काठमाडौं,फागुन ८ । सत्तारूढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको बैठक बिना निष्कर्षविहिन सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ७ बजेबाट सुरु भएको बैठकमा दुबैले आ(आफ्नो अडान नछोडेपछि वार्ता निष्कर्षबिहिन बनेको हो।प्रचण्डले संविधान कार्यान्यवनका लागि तोकिएको मितिमा चुनावको मिति घोषणा गर्नु जरुरी रहेको भन्दै सघाउन मोर्चालाई आग्रह गरेका थिए ।

तर मोर्चाका नेताहरुले संशोधन विधेयक पारित नभएसम्म कुनै पनि हालतमा चुनावको मिति घोषणामा सघाउन नसकिने अडान पेश गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए।

सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले त्यसबारे छलफल गर्न मोर्चा नेताहरुलाई बोलाए पनि केही कुरामा टुंगोमा नपुगेपछि भोलिको तयारी व्यर्थै हुने देखिएको छ। थप गृहकार्य गरेर अगाडि बढ्ने सरकारी तयारी छ।

यसअघि शनिबार पनि प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुसँग चुनावको मिति र संविधान संशोधनबारे छलफल गरेका थिए।

कालीकोट ।
सरकारी स्वास्थ्यकर्मीहरुले सरकारी पेसा भन्दा निजी मेडिकल व्यवसायलाई बढी जोड दिएको, ग्रामीण भेकमा दक्ष स्वास्थ्यकर्मी र कर्णालीमा प्रविधिसहितको स्वास्थ्य सेवा नपाएको भन्दै कालिकोटका महिलाहरुले सदरमुकाममा नाराबाजी गरेका छन ।

महीला मानबअधिकार संरक्षण समुहको नेतृत्वमा हजारौं महिला सडकमा उत्रेका हुन ।

उनीहरुले जिल्ला अस्पतालमा बिरामीहरुको आवश्यक शैयाको व्यवस्था, शल्यक्रियासहितका आवश्यक उपकरकणको व्यवस्था हुनुपर्ने माग गरेका छन ।

काठमाडौं ।
सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा विवादास्पद रहेका जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज पूरक निवेदनका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयलाई जानकारी नभएको हुँदा बुधबारसम्म अल्पकालीन अन्तरिम आदेश जारी रहने अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

काठमाडौं ।
सत्तारुढ प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा मओवादी केन्द्रबीच छिट्टै निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलका शीर्ष नेताहरुले मुलुकको समसामयिक परिस्थितिबारे छलफल गर्दै निर्वाचनको दिशातर्फ अघि बढ्ने सहमति भएको हो ।

मुलुकको परिस्थिति ध्यानमा राखी निर्वाचनको मिति छिट्टै घोषणा गरी पछि संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचन गर्ने सत्तारुढ दलबीच सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले निर्वाचन क्षेत्र निर्धारण आयोगसँग आवश्यक परामर्श गरी छिट्टै निर्वाचन गराउन सत्तारुढ दलबीच सहमति भएको बताए ।

The close door session of Rastriy Prajatantra Party has been concluded passing the chairman political report.

Now, it is learnt that the method of using electronic voting system in tomorrow's election is being informed to the convention representatives.

Election process is set to begin at 7 am tomorrow to elect new leaderships.

The Supreme Court has decided to continue the stay order in the name of the government to not implement the cabinet decision to promote DIG of Nepal Police Jaya Bahadur Chand to the post of Inspector General of Police until Wednesday. The order was first issued on February 12.

A joint bench of Justice duo Ishwari Prasad Khatiwada and Hari Krishna Karki today issued the new order, said deputy spokesperson at the apex court Bishwaraj Poudel.

He further shared that the stay order will continue until Wednesday as the office of the attorney general was not notified regarding the additional writ related to it. A writ petition was filed on Friday by advocate Kapil Dev Dhakal seeking an order to stop the appointment of Chand as the next IGP.

Another aspirant to the post, DIG Nawaraj Silwal had also filed a writ petition at the apex court, which also led to continuation of the stay order.

The government has decided to announce the date for local polls soon.

A meeting of the ruling parties held at the official residence of the Prime Minister at Baluwatar today to discuss the date for election and other contemporary issues decided in this regard.

