नेपाल वायुसेवाको विमान मेडिकल इमरजेन्सी अवतरण

काठमाडौं,फागुन ८  । नेपाल वायुसेवा निगमको विमानमा यात्रु विरामी भएपछि भारतको नयाँ दिल्लीमा अवतरण गरिएको छ। यात्रुको स्वास्थ्यमा समस्या आएपछि क्याप्टेन विजय लामाले उडाएको निगमको सगरमाथा विमान दिल्लीमा अवतरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सयुक्त अरब इमिरेट्स दुबईका लागि उडेको विमानमा मेडिकल इमरजेन्सी अवतरण गरिएको क्याप्टेन विजय लामाले फेसबुकमा उल्लेख गरेका छन् । यात्रुको स्वास्थ्य र सुरक्षा आफूहरुको पहिलो प्राथमिकता भएको बताउँदै लामाले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

निर्वाचन मिति घोषणा तयारी ! ‘निर्वाचनको लागि आयोग तयार हुनुपर्छ’ : राष्ट्रपति

काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन गर्ने जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सक्षम हुनुपर्ने बताएकी छिन् ।

पहिलो निर्वाचन दिवसका अवसरमा आयोगले आज काठमाडौंमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले तोकिएको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलसँगको छलफल र समन्वयमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताए ।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विधि आवधिक निर्वाचन भएको उल्लेख गरे ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले तीनै तहको निर्वाचन समय सीमाभित्रै सम्पन्न गर्न आयोगले आवश्यक तयारी गरेको जानकारी दिए ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले आयोगले प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास’ नामक पूस्तक सार्वजनिक गरेकी थिइन् ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरु, पूर्व आयुक्तहरु र बीस वर्ष सेवा गरेका आयोगका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

३/४ दिनभित्रै निर्बाचनको घोषणा हुन्छः प्रवक्ता भुषाल

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले आगामी बैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी ३/४ दिनभित्रै निर्वाचनको घोषणा गरिने बताएकी छिन् ।

आज ललितपुरमा आयोजित रुपान्तरण विषयक कार्यक्रममा प्रवक्ता भुषालले देशमा विकृति र विसंगति बढदै गएकोले त्यस्ता विकृति र विसंगतिको अन्त्य गर्नेतर्फ राजनीतिक दलहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा एपेक्स कलेज काठमाडौंका प्राचार्य एलपी भानू शर्मा र समाजसेवी प्रमिला प्रसाई उप्रेतीले राज्यलाई केन्द्रबिन्दूमा राखेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री–मधेस केन्द्रित दलबिच भेटवार्ता

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा सत्तारुढ प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच स्थानीय तहको निर्वाचन, संविधान संशोधन लगायतका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले मोर्चासँग संविधान संशोधन र निर्वाचनसँगै अघि बढाउन प्रस्ताव गर्नुभए पनि दुवै पक्षको अडानका कारण कुनै सहमति भने जुट्न नसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले राजनीतिक गतिरोध अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नभएकाले सरकारलाई सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले फागुन १० गतेबाट सञ्चालन हुने संसदमा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले मुलुकको अवस्थालाई मध्यनजर गरी निर्वाचन र संशोधनलाई अघि बढाई सरकार निर्वाचनको तयारीमा रहेको जानकारी गराए ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए ।

छलफलमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राखेका थिए ।

मोर्चामा आवद्ध सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन अघि निर्वाचनमा जान नसकिने धारणा प्रधानमन्त्रीसमक्ष राखेको बताए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइराला, उपप्रधान एवंम गृहमन्त्री विमलेन्द्र निधि साथै मधेस केन्द्रित दलका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो, अशोक राईलगायत सहभागी थिए ।

६७ औ प्रजातन्त्र दिवसमा सेनाको प्रदर्शन र नेताको भाषण

काठमाडौं ।
यस बर्षको ६७ औं राष्ट्रिय प्रजातन्त्र दिवस समग्रमा अघिल्ला बर्षहरुको भन्दा खासै तात्विक फरक रहेन ।

