घर बनाइसकेका भूकम्पपीडितले एकैपटक तीन लाख पाउने

काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनःनिर्माण गरिसकेका घरधनीलाई आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा अनुदान वापतको तीन लाख रूपैयाँ एकैपटक भुक्तानी गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा।डा। गोविन्दराज पोखरेलको संयोजकत्वमा आज बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता यामलाल भुसालले जानकारी दिए ।

पुनर्निर्माण गरिरहेका घरधनीलाई भने तीन किस्तामा रकम दिइनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।

भूकम्प प्रभावित १७ जिल्लाका पीडितको सर्वेक्षणको कार्य अन्तिम चरणमा पुगेकाले ती जिल्लाका लाभग्राहीलाई सहज र सरल रुपबाट निजीआवास अनुदान रकम उपलब्ध गराउन समयमै कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

युवतीसँग रासलीला मच्चाउन गएका न्युरोडका व्यापारी होटलमै बन्धक बनेपछि

काठमाडौं ।
युवतीले होटलमा बोलाएपछि यौन रासलिला मच्चाउ पुगेका न्युरोडका व्यापारी श्यामसुन्दर अग्रवाल अपहरणमा परेका छन् ।

सुन्धारास्थित एक होटेलमा युवती रमाइलो गर्न भन्दै बोलाएपछि पुगेका अग्रवाललाई युवतीसँगै रहेका अपहरणकारीले बन्धक बनाई करिब नौ लाख रुपैयाँ फिरौती लिएर कोठामै थुनेर भागेका छन् ।

व्यापारी अग्रवाललाई सुन्धाराको सनराइज गेस्टहाउसमा करिब ६ घन्टा बन्धक बनाइएको थियो । अपहरणकारीले उनीबाट ७२ हजार नगद र आठ लाख रुपैयाँको चेक लिएका हुन् ।

मुखमा पट्टी बाँधी होटेलको कोठामा बाहिरबाट चुकुल लगाएर अपहरणकारी भागेको प्रहरीले जनाएको छ । अपहरणकारी भागेपछि व्यापारी अग्रवालले कोठामा भित्रबाट ढकढक गरेपछि होटेलका कर्मचारीले ढोका खोलेका थिए ।

त्यसबेला मुखमा पट्टी तथा हातखुट्टा बाँधेको अवस्थामा अग्रवाल भेटिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौं परिसर तथा महानगरीय प्रहरी वृत्त जनसेवाले घटनाको अनुसन्धान सुरु गरेको छ ।

घटनामा संलग्नहरूको खोजी भइरहेको महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरीले अपहरणकारी समूहका दुईजनालाई शुक्रबार पक्राउ गरेको बताएको छ ।

अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । अपहरणमा संलग्न युवतीसहित सबै फरार छन् ।

मखनमा सारी पसल चलाउँदै आएका अग्रवालको युवतीसँग भने पहिले नै चिनजान रहेको पक्राउ परेकाहरूले बताएका छन् । युवतीले भेट्न बोलाएपछि अग्रवाल होटेलमा गएका थिए ।

त्यहाँ रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ सुरु गरेका थिए । अग्रवालले तत्काल ७२ हजार र आठ लाख रुपैयाँको चेक दिएका थिए ।

धादिङमा भुईचालो गयो

काठमाडौं ।
आज बिहान ६ बजे धादिङ बेनीघाटमा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको मापन ४.४ रेक्टर गरिएको बताइएको छ ।

अघिल्लो बर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछिकै निरन्तरता स्वरुप पराकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार यो सहित गोरखा भूकम्पपछि ४ रेक्टर स्केल माथिका ४ सय ७६ पटक परकम्पहरु गएका छन् ।

सांसदहरु आफ्नै अधिकार बढाउन व्यस्त, जनताले दबाव दिन पनि नपाउने

काठमाडौं ।
जनप्रतिनिधि निकाय सांसदलाई काम गर्न बाध्य पार्ने, बल प्रयोग गरेर वा नगरेर धम्की दिनेलाई सात वर्ष कैद सजाय हुने भएको छ ।

सांसदको विधायन समितिले शुक्रबार पारित गरेको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुर संहितामा सांसदलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था गरिएको हो ।

जनप्रतिनिधि निकायलाई धम्की दिनेलाई कैद सजायको व्यवस्था ऐनमा गर्दा ‘दुरुपयोग’ हुन सक्ने भन्दै केही सांसदको असहमतिबीच पनि यस्तो व्यवस्था पारित गरिएको हो। तर, सांसदको मर्यादा र इज्जतका लागि यस्तो व्यवस्था राखिएको उपसमिति संयोजक कृष्णभक्त पोखरेलले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

विधेयकको दफा ५५ मा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा व्यवस्थापिका सांसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरि वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुंदैन। यस्तो कसुर गर्ने व्यक्तिलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

केही मुलुकमा ससद र सांसदलाई बन्धक बनाई निर्णय गर्न बाध्य पारिएका घटनाहरु भएका कारण पनि संसद र राष्ट्रपतिलाई धम्की दिए कैदको व्यवस्था राख्नुपरेको समितिका सदस्यहरु बताउछन् ।

तर सांसदहरुले गर्ने गलत काममा उनिहरुलाई दण्ड सजाय, कारवाही लगायतमा भने सांसदहरुले कहिल्यै छलफल तथा नयाँ नीति बनाउन कुनै पहल गर्ने गरेका छैनन् ।

काम चलाउ राजदूत मात्र हुँदा कूटनीतिक सम्बन्ध प्रभावित

काठमाडौं ।
लामो समयदेखि रिक्त जापान, दक्षिण कोरिया, इजरायल, डेनमार्क, अस्ट्रेलिया सहित एक दर्जनभन्दा बढी नेपाली कूटनीतिक नियोग कार्यबाहकको भरमा छोड्दा दुई देशिय सम्वन्ध प्रभावित हुन थालेको छ ।

सरकारले राजदूत नियुक्तिका लागि गृहकार्य गरे पनि राजनीतिक भागवण्डाको खेलमा नाममा टुङ्गो लगाउन नसक्दा ढिलाइ हुँदै आएको परराष्ट्र स्रोतले जनाएको छ ।

विभिन्न देशका लागि राजदूत नियुक्तिको अन्तिम तयारी गरिरहेको बताए पनि हालसम्म १३ देशमा राजदूत नियुक्तिको प्रक्रियाले मूर्तता पाउन सकेको छैन ।

विगत तीन वर्षदेखि विदेशस्थित केही दूतावास राजदूतविहीन छन् ।  राजदूत नहुँदा खाडीका देशमा रहेका नेपाली कामदारलाई धेरै समस्या भएको भन्दै संसदीय समितिले राजदूत नियुक्तिका लागि सरकारलाई निर्देशन दिएपनि सरकारले त्यसलाई गम्भिर रुपमा लिएको देखिएको छैन ।