On the occasion, top leaders including Prime Minster and CPN (Maoist Centre) Chairman, Pushpa Kamal Dahal 'Prachanda', Nepali Congress President Sher Bahadur Deuba, among others, discussed on contemporary situation of the country and expressed determination for moving ahead towards the path of election.

An agreement was reached among the ruling parties to hold elections by moving ahead with the constitution amendment process by declaring the date of the elections soon, leader Narayan Kaji Shrestha told media persons after the meeting.

Nepali congress General Secretary Dr Shashank Koirala said the ruling parties agreed to hold elections soon after carrying out necessary consultation with the electoral constituency delineation commission.

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले परामर्श लिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका प्रमूख आयुक्त र आयुक्तहरुलाई बोलाएर प्रधानमन्त्रीले निर्वाचनबारे परामर्श गरेका हुन् ।

परामर्शमा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै निर्वाचन सम्पन्न गर्ने तयारी गर्न आयोगलाई आग्रह गरेका थिए ।

निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले बैशाख मसान्तभित्र नै निर्वाचन गर्ने गरी सम्पूर्ण तयारी गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।

भेटमा आयोगका पदाधिकारीहरुले आयोग सरकारले तोकेकै मितिमा निर्वाचन गर्न सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्ण रुपले सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

काठमाडौं,फागुन ८ । उपत्यकामा फेरी इन्धनको चरम अभाव भएको छ । अधिकांश पेट्रोल पम्पमा तेल नपाएपछि सार्वसाधारणहरु लामो लाईन बसिरहेका छन् । शुक्रबार ट्याङकर चालक आन्दोलनले पेट्रोलियम पदार्थ ढुवानी भएन । नेपाल आयल निगमले हालै कार्यान्वयनमा ल्याएको ढुवानी विनियावली २०७३ लाई लिएर ट्यांकर क्षेत्र केन्द्रीय समन्वय समितिले गरेको सांकेतिक आन्दोलनका कारण मुलुकभर इन्धनको चर्को हाहाकार भएको छ ।

निजीमात्र नभएर सरकारी पम्पलेसमेत तेल नदिएपछि उपभोक्तालाई सास्ती भयो । एक दिन अवरोध हुनासाथ बजारमा पेट्रोलियम अभाव हुने अवस्थामा निगमको व्यवस्थापन कमजोर हुँदा पटक पटक यस्तो हुने गरेको छ । सो समितिले नयाँ ढुवानी नियमावलीलाई लिएर शुक्रबार नेपालको सम्पूर्ण डिपोमा लोड र अनलोडसम्बन्धी काम ठप्प गरी सांकेतिक आन्दोलन ९टोकन स्ट्राइक० थालेको छ । यसको प्रभाव शनिबारदेखि नै परिसकेको छ । अधिकाँश पम्पहरु इन्धन अभावमा बन्द भएका छन् भने भएका पम्पमा पनि लामो लाइन देख्न थालिएको छ ।

समितीले वार्ता र सम्वादको माध्यमबाट निगमले १४ फागुनभित्र मजदुरको रोजगारीसम्बन्धी व्यवस्था नहटाए १५ गतेदेखि भारत र नेपालको डिपोमा हुने इन्धनको सम्पूर्ण लोड र अनलोड प्रक्रिया अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनीसमेत दिएको छ । निगमले कार्यान्वयनमा ल्याएको विनियावलीमा एक जनाले पाँच वटाभन्दा कम संख्यामा इन्धन ट्यांकर राख्न नपाउने व्यवस्था गरिएको छ । पुरानो विनियावलीमा एक जनाले एक ट्यांकर राख्न पाउने व्यवस्था छ । निगमले गत पुसदेखि सो नियमावली कार्यान्वयनमा ल्याएको हो । विनियावलीमा आफूहरुलाई बेरोजगार बनाउने व्यवस्था गरिएको भन्दै समितिले मजदुरको रोजगारीमा प्रत्यक्ष प्रभाव पार्ने खालका प्रावधान विनियावलीबाट तत्काल हटाउनुपर्ने माग अघि सारेको छ ।

काठमाडौं,फागुन ८ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का एपेन्डिसाइटिसको शल्यक्रियापछि आइतबार घर फर्किएका छन्। अचानक पेट दुखेपछि गत शुक्रबार काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका पारस शल्यक्रिया सहितको उपचार गराएर तीन दिनपछि घर फर्किएका हुन्।

