मुकुन्दराज भेटुवाल-सिड्नी ।
अष्ट्रेलियाको लागि नेपाली राजदूतमा पुन लक्की शेर्पा सिफारिस भएकी छिन् ।

केपी ओली नेतृत्वको सरकारले अघिल्लो पटक अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस गरेपनि लक्की शेर्पा सहित सबैको नाम रद्द गरेको दाहाल सरकारले पुन लक्कीलाई भने अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले एमालेको पूर्व सभासदसमेत रहेकी शेर्पालाई राजदूतमा सिफारिस गरेको हो ।

पहिलो संविधानसभामा एमालेबाट सभासद रहेपनि दोस्रो संविधानसभा चुनाव समयबाट पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा प्रवेस गरेकी शेर्पा दाहाल निकट मानिन्छिन् ।

अध्ययन र कार्य क्षमताको आधारमा समेत सरकारले सिफारिस गरेका राजदूतहरुको नाममा शेर्पा सक्षम रहेको बताइन्छ ।

मन्त्री परिषद बैठकबाट माओवादीले आफ्नो कोटामा युवना लम्साललाई डेनमार्क, लक्की शेर्पालाई अष्ट्रेलिया, महेन्द्रबहादुर सिंहलाई साउदी अरब र पदम सुन्दासलाई बहराइनका लागि राजदूत सिफारिस गरेको छ ।

यसैगरि शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिक बिजय कुमार गच्छेद्दारको कोटाबाट परेकी हुन् ।

म्यानपावर व्यवासाय गर्दै ओमानमै नेपाली कामदार पठाउँदै आएकी पराजुली राजदूत भएपछि उनले मान्छे पठाउने काम गर्ने कि राजदूतको भन्नेमा विवाद र बहस सुरु भएको छ । सँगै पैसा तिरेर नेता खुशी पारेरै उनी राजदूतमा पर्न सफल भएको बताइएको छ ।

कांग्रेसबाट अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् ।

राणा काँग्रेस सभापती रहेका शेरबहादुर देउवाका आफ्नै सासु समेत हुन् । उनलाई काँग्रेसको समेत समर्थन र आग्रहमा राप्रपाले जापानको लागि राजदूत सिफारिस गरेको बताइएको छ ।

काठमाडौं ।
सरकारले युरोपेली मुलुक स्पेनमा नेपालको आवासीय राजदूतावास खोल्ने घोषणा सँगै रानदूतमा भर रायमाझीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले स्पेनमा आवासीय राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

सरकारले रायमाझीसँगै कुल १४ देशमा राजदूत सिफारिस गरेको छ ।

स्पेनमा नेपालीहरुको बढ्दो संख्यासँगै दूतावास नहुँदा नेपालीले समस्या झेल्दै आएको भन्दै दुतावास खोल्न नेपालीहरुले सरकारलाई आगैह गर्दै आएका थिए ।

अहिलेसम्म स्पेनमा रहेका नेपालीहरूले पेरिसस्थित नेपाली राजदूतावासमार्फत सेवा लिँदै आएका छन् ।

सरकारले सोमबार विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो ।

काठमाडौं ।
विद्यार्थी हकहितमा खोलिएपनि दलका एजेण्डा बढी बोक्ने गरेका सबैजसो विद्यार्थी संगठनहरु पछिल्लो समय बदनाम छन् ।

आसन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा दलिय आधारमा चुनावमा जुटिरहेका विद्यार्थी संगठन मध्ये माओवादीका नेता पिच्छेका दलहले गर्दा उनिहरुका विद्यार्थी संगठनलाई झनै सकस हुने देखिएको छ ।

पुष्पकमल दाहाल, मोहन बैद्य, नेत्र विक्रम चन्द पार्टीका तीनवटा विद्यार्थी समूहले आसन्न स्ववियु चुनावमा यिनै नेताको नाम पछाडि राख्ने भएका छन् ।

तीनवटा अखिल क्रान्तिकारीको नामका पछाडि प्रचण्ड, मोहन वैद्य र विप्लवको नाम जोड्ने सहमति भएको हो ।