परराष्ट्र सचिव शङ्करदास वैरागीले भने राजदूत रिक्त १३ देशमा नियुक्ति प्रक्रिया छिट्टै हुने बताए ।

‘परराष्ट्रमन्त्री राजदूत नियुक्ती र मन्त्रालयको कामभन्दा बिदेश भ्रमणमा व्यस्त रहँदै आएका छन् । उनि हाल बेल्जियम र लक्जम्बर्गमा हुने योगा–ध्यानसम्बन्धी मन्त्रालयको गम्भिर चासो र सम्वन्ध नरहेको सम्मेलनमा भाग लिन गएका छन् ।

हालसम्म नेपालले २९ देशमा आवासीय दूतावास स्थापना गरेको छ ।  नेपाली राजदूत नभएका देशमा जापान साउदी अरेबिया, दक्षिण कोरिया, इजरायल, बहराइन, कतार, ओमन, दुबई, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, अस्ट्रेलिया र म्यानमार छन् ।  तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७३ वैशाख ७ गते २२ देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रजातन्त्रको ६७ बर्ष, कान्ति लोकपथको काम ६० बर्षमा १५ प्रतिशत

७ फागुन, काठमाडौं ।
यसअर्थमा प्रजातन्त्र धिक्कार भएको छ कि यसले देशमा विकास ल्याएर विकृती जति ल्याएको छ । उदाहरण बनेको छ कान्ति लोकपथ । आज प्रजातन्त्र स्थापनाको ६७ बर्ष पुगेपनि तराईसँग राजधानीलाई जोड्ने कान्ति लोकपथको कामभने जम्मा १५ प्रतिशत भएको छ त्यो पनि ६० बर्षमा ।

६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको पाइएको छ ।

कान्ति लोकपथ आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहले सडक बन्न लागेको ६ दशक बिते पनिस् प्रगति न्यून भएको स्वीकार गरे । साहले भने, ‘कान्ति लोकपथ निर्माण ०१३ देखि सुरु भएको देखिन्छ । त्यसवेला नेपाली सेनाले ट्र्याक खोले पनि निर्माण कार्यले गति लिन सकेन । अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम हुन सकेको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । यो सडक आठ वर्षयता कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयले निर्माण गर्दै आएका थिए ।

सरकारको प्राथमिकतामा परेमा कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने लोकपथ सडक आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहको भनाइ छ । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढमा जोड्न आवश्यक हुने उनले बताए । यसो गरिएमा ललितपुरको सातदोबाटोबाट निजगढको दूरी ८० किमि मात्रै हुन आउँछ । जबकि फास्ट ट्र्याक भनिएको काठमाडौं–निजगढको दूरी ७६ किमि छ ।

कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौं प्रवेश गर्ने एक सय ३२ किमि दूरी छोटिने आयोजनाले जनाएको छ । अहिले तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा हो । यसको दूरी दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भएमा हेटौँडाबाट ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवै बचत हुन्छ ।

नेपालमा अागो लगाउने पनि भारत, पेट्रोल खन्याउने पनि भारत

फणिन्द्र नेपाल-

नेपालमा सन् १९५० देखि बस्दै अाएका अाप्रवासीलाई राज्यसत्ता सुम्पिने गरी नेपालको संविधान संशोधन हुनुपर्छ भन्ने माग लम्पसारवादीहरूले पूरा गर्न सक्ने सम्भावना अाजसम्म जीवितै छ ।

संविधानमा ती अाप्रवासीका मुद्दालाई संबोधन गरेरमात्र नेपालको लोकतन्त्र संस्थागत हुन्छ भने त्यस्तो लोकतन्त्र भारतले अाफैसँग राखेको राम्रो हो । शिवशंकर मुखर्जीले के बुझून् भने भारतीय स्वार्थ नेपालमा यसरी नै लाद्न खोज्ने हो भने दुई देशको सम्बन्ध नदीका दुई किनार झैँ मात्र बन्नेछ ।

अाफ्ना नागरिकका लागि नेपालमा भिडन्त गर्ने मुखर्जीहरूको चरित्रमा सुधार नअाउने हो भने ती भारतीय अाप्रवासीविरुद्ध अमेरिकी ट्रम्पकै शैली अपनाउन नेपालीहरू बाध्य हुनेछन् । के भारतमा नेपाली भाषीका धेरै पुराना र जायज माग र मुद्दालाई भारतीय संविधानले संबोधन गरेको छ ?

छिमेकीको घरमा अागो लाग्दा असल छिमेकीले पानी हाल्छ , पेट्रोल खन्याउँदैन । नेपालमा त अागो लगाउने पनि भारत, पेट्रोल खन्याउने पनि भारत । के हामी पानी र पेट्रोल खुट्याउन सक्तैनौँ ?

महन्थ ठाकुरजस्ता अाप्रवासीले तराईमा विभेद छ भन्दैमा सत्य पाखा लाग्छ ? तराईका अादिवासीको अाँसुमा पौडी खेलेर नपुगेर अब अाप्रवासी महन्थहरूले राष्ट्रपति ताक्ने ? भारतमा महन्थकी माई सोनियाँ गान्धीको हालत हेर्नू नि ।

ग्रेटर नेपालको संभावनाबाट इन्डिया त्रस्त

अाजको ` नागरिक ´ दैनिकमा ` नेपाल – भारत साझा अभिव्यक्ति ´ शीर्षकमा डा. रमेश ढुंगेलको लेख छापिएको छ । लेख मूलतः ग्रेटर नेपालको अवधारणा विरुद्ध केन्द्रित छ । उहाँ लेख्नुहुन्छ : " नेपालको तर्फबाट बेलाबेलामा निस्कने ` ग्रेटर नेपाल ´ को अवधारणा र मुद्दाले नेपाल – भारत सम्बन्धमा केही मात्रामा ` बार्गेनिङ ´ बुँदाको काम त गर्ला, तर यस्ता विवाद चर्काउने र असंभव लक्ष्य बोकेका अभियानले क्षेत्रीय साझा र विशाल सांस्कृतिक एकताको बाटोमा अप्ठेरा, शंका र अनावश्यक सतर्कताको नीति बढाएको देखिन्छ ।

