कालीकोट ।
सरकारी स्वास्थ्यकर्मीहरुले सरकारी पेसा भन्दा निजी मेडिकल व्यवसायलाई बढी जोड दिएको, ग्रामीण भेकमा दक्ष स्वास्थ्यकर्मी र कर्णालीमा प्रविधिसहितको स्वास्थ्य सेवा नपाएको भन्दै कालिकोटका महिलाहरुले सदरमुकाममा नाराबाजी गरेका छन ।

महीला मानबअधिकार संरक्षण समुहको नेतृत्वमा हजारौं महिला सडकमा उत्रेका हुन ।

उनीहरुले जिल्ला अस्पतालमा बिरामीहरुको आवश्यक शैयाको व्यवस्था, शल्यक्रियासहितका आवश्यक उपकरकणको व्यवस्था हुनुपर्ने माग गरेका छन ।

23.22¡ÆC