तीन दलका क्रान्तिकारी विद्यार्थी संगठनहरुको नाम एउटै छ -अखिल 'क्रान्तिकारी' । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आ-आफ्ना विद्यार्थी संगठनहरुको नाम एउटै राखेका छन् ।

नाम र झण्डासमेत एउटै भएकाले आसन्न स्ववियु चुनावमा एक अर्को संगठनलाई चिन्नै नसकिने समस्या आएपछि स्ववियु निर्वाचनको संघारमा यी संगठनहरुले आफूलाई अलग-अलग तरिकाले चिनाउने नयाँ जुक्ति निकालेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको सहभागितामा बसेको अखिल 'क्रान्तिकारी'का नेताहरुको संयुक्त बैठकले संगठनको नामको पछाडि माउ पार्टीका अध्यक्षको नाम लेख्ने सहमति गरेका छन् ।

अब स्ववियु चुनाव अवधिभर माओवादी केन्द्र निकट विद्यार्थी संगठनको नाम अखिल 'क्रान्तिकारी' ‘प्रचण्ड’ रहनेछ ।

यसैगरी क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल 'क्रान्तिकारी'को नाम अखिल 'क्रान्तिकारी' ‘मोहन वैद्य’ रहने छ भने नेपाल कम्युनिष्ट पार्टी निकटसंगठनको नाम अखिल 'क्रान्तिकारी' ‘विप्लव’ लेखिने भएको छ ।

त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठी, कार्यवाहक निर्देशक गंगाबहादुर मगरका साथै अखिल क्रान्तिकारीका नेताहरु दिपेन्द्र चलाउने, विष्णु नेम्वाङ र रामचन्द्र अधिकारीका संयुक्त बैठकले यस्तो सहमति गरेको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं ।
गैर आवासिय नेपाली संघ एनआरएनएका संस्थापक भीम उदासलाई सरकारले म्यानमारको राजदूतका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद बैठकले भोजपुरका उदासलाई म्यानमारको राजदूतावासको जिम्मेबारी दिने निर्णय गरेको हो । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका हुन् ।

विश्व खाद्य कार्यक्रमका कन्ट्री म्यानेजर रहेका उदास लगायतको सक्रियतामा सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो ।

एनआरएको पहिलो कार्यकालमा उनी अन्तर्राष्ट्रिय समन्वयप्रमुखको रुपमा काम गरेका थिए ।

सन् २०१२ मा उनलाई जोर्डन सरकारले अवैतनिक महाबाणिज्य दूत समेत नियुक्त गरेको थियो ।

सिन्धुली,फागुन १० । नेपाललाई कतारले दिएका नौवटा 'बुलेट प्रुफ मर्सिडिज बेन्ज' गाडीमध्ये एउटा गृहमन्त्रीले प्रयोग गर्ने भएका छन्। उपहारस्वरूप दिएको ती गाडीमध्ये परराष्ट्र मन्त्रालयले गृहमन्त्रालयमा गृहमन्त्रीले प्रयोग गर्ने गरी पठाइदिएपछि अबदेखि गृहमन्त्री विमलेन्द्र निधिले प्रयोग गर्ने मन्त्रालय स्रोतले जनाएको छ।

सुरुमा गृहमन्त्रीले प्रयोग गर्ने गाडी मन्त्रालय आफैंले खरीद गर्ने गथ्र्यो, तर तीन वर्षअघि भएकै गाडीलाई प्रयोग गर्ने नीति लिएपछि कतार सरकारले उपहारस्वरूप दिएको नौवटामध्ये एक परराष्ट्र मन्त्रालयले गृहलाई पठाएपछि सोही गाडी मन्त्रीले प्रयोग गर्ने गरी तयारी गरिँदै छ।