यस सन्दर्भमा नेपालले इतिहासको ` ग्रेटर नेपाल ´ को र झन्डै ७/८ सय वर्ष अघिको खस साम्राज्यको अवस्थालाई पहिल्याएर पूर्व – पश्चिमतर्फका भूखण्ड दाबा गर्न दार्जिलिङ , सिक्किम र कुमाउगढवालतिर अाँखा लाउँदै रडाको मच्चाउने सोच अहिले यी दुवै देशका निम्ति प्रत्युत्पादक मात्र नभई घातक सिद्ध हुने निश्चित छ।"

मलाई अाश्चर्य लाग्छ, हङकङ र मकाउ चीनले फिर्ता लिएको, सैनिक कार्बाहीबाट भारतले गोवा हत्याएको, भारतले कसमीरमाथि अनधिकृत दाबीसमेत गरेर त्यहाँ नरसंहार मच्चाइरहेको, बेलायतले फोकल्यान्ड टापुमाथि नियन्त्रण कायम गरेको, चीन – जापान – दक्षिण कोरिया – फिलिपिन्स बिच टापुहरूमाथि स्वामित्वको विवाद चुलिएको, रूस – जापान टापु विवाद दोस्रो विश्व युद्धपछि अाजसंम कायमै रहेको, क्राइमियालाई रूसले अाफूमा मिलाएको देख्तादेख्तै ग्रेटर नेपालको भूभाग भारतले फिर्ता गर्नुपर्छ भन्ने मान्यतालाई मात्र किन गलत ठहर्‍याउन खोजिन्छ ?

परिस्थितिले जमिन गुमाएका अरु मुलुकले जमिन फिर्ता लिँदा त्यो सही हुने, त्यसै गरी नेपालले जमिन फिर्ता माग्नुपर्छ भन्ने मागचाहिँ गलत हुने ?यो कस्तो विवेकहीन कुरा हो !

खुसीको कुरा, डा. ढुंगेलको लेखमा ग्रेटर नेपालबारे भारतको सन्त्रास प्रकट भएको छ। लाग्छ, उसको मर्ममै प्रहार भएको छ।

साथीहरू, अाफ्नो विश्वास नडगमगाउनुहोस् , ग्रेटर नेपाल कायम हुने समय नजिकिँदै छ। ग्रेटर नेपालको विरोध गरेर नेपाल अामाको छातीमा लात्ती हान्नेहरूलाई बेलैमा चिन्नुहोस् र खबरदारी गर्नुहोस् ।

सहयोगमा सुत्केरीको ज्यान बाँच्यो । तर घर फर्कने कसरी ?

नन्द ऋषि जैसी-मुगु ।
सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ । नत नजिक अस्पताल नते आर्थिक सार्मथ्यता । नेपालको अति दुर्गम मुगु जिल्लाको धैनकोट गा.वि.स. स्थित दइगाँउका पुन्न प्रसाद जैसीमाथि काहाली लाग्दो वज्रपात हो यो ।

प्रसव पिडा र अत्याधिक रक्तस्रावका कारण ओछ्यानमा छटपटाइ रहेकी श्रीमतिलाई छेउमा बसेर टुलुटुलु हुर्नु सिवाय अन्य विकल्प केही थिएन पुन्न प्रसाद सँग । मुगु जिल्लाकै गरिवको सुचिमा समावेस छन पुन्न प्रसाद जैसी ।

छोरा पाउने आसाले यो पटक दशौ सन्ताको रुपमा जन्माउन लागेका थिए तर सोचे जस्तो हुन नसकेपछि पिडा माथी बज्रपात भएको छ । तर भएको बच्चा पनि अस्पताल पोखरा गण्डकी उपक्षेत्रीय अस्पतालमा पुगेर अप्रेसन पछि मरेको बच्चा जन्मेको छ ।

घरमा खानलाउन केही छैन नौजना छोरी पालो पैचो गरेर बाँचेका छन । त्यसैमाथी अरुबेला जस्तो दशौ सन्तानको बेला आफै बच्चा जन्माउन सकीनन् रिउलि ले । चारदीन सम्म  व्याथा लाग्यो सहयोगको आसा नै गरेका थिएनन् आफै भन्छन यो सँस्थाले कसरी यति ठुलो सहयोको हात फैलायो किन सहयोग गर्यो मलाइ थाहा छैन मलाई ।

हेलीकप्टर गाँउमै बसालेर फेजनेपालले सुत्कीको उपचारकोलागी पोखरा पगाएको छ ।

मुगु जिल्लामा सामाजिक परिवर्तन रुपान्तरणको लागी कार्यरत फेजनेपाल नामक गैर सारकारी सँस्थाको पहलमा हेलिकप्टर चाटर गरेर मृत्युसँग लडिरहेकी ४८ वर्षीया सुत्केरी श्रीमती रिउली जैसीको ज्यान जोगिएको छ ।

फेज नेपालको पहलमा पोखराको गण्डकी उपक्षेत्रीय अस्पता पु¥याएर शल्यक्रिया गरी रिउलीको पेटभित्रको मृत बच्चालाइ निकालेपछि रिउलिको ज्यान बचेको हो ।

हेलिकप्टर गाँउमा पुगुन्जेल सम्म घरमा धामी,झाँक्रि गदै राखिएको थियो ।

आर्थिक समस्याका कारण रिउलिलाई अस्पताल लैजान र उपचार गराउन नसकिएको खवर फेजनेपाल ले पाएपछि आफ्नै पहलमा सँस्थाले हेली कप्टर चाटर गरेको हो ।

अहिले पोखरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । तर विरामिको पिडा एकातिर छ भने अर्को तिर कसरी घर फर्कने पिडाले आकुल व्याकुल भएका छन पुन्न प्रसाद जैसी । सहयोगको याचनामा बाँचेका छन ।

धेरै हास्नुहोला प्रचण्ड ज्यु, रोइदिने त हामी छँदैछौ ! (मर्मस्पर्शी भिडियो)

लेलीन बन्जाडेको शब्दमा शुबास शर्माको आवाज

तपाईं हाँस्नुस्, रोइदिने हामी छौं

(अ)प्रिय प्रधानमन्त्रीज्यू !

भन्नेले भन्छन्–– नाममा के छ र !

