कुलमान घिसिङ उत्कृष्टको अवार्डबाट सम्मानित

काठमाडौं,फागुन ९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएको छन् । नेपाल उद्योग परिसंघले घिसिङलाई पूर्वाधार विकास अन्तर्गतको विद्युत् प्राधिकरणमार्फत लोडसेडिङ हटाउन पुर्या‍‍एको योगदानको कदर गर्दै  घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै कुलमानले यस्तो सम्मान पाएका हुन् । प्राधिकरणमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि घिसिङले काठमाडौं उपत्यका र बाहिरी सहरमा लोडसेडिङ हटाएर उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याएको भन्दै यो सम्मान प्रदान गरिएको हो ।

घिसिङले प्राधिकरणअन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन ठूलो भूमिका निभाएका छन् । यसैगरी काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले पूर्वाधारमा लगानीका लागि वातावरण तयार गर्न नेतृत्वदायी भूमिका खेलेको परिसंघको ठहर छ ।

राप्रपा अध्यक्षमा कमल थापा विजयी

काठमाडौं,फागुन ९ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी भएका छन्।  राजधानीको भृकटिमण्डपमा जारी महाधिवेशनमा आज भएको मतदानमा अध्यक्षले आफ्ना प्रतिद्वन्दी प्रदीप विक्रम राणालाई विशाल मतान्तरले पराजित गरेका हुन् । अध्यक्षका लागि ३ हजार १ सय ३६ जनाले मतदान गरेका थिए । जसमध्ये थापाले २ हजार ८ सय ४ मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी प्रदीपविक्रम राणाले जम्मा २ सय ५१ मतमात्र प्राप्त गरेका छन् ।

नेता प्रकाशचन्द्र लोहनीनिकट राणाले उम्मेदवारी दिएपछि थापालाई सर्वसम्मत अध्यक्ष बनाउने राप्रपाको प्रयास असफल भएको थियो। लोहनीले उम्मेदवारी घोषणा गरे पनि अन्तिम समयमा मैदान छाडेका थिए। ९८ सदस्यका लागि भने मंगलबार बिहानैदेखि निर्वाचन हुनेछ।

१९ बर्षपछि बैशाख ३१ मा स्थानिय चुनाव गर्ने सरकारको घोषणा

काठमाडौं,फागुन ९ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो।  गृह सचिव लोकदर्शन रेग्मीले निर्वाचनको टुंगो लागेको जानकारी दिए।   यसअघि निर्वाचन आयोगले पनि वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।

१३ महिनासम्म कर्मचारीलाई तलब नदिएपछि जानकी मेडिकल कलेज फेरि पनि बन्द

जनकपुरधाम ।
जनकपुरको रामजानकी मेडिकल कलेज फेरि पनि बन्द भएको छ । कलेजमा कार्यरत रहेका कर्मचारीहरुले न्युनतम चार महिना देखि १३ महिनासम्मको तलव नपाएपछि औपचारिक रुपमा नै मेडिकल कलेजको सम्पूर्ण सेवाहरु ठप्प पारेका छन् ।

जनकपुरको रजौलमा रहेको सिटि हस्पिटलको आकस्मिक सहितको सम्पूर्ण सेवा, पठनपाठन ठप्प गरेर हडतालमा उत्रेपछि मेडिकल कलेजले प्रदान गर्दै आएको सवै सेवाहरु बन्द भएको छ ।

मेडिकल कलेजको सेवावाट दैनिक रुपमा तीन सय देखि ५ सय विरामीले सेवा पाउनवाट बंचित भएका छन् ।

विगत देखि नै विवादित रहेको जानकी मेडिकल कलेजका कर्मचारी तथा चिकित्सकहरुले आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुले काम गरेको अवधिको तलव भत्ता पाउनु पर्ने माग गर्नु भएको छ । आफूहरुले आज देखि आकस्मिक सहितको सवै सेवाहरु ठप्प गरेको चौधरीले बताउनु भयो ।