आज पनि विगतका वर्षहरुमा जस्तै देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका  अवसरमा आज विहान काठमाडौंको सैनिक मञ्च टुडिखेलमा विशेष समारोहको आयोजना गरियो ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानलाई संर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए ।

प्रधानमन्त्रीले संविधान कार्यन्वयनको लागि निर्वाचन अनिवार्य रहेकाले निर्वाचन सम्पन्न गर्न सरकार लागि परेको बताए ।

प्रधानमन्त्री दाहालले संघीयता सहितको संविधानको कार्यन्वयन एवं समानुपातिक समावेशिता, धर्मनिरपेक्षता सहितको परिवर्तन संस्थागत गर्न सहयोग गर्न सवै पक्षलाई आग्रह गरे ।

प्रधानमन्त्रीले शासन व्यवस्थालाई जवाफदेही बनाई आर्थिक सवृद्धि र जनताको पहुँच राज्यसम्म पुग्ने व्यवस्था गर्न लोकतन्त्रको सुदृढीकरण र संविधान कार्यन्वयन हुनु पर्नेमा जोड दिए ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, उच्चपदस्थ अधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरु र कुटनीतिक नियोगका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्काउट लगायतले मार्च पास गरेका थिए ।

यसैगरी समारोहमा विभिन्न भेषभुषा, भाषा, संस्कृति झल्कने झाँकी प्रस्तुतीको साथै राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न खेलको प्रदर्शन समेत गरिएको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा आज ७५ वटै जिल्लामा जिल्ला समारोह समितिको अगुवाईमा विभिन्न कार्यक्रम गरिएको थियो ।

Saud wins international marathon

Nawaraj Saud of Nepali Army has won the 11th Safal Pokhara International Marathon held in Pokhara today.

Saud completed the race in 2 hrs 34 mins 24 secs to also win a cash prize of 60,000 rupees.

Likewise, Lal Bahadur Thapa and Gyan Prasad Bhattarai, also of Nepal Army came second and third respectively.

A total of 170 athletes including a foreign nationals had taken part in the marathon.

Laying 533 kilometers pipeline for Melamchi project completes

The Project Implementation Directorate, Kathmandu Upatayaka Khanepani Limited has said of the total 670 kilometers water pipeline to be laid in Kathmandu valley for the Melamchi water project, work on 533 kilometers has been completed,

Speaking at a program organized in the capital today Project director of the Directorate Tiresh Prasad Khatri said laying pipeline at various 40 places is going on.

On managing dusts emanated from digging road to lay pipeline, he said efforts are on in this regard as per Environment Protection Act and the Safeguard Policy of Asian Development Bank.

RPP General Convention: Amendment proposal tabled

A statute amendment proposal was tabled at the closed session of the unity general convention of Rastriya Prajatantra Party underway in the capital today.

Party Vice-chair and statute amendment committee coordinator Buddhiman Tamang tabled the proposal at the convention taking place in Bhrikutimandap.

Deliberation on the proposal is underway now.

A 161-member central committee including a Chair has been proposed in the amendment.

Another 24 office-bearers will be nominated by the Chair from among the central members.

The future ideology and strategy of the party is also being discussed.

North Korean national arrested charge of killing Kim Jong-un’s half-brother

A North Korean national has been arrested over the killing of North Korean leader Kim Jong-un's half-brother.

Malasiyan Police has said that the first North Korean to be arrested over Kim Jong-nam's death was named as Ri Jong Chol, 46.

An Indonesian woman, a Malaysian man and a woman with a Vietnamese passport had been detained earlier.

Police believe poison had been sprayed into Kim's face while he was waiting to board a flight from Kuala Lumpur to Macau.

