतेसम्म चल्ने पार्टीले जनाएको छ ।