काठमाडौं,फागुन ९ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएको छन् । नेपाल उद्योग परिसंघले घिसिङलाई पूर्वाधार विकास अन्तर्गतको विद्युत् प्राधिकरणमार्फत लोडसेडिङ हटाउन पुर्याएको योगदानको कदर गर्दै घिसिङ ‘बेष्ट कन्ट्रिब्युटर इन द इन्फ्रास्ट्रकस्चर अफ दि एयर’ बाट सम्मानित भएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक प्राधिकरणको प्रमुखका रुपमा पद सम्हालेको ५ महिनामै कुलमानले यस्तो सम्मान पाएका हुन् । प्राधिकरणमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि घिसिङले काठमाडौं उपत्यका र बाहिरी सहरमा लोडसेडिङ हटाएर उद्योगी व्यवसायीलाई लगानीको वातावरण सिर्जना गर्न सहयोग पुर्याएको भन्दै यो सम्मान प्रदान गरिएको हो ।

घिसिङले प्राधिकरणअन्तरगत निर्माण भइरहेका चमेलिया, कुलेखानी ते्रस्रो र माथिल्लो तामाकोशी लगायतका आयोजनाको निर्माणको गति बढाउन ठूलो भूमिका निभाएका छन् । यसैगरी काठमाडौंसहित पोखरा, चितवनमा लोडसेडिङ हटाएर उनले पूर्वाधारमा लगानीका लागि वातावरण तयार गर्न नेतृत्वदायी भूमिका खेलेको परिसंघको ठहर छ ।

15.25¡ÆC