बालाजुमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, चालक फरार

फाल्गुन ७, २०७३ मा प्रकाशित | 1769 views

काठमाडौं ।
काठमाडौंको बालाजु माच्छापोखरी नजिक ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जना महिलाको मृत्यु भएको छ ।

बालाजुतर्फ जाँदै गरेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ना ५ च ८४६५ ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक र त्यसमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार मकवानपुर मनहरि-५ घर भएकी ३८ वर्षीया रिनाकुमारी राई र धादिङ खाल्टे-६ घर भएकी ३५ वर्षीया सोनिया थापामगरको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते राई र थापामगरलाई उपचारका लागि टिचिङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव निरीक्षक ९सई० गोकर्ण नेपालले जानकारी दिए ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web