नाममा सबथोक छ । तपाईंका ३ वटा नाममा पनि सबथोक छ ।

गाउँतिर तपाईंलाई 'छविलाल' भन्छन् । तपाईंको नाममा हजारौं नेपालीको 'लाल' रगतको 'छवि' पोतिएको छ । मर्नेहरू त मरेर गए, बाँच्नेहरूको अनुहारबाट तपाईंको त्यो छवि कहिल्यै मेटिएन ।

गाउँबाट जंगल छिर्नुअघि मान्छेले तपाईंलाई 'पुष्पकमल' भनेर चिने । मैले देखेको छैन तर मान्छेहरू भन्छन्- कमल हिलोमा फुल्छ । तपाईं हिलोमा फुलेर हिलोमै मुर्झाउनुभो । हिलोमै अस्ताउनुभो ।

जंगल छिरेर तपाईं 'प्रचण्ड' बन्नुभो । 'प्रचण्ड' शब्दका अर्थ अनेक छन् । शब्दकोश भन्छ–– प्रचण्ड भनेको अत्यन्त उग्रता, तीव्रता, अत्यधिक गर्मी, भीषण, कठिन, कठोर, असह्य, भारी आदि हो ।

यसको सामान्य अर्थ हो–– तपाईं उग्र हुनुहुन्छ । तपाईंको मन कठोर छ । तपाईंको बोलीवचन सुन्दा मलाई असह्य हुन्छ । तपाईंले भीषण युद्ध लडेर हामीलाई दशकौं पछि पारिदिनुभयो । इच्छाशक्तिले नथेग्ने भारी बोकेर तपाईं बेलाबेला बर्बराइरहनुहुन्छ । तपाईंको नरसंहारले मुलुकलाई प्रचण्ड रापमा धकेल्यो ।

नाममा सबथोक हुन्छ ।

त्यसैले मेरो आँखामा तपाईंको छवि त्यति सुन्दर छैन । भलै तपाईं मजस्ता लाखौंको अनुहारमा समृद्धिको छवि कोर्न हिँडेको भन्नुहुन्थ्यो ।

तर, मलाई तपाईंको नाममा उति साह्रो रुचि र चासो छैन । मलाई तपाईंको काममा चासो छ । मलाई मात्रै होइन, तिनै लाखौंको चासो छ– जसको अनुहारमा समृद्धिको छवि कोर्न तपाईंले हामीजस्तै हजारौंको छातीमा गोली, भाला र खुकुरीको बीउ रोप्नुभयो । भन्न त तपाईं त्यसलाई 'क्रान्ति' भनेर अर्थ्याउन खोज्नुहुन्छ । अनि म बेलाबेला हाँस्छु । हाँस्नु मानसिक स्वास्थ्यका लागि हितकर हो ।

हाँसेर मानसिक स्वास्थ्य ठीक होला/नहोला, त्यो पनि मेरो चासोको विषय होइन । मैले अचेल हाँस्न बिर्सिएको छु । हाँस्न खोज्दाखोज्दै काँस्छु र काँस्दाकाँस्दै भावन्नै भएर २ गिलास पानी खान्छु ।

त्यो पानी खाँदा म तपाईंलाई सम्झिन्छु ।

राति ११:२१ बजे तपाईंलाई यो चिठी लेखिरहँदा पल्लो घरकाले सुन्ने गरी म ख्वाङख्वाङ गर्दैछु । घर-अस्पताल-घरको धपेडीले श्रीमती ज्वरो आएर सुतेकी छ । उसलाई पानीपट्टी लगाउन छाडेर म तपाईंलाई सम्झिन्छु । मेलम्चीको पानी आउला र शरीरको यो धूलो पखालेर लैजाला ! यस्तै आशाले त बाँच्न सिकाएको छ ।

तर छाड्दिनुस् । यो तपाईंको चासोको विषय होइन । तपाईंको चासो अरुतिरै छ । त्यो 'अरुतिरै'को चासोले हामीप्रतिको चासो कता मुर्झायो कता !

तपाईंप्रति मेरो सम्मान छैन । सम्मान नहुनेहरूलाई म तपाईं भनेर सम्मान गर्न सक्दिनँ । तर, तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ । म मर्यादा नाघ्न सक्दिनँ ।

० ० ०

प्रचण्डज्यू ! तपाईंलाई प्रधानमन्त्री मानेर स्वीकार गर्नु मेरो बाध्यता हो । संसदीय प्रणालीको यही विद्रुप रूपले मलाई हम्मेसि खल्बल्याउँछ । तर, म तपाईंजस्तै बन्दुक भिरेर मान्छे मार्दै हिँड्दिनँ ।

किनकि, म मान्छे हुँ ।

तपाईं मैले चुनेको व्यक्ति होइन । तपाईंलाई सिरहाको क्षेत्र नं. ५ का मान्छेले बल्लबल्ल चुनेर पठाएका हुन् । कतिले भन्छन्– कीर्तिपुरको चुनावी लडाइँमा भुइँमा पछारिएपछि तपाईंलाई उठाएर सीधा बनाउन सिरहामा जिताइयो । त्यसैले तपाईं सिरहा- ५ को मात्रै प्रधानमन्त्री हो ।

र, पनि तपाईंले बाँकी २३९ क्षेत्रका मान्छेलाई शासन गरिरहनुभएको छ ।

हाम्रो विडम्बना के भने हामीले आफ्नै नेता बनाएर पठाउन सक्दैनौं । तपाईंहरूले टीका लगाएर टिकट दिनुहुन्छ, अनि हामी तिनै टीकेहरूलाई चुन्नुपर्ने परिबन्धमा बाँधिन्छौं । तपाईंहरू अनेकको कृपामा टिकट पाउने उम्मेदवारहरू गधा नै किन नहोऊन्– हामीले मत हालेर तिनै गधालाई जिताउनुपर्छ ।

तर, समस्या के भने– गधालाई धोएर गाई बनाउन सकिँदैन । पटक-पटक चुनावले धुँदा पनि हाम्रो देशका सबै दलहरू गधाको गधा नै रहिरहे, गाई बन्न सकेनन् ।

मेरो वश चल्थ्यो भने राष्ट्रिय जनावर गधा राख्थें, दशकौंदेखि उनैले देश चलाइरहेका छन् !

[यसबाट समस्त गधा प्रजातिले खेप्नुपरेको बेइज्जतिप्रति क्षमायाचना गर्दछु]

म चाहन्छु, मेरो मतले चुनिएको मेरो प्रधानमन्त्रीले शिर उठाएर मलाई शासन गरोस् !

म चाहन्छु, मेरो प्रधानमन्त्री मलाई शासन नगरोस्, मेरो साथी बनेर मेरो सुख-दु:ख बाँडोस् !