अचानक पेट देखेपछि पारस शुक्रबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना भएका थिए । जाँचका क्रममा उनको आन्द्रामा अवरोध (रिकरेन्ट एपेन्डिसाइटिस वीथ इन्टेसटाइन अब्स्ट्रक्सन) देखिएको थियो । अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियोलाइसिस तथा की९होल सर्जरी गरिएको छ र, गुजुल्टिएको आन्द्राहरु मिलाइएको चिकित्सकहरुले बताएका छन् ।

कप्तान खड्कालाई एकहप्तापछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ। पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकाले खड्का चाँडै खेल मैदानमा फर्कने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ। चिकित्सकहरुले एक साता आराम गर्नु भनेकाले पारस दिल्ली टुरमा भने नजाने भएका छन् । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको तयारीमा रहेको नेपाली टोली आगामी शुक्रबार दिल्ली जाने तय भएको छ ।

काठमाडौं,फागुन ८ । रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रको तनावग्रस्त बनेको छ । शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएपछि आज स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेका छन् ।ढुगांमुढा प्रहार पछि स्थिति तनावग्रस्त बनेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । यसघटनामा यसमा सिके राउतका कार्यकर्ता संलग्न रहेको हुन सक्ने प्रहरीको आशंका छ ।

झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको छ । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन (हतियार) लुटिएको छ’ र ‘हतियारको खोजी भइरहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए । गत वर्ष रुपन्देहीको मर्चवारमा पर्ने मझगवाँमा स्वतन्त्र मधेस गठबन्धनका सीके राउतले सभा गरेका थिए। त्यसको ठीक एक वर्षपछि सो क्षेत्र सुरक्षित रहेको भन्दै शनिबार पनि कार्यक्रमको तयारी राउतका समर्थकले गरेको थियो ।

मधेसलाई अलग राज्य बनाउनुपर्ने भन्दै भूमिगत गतिविधि सञ्चालन गरिरहेको सीके राउतका समर्थकले पछिल्लो समय रुपन्देहीमा गतिविधि बढाएपछि सुरक्षा निकाय चनाखो बनेको थियो। शनिबार मर्चवारको मझगाँवामा सभा गर्ने सूचना पाएको प्रहरी बिहानैदेखि तैनाथ थियो। जिल्ला प्रहरी कार्यालय भैरहवाबाट १ सय ५० जना प्रहरीको एक टोली मर्चवारमा खटिएको थियो।

सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता र प्रहरीबीच दिनभरजसो मर्चवार क्षेत्रमा झडप भएको छ। स्थानीय मझगँवा गाविस स्थित मर्चवार उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा आम सभा गर्ने तयारी गरेका कार्यकर्तालाई प्रहरीले अवरोध गरेको थियो।

पप्पु गुरुङ्ग-दोधारा चाँदनी,फागुन ८ – दोधारा चाँदनी क्षेत्रमा बिगत लामो समय देखि मेडिकल संचालन गर्दै आएका एक भारतिय नागरिकको गए राती हत्या भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, बाबाथान बजारमा बिगत २०÷२५ वर्ष देखि निरन्तर मेडिकल संचालन गर्दै आएको पिलिभित जिल्ला, माधवताण्डा थाना, नौजलीया ग्राम निवासी बिजय कृष्ण हिरा– ५० को गए राती दोधारा चाँदनी नगरापलिका वडा नं. १०, बैतिफाँटा, जगबुडा नदीको नजिक निर्मम तरिकाले हत्या गरिएर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनि माथी धारिलो हतियारले पिट्यु, घाँटी तथा टाउकोमा प्रहार गरि निर्मम हत्या गरिएको हो । हिजो साझ दोधारा चाँदनीको बाबाथान बजारबाट करिब ७ बजे आफ्नो मेडिकल बन्द गरेर मेडिकल संचालक हिरा घर गएको बाबाथान बजारका स्थानिय ब्यापारीहरुले बताएका छन् । उनि बिगत लामो समय देखि दोधारा चाँदनी नगरपलिका वडा नं. ७, बाबाथान बजारमा रहेको जसमाया थापा मगरको एक भवनमा कोठा भाडामा लिएर आफ्नो मेडिकल संचालन गर्दै आएका हुन् ।