मन्त्रालय परिसरमै धुलो लागेको अवस्थामा पार्किङ गरिराखेको सो गाडीलाई जो मन्त्री आए पनि दीर्घकालीन प्रयोग गर्न मिल्ने गरी तयारी गर्न लागेको मन्त्रालय स्रोतले जनाएको छ। बुलेट प्रुफ सो गाडी १ करोडभन्दा बढी नै मूल्य पर्ने मन्त्रालय जनाएको छ। सो गाडी चलाउन पनि सामान्य गाडी चालकले नजान्ने भएकाले चालकलाई पनि थप तालिम दिन लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन ‘क’ ले त्यो गाडीलाई यतिबेला थप सुविधायुक्त बनाउन थालेको छ। मन्त्रालयले यातायात व्यवस्था विभागबाट बा २ झ १९३७ नम्बर समेत लिइसकेको छ। कतार सरकारले मित्रताको चिनोस्वरूप नौवटा मर्सिडिज बेन्ज नेपाललाई उपलब्ध गराएको हो। परराष्ट्र मन्त्रालयले ती गाडीलाई विशिष्ट व्यक्तिहरूले मात्रै चढ्ने गरी प्रयोगमा ल्याउन लागेको छ। गृहलाई पठाएको सो गाडी मन्त्रीबाहेक अन्य कसैलाई पनि प्रयोग गर्न नदिने शर्तमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ। आजको राजधानी दैनिकमा समाचार छ ।

सिन्धुली,फागुन १० । बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ। पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र वातावरणीय हिसाबले मुलुककै उदाहरणीय सडक मानिएको थियो। तर, सञ्चालनमा आएको छोटो समयमै सडक भासिएपछि सो राजमार्गको भविष्यप्रति पनि प्रश्नचिह्न खडा भएको छ। १९ वर्ष लगाएर बनाइएको १ सय ५८ किलोमिटर लामो बीपी राजमार्ग निर्माणमा जापान सहयोग नियोग (जाइका) ले अनुदान सहयोग गरेको थियो।

करिब २५ अर्ब रूपैयाँ लगाएर निर्माण गरिएको सो सडक जाइकाले २०७१ सालको अन्त्यमा मात्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तर दुर्भाग्य ! एक लेन सडक दुई वर्षमै भत्कियो। सो सडकखण्डलाई गोरखा भूकम्पले पनि असर पुर्याएको प्राविधिकहरूको दाबी छ। आइतबार राति करिब ३० मिटर सडक सुनकोसी नदीमा खसेको छ। सिन्धुलीको शीतलपाटी–बेनीघाट–खाल्टे खण्डको राजमार्ग सुनकोसीमा खसेको हो।यद्यपि, वैकल्पिक बाटो प्रयोग गरी सोमबार साँझदेखि राजमार्ग सञ्चालनमा ल्याइएको छ। वातावरणलाई असर नगर्ने गरी अधिकांश स्थानमा अग्ला पर्खाल लगाएर देख्नलाई मात्र आकर्षक सडक निर्माण गरेपछि नेपालका सडक इन्जिनियरहरूले गुनासोसमेत गरेका थिए। उनीहरूको निचोड थियो, न सडक बलियो छ न त यसलाई विस्तार गरी दुई लेन बनाउन सकिन्छ। राजमार्ग साना गाडी र दुईपांग्रे चलाउनका लागि उपयुक्त सडकमा ठूला सवारी सञ्चालनमा आएपछि समस्या उत्पन्न भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण भएपछि विभागका तत्कालीन प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरेको थियो। टोलीले स्थलगत अध्ययन गरी तत्कालीन विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनले बाटो कमजोर र सानो भएको भन्दै दिउँसो मात्र बस चलाउन दिनुपर्ने सुझाव दिएको थियो। यस्तै, प्रतिवेदनले धेरै घुम्ती भएकाले ४० भन्दा बढीको गतिमा हा“क्न नमिल्ने र मालवाहक सवारीसाधन गुडाउन नहुने बताएको छ। प्रतिवेदनका आधारमा तत्कालीन महानिर्देशक बुर्लाकोटीले ठूला सवारीसाधन गुडाउन रोक लगाएका थिए। बुर्लाकाटीलाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले २०७२ भदौमा हटाई महानिर्देशकमा चन्द्रमान श्रेष्ठ आएपछि प्रतिवेदनविपरीत ठूला सवारीसाधनलाई अनुमति दिए।