तपाईंका सवा ३ करोड साथीले भोगेको पीडा, बेथिति र दु:ख देख्दा म सधैं तपाईंलाई सम्झिन्छु ।

तपाईंहरूले प्रतिपादन गर्नुभएको भागबण्डे संसदीय प्रणालीको घिनलाग्दो खेलले हामीलाई सधैं प्रचण्ड तापमात्रै दियो, प्रकाश दिएन । तपाईंका त आफ्नै प्रकाश छन् । व्यवस्था यस्तै रहिरहे भोलिका प्रधानमन्त्री उनै हुन् ! किनकि नेपाल भन्ने देशको प्रधानमन्त्री बन्न चुनाव जितिराख्नु पर्दैन ! तपाईंहरू जस्ता केही मनकारीहरूको कृपा भए पुग्छ । अर्बौंको शिविर घोटाला काण्ड इतिहासबाटै नामेट गरिदिन्छु भन्ने हो भने तपाईंले भोलि दाङका किराना पसले हरिप्रसाद बञ्जाडेलाई सांसद बनाएर प्रधानमन्त्री या राष्ट्रपतिको उम्मेदवार ठड्याइदिनुहुन्छ ।

तपाईंलाई दु:ख लाग्ला तर म मेरा बालाई तपाईंहरूको यो खेलमा छिर्न दिन्नँ !

थाहा छ– अस्ति फागुन १ गते तपाईंहरुले 'जनयुद्ध' दिवस भन्ने गरेको नरसंहार दिवस मनाइरहँदा मैले फेसबुकमा लेखेको थिएँ, "‪माओवादीले 'जनयुद्ध'को नाममा सोझा-साझा नेपाली माऱ्यो । त्यसपछि कहिल्यै माखो मारेन !"

यसको मुनि एकजना सज्जनले लेख्नुभयो, "भाग्यमानी रहेछौ तिमी छुटेछौ । फेरि अर्को जनयुद्ध सुरु हुने अवस्था आयो भने रोल नं. १ तिम्रै हुनेछ । किनकि यस्ता भाइरसको अन्त्य हुनु जरुरी थियो र छ !"

'प्रचण्डपथ'ले दीक्षित गरेका यस्ता सज्जनको अनुहार देख्दा म तपाईंलाई सम्झिन्छु ।

यो लेख पढेर फेरि पनि यस्तै प्रतिक्रिया आउनेछन् । ती सज्जनहरू मलाई एमाले, कांग्रेस, मसाल या अरु कुनै दलको प्रमाणित गर्न मरिमेटेर लाग्नेछन् । यिनैमध्ये एक दलले मलाई पुस्तैनी पुग्ने गरी खल्ती भरिदिएको लेख्नेछन् । कतिले 'सफाया' गर्नुपर्छ भन्नेछन् ।

'प्रचण्डपथ'मा हिँडेका ती सज्जनहरूको अनुहार देख्दा म तपाईंलाई सम्झिनेछु ।

प्रचण्डपथको डिजाइनमा कहाँनेर गल्ती गर्नुभयो र त्यो बाटैभरि कसरी यति ठूला भ्वाङ परे, कहिलेकाहीँ रिसोर्ट जाँदा समीक्षा गर्नुहोला । नत्र ती खाल्डामा परेर तपाईं हरेक क्षण लडिरहनुहुनेछ । जसरी मेलम्चीको पाइप बिच्छ्याउन खनिएको बाटो नपुर्दा हरेक दिन कैयौं सवारी लड्छन् । कति बाँच्छन्, कति मर्छन् । बाँच्ने केही 'भाग्यमानी' पात्रमध्ये दुईजना मेरै घरमा छन् ।

खुट्टा भाँचिएर उनीहरू रातदिन पीडाले छटपटाउँदा म तपाईंलाई सम्झिन्छु !

'प्रचण्डपथ' टेकेर शिखर चढें भन्नुहुन्थ्यो, हेर्नुस् त कति होचो हुनुभएछ !

० ० ०

तपाईंलाई हेक्का होला, यो देशमा अहिले ३ वटा सरकार छन्– प्रचण्ड/देउवा सरकार, कर्मचारीहरूको सरकार र सांगठनिक/आपराधिक झुन्डहरूको सरकार ! हामी (अ)नागरिकहरू त भेडाबाख्रा हौं । तपाईंहरूमध्ये जसले जता लैजान्छ, उतै चर्न जान्छौं ! आलोपालो (सिन्डिकेट) प्रणालीअनुसार अहिले हाम्रो डोरी तपाईंको हातमा छ । केही महिनापछि देउवाले त्यही डोरीले लतारेर हामीलाई चराउन लैजानेछन् । अनि हामी घाँटीमा पट्टी बाँधेर उनकै तजबिजमा हिँड्नेछौं । उनले दिए खानेछौं, नदिए भोकभोकै उनकै पैतलामुनि शिर निहुराएर उभिनेछौं । आईजीपी बनाउने (करोडौंको) खेल चलिरहँदा पनि हामी टुलुटुलु हेरीबस्यौं ।

यस्तो देख्दा रगत भकभक उम्लिन्छ, कन्सिरी पड्केलाझैं तात्छन्, आँखा राता हुन्छन्, दाँत सिलौटाझैं पिसिन्छन् । अनि फेरि हामी ढुक्कले सुत्छौं ! देश तपाईंहरूले चलाइरहनुभएकै छ । तपाईंहरूले हामीलाई यसैगरी बाँच्न सिकाउनुभयो । हाम्रो जिन्दगी यसैउसै धकेलिएको छ ।

हामी बाँचेका छौं किनभने हामीलाई अहिलेसम्म कसैले मारिसकेको छैन ।

अनेक कष्टले बाँचेको यो अनुहार कहिलेकाहीँ ऐनामा हेर्दा म तपाईंलाई सम्झिन्छु !

तर, छाड्दिनुस् । यो पनि तपाईंको चासोको विषय होइन । तपाईंको चासो अरुतिरै छ– ग्यास, चामल, तरकारी, मसला, धनियाँ, बाटो, धूवाँ, धूलोभन्दा धेरै टाढा । हाम्रो जीवन त यिनै कुरामा चर्खेपिङझैं घुम्दाघुम्दा बितिजान्छ, ठूला-ठूला कुरा सोच्न तपाईंहरू हुनुहुन्छ । र, त हामी ढुक्कले निदाउन पाएका छौं । र, त राति चामल, धनियाँको सपना देख्न पाएका छौं ! ढुक्कले सपना देख्न पाएका छौं किनकि राति मेलम्चीको धूलोले हामीलाई निस्सासिएर मार्दैन ! के गर्नू– हामी मध्यमवर्गीयहरूको सम्पूर्ण जीवन यस्तै झिनामसिना सपना देख्दैमा बित्छ । कति सपना राति देख्छौं, कति सपना दिउँसो ।

तपाईंलाई थाहा छ– अचेल हामीले फेर्ने सासमा २% अक्सिजन, ७८% राजनीति, १०% मेलम्ची र १०% वर्षौं पुराना थोत्रा गाडी मिसिएका छन् । तर, तपाईंहरूले फेर्ने सासमा मेलम्ची र गाडी मिसिँदैन । नाकबाट फोक्सोसम्म मेलम्ची र थोत्रा गाडी नछिरून् भनेर हामी उठेदेखि नसुत्दासम्म मुखभरि मास्क लगाउँछौं । तपाईंहरू मार्क्सका सिद्धान्त पढेर 'मार्क्सवादी' बन्नुभयो, हामी मेलम्ची र थोत्रा गाडी छल्न 'मास्कवादी' भयौं । काँधमा झोला बोकेजस्तै अक्सिजनका सिलिन्डर बोकेर हिँड्न सक्दैनौं । जसोतसो हामी त हिँडौंला, स-साना नानीहरू कसरी हिँड्लान् !?!