दोधारा चाँदनीको कुतियाकवर जाने मुल बगर सडक खण्ड हुदै गएका मेडिकल संचालक हिरालाई बैतिफाँटा (कुतियाकवर जाने किस्ती नजिक) मा उनको क्रुर तरिकाले हत्या गरिएको प्रहरीले जनाएको छ् । “निकै निर्मम तथा क्रुर हत्या गरिएका छ्” ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बीरदत्त पन्तले बताउनुभयो ।

अबेर राती सम्म मेडिकल संचालक बिजय कृष्ण हिरा घरमा नआएपछि हिराको छोरो बिश्वजित हिरा र उनका धर्मपत्नी तृप्ती हिरा खोज्न उनको बाबाथान मेडिकल सम्म पुगेका थिए । बाटोमा फर्कने क्रममा छोरा बिश्वजित हिराले आफ्नो वाबुको रगतमा लतपत्त भएको चप्पल बाटोमा फेला पारेपछि उनले स्थानियलाई गुुहारेका थिए । करिब ९ देखि १० बजे हत्या भएको अनुमान गरिएको छ् । प्रहरीलाई स्थानियहरु खबर गरेपछि प्रहरी करिब १ बजे प्रहरी घट्नास्थालमा पुगेको थियो ।

बैतिफाँटा किस्ती तर्ने स्थानको बाटो नजिक मेडिकल संचालन भारतिय नागरिक हिरा माथी धारिलो हतियारले प्रहार भएको र उनलाई घिसारेर करिब २ सय मिटर पुर्व दिशा तर्फ लगरे थप धारिलो हतियारले प्रहार गरि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ् । प्रहरीले हत्यामा प्रयोग गरिएको गुप्ती (चक्कु) को खोल तथा रगत लागेको रड घट्नास्थल नजिक बरामद छ् । “घट्नास्थाल सर्चको क्रममा हामीले गुप्ती (चक्कु) को खोल तथा रगत लागेको रड फेला पारेका हौ” निरिक्षक पन्तले बताउनुभयो ।

उहाँका अनुसार हत्याको बारे क्षेत्रिय अनुसन्धान ब्युरोको टोलीले समेत अनुसन्धान खटिएको छ् । प्रहरी सहायक निरिक्षक बाशदेव अवस्थीको कमाण्डमा क्षेत्रिय अनुसन्धान ब्युरोको टोलीले घट्नाको अनुसन्धान थालेको छ् । प्रहरीले स्थानियहरु सोधपुछ जारी राखेको छ् भने भारतिय प्रहरी संग हत्याको बारे छलफल समेत गरेको प्रहरी श्रोतले जानकारी दिएको छ् ।

भारतिय नागरिक हिरा माथी पहिलो प्रहार भएको स्थान देखि करिब २५÷३० मिटर पुर्व÷दक्षिण दिशा स्थित उनले चढ्ने साईकल तथा झोलमा रहेको केही औषधीहरु तथा नगद रकमहरु प्रहरीले फेला पारेको छ् । मेडिकल संचालन भारतिय नागरिक सदा झै हिजो पनि करिब सा“झ ७ बजे बाबाथान स्थित रहेको आफ्नो मेडिकल बन्द गरेर फर्कने क्रममा उनको धारिलो हतियार द्धारा निर्मम हत्या गरिएको स्थानियहरुले बताएका छन् ।

मेडिकल संचालक बिजय कृष्ण हिरा दोधारा चाँदनीमा “दाह्’” डाक्टरको नामबाट प्रचलित थिए । दोधारा चाँदनीको सिमा पारीको गाँउ पिलिभित जिल्ला, माधवताण्डा थाना, नौजलीया ग्राम निवासी बिजय कृष्ण हिरा लामो समय देखि दोधारामा आफ्नो मेडिकल संचालन गर्दै आएको सोझो ब्यक्तीको रुपमा उनि परिचित हुदै आएका थिए । घट्नाको बारे स्थानियहरु संग सोधुपुछ जारी राखेपनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन्, भने कस्ले हत्या भएको हो भन्ने बिषमा छानबिन चलिरहेको प्रहरीले बताएको छ् । हत्या भएको बिजयका कृष्ण हिराका धर्मपत्नी सहित एक छोरा र एक छोरी छन् । दोधारा चाँदनीको सिमा क्षेत्रमा समसाँझै गरिएको मेडिकल संचालक हिराको निर्मम हत्या भएपछि स्थानियहरुमा त्रास बढेको गएको छ् । हत्या भएको बिरोधमा दोधारा चा“दनीको बाबाथान बजार केही समय सम्म बन्द गरिएको बाबाथान बजार ब्यवस्थापन समितिले जनाएको छ् । प्रहरीले मतृकको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्डम पछि परिवारजनमा शव बझाएको छ् ।