Malaysian Deputy Prime Minister Ahmad Zahid Hamidi formally confirmed on Thursday that the dead man, who was travelling under the name Kim Chol, was Kim Jong-nam.

Police say the latest suspect has been detained yesterday evening in Selangor, near the Malaysian capital.

China will suspend all imports of coal from North Korea starting Feb. 19, the country's commerce ministry said in a notice posted on its website on Saturday.

The Ministry of Commerce said in a short statement that the ban would be effective until Dec. 31.

The ministry has not said why all shipments would be suspended, but South Korea's Yonhap news agency reported last week that a shipment of North Korean coal worth around $1 million

was rejected at Wenzhou port on China's eastern coast.

The rejection came a day after Pyongyang's test of an intermediate-range ballistic missile.

China announced in April last year that it would ban North Korean coal imports in order to comply with sanctions imposed by the United Nations.

मोहन ‘ड्रागन’ क्रक्स ७३ भिडन्तमा पराजित

टोकियो ।
जापानमा रहेर व्यवसायिक किक बक्सिंग खेल्दै आएका मोहन ‘ड्रागन’ आज भएको ‘क्रक्स ७३' प्रतिस्पर्धामा पराजित भएका छन् ।

सुरुवातमै आक्रमक रुपमा प्रस्तुत भएका मोहनले पहिलो चरणमा केही अंक बटुल्नेगरि विपक्षि जापानी किक बक्सरमाथि प्रहार गरेपनि खेल सकिन केही सेकण्ड बाँकी रहँदै मैदानमा ढल्न पुग्दा पराजित बने ।

राजधानी टोकियोको टोकियो डोममा भएको खेलमा मोहनले विपक्षिमाथि गरेको प्रहार निशानामा नलाग्दा उनि छिट्टै गल्न पुगे ।

दोस्रो चरणसम्मपनि आक्रामक र रक्षात्मक दुवै हिसाबले सन्तुलित अवस्थामा देखिएका मोहन त्यसपछि भने ताकेर किक प्रहार गर्नुभन्दा नहेरीकन गरिएको प्रहारले विपक्षिको मुक्का र किक सँगै आफुले गरेको आक्रमण गलत निशानामा परिरहँदा थप गल्न पुगेको देखिन्थ्यो ।

यसअघि भएको खेलमा विपक्षि जापानी खेलाडीलाई केवल ४० सेकेण्डमै मैदानमा ढाल्दै ऐतिहाँसिक जित दर्ता गरेका मोहन यो खेलमा पराजित भएसँगै विश्व प्रसिद्ध प्रतिस्पर्धा मध्येको एक ‘के वान’मा बिजयीको रुपमा सहभागी हुन नपाउने भएका छन् ।

यद्यपी आयोजकले भने यसअघिका खेल हेरेर मोहनलाई स्वत नेपालको तर्फवाट सहभागी गराउने बताइसकेको छ ।

बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, चालक फरार

काठमाडौं ।
काठमाडौंको बालाजु माच्छापोखरी नजिक ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ ।

बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार मकवानपुर मनहरि-५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे-६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव निरीक्षक ९सई० गोकर्ण नेपालले जानकारी दिए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

प्रगति पथ पछ्याइरहेका ओमको कर्म र जापान अनुभव

जापानमा रहेका नेपालीमाझ परिचित छन् । व्यवसाय, प्रवासि नेपालीको नेतृत्व, सामाजिक संघसंस्थामा संलग्नता अनि सामाजिक सेवामा सक्रिय यि व्यक्ति जापानमा आफ्नै बलबुताले सफलताको फड्को मार्ने थोरै नेपाली मध्येमा पर्छन् ।

कर्म र कुशल व्यवस्थापनले सफलताको सिँढि नभई फड्को मारिरहेका उनि हुन् ओम गुरुङ । जाँगर, जोशसँगै नेतृत्वको कुशल होसको अनुभव समेत संगालिरहेका गुरुगं गैरआवासिय नेपाली संघ एनआरएन जापान अध्यक्ष हुँदै आइसिसि सदस्य भएका छन् ।