मेडिकल कलेजमा हाल २ सयको संख्यामा कर्मचारीहरु कार्यरत रहेको र सवैको तलव भत्त गरेर करिव १५ करोड बाँकी रहेको संघर्ष समितिका अध्यक्ष संजय चौधरीले बताउनु भयो । जनकपुर क्षेत्रका एक मात्र मेडिकल कलेज भएकाले यसको विकासका साथै आफूहरुको रोजी रोटीको ज्ञारेन्टी हुनु पर्ने धारणा चिकित्सक डा. अरुण कुमार गुप्ताले बताउनु भयो ।

त्रिभूवन विश्वविद्यालय अन्तर्गत सञ्चालित रहेको जानकी मेडिकल कलेजमा १ सय सिट एम वि वि एसको रहेको छ । ६ सय वेडको अस्पताल पनि रहेको छ ।

भारतलाई खुशी पार्न विवादास्पद संशोधन विधेयक अघि बढाउने दाहाल सरकारको निर्णय

काठमाडौं ।
सरकारले विवादास्पद संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

भोली बस्ने संसद बैठकबाट पहाड र तराई अलग गर्नेगरि भारतीय योजनामा ल्याइएको संविधान संशोधन विधेयक अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन् ।

सुरुमा बिरोध गरेजस्तो गरेपनि देशभरबाट यो संसोधन विधेयकको बिरोध भएपछि पछिल्लो समय भारत निकट रहेका मधेश केन्द्रित राजनीति गर्दै आएको मधेशी मोर्चाले यो संसोधन विधेयक जसरीपनि पास गर्नुपर्ने अडान राख्न थालेको छ ।

स्मरणीय छ भारतले समेत दाहाल सरकारले देशभर बिरोध भएको यो बिधेयक प्रस्ताव गरेपछि सकारात्मक कदम भन्दै संशोधन पास गर्न दवाव दिंदै आएको छ ।

यद्यपी यसको नेकपा एमाले सहित प्रतिपक्षि दलहरुले देशको लागि घातक हुने विधेयक पारित हुन नदिने भन्दै बिरोध जनाउँदै आएका छन् ।

तर पछिल्लो समय एमाले सहितका दलहरु यसमा मौन देखिएपछि उनिहरुको पनि यसमा मिलेमतो हुन लागेको आरोप लाग्न थालेको छ । यसको खास रुप भने सरकारले भोलि संसदमा विधेयक अघि बढाउँदा देखिने नै छ ।

हाल पूर्नसंरचना गरिएको स्थानिय तहका कारण तराई नेताहरुको आफ्नो क्षेत्र गुम्ने र निर्वाचनमा पराजित हुने भएपछि पुरानै कायम गर्नेगरि संसोधन गर्न दबाव दिएपनि प्रधामन्त्री पुष्पकमल दाहालले यसबारेमा ठाडो निर्देशन दिएका छन् ।

व्यक्तिगत तवरमा निर्देशन दिंदा अपजस आउने भएपनि प्रधानमन्त्री दाहालले मन्त्रीपरिषद बैठकबाट पास गराएर तराईका विभिन्न स्थानमा स्थानीय तहको सीमांकन हेरफेर गर्ने र संख्या बढाउने निर्णय गराएका छन् ।

मन्त्री परिषदको आज वसेको बैठकले स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको समितिले बुझाएको अध्ययन प्रतिवेदन स्वीकार गर्दै त्यसको कार्यान्वयनका लागि सरोकारवाल र विज्ञहरुसँग छलफल गरेर प्रतिवेदन तयार गर्न सात दिनको समयसिमा समेत थप गरेको छ ।

मन्त्री परिषद बैठकले मधेशी, थारु, आदीवासी लगायतका समस्या समाधान गर्न संघीय आयोगको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ ।