बाटो ढुकेर योजनबद्ध तरिकाबाट हत्या

बाटो ढुकेर मेडिकल संचालक हिराको हत्याको प्रहरीले अनुसन्धान सुरु भएको छ् । सदा ८ देखि ८ः३० बजेको समयमा मेडिकल संचालक बिजय कृष्ण हिराले किस्तीमा नदी पार गर्ने समय हुन्थ्यो । प्रहरीको आशंका गरिएको ब्यक्ती, घट्नाको खबर गर्ने ब्यक्ती, परिवारजन लगाएत भारतिय प्रहरी संग सोधपुछ बढाएको छ् । प्रारम्भिक अनुसन्धानको बेला मेडिकल संचालक हिरामा पहिलो प्रहार भएपछि हत्याराले उनलाई घिसारेर करिब २ सय मिटर पुर्व दिशा तर्फ लगरे थप धारिलो हतियारले प्रहार गरि हत्या भएको देखिएको छ् ।

“२ देखि ३ जना हत्यारा हुनु पर्छ । ४ जना भन्दा बढी भएको भए हिरालाई चार हातखुट्टा समातेर झ्याकुटी बनाएर लग्थे होला तर घिसारेर लगेका छन्” एक स्थानियले भने । हत्यामा २ देखि ३ सम्म हत्यारा संलग्न रहेको स्थानियहरुले आंकलन गरेका छन् । सुनसान स्थान तथा अध्यारो रातको फाईदा उठाउदै बाटो ढुकेर बसेका हत्याराहरुले योजनाबद्ध तरिकाले उनको हत्या गरिएको स्थानियहरुको भनाई रहेको छ् ।

“दोधारा चा“दनीमा उनी सबैको लागी राम्रो मान्छे थिए ।” अर्का स्थानियले भने । उनी माथी लुटपाट गर्ने उद्धेश्यले उनको हत्या समेत नभएको स्थानियहरुको ठहर छ् । उनको झोलामा रहेको केही नगद रकम पनि झोलैमा सुरक्षित रहेको मेडिकल संचालक हिराका छोरी बबिता हिराका श्रीमान सकेश कुमारले बताए । कहिल्यै बिडी नपिउने मेडिकल संचालन बिजय कृष्ण हिराको झोलामा बिडीको प्याकेट समेत फेला परेको छ् । “कसैको आखामा हालेर नबिझाउने ब्यक्ती थिए” हिराको जवाई सकेश कुमारले भने ।

समाचार श्रोत अनुसार सामसाँझ देखि उक्त क्षेत्रमा भारतबाट आएका भारतिय नम्वर प्लेट मोटरसाईकलको अरु दिन भन्दा बढी चहलपहल रहेको थियो । तेज गतीमा उक्त मोटरसाईकलहरु भारतिय क्षेत्रबाट आएका थिए । नेपालमा उनको कुनै प्रकारको दुष्मनी नभएको सिमा नजिक रहेको बेतिफा“टामा भारतिय ब्यक्तीहरु आएर हत्या गरिएको समाचार श्रोतले अनुमान गरेको छ् ।

सदाझै ७ बजेको समयमा बाबाथान बजारबाट मेडिकल बन्द गरेर गाँउ घरमा औषधी दिदै आउदै गर्दै आएका मेडिकल संचालक हिरालाई हत्याराले बाटो ढुकेर एकान्त स्थान बैतीफाँटाको सुनसान नदीको छेउ बगरमा हत्या गरेको स्थानियहरु दाबी छ् । बाटो ढुकेर बसेका हत्याराले साईकलमा आईरहेको मेडिकल संचालक हिरालाई रोकेर पहिलो पल्टमै धारिलो हतियारले पिट्युमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ् । मेडिकल संचालकको कस्ले किन र कसरी हत्या ग¥यो भन्ने अनुसन्धानको बिषय बनेको छ ।