जापानमा नेपालीले आर्जेको रकम सुरक्षित रुपमा नेपालसम्म पुर्याउन कानुनी रुपमा दर्ता भएको पहिलो नेपाली कम्पनी जापान मनि एम्सप्रेस (जेएमई/JME)का अध्यक्ष रहेका गुरुङलाई जापानमा रहेका आदिवासी जनजातीहरुले आफ्ना अभिभावक संरक्षकको रुपमा समेत लिने गर्दछन् । चितवन समाज जापानको सल्लाहकार देखी, तमुधिं जापानको सरक्षक, नेपाल आदिबासी महासंघको पुर्ब अध्यक्ष एबम सल्लाहकार रहेका गुरुगं एकदर्जन बढी संघसंस्थामा आवद्ध छन् ।

पर्वतमा जन्मिएर स्यांजा शिरुवारीमा हुर्किएका गुरुङ, चितवनको बसाईपछि जापान आइपुगे । खाना पकाउने भान्से (कुक भिषा)मा जापान आएर अनेक हण्डर खाएपनि कर्मबाट अविचलित रहँदै निरन्तरको लगन र मेहनतले सफलता पाइरहेका उनै ओम गुरुङसँग टपनेपालन्युजडटकमका लागि गोकर्ण अधिकारीले गर्नुभएको कुराकानी

जापानका नेपाली, कसैले कुनै काममा राम्रो गरे अक्कल नपुर्याइ नक्कल गर्न हाल्छन्

सन् २००१ मा जापान पस्दा सिमित सपना र लक्ष्य बोकेका ओम गुरुङ नेपाली झर्रो शब्दमा भन्दा भान्से कुक भिषामा आएका थिए । भान्से कम नेतृत्व क्षमता बढी देखेपछि रेष्टुरेण्ट सञ्चालक भारतीयले कुशल व्यवस्थापनकै कारण करिव डेढ सय नेपाली र भारतीय कामदार व्यवस्थापनको जिम्मेवारी उनको काँधमा थमाइ दिए ब्रान्च म्यानेजरको रुपमा ।

'त्यहाँ कामगर्ने नेपालीहरुका व्यक्तिगत देखी पारिवारिक, यहाँ बस्दा पाउने समस्याहरुको आफ्नै अनुभव समेतको महशुस गरेर सहयोग गर्दा गर्दै म त कतिकेर लोकप्रिय भइसकेछु थाहै पाइन' रोमान्टिक मुडमा देखिएका गुरुगंले एनआरएन जापान उपाध्यक्षमा बिजयी हुँदाको अनुभव सुनाउँदै भने-'चिनेजानेका र अलि ठूला मान्छेहरुले पनि ल एनआरएनको उपाध्यक्षमा उठ्नुपर्यो तपाई भन्न थाले । सबैले भनेपछि उठेको १० वटा वुथ रहेकोमा २ वटा वुथ मात्र गन्दा मेरो भोट यति आयो कि अरु वुथ गनिराख्नै परेन ।'

कुराकानीका क्रममा स्थान र नाम नखुलाई रोचक प्रशंग कोट्याउँदै जापानमा रहेका नेपालीका स्वभावबारे गुरुगंले भने 'मैले पहिला रेष्टुरेण्ट खोल्दाखेरी पार्टी दिएं, खुव राम्रोसँग पनि चलिराखेको थियो' अनुहार केही विगार्दै उनले थपे 'तर एकबर्षभित्र मेरो रेष्टुरेण्टको १ किलोमिटर वरपर ठ्याक्कै १२ वटा रेष्टुरेण्ट खुल्यो । तर ६ महिना नबित्दै आधाबढी बन्द भए । भनेको कसैले केही काम गरेर सफलता पायो कि त्यहि नक्कल गरिहाल्ने हाम्रो बानी छ । तर अक्कल पुर्याएर नक्कल गर्न समेत जाँगर चलाउँदैनन् ।'

सेवा गर्न जाने एनआरएन जस्तो संस्थामा के को निर्वाचन ?