बाटाभरि मुख ढाकेर निस्साँसिँदै हिँड्ने करदाताहरू देख्दा म तपाईंलाई सम्झिन्छु !

क्यान्सर, ब्रोङ्काइटिस र फोक्सोको रोगले ख्याउटिएका अनुहार देख्दा म तपाईंलाई सम्झिन्छु ।

तपाईंहरू त 'वाद'को पुच्छर समातेर यो भीमकाय मृत्युसागर तैरिनुहुन्छ । तपाईं 'माओवाद' समातेर बाँच्नुहोला, 'जनवाद' समाएर केपी र झलनाथहरू बाँच्लान्, 'समाजवाद' समाएर थुप्रै खुमबहादुर र देउवाहरू बाँच्लान् या मधेसवाद समातेर महतो र यादवहरू बाँच्लान्– हातमा कुनै पुच्छर नहुने हामी कामकाजीहरू त यही सागरमा डुबेर मर्छौं ।

डुबेर मर्ने बेला म तपाईंलाई सम्झिनेछु !

० ० ०

मन न हो– अनेक प्रश्न उब्जिरहन्छन् । हामी हरेकसँग प्रश्न छन् । तर, प्रश्न गर्नुअघि सुन्न कोही चाहँदैन । तपाईं त सुनिदिनुस् न है !

तपाईं कहिलेकाहीँ असाध्यै भावुक भएर रुनुहुन्छ रे ! त्यसरी रुँदा मनभरिको मैला पखालिएन कहिल्यै ?
आफ्नो र परिवारको लागि बाँचें, सम्पत्ति थुपारें । अब देशका लागि बाँच्छु भन्ने भावना जाग्दैन होला कहिल्यै ?
'सर्वहारा जनताको अधिकार स्थापित गर्न' लड्दालड्दै तपाईं आफैं 'सर्वआहारावादी' भएको हेक्का राख्नुभयो कहिल्यै ?
बस, माइक्रो र ट्याक्सी चढ्दा हामीले खेप्ने मानसिक र शारीरिक यातना भोग्नुभयो कहिल्यै ?
उपचार खर्च नभएर अस्पतालबाट फर्काइँदा तपाईंको जस्तै नुनिलो आँसु झार्ने निर्दोष अनुहारको पीडा पढ्नुभयो कहिल्यै ?
दाल, चामल किन्न जाँदा पसलेले लिएको मनपरी मूल्य आफ्नै हातले तिर्नुभयो कहिल्यै ?
हामीजस्तै निरीह उपभोक्ता भएर पसलबाट चामल या तेल किन्नुभयो कहिल्यै ?
अझै पनि झ्याल गभर्नेन्समा रमाइरहेका हाम्रा सरकारी अड्डा चहार्नुभयो कहिल्यै ?
र्‍याल चुहाउँदै हामीलाई ठग्ने स्यालहरूका कारखाना घुम्नुभयो कहिल्यै ?
माओवादी हुँदै कमाओवादी बनेकोमा आफूप्रति घृणा जागेन कहिल्यै ?
विमानस्थलभित्र हुने अनेकौं चलखेल र बेथिति देख्दा मन कटक्क काटेन कहिल्यै ?
मालपोत, यातायात जस्ता कार्यालयहरू सरकारी कर्मचारीले कम, दलालले बढी चल्छन् भन्ने खबर पढ्नुभएको छ कहिल्यै ?

मलाई विश्वास छ, यी प्रश्न सुनेर तपाईंलाई कुनै असर पर्नेछैन । तपाईं त दक्षिणतिरबाट आउने नुनै नुनले पुरिनुभएको छ । त्यही नुन धेरै खाएर बेलाबेला तपाईंलाई ब्लडप्रेसरले सताइरहन्छ र बर्बराइरहनुहुन्छ । त्यही भएर नुनिलो आँसु धेरै बग्छ तपाईंको ।

मान्छेहरू भन्छन्– हरेक सामान्य मान्छेको एउटा जिब्रो हुन्छ, हरेक नेताका दुइटा हुन्छन् । तर, कमरेड प्रचण्डका शरीरमा हाडभन्दा बढी जिब्रा छन् !

तपाईंले त 'म प्रचण्ड हुँ' भन्नुभयो भने पनि म अचेल तीन पटक सोच्छु । मेरो मनमा कति धेरै अविश्वास भरिदिनुभयो तपाईंले !

यस्तो सुन्दा र पढ्दा मुर्मुरिएर हाँस्नुहुन्छ होला । हाँस्नु स्वास्थ्यका लागि फलदायी छ । आफैं नहाँसे सिंगो देशलाई कसरी हँसाउन सक्नुहुन्छ र ! तपाईं धेरै हाँस्नुहोला– रोइदिने त सवा ३ करोड हामी छँदैछौं !