‘लोड भएका ठूलो गाडी चल्नु र बाटोमा लगाएका अग्ला पर्खालका कारण भासिएको प्रारम्भिक रूपमा देखिन्छ,’ पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रालका पूर्वसचिव तुलसी सिटौलाले भने, ‘तल नदी भएका कारण पनि केही प्रभाव परेको हुन सक्छ। स्थलगत अध्ययनपछि मात्र थप कुरा भन्न सकिन्छ। ’प्राविधिक प्रतिवेदनविपरीत व्यवसायीको दबाबमा जथाभावी बीपी राजमार्गमा ठूला गाडी चलाउन दिएपछि दुर्घटनामा बढिरहको थियो। आजको राजधानी दैनिकमा समाचार छ ।

"मलाई कुनै गुनासो छैन जिन्दगी संग।" रमेश रक्सिले केहि मातिएपछि भन्न थाल्यो। अनी एक्कासी बलिन्द्र आँशु झार्न थाल्यो। म चहान्थेँ कि उस्ले म संग मायॉं प्रेम को बारे मा कुरा नगरोस्। तर उ रक्सि ले मातिइसकेको थियो। म संग रोक्ने सामर्थ पनी थिएन। सुनेको थिएँ उस्को भर्खरै प्रेम मा बिछोड भएको थियो रे।

म सुत्न लागेको थिएँ आज छुट्टिको दिन भएर। दिन को २ बजेको हुँदो हो रमेश को फोन आयो र भन्यो," धेरै दिन भयो अरुण हाम्रो भेट नभएको आज भेटौँ न है।" म छक्क परेँ किन आज उस्ले फोन गरेर मलाई सम्झियो म त्यति नजीक को पनी थिईन। हाम्रो त्यस्तै साथिहरु को मार्फत बाट दुई/तिन पटक मात्र भेट भएको थियो अनि फेशबुकमा कहिलेकॉंहि म्यासेज आदान प्रदान। मेरो छुट्टि थियो त्यसैले मैले सरल रुप मै हुन्छ भनेर जवाफ दिएँ। उस्ले सोलमारी मा भेटौँ भन्यो ।

म लगभग सोलमारी पुग्न १ घण्टा लाग्ने भएको ले ४ बजे आईपुग्छु भनेर फोन राखेँ। म सोलमरी पुग्दा उस्ले बियर खान शुरु गरिसकेको थियो। म पुग्ने बित्तिकै केहि खुसी भएझैँ गरेर हात मिलायो र मेरो लागी पनी बियर मगायो। हामिले साधारण सञ्चो बिसञ्चो को कुरा बाट गफ शुरु गर्यौँ। पछि उ केहि मात्तिदैँ आएपछि मैले उस्ले मलाई बोलाउनु को कारण थाहा पाएँ। उ केहि समय अगाडी देखी कसैसंग प्रेम सम्बन्धमा रहेछ। केटिको नाम थियो निशा।

निशा संग प्रेम सम्बन्ध मा परेपछि उस्ले फुर्सदको समय सबै निशालाई नै दिन थालेको रहेछ। त्यसैबिच मा साथिहरुले उनिहरुको मतलब गरेन भनेर उस्को संगत छोडेछन्। गफैगफ मा उस्ले धेरै कुरा खोल्यो। उस्का कुरा सुन्दा मलाई यस्तो लाग्यो कि उ शायद मायॉं मा धोका पाएर साहित्यकार बनेको हो। उस्का हरेक वाणिले त्यहॉं साहित्य झल्काइ रहेको थियो। रमेश केहि बढीनै भावबिभल हुन खोज्यो। नेपाली रेष्टुरेन्ट भएको ले दायॉं बायॉं टेबल भरि नेपाली हरु थिए ।

लाग्दैथियो छेउछाउ मा बसेका मान्छेहरु खान र रमाईलो गर्न हैन कि उनिहरु हाम्रै कुरा सुन्न आएका थिए। मलाई केहि अफ्ठेरो लाग्यो र मैले उस्लाई नजिकै को जापानिज रेष्टुरेन्ट मा लिएर गएँ। अझ भनौँ त्यो जापानीज भट्टि थियो। जहॉं कोठामा घण्टि बजाएपछि मात्र वेटरहरुको आगमन हुन्थ्यो नत्र त्यहॉं मान्छे मारेको हल्ला भएपनि कोहि आउँदैन थियो।

हामि त्यो रेष्टुरेन्ट मा पुग्यौँ। पुग्ने बित्तीकै रमेशले फेरि बियर मगायो र हामि खान थाल्यौँ। अब उस्लाई कसैले रोक्न नसक्ने भईसकेको थियो र उस्को प्रेम कहानि मलाई सुनाउन थालेको थियो। आमा ले बच्चालाई गित सुनाए झैँ एकोहोरो।म एकतमास ले सुनिरहेँ।

उनिहरु को भेट फेशबुकमै भएको रहेछ करिब ५/६ महिना अगाडी। रमाईलो गफ गर्दा उनिहरु बिच यस्तो मायॉं बसेछ कि शायद त्यस्तो मायॉ न लैला ले मझनुलाई गरेको थिई,न मुना ले मदनलाई। उ भन्दैथियो, "हामि बिच प्रेम सम्बन्ध राम्रै संग चल्दैथियो। फुर्सदको समय म निशा संगै गफ गरेर बिताउँथेँ,मेरो लागी उन्को म्यासेज वा फोन नआए न बिहान मा सुर्य उदाए झैँ लाग्थ्यो न रात मा सुर्य अस्ताएर चन्द्रमा उदाएझैँ शायद उनलाई पनि त्यस्तै लाग्थ्यो होला।" जसरि एउटि आमाले आफ्नो सन्तान जस्तो भएपनि राम्रो देख्छिन्, उ त्यसैगरी हरेक बियर को चुस्कि संगै आफ्नो प्रेम को गुणगान गाउँदै थियो। मलाई केहि वाक्क अनि केहि उत्सुक्ता पनी लागिरहेको थियो।

मेरो मनलाई दिक्कले भन्दा पनि उत्सुक्ता ले जित्यो र मैले सोधेँ," अनि किन छुट्यो त तिमीहरु को मायॉं प्रेम?" मेरो उत्सुक्ता ले भरिभराउ प्रश्न र बियर ले झन रमेशलाई उक्साए छ क्यार ठुलो स्वर ले "घमण्ड ले" भन्यो। म पुरै अन्जान थिएँ र सोधेँ "कस्तो घमण्ड?"

उ फेरी तिहार मा देउसी खेल्न आउने बालाखाले भट्याउने जसरि भट्याउन थाल्यो," हामि बिच राम्रै संग सम्बन्ध चल्दै थियो। एक दिन म साह्रै ब्यस्त भएँ। तिमीलाई त थाहै छ जापान मा कति ब्यस्त भईन्छ भनेर? काम मा दिनभर ब्यस्त भएँ र कोठा फर्केर थाकेको कारण ले निदाई हालेँ। मैले त्यसदिन उन्लाई फोन गर्न पाईन। शायद मैले म्यासेज फोन नगरेको कारण ले उनी रिसाएकि रहेछिन्। केहि घण्टा को निन्द्रा पछि म ब्युँझिएँ र उन्लाई म्यासेज गरेँ। उन्ले मेरो म्यासेज हेरिनन्।अनि फेरी म आफ्नै काम तिर ब्यस्त भएँ। केहि समयपछि म्यासेज आयो, 'म संग बोल्न पर्दैन।' भनेर। मलाई पनि रिस उठ्यो र मैले पनि बोलाईन। केहि दिन पछि हामि फेशबुकमा पनि ब्लक भयौँ अनि हाम्रो सम्बन्ध पनि यत्तिकै सकियो।"

त्यतिखेर सम्म रातिको ११ बजिसकेको थियो मलाई पनि कोठा फर्किनु पर्ने भएको ले हामिले निक्लने कुरा गर्यौँ। रमेश केहि धेरै नै मातिएको कारण ले मैले उस्लाई ट्याक्सि मा घर पठाईदिएँ अनि म रेल मा फर्किएँ। बाटो मा आउँदा आउँदै सोचेँ आखिर न गल्ति रमेश को थियो न निशा को आखिर गल्ति कस्तो थियो त? दुई जना प्रेमि-प्रेमिका को सामान्य झगडामा आखिर घमण्डले जित्यो अनि सकियो त्यो सम्बन्ध।

#समाप्त

मुस्ताङ ।
आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ ।

मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो ।

तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिए ।

सिन्धुली ।

अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ ।

गएराति देखि अवरुद्ध भएको वीपी राजमार्गमा नयाँ ट्रयाक खोली सञ्चालनमा ल्याइएको छ ।

सिन्धुलीको शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा ३५ मिटर सडक सुनकोशी नदीमा खस्दा अवरुद्ध भएको सडक झण्डै १९ घण्टापछि सञ्चालनमा वीपी राजमार्ग योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिनुभयो ।

रोकिएका सवारी तथा यात्रुहरुलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक उमाशंखर पञ्जियारले जानकारी दिनुभयो ।

रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाएपछि राति भने सवारी चल्न नदिइने उहाँले जानकारी दिनुभयो । बिहान ६ बजेबाट मात्र सवारी सञ्चालन गरिने छ ।

काठमाडौं ।
मन्त्री परिषदको आज दिउँसो बसेको दोस्रो बैठकले विभिन्न चौध देशमा खाली रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले युएई का लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमकार्कका लागि युगनाथ लम्साल, बहराईनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा लाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बैठकले कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरबका लागि डा. महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, श्रीलंकाका लागि विश्वम्बर प्याकुरेल, ओमानका लागि शर्मिला पराजुलीलाई नियुक्तका लागि सिफारिब गरेको सञ्चार मन्त्री कार्कीले जानकारी दिए ।

यसैगरी दक्षिण कोरियाका लागि अर्जुन जंगबहादुर, बंगलादेशका लागि डा.चोपलाल भुषाल र इजरायलका लागि निरन्जन थापालाई नियुक्तिका लागि सिफरिश गरेको छ ।

स्पेनमा राजदुतावास खोल्ने र त्यहा अवकाब प्राप्त सहायक रथी भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।

A high level committee formed under the convenorship of vice chair of the National Planning Commission (NPC) Dr Min Bahadur Shrestha has submitted its report to the Prime Minister Pushpa Kamal Dahal Prachanda today stating that Nepal itself can construct the Nijgadh-Kathmandu fast track.

The government had formed the committee on December 22 in order to take suggestions on the appropriate modality and mobilization of financial resources for the purpose.

It may be noted that the proposed contractor Indian Company IL&FS was slammed for charging toll tax from motorcycle-riders entering Kathmandu from Nijgadh.

While receiving the report, PM Dahal shared that the committee timely submitted its report adding that he had recently made an onsite inspection of the proposed fast track project sites. He further shared that with the committee report, the confusion on whether Nepal could or could not construct it with own resources has been ended and the construction works will begin soon.

The report has suggested that the existing DPR of Indian company could be used to save time and expenditure and Nepal Government could annually allocate Rs 10 billion to 20 billion for the purpose.

The government has decided to recommend fourteen individuals to be appointed as the Nepali Ambassadors to various countries.

The second meeting of the Council of Ministers held at Singha Durbar decided to recommend Asha Lama as the ambassador to the UAE, Pratibha Rana to Japan, Yubanath Lamsal to Denmark, Padam Sundas to Bahrain and Lucky Sherpa to Australia, according to Minister for Information and Communications Surendra Kumar Karki.

Likewise, Ramesh Prasad Koirala has been recommended as ambassador to Qatar, Mahendra Singh to Saudi Arabia, Bhim Udas to Myanmar, Biswambhar Pyakurel to Sri Lanka, Sharmila Parajuli to Oman, Arjun Jung Bahadur Singh to South Korea, Chop Lal Bhusal to Bangladesh and Niranjan Thapa to Israel.

Also the government decided to open an Embassy in Spain and recommend Bharat Rayamajhi as the ambassador, Minister Karki said.