सरकारले यि १४ देशमा यस्ता राजदूत सिफारिस् गर्यो

फाल्गुन ९, २०७३ मा प्रकाशित | 985 views

सरकारले यि १४ देशमा यस्ता राजदूत सिफारिस् गर्यो

काठमाडौं ।
मन्त्री परिषदको आज दिउँसो बसेको दोस्रो बैठकले विभिन्न चौध देशमा खाली रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ ।

सिंहदरबारमा बसेको बैठकले युएई का लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमकार्कका लागि युगनाथ लम्साल, बहराईनका लागि पदम सुन्दास,  अष्ट्रेलियाका लागि लक्की शेर्पा लाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बैठकले कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरबका लागि डा. महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, श्रीलंकाका लागि विश्वम्बर प्याकुरेल, ओमानका लागि शर्मिला पराजुलीलाई नियुक्तका लागि सिफारिब गरेको सञ्चार मन्त्री कार्कीले जानकारी दिए ।

यसैगरी दक्षिण कोरियाका लागि अर्जुन जंगबहादुर, बंगलादेशका लागि डा.चोपलाल भुषाल र इजरायलका लागि निरन्जन थापालाई नियुक्तिका लागि सिफरिश गरेको छ ।

स्पेनमा राजदुतावास खोल्ने र त्यहा अवकाब प्राप्त सहायक रथी भरत रायमाझीलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web