Twitter– @lendaai

Source:http://baahrakhari.com/

नुवाकोटमा पनि पत्रकार सदस्यता विवाद चुलियो अधिवेशन नै प्रभावित हुने संकेत

६ फागुन, नुवाकोट । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सदस्ष्ता स्विकृतिका लागि केन्द्रिय समितिले देखाएको उदाशिनताको विषयमा विभिन्न पत्रकार सम्वद्ध संगठनहरुले आपत्ति जनाएका छन् ।
पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल प्रेस युनियन केन्द्रीय समिति वीच आज काटमाठौंमा भएको सहमतिले श्रमजिवी पत्रकारहरुलाई संस्थाको सदस्यता लिने प्रक्रियाबाट विमुख गराएको भन्दै आपत्ति जनाएका हुन् ।
नयाँ सदस्यता र सदस्यता नविकरणको लागि विधानमा गरिएको व्यवस्था अनुसार २०७३ मंसिर १३ मा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिमा आवेदन दिई तोकिएको समय फागुन १७ गते जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । तर काडमाडौंमा भएको सहमतिमा  नुवाकोटलाई विवादित जिल्लाको रुपमा राखी सदस्यता स्वीकृत नगर्नुलाई पत्रकारहरुको संगठनले आपत्तिपूर्ण रुपमा लिएको छ ।
संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य शिव देवकोटा, पत्रकार महासंघ नुवाकोटको पुर्न अध्यक्ष राजुमित्र खनाल, प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारी, प्रेस चौतारी नुवाकोटका अध्यक्ष भोलाराज पौडेल, प्रेस सोसाइटीका केन्द्रिय सदस्य कपिलदेव खनालले हस्ताक्षर गर्नुभएको छ । माओवादी केन्द निकाटका पत्रकारहरुको संगठनले भने विज्ञप्तीमा हस्ताक्षर गरेको छैन ।
जिल्लाको सम्पूर्ण संघसंगठनको सहमतिको आधारमा जिल्ला कार्यसमितिले गरेको सिफारिस अनुसार नविकरण गरिएका ५९ र नयाँ ७८ गरी कूल १३७ जना सदस्यहरु नै नेपाल पत्रकार महासंघ नुवाकोटको सदस्य रहनुपर्ने उनीहरुको माग रहेको छ ।
उनीहरुले आफ्नो जिल्लामा विवाद नरहेको जनाएपनि जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुले भने आपत्ति जनाएका छन् । जिल्लामा रहेका ठूला राजनीति दलको भातृृ संगठनको रुपमा रहेका संगठनहरुले एक पक्षीय रुपमा सदस्यता पठाएको भन्दै समस्या आएको प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले बताउनुभएको छ । क्रियाशिल पत्रकारहरुलाई सदस्यता दिनुको सट्टा महासंघ कब्जा गर्ने उद्देष्यले पार्टीगत रुपमा भागबण्डा गरेकाले नुवाकोटमा समस्या आएको गजुरेलले बतए । “नुवाकोटमाा क्रियाशिल पत्रकार २० देखि २५ जना जति मात्र रहेका छन् । ” उनले भने “अहिले एक सय १३ जना पत्रकार बनाइने दलका कार्यकर्ता राखेर पत्रकारित पेशा नै बदनाम बनाइएको प्रति आपत्ति रहेको छ ।”
प्रदेश नम्बर ३ अन्तरगत रहेको नुवाकोटमा अधिवेशन फागुन १७ गते आयोजना गरिएको छ । आसन्न अध्यक्षमा वर्तमान अध्यक्ष प्रकाश अधिकारी, उपाध्यक्ष श्रीराम नेपाल र त्रिशूली प्रवाहका प्रकाशक तथा सम्पादक शरण उत्सुक सापकोटा आकंक्षीको रुपमा रहेका छन् । अधिकारी र नेपाल युनियन समर्थित हुन भने सापकोटा प्रेस चौतारी आबद्ध हुन् ।

७५ लाखसम्म खर्चेर अमेरिका हिँडेका ३ सय नेपालीको मेक्सिकोमा बिल्लीबाठ, यस्तो छ कहानी

काठमाडौं ।
अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् । उनीहरुले न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् । आरम्भमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको हो ।

त्रिभुवन विश्व विद्यालयबाट स्तानकोत्तर गरेका तुल्सिपुर दाङका सुलभ भट्टराईले आफ्नो नाम सबै स्थानमा परिवर्तन गरेर आएको जानकारी दिए । उनले नागरिकतादेखि विद्यालय सर्टिफिकेटमा समेत नाम परिवर्तन गरेका छन् । उनी अमेरिका प्रवेश गरेको चार साता भइसकेको भए पनि उनकै टोलीमा रहेका कैयनले अमेरिका प्रवेश गर्न पाएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो । भट्टराईले असहज अवस्थाबारे वासिङटन डीसीस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।

डीसीस्थित नेपाली दूतावासमा पनि मेक्सिकोमा नेपालीहरु अलपत्र परेको खवर आएको छ । यद्यपी ति नेपालीहरु महिनौ लगाएर आएका हुनाले अलपत्र पनि कसरी भन्नु भन्दै उनीहरुको बारेमा जानकारी लिने काम भइरहेको दूतावासका एक अधिकारले जनाए । मेक्सिकोको जेलमा परेका छन् कि भनेर दूतावासले मेक्सिकोको सरकारलाई पत्राचार गर्दा त्यहाँको जेलमा कुनै पनि नेपाली नरहेको पत्र दूतावासलाई आएको छ । ‘डीसीमा रहेको मेक्सिकोको दूतावासले यसै साता दिएको पत्रमा कोही पनि नेपाली मेक्सिकोका जेलमा छैनन भनिएको छ,’ ति अधिकारीले भने ।

पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको दुतावास स्रोतले बताए । अन्य कारणबाट अरु नेपाली पनि हुनसक्छ तर पछिल्लो समय कागजपत्र नभएकाहरु यसरी अमेरिकी जेलमा रहेका हुन् । विना भिसाअमेरिका बसेको कारण उनीहरु जेलमा रहेको कतिपयले केश गर्दै स्वदेश फर्कन अस्वीकार गरेकाले अमेरिकन अध्यागमनले उनीहरुको बारेमा बुझ्ने काम गरिरहेको ति अधिकारीले बताए । कुनैपनि खाले अपराधमा नरहेकालाई अमेरिकी अध्यागमनले खासै चासो राख्दैन । तर, अहिले भने युरोपमा झैं अमेरिकी प्रहरीले सोधी खोजी गर्ने र कागजपत्र नभएकालाई फर्काउने नीति अख्तियार गर्न थालेको छ ।

‘बुझेकै नेपाली पनि यसरी आएका छन् भन्ने सुनेको छु । समस्यामा परेको नेपालीलाई उद्दार गर्ने हो । आउने नेपालीहरु नै यसलाई समस्याको रुपमा मान्दैनन् । अवैधानिक रुपमा आएकाहरुको खोजी गर्ने र बुझ्ने काम गरिरहेका छौ,’ राजदूत डा। अर्जुनकुमार कार्कीले भने, ‘हामीले दक्षिण अमेरिकी मुलुक र अमेरिकासंग पनि सम्पर्क गरेर नेपालीको अवस्था बुझ्ने र डाटा राख्ने काम गर्न थालेका छौं ।’

अधिकारीहरुका अनुसार यतिबेला कतिपय नेपालीलाई भने सीमा तोकेर खुट्टामा चिप्स राखेर पनि छाडेको छ । ट्रम्प राष्ट्रपति हुनु अगावै देखि नै यस्ता ब्यक्तिहरु रहने गरेका छन् । तर, दूतावासले अनिवार्य नेपाली उपस्थित भएपछि मात्र राहदानी बनाउने नीति लिएपछि त्यस्ता नागरिकले आफू आउन नसक्ने भन्दै स्काइप वा भाइबरमा आफ्नो जानकारी दिन थालेका छन् । तर, पनि दूतावासले आवेदन दिंदा वा राहदानी लिन आफै उपस्थित हुन पर्ने भन्दै दूतावासमा आउनै पर्ने बाध्यकारी नियम लागु गरेको छ । जुन आवश्यक थियो । नागरिकतालगायतका कागजात समेत नक्कली आउने र विदेशीले नेपाली राहदानी लिने हुनाले अनिवार्य उपस्थिति आवश्यक पर्छ । अमेरिकामा तीन लाख बढि नेपाली रहेको अनुमान छ तर एकिन तथ्यांक कसैसंग छैन । गत बार्ष मात्र अवैध रुपमा दुई हजार बढि नेपाली स्थलमार्गबाट आएको अनुमान छ ।

