सरकार र मधेशी मोर्चा बीचको बैठक निष्कर्षविहिन

फाल्गुन ८, २०७३ मा प्रकाशित | 968 views

काठमाडौं,फागुन ८ । सत्तारूढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाबीचको बैठक बिना निष्कर्षविहिन सकिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बेलुका ७ बजेबाट सुरु भएको बैठकमा दुबैले आ(आफ्नो अडान नछोडेपछि वार्ता निष्कर्षबिहिन बनेको हो।प्रचण्डले संविधान कार्यान्यवनका लागि तोकिएको मितिमा चुनावको मिति घोषणा गर्नु जरुरी रहेको भन्दै सघाउन मोर्चालाई आग्रह गरेका थिए ।

तर मोर्चाका नेताहरुले संशोधन विधेयक पारित नभएसम्म कुनै पनि हालतमा चुनावको मिति घोषणामा सघाउन नसकिने अडान पेश गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए।

सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री दाहालले त्यसबारे छलफल गर्न मोर्चा नेताहरुलाई बोलाए पनि केही कुरामा टुंगोमा नपुगेपछि भोलिको तयारी व्यर्थै हुने देखिएको छ। थप गृहकार्य गरेर अगाडि बढ्ने सरकारी तयारी छ।

यसअघि शनिबार पनि प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुसँग चुनावको मिति र संविधान संशोधनबारे छलफल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web