विपि राजमार्ग भासिंदा सयौं अलपत्र, हेवि गाडी प्रमुख कारण

सिन्धुली ।
ठूला भार क्षमताका गाडीका कारण सडकखण्ड भासीने खतरा भएपछि त्यस्ता सवारी आवागमन रोक्न सरकारले चासो नदिंदा विपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक सडक खण्डमा पर्ने सिन्धुलीको सित्तलपाटी गाविस–९ बेनीमा सडक भासएर गएको छ ।

अघिल्लो सरकारका बिमलेन्दै निधी यातायात मन्त्री रहेकै बेलामा स्थानीय समुदाय र आफ्नै मन्त्रालयका इञ्जिनीयरले समेत हेभी गाडी चलाउन नदिन सुझाव दिएपनि मन्त्री निधिले त्यसको बेवास्ता गर्दा आज सडक भासिएको हो ।

सडक भासिएर पहिरो जाँदा राजधानीबाट पुर्व जाने र आउने गाडीहरु रोकिंदा सयौं यात्रु अलपत्र परेका छन् ।

भुकम्पक कारण चर्किएको उक्त सडक खण्ड हेभी गाडीहरुको निरन्तरको आवागमनले थप चर्कन थालेको थियो । पहिरोले करिब २० मिटर सडक सुनकोशीमा पुगेको छ ।

गएराती खसेको पहिरोका कारण बाटो अवरुद्ध हुँदा, सिन्धुली, रामेछाप, ओखलढुंगा, उदयपुर, खोटाङ्ग तथा तराईका जिल्लाहरुमा चल्ने गाडीहरु अवरुद्ध हुन पुगेका छन् ।

तत्काल सडक सुचारु गर्ने अवस्था नरहेको भन्दै सिन्धुली प्रहरीले बैकल्पीक बाटो अपनाउन आग्रह गर्दै सडक मर्मत र सडक सुचारुको लागि जिल्लामा छलफल भइरहेको जानकारी दिएको छ ।

राजधानीलाई पूर्वी तराइसँग जोड्ने विपी राजमार्ग जापान सरकारको अनुदानमा निर्माण भएको हो ।

राजधानीबाट बनेपा, सिन्धुली, बर्दिबास जोड्ने विपी राजमार्ग २०५२ सालमा निर्माण सुरु गरिएको थियो । यसलाई काठमाडौं(पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्गका रुपमा लिइएको छ ।

एक सय ६० किलोमिटर लम्बाई रहेको यो राजमार्ग करिव २० वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो । यो सडक खण्ड सुशील कोइराला प्रधानमन्त्री रहेका बेलामा जापान सरकारले नेपाललाई हस्तान्तरण गरेको थियो ।

२६ अर्ब जापानी येन लगानी भएको बताइएको सडक जेपालको उदाहरणीय राजमार्गको रुपमा हेर्न गरिन्छ ।

कम्फर्ट वुमनको प्रतिमा र उत्तरको आणविक शक्तिबारे जापान दक्षिण कोरिया वार्ता

टोकियो ।
उत्तरकोरियाको आणविक र क्षेप्यास्त्र तथा कोरियामा रहेको कम्फर्ट वुमनको प्रतिमा बारेमा दक्षिण कोरिया र जापानका विदेशमन्त्रीबिच वार्ता भएको छ ।

दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाले यौन दासी बनाएको बताइदै आएको कोरियाली महिलाहरुको प्रतिमुर्ती स्वरुप दक्षिण कोरियामा नागरिकस्तरबाट खडा गरिएको कम्फर्ट वुमनको प्रतिमा हटाउन भेटका क्रममा जापानका विदेश मन्त्री फुमिओ किशिदाले दक्षिण कोरियाली विदेश मन्त्री युन ब्यायेन्सेसंग माग गरेका छन् ।

कोरियालीहरुले जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा गरेको ज्यादतीलाई स्मरण गर्दै उक्त प्रतिमा खडा गरेका हुन् । तर जापानले भने दुई देशबिचको सम्वन्धमा खलल पर्ने गरि हुने कुनैपनि काम रोक्न संयुक्त राष्टसंघिय नियमले पनि नदिने भन्दै उक्त प्रतिमा हटाउन माग र दवाव दिंदै आएको छ ।