नेपालमा अवसर नदेखेपछि लाखौ खर्चेर नेपालीहरु अमेरिका आउने गरेका हुन् । तान्जानिया, केन्याबाट दक्षिण अमेरिका हुदै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । यो बाटो क्युवीयन रुट भनेर चिनिन्छ । कतिपयले सेटिङ मिलाएर दिल्लीबाट मेक्सिकोको भिसा लिएर मेक्सिको आउने र त्यहाँबाट अमेरिका प्रवेशको दाउ हेर्ने गरेको पनि बताइएको छ ।

निकारागुवा, पानामा, होण्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली छन् । दक्षिण अमेरिकी देशले नेपालीप्रति केही लचकता र सम्मान रहने भएकोले नेपालीसँग मिल्दोजुल्दो विदेशीले पनि नेपाली भन्दै आउने गरेका छन् । भुटानी, फिजि, मरिसस, भारत, मलेसिया र बंगालीलगायतले नेपाली भन्ने कतिले नेपाली राहदानी नै बोकेर आउने गरेको समेत जानकारी दूतावासलाई आएको छ ।

तर, पछिल्लो समय अमेरिकामा आप्रवासीका कठिन दिन सुरु भएको छ । त्यस्तै दक्षिण अमेरिकी मुलुकले पनि अमेरिका पठाउने भन्दा समातेर सम्वन्धित मुलुक फिर्ता गर्न थालेको छ । यसरी फिर्ता गर्दा अमेरिकाले उनीहरुलाई सघाउने समेत गरेको अधिकारीले बताए । एक पटक पनि भिसा नलिएको नेपालीलाई छानविनको दायरामा राख्ने र फर्काउन समेत सक्ने अवस्था छ । कतिपय भिसामा आएर पनि शरणार्थीमा आवेदन दिने र बस्ने गरेका छन । कैयनले आफ्नो मुलुकको ‘एक्स्ट्रा अर्डीनरी’ नागरिक भन्ने प्रमाणित गर्दै ग्रिनकार्ड समेत भर्ने गरेका छन् । त्यसमा कैयन सफल पनि भएका छन । आउँदा दिनमा त्यस्ता कार्यलाई रोक्ने तयारी अमेरिकी सरकारको छ ।

अवैधानिक मात्र होईन, वैधानिक आप्रवासी पनि आप्रवासन सुधारका कदमबाट त्रसित छन् । राष्ट्रपति ट्रम्पको आप्रवासन सुधार एवं सशक्तिकरण अभियान र कानुन कार्यान्वयन एजेन्सीको पछिल्लो गतिविधिले यस्तो अवस्था निम्तिएको हो ।

सन् १४९२ मा कोलम्वस पहिलो पटक अमेरिका आएपछि अमेरिका आप्रवासीबाटै बनेको मुलुक भएपनि पछि आएका आप्रवासीहरुले यहाँ रहेका अमेरिकीको जागिर खोसिएको बुझाई रिपब्लिकनहरुको छ । विश्वभरबाट अमेरिकामा प्रवेश गर्दै कैयन पुस्ता यही वितिसकेका पनि छन् । आप्रवासन सुधार ट्रम्पको चुनावी नारा ‘मेक अमेरिका ग्रेट अगेन’ संगै जोडिएकोले यसमा कडाई हुने र अवैध प्रवेशले दुख पाउने भन्ने विषय प्रायस् निश्चित रहेको दूतावास अधिकारीहरु बताउँछन ।

राष्ट्रपति ट्रम्पले पहिलो कार्यकारी आदेश जारी गर्दै सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध, शरणार्थी कार्यक्रममा एक सय २० दिन रोक लगाउने काम गरेका थिए । सिरियाली शरणार्थीलाई पनि अमेरिकाले रोक्यो । डीसी, न्यूयोर्क, सान फ्रान्सिस्को, शिकागो जस्ता शहरमा प्रदर्शन पनि भए । त्यतिमात्र होइन जसको कानुनी प्रतिवाद नै भयो । केही राज्यको अदालतले सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा लगाईएको प्रतिवन्ध अवैधानिक भएको फैसला गरे जसले राष्ट्रपतिलाई पछि हट्न बाध्य भएपनि युरोपीयन तरिका अपनाउदै अध्यागमनलाई सक्रिय बनाइएको छ ।
कान्तिपुरबाट साभार

कमल थापा बिरुद्ध डा. प्रकाशचन्द्र लोहनीले राप्रपा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं ।
एकतापछि राप्रपाको अध्यक्ष कमल थापालाई बनाउने सहमती भएपनि केन्द्रिय नेतृत्वका सबै पदाधिकारी अध्यक्षले छान्ने प्रावधान राख्न खोजेपछि वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एकता महाधिवेशनपछि कमल थापा अध्यक्ष बनाउने सहमतीको भोलीपल्टै लोहनीले विज्ञप्ति जारी गर्दै नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको बताएका छन् । राप्रपा र राप्रपा नेपालबिच गत मंसिर ६ गते पार्टी एकता भएको थियो ।

पार्टीको विधानप्रति असन्तुष्टि जनाउँदै नेता लोहनीले नेतृत्वको लागि भएको सहमतिको औचित्य सकिएको बताए ।

बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो तर नेतृत्वमा सबै अध्यक्षले छान्ने बताएपछि निरंकुश नेतृत्वको बिरोध गर्दै यस्तो निर्णय गरेको लोहनीले बताएका छन् ।

पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने मागको वेवास्ता गर्दै कमल थापाले अध्यक्षले छान्ने अडान राख्दै सबै शक्ति आफुमा राख्न खोजेपछि त्यसको बिरोध स्वरुपपनि आफुले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लोहनीको भनाइ छ । राप्रपाको नयाँ विधानमा सबै सदस्य मनोनीत हुने उल्लेख गरिएको छ ।

आफ्नो सहमतिबेगर कार्य सम्पादन समितिमा पेस भएको नयाँ विधानमा पार्टीको चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रिया राखिएको भन्दै लोहनीले आपत्ति जनाएका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web