'सामाजिक संघसंस्थाको नेतृत्वमा जाने भनेको पैसा दिन जाने हो, समय दिन जाने हो, मेरो भन्ने त्यागेर सबैको लागि साझा बनेर योगदान गर्न जाने हो ।' गैर आवसिय नेपाली संघ एनआरएनका आइसिसि सदस्य रहेर भावी नेतृत्वमा समेत माथिल्लो कुनै पदमा आउने ठानिएका गुरुङले जोसिएको आवाजमा थपे 'अनि यस्तो संस्थामा प्रजातान्त्रिक प्रक्रिया भन्दै के को निर्वाचन ? होला यो बापत फलानो संस्थाको फलानो भनेर नाम कमाइएला तर मैले भनेको सबैठाउँमा प्रजातान्त्रिक प्रक्रिया, निर्वाचन भनेर सहि व्यक्ति सहि पदमा नआउन सक्छ । बल भएको, बुद्धि भएको, विद्धान भन्दैमा सबै व्यक्ति सबै ठाउँमा फिट हुँदैन । तर सबै ठाउँमा निर्वाचन मात्र भन्यो भने यस्ता व्यक्ति नेतृत्वमा आएर गलत ठाउँमा गलत व्यक्ति हुँदा हाम्रो देशको जस्तै हालत हुन्छ ।'

'टिमसँग बसेर कन्सल्ट गरेर अघि बढ्छु' एनआरएन भावी नेतृत्वमा दावेदारी र आकांक्षाबारे सोध्दा गुरुङले केही घुमाउरोगरि जवाफ दिंदै अघि थपे 'एनआरएन अध्यक्ष हुनुभन्दा अगाडी आसिसिमा रोशन केसी जिलाई छोडिदिएको हो । हामी दुईजना थियौं भिपि, सबैले ल को हुने भन्ने कुरा गरे, म झन सबैभन्दा बढी मार्जीन भोट ल्याएर जितेको मान्छे रोशन जि सेकेण्डमा भएको मान्छे, मं बरिष्ठ उपाध्यक्ष थिएं मैले नै ल रोशन जि लाई बनाईदिनुस् भनें, मैले छोडिदिएं ।

आफ्नो आकांक्षा भन्दापनि संस्थाको लागि कस्तो व्यक्ति आवश्यकता छ र सामुहिक हितको लागि केही त्याग पनि गर्नुपर्छ' थप प्रस्ट्याउँदै गुरुङले रोचक प्रशंग सुनाउँदै भने 'पछिल्लो पटकको आइसिसिमा पनि म उठ्ने थिइन । राम गिरी, भूषण घिमिरे रोशन जि लगायत ४/५ जनाले ट्याक्सीमा तपाई हुनुस् भने । मैले राम जि लाई, वा भूषण जि रोशन जि अरुलाई हुन भनें । हाम्रो हानाथाप भयो । सबैले मलाई बन भन्ने अनि मैले तपाईहरु बन्नुस् भन्ने । अनि ओर्लने बेलामा हामी चढेको ट्याक्सी चालकले छक्क मान्दै भन्यो मैले जिन्दगीमा पहिलो पटक यस्तो घटना देखें, अरुले म हुन्छु भन्छन् तपाई चाहि तपाई हुनुस्, तपाई हुनुस् भन्छन् तपाई नाइ भन्नुहुन्छ भने । अनि त्यहाँ अन्तिममा सबै साथिहरुले उम्मेदवारी फिर्ता लिए अनि म सहमतीमा नेतृत्वमा आएको हुँ । भनेको त्यसरी सहमतीमा त्यागबाट नेतृत्वमा आएपो सबैको सहयोग पाइन्छ । हानाथाप गरेर पद लिएर पद त पाइन्छ पद छोड्दा काम गरेको केही देखाउन पाईंदैन ।'