भेटवार्तामा जापानका विदेश मन्त्रीले दक्षिण कोरियामा जापानको वाणिज्य दूतावास अघि राखिएको कम्फर्ट वुमनको प्रतिमा हटाउनु पर्ने प्रति जोड दिएको जापानी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दक्षिण कोरियाको ताकेशिमा पनि यस्तै एक प्रतिमा स्थापित गर्न लागेको खवरले जापानले यस क्रियाकलापले दुई देशबिचको सम्वन्धमा असर पर्नसक्ने चेतावनी दिंदै आएको छ ।

ताकेशिमा दक्षिण कोरियाको नियन्त्रण रहेको छ । यद्यपी यसमा जापानले पनि दावी गर्दै आएको छ ।

भेटमा कोरियाली विदेश मन्त्री युनले जापानको प्रस्तावलाई आफुले सकारात्मक लिएको भन्दै यसबारेमा गम्भिर भएको बताएका छन् ।

यद्यपी उनले कम्फर्ट वुमनको शालिक हटाउने नहटाउनेबारे भने स्पष्ट केही बताएका छैनन् ।

भेटमा दुई देशका बिदेशमन्त्री बिच उत्तर कोरियाले गरिरहेको लगातारको क्षेप्यास्त्र परिक्षण तथा आणविक क्षमताको विस्तार र यसबाट सिर्जित चुनौति र सुरक्षा रणनीतिबारे समेत छलफल गरेका थिए ।

दुई देशका विदेशमन्त्रीले विगतमा जस्तै दुई देशबिच निरन्तर यसबारेमा सुचना आदान प्रदान र थप सहयोग र उत्तर कोरियाको गतिविधिप्रति निगरानी बढाउने बारेमा छलफल भएको बताइएको छ ।

निर्वाचन आयोगको प्रस्तावःप्रतिनिधिसभामा डेढ प्रतिशत थ्रेसहोल्ड, दुई ठाउँबाट उम्मेदवार बन्न नपाउने

काठमाडौं,फागुन ९ । प्रतिनिधिसभामा डेढ प्रतिशत थ्रेसहोल्ड रहने गरी निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनसम्वन्धी विधेयकको मस्यौदा गृह मन्त्रालय पठाएको छ । कुल सदर मतको डेढ प्रतिशत मत प्राप्त गर्ने दलले मात्र प्रतिनिधिसभामा सिट पाउने प्रस्ताव आयोगको छ । आयोगले प्रदेशसभा निर्वाचन विधेयकमा पनि डेढ प्रतिशत नै थ्रेसहोल्डको प्रस्ताव गरेको छ ।

आयोगको प्रस्ताव अनुसार कानुन बनेमा कम्तिमा डेढ प्रतिशत मत ल्याउने दलले एक सिट पाउनेछन्। आयोगले गत बिहीबार विधेयक मन्त्रालय पठाउने निर्णय गरेको थियो। मन्त्रालयले परिमार्जनसहित विधेयक संसदमा दर्ता गर्न सक्नेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

त्यस्तै विधेयकले संविधानको प्रावधान अनुसार अवदेखि प्रत्यक्ष निर्वाचनमा कुनै पनि व्यक्ति एक निर्वाचन क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न पाउनेछ। यसअघि एक उम्मेदवारले दुई निर्वाचन क्षेत्रसम्म चुनाव लड्दै आएका थिए । दुवै क्षेत्रमा निर्वाचनमा विजयी हुँदा उपनिर्वाचन खर्चको भार बढेको भन्दै आयोगले यस्तो प्रस्ताव गरेको हो ।

आयोगको प्रस्ताव अनुसार कानुन बने अव निश्चित निर्वाचन क्षेत्रमा महिलामात्र उम्मेदवार हुनेछन् । निर्वाचन आयोगले चक्रीय रुपमा महिलामात्र उम्मेदवार हुनेगरी निर्वाचन क्षेत्र तोक्नेछ। निर्वाचन क्षेत्रहरु भने निर्वाचन आयोगले नै तोक्नेछ ।

सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार !

काठमाडौं,फागुन ९  । गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो ।

बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्विकार गरे ।आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो ।

बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन् । केन्द्रले समस्या समाधानका लागि पहल गरेपनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन् । आजको नागरिक दैनिकमा समाचार छ ।

बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो । अनिताको पनि गल्ती देखियो । त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्यो । सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भएपनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो ।महानगरीय प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीका अनुसार काठमाडौंमा पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौती बनिरहेको छ। केन्द्रकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाका अनुसार लिभिङ टुगेदरमा रहनेबीच असमझदारी भएपछि उजुरी लिएर सेवा केन्द्र आउनेको संख्या बढेको छ।

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइयो

काठमाडौं,फागुन ९ । कुवेतमा ५ जना नेपालीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ परेका चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदमबहादुर गुरुङ, बाँकेका तारामान केसी र निमा शेर्पालाई त्यहाँको तल्लो अदालतले हालै मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरू सुलेबियास्थित केन्द्रीय कारागारमा छन् ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार सिन्धुपाल्चोकका सजन कार्कीलाई भने अदालतले आजीवन कराबास सजाय तोकेको छ। आफू निर्दोष रहेको भन्दै पुनरावेदन गरेका कार्कीलाई उच्च अदालतले आजीवन कारावासको सजाय सुनाएको हो।

रानाभाट दुई वर्षअघि पक्राउ परेका थिए भने अन्यलाई एक वर्षअघि पक्राउ गरेर लागूऔषध कारोबारको मुद्दा चलाइएको थियो।  कुवेतस्थित नेपाली दूतावासले नेपाल सरकारलाई मृत्युदण्डको सजायबारे जानकारी गराएको छ। कुवेत सरकारले सजायसम्बन्धी विवरण हालै नेपाली दूतावासलाई बुझाएको थियो। तल्लो अदालतको यो सजायविरुद्ध उनीहरूले पुनरावेदन र उच्च अदालतसम्म जान पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार रानाभाटले वकिल राखेर प्रतिरक्षा गर्ने तयारी गरेका छन्।

‘उनीहरूको अवस्था बुझ्न दूतावासबाट निरन्तर जेल भ्रमण भइरहेको छ’, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘हामी कानुनी सहायताका साथै आवश्यक कागजात तयार परेर कन्सुलर सेवा दिइरहेका छौं।’ मृत्युदण्डको सजाय सुनाइएका केही नेपालीले अभियोग स्वीकार गरेको र केहीले भने आफूलाई फसाइएको बयान दिएको दूतावासले जनाएको छ।

प्रहरीले उनीहरूलाई अलग–अलग स्थानबाट पक्राउ गरेको थियो। कुवेतमा लागूऔषध सेवन र कारोबारलाई संगीन अपराधको रूपमा लिइन्छ। लागूऔषध कारोबार गरेको पुष्टि भएको भन्दै केही महिनाअघि पनि दुई कुवेतीसहित दुई बंगलादेशी, दुई इजिप्सियन र एक फिलिपिनोलाई फाँसी दिइएको थियो।  हाल कुवेतको जेलमा ९ महिलासहित ६१ नेपाली छन्। यीमध्ये करिब ७५ प्रतिशत लागूऔषध कारोबार तथा बेचबिखन मुद्दामा पक्राउ परेका हुन्।

उनीहरूविरुद्ध त्यहाँको अदालतमा मुद्दा चलिरहेको छ। पक्राउ परेकामा प्रायस् गैरकानुनी हैसियतमा बस्दै आएका नेपाली छन्। पक्राउ परेकामध्ये अधिकांशले आफूलाई थाहा नदिई ‘हल्कारा’का रूपमा प्रयोग गरेर फसाइएको दूतावासबाट भेट्न गएका अधिकारीहरूलाई बताएका छन्। आजीवन काराबासको सजाय पाएका कार्कीका आफन्तका अनुसार दुई जना लागूऔषध सेवनकर्तासँग होटलमा खाना खाइरहेका बेला उनी पक्राउ परेका थिए। लागूऔषध सेवनकर्ताले निर्दोष छ भन्दासमेत सजनलाई नछोडिएको ती आफन्तले बताए। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

