म्यानमारको राजदूतमा काँग्रेस कोटाबाट एनआरएनका संस्थापक भिम उदास

फाल्गुन १०, २०७३ मा प्रकाशित | 1312 views

काठमाडौं ।
गैर आवासिय नेपाली संघ एनआरएनएका संस्थापक भीम उदासलाई सरकारले म्यानमारको राजदूतका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद बैठकले भोजपुरका उदासलाई म्यानमारको राजदूतावासको जिम्मेबारी दिने निर्णय गरेको हो । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत नियुक्त भएका हुन् ।

विश्व खाद्य कार्यक्रमका कन्ट्री म्यानेजर रहेका उदास लगायतको सक्रियतामा सन् २००३ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो ।

एनआरएको पहिलो कार्यकालमा उनी अन्तर्राष्ट्रिय समन्वयप्रमुखको रुपमा काम गरेका थिए ।

सन् २०१२ मा उनलाई जोर्डन सरकारले अवैतनिक महाबाणिज्य दूत समेत नियुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web