प्रजातन्त्रको ६७ बर्ष, कान्ति लोकपथको काम ६० बर्षमा १५ प्रतिशत

फाल्गुन ७, २०७३ मा प्रकाशित | 1079 views

७ फागुन, काठमाडौं ।
यसअर्थमा प्रजातन्त्र धिक्कार भएको छ कि यसले देशमा विकास ल्याएर विकृती जति ल्याएको छ । उदाहरण बनेको छ कान्ति लोकपथ । आज प्रजातन्त्र स्थापनाको ६७ बर्ष पुगेपनि तराईसँग राजधानीलाई जोड्ने कान्ति लोकपथको कामभने जम्मा १५ प्रतिशत भएको छ त्यो पनि ६० बर्षमा ।

६० वर्षअघि नै ट्र्याक खुलिसकेको सडकको काम अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र सकिएको पाइएको छ ।

कान्ति लोकपथ आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहले सडक बन्न लागेको ६ दशक बिते पनिस् प्रगति न्यून भएको स्वीकार गरे । साहले भने, ‘कान्ति लोकपथ निर्माण ०१३ देखि सुरु भएको देखिन्छ । त्यसवेला नेपाली सेनाले ट्र्याक खोले पनि निर्माण कार्यले गति लिन सकेन । अहिलेसम्म जम्मा १५ प्रतिशत मात्र काम हुन सकेको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाली सेनाले लोकपथको ट्र्याक खोलेको थियो । यो सडक आठ वर्षयता कान्ति लोकपथ सडक आयोजनाअन्तर्गत निर्माण हुँदै आएको छ । त्यसअघि ललितपुर सडक डिभिजन र मकवानपुर सडक डिभिजन कार्यालयले निर्माण गर्दै आएका थिए ।

सरकारको प्राथमिकतामा परेमा कान्ति लोकपथलाई नै ‘फास्ट ट्र्याक’का रूपमा विकास गर्न सकिने लोकपथ सडक आयोजनाका योजना प्रमुख देवेन्द्रप्रसाद साहको भनाइ छ । यसका लागि लोकपथको साबिक रुटलाई मकवानपुरको ठिंगनबाट निजगढमा जोड्न आवश्यक हुने उनले बताए । यसो गरिएमा ललितपुरको सातदोबाटोबाट निजगढको दूरी ८० किमि मात्रै हुन आउँछ । जबकि फास्ट ट्र्याक भनिएको काठमाडौं–निजगढको दूरी ७६ किमि छ ।

कान्ति लोकपथ निर्माण भए तराईबाट काठमाडौं प्रवेश गर्ने एक सय ३२ किमि दूरी छोटिने आयोजनाले जनाएको छ । अहिले तराईबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्ग हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा हो । यसको दूरी दुई सय २२ किमि छ । कान्ति लोकपथ निर्माण भएमा हेटौँडाबाट ९० किमि यात्रामै काठमाडौं पुग्न सकिन्छ । समय र इन्धन दुवै बचत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web