विमानस्थलबाट फेरि समातियो सुन, यसपटक तस्करको नयाँ जुक्ति

काठमाडौं,फागुन ९ – डेढ केजी सुनका गहना लगाएर दुबईबाट आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यलयले भारतीय नागरिक कश्यक कान्तिलाललाई पक्राउ गरेको हो। ३५ वर्षीय कान्तिलाल आइतबार दिउँसो १२ बजे एयर अरेबियाबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए। उनले आधा-आधा केजी सुनको दुईवटा सिक्री र आधा केजी सुनको बाला लगाएर आएको विमानस्थल भन्सार कार्यालय प्रमुख नारायण सापकोटाले जानकारी दिए।

'वाक थ्रू' मा जाँच गर्ने क्रममा भन्सार अधिकारीले कान्तिलाललाई नियन्त्रणमा लिएका थिए। सापकोटाले उनलाई हिरासतमा राखिएको र सोमबार बयान लिन सुरु गरिने जानकारी दिए। नेपालीले विदेशबाट आउँदा बढीमा ५० ग्रामसम्म सुनका गहना लगाएर आउनसक्ने प्रावधान छ। विदेशीका हकमा यो स्पष्ट छैन। 'तर विदेशीले आउँदा धेरै सुन लगाएर आउँदैनन्, यत्रो परिमाणमा सुनको गहना लगाएर आउनुचाहीँ शंकास्पद् छ,' भन्सार प्रमुख सापकोटाले भने। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

मधेसी मोर्चासँग किन हच्किए प्रधानमन्त्री ?

काठमाडौं,फागुन ९ – मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन घोषणा गरे अकल्पनीय परिणाम भोग्नुपर्ने धम्की दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल चुनाव घोषणा गर्ने आफ्नो सार्वजनिक प्रतिबद्धताबाट फेरि पछि सरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार सत्ताधारी गठबन्धन माओवादी–कांग्रेस तथा मधेसी मोर्चाका वरिष्ठ नेताबीच भएको तीन घन्टाभन्दा लामो बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचन गर्नै पर्ने आफ्नो बाध्यतालाई बुझिदिन गरेको आग्रहलाई मोर्चा नेताले अस्वीकार्य चुनौतीका रूपमा लिने धम्की दिएका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

लगत्तै दाहालले त्यसबारे प्रतिपक्षी एमाले र अन्य दलका नेतासँग परामर्श गरी अर्को एक चरणको वार्ताका लागि मोर्चासँग बस्ने सहमतिसाथ आइतबारको बैठक टुंगिएको थियो । निर्वाचन नहुँदा मधेसमा सीके राउत र अन्यत्र नेत्रविक्रम प्रवृत्ति बढ्ने तथा संविधानका उपलब्धि गुम्नेबारे सचेत हुन मोर्चासँग आग्रह गरे पनि उनीहरूले संशोधनविना कुनै पनि माग स्विकार्न नसक्ने अडान दोहोर्‍याएका थिए ।

मोर्चाका एक नेताले आफ्नो सहमतिविना चुनाव घोषणा गरिहाले पनि त्यसलाई रोक्न भोलि दाहाल ‘शक्ति केन्द्रमा धाउनुपर्ने’ अवस्था आउनसक्ने भन्दै चेतावनी दिएका थिए । दाहाल र मधेसी मोर्चाबीचको बैठकमा पहिले स्थानीय निर्वाचन मिति घोषणा कि संशोधन भन्ने विषयमा तनावपूर्ण रस्साकसी भएको थियो ।

बालुवाटार बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र संघीय समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web