एनआरएन भावी नेतृत्वबारे पनि आफुले यहि भनिरहेको भन्दै उनले थप खुलाए 'एनआरएन जापान अध्यक्ष हुँदा केही कामहरु पाइपलाईन सुरुवात हुँदै र भइरहेका थिए । मैंले नेतृत्व दोहोर्याउन पनि सक्थें । तर म भन्दा सक्षम मान्छेपनि आउन सक्छन् । सँधै पद ओगटेर बस्न हुँदैन भनेर बाटो खुल्ला गरिदिएं । भन्न खोजेको पद ओगट्ने र पाउनै पर्छ भनेर लाग्न नि भएन । अरुलाई कामगर्ने अवसर पनि दिनुपर्छ ।'

एक नम्वरमा दर्ता, एक नम्वरको सेवा !

जापानबाट नेपालमा पैसा पठाउने गरि सन् २०१० मा जापान मनि एक्सप्रेस जेएमई ६ नम्वरमा दर्ता भएको थियो । तर नेपालमा पैसा पठाउने पहिलो नेपाली कम्पनीको रुपमा पाउँदा त्यतिखेर खुशी लागेको थियो । नेपालीकै लगानिमा खुलेको पहिलो कम्पनी पाउँदा खुशीसँगै हामीमाथि चुनौतिको पहाड र अवसरको खात थियो । जेएमईका अध्यक्ष रहेका गुरुङ शुभारम्भका दिन सम्झंदै भन्छन् 'जापानमा रहेका नेपालीहरुले अवैध तरिकाले हुण्डि तथा बिदेशी कम्पनीबाट पठाइरहेको रकम विश्वासिलो तरिकाले नेपालमा परिवारको हातमा पुग्न थालेपछि विश्वास गरे र सेवाग्राहिको संख्या सोचेभन्दा बढ्यो ।'

जापानबाट नेपालमा बढी रेमिट्यान्स पठाउने टप थ्री कम्पनीमा जेएमई पर्छ । तर पहिलो नम्वरमा छैन । यसलाई सहर्ष स्विकार्दै गुरुङले थपे 'एक नम्वरको सेवा भने दिएका छौं । दुई बर्षअघिसम्म पनि हामी पहिलो नम्वरमा थियौं । तर अहिलेको यो दिन धेरै समय रहँदैन ।
जापानमा पछिल्लो समय उनकै शब्दमा भन्ने हो भने अरुको नक्कल गर्दै रेष्टुरेण्ट खोल्ने चलन जस्तै रेमिट्यान्स कम्पनी खोल्ने लहर चलिरहेको छ । विश्वासका साथ गुरुगंले भने-'यो अवस्था एक दुई बर्ष चल्ला अब । त्यसपछि क्रमश फेरी छानिन थाल्छन् अनि दुई नम्वरी काम गर्ने र देखासिकि गरेर अक्कल पुर्याएर नक्कल गर्न समेत नजान्नेहरु हराउन थाल्छन् । अनि वास्तविक अवस्था त्यतिखेर देखिन्छ ।'

गुरुगंले दुई नम्वरी काम भन्ने शब्द प्रयोग गरेपछि रेमिट्यान्सको नाममा हुने गरेको हुण्डि कारोबार र अबैध धन्दाबारे उनले कुरा नचपाइकन झनै खुलाउँदै भने-'यहाँ पनी रेमिटेन्सको नाममा हुण्डि कारोवार हुनेगरेको छ ।'

अस्ति ३३ किलो सुन एरपोर्टबाट समातियो । सुन त ल अवैध तरिकाले ल्यायो समातियो । नेपालमा नाफा कमाउन खोज्दा समातियो । त्यसको पैसा पनि त विदेशमा तिर्नुपर्छ होला । त्यो पैसा कसरी कस्ले तिर्ने त करोडौं अर्बौं रुपैयाँ ? चानचुने व्यापारी, नेताले त सक्दैन । यसबारेमा किन अनुसन्धान हुँदैन ? माथिका सबै नमिलि यत्रो अवैध धन्दा संभवनै छैन । जो कोहि नेपालीले बुझ्न सक्छ । अनि दुई तीनजनालाई समातेर थुन्यो सुन भन्सार बुझायो, यत्तिकैमा सकिन्छ ।

यस्तो सुन त हप्तैपिच्छे पचासौं किलो जान्छ नेपाल । नत्र अवैध हुण्डी कारोवार गर्नेहरुको पैसा कहाँ जान्छ ? बैंकिंग च्यानलबाट पैसा भुक्तानी, उसको टन्ज्याक्सन आदिकुरामा किन अनुसन्धान हुन्न ? खाली रेमिट्यान्स आएको छ भन्यो मख्ख पर्यो । निति, नेतृत्व र योजना बिना चलेको देश भनेको यस्तो हुन्छ ।

यतिधेरै कामदार बिदेश जाने, यतिधेरै पैसा देश भित्री रहँदा सरकारले ति कामदारले पठाएको पैसाको निश्चित रकम जलविद्युत उत्पादन, दुरसञ्चार, सुरगंमार्ग जस्ता ठूला परियोजनामा जमानि बसेर लगानी गरे कुनै विदेशीको पाउ पर्नै पर्दैन । लगानी कहाँ गर्ने भनेर खोज्नु पर्छ । अनि लगानीकर्ता छैन भन्यो बस्यो । कसरी हुन्छ बिकास ? भोली जापान, कोरिया, खाडीका देशले नेपाली कामदार बन्द गरिदियो भने के हुन्छ हालत ? अहिलेनै भित्रिएको पैसा लगानि नगर्दा त्यो पैसा अनुत्पादक रुपमा खर्च भएर फेरी बिदेशनै गइराखेको छ । यसलाई देश चलाउनेहरुले बुझ्न ढिला भइसकेको छ ।

नेपाली मनि ट्रान्सफरबाटै पैसा पठाउनुपर्छ, त्यसमा पनि जेएमई नै किन ?

जापानबाट नेपाली कम्पनी भन्दा धेरै रकम बिदेशी कम्पनीले नेपालीको पैसा पठाइराखेका छन् जापानमा रहेका जेआरएफ, एसबिआई, क्योदाई, इजि लिंक, सम्सारा, क्युएस रेमिट लगायत सबै बिदेशी कम्पनी हुन् ।

बंगलादेश, भारत, ब्राजिल, फिलिपिन्स, कोरियन नागरिकले चलाएका यि रेमिटेन्सबाट पैसा पठाउँदा हामीले पठाएको रकम एम दुई रुपैयाँ बढी दर रेटमा नेपाल पुगेपनि यसबापत पाउने मुनाफा भने बिदेशीले कमाइराखेका छन् । देखाउनकै लागि बाहिर एकदुईजना नेपालीलाई कर्मचारीको रुपमा राखेपनि यसको मालिक र मुनाफा नेपालको हितमा भएको छैन ।

नेपालीहरुले जापानमा गर्ने सामाजिक, सांस्कृतिक र राष्ट्रिय चाड र आपतविपतका घटनामा यि कुनैपनि रेमिटेन्सले सहयोग गरेको पाइन्न ।
त्यसैले पनि नेपालीका लागि नेपाली कम्पनी हुनुपर्ने बताउँदै गुरुगं भन्छन्-'हामीले जापानमा आयोजना हुने सामाजिक, सांस्कृतिक कामका लागि प्राय कुनैपनि कार्यक्रमको लागि सहयोग छुटाएका छैनौं के त्यसरी यस्ता बिदेशी कम्पनीले गरिरहेका छन् ? उनले प्रतिप्रश्न गर्दै भने 'उनिहरु कमाउने मात्र हुन नेपालीका लागि होइनन् । यो कुरा जापानमा रहेका नेपालीहरुले बुझ्नुपर्छ ।'

यसै प्रशंगमा आफ्नो कार्यालयमा नेपाल पैसा पठाउन आएका दुई किशोरीले पासपोर्ट बनाउन जान काम गर्ने कम्पनीले समय नदिएको, बनाउन ढिलो भइसकेको बिलौना गरेपछि जापानमा रहेका नेपालीहरुको यो साझा समस्या देखेपछि जापानको मुख्य ८ शहरमा जेएमई कम्पनीको तर्फबाट खर्च गरेर सयौं नेपालीको पासपोर्ट फर्म भर्नुका साथै फोटो खिचिदिएर सबै प्रक्रियामा निशुल्क सहयोग गरेको स्मरण गरे ।

अहिले पनि केही नेपाली कम्पनीले २ देखी ४ हजारसम्म शुल्क लिएर फर्म भरेर दुतावासमा बुझाउने गर्छन् हामीले त्यो सबै निशुल्क गरेका थियौं । ओम गुरुङको प्रश्न छ 'अब भन्नुस् के यस्तो काम यस्ता बिदेशीले चलाएका रेमिटेन्स कम्पनीले नेपालीको लागि सहयोग गरेका छन् र गर्छन कहिल्यै ?'

६७ औं प्रजातन्त्र दिवस, प्रजातन्त्रको उमेर बढेपनि जनतामा अनुभुती बढेन

काठमाडौं ।
व्यक्तिको उमेरसँग दाँज्ने हो भने ६७ बर्षको उमेर परिपक्व र बुढ्यौली तर्फ ढल्कँदो उमेर हो । तर वादको हिसाबले प्रयोग र अनुभुतीमा नेपालमा ६७ औं प्रजातन्त्र दिवस मनाईरहँदा जनताले प्रजातन्त्रको वास्तविक अनुभुती गर्न पाइराखेका छैनन् ।

परिपक्व प्रजातान्त्रीक प्रणालीमा देश अघि बढ्नुपर्ने यो अवस्थामा अल्लारे उमेरमा जस्तै प्रजातन्त्रको प्रयोग र परिभाषा राजनीति गर्नेहरुले आफुखुसी गरिरहेका छन् ।

प्रजातान्त्रीक, गणतान्त्रीक, राजावादी र देश टुक्राउ खोज्ने कथित क्षेत्रियवादीहरुसमेत आफ्ना स्वार्थका कुरालाई सत्य सावित गर्न प्रजातन्त्रकै फुर्को जोड्न पछि पर्दैनन् ।

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा विगतमा जस्तै औपचारिकताको लागि विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइंदैत छ तर यसको सुखानुभुती जनताको दैनिकिसँग खास जोडिन सकेको छैन ।

एक सय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य बनाएको सम्झना गरिएपनि त्यो प्रजातन्त्रलाई त्यसपछिका सत्ता सम्हाल्ने यिनै दलहरुले दलिय र नेतागत स्वार्थ हुँदै कार्यकर्तामुखी मात्र बनाउँदा जनताले प्रजातान्त्रीक सरकारको रुपमा प्रधानमन्त्रीका खातहरु त पाइरहेका छन् तर दैनिक अनुभुतीका प्रजातान्त्रीक शासन व्यवस्थाको सुखानुमुती गर्न पाएका छैनन् ।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठसहित अनेक ज्ञात अज्ञात शहिदका नाममा सलामी दिइंदै आएपनि पछिल्लो समय दलीय स्वार्थमा मारिएका अपराधि समेतलाई शहिदको बिल्ला भिराएर १० लाख बाँड्ने संस्कारले प्रजातन्त्रका लागि ज्यान आहुती गर्ने सच्चा शहिदको समेत अपमान हुन थालेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web