<p>काठमाडौं,फागुन ९ । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो। गृह सचिव लोकदर्शन रेग्मीले निर्वाचनको टुंगो लागेको जानकारी दिए। यसअघि निर्वाचन आयोगले पनि वैशाख ३१ मै निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।</p>
28